Similar Articles

अङ्ग्रेजी पढ्न थाले चिनियाँ बालबालिका

बिराट नेपाल

बेइजिङ, वैशाख ३१ गते । पहिलेको तुलनामा धेरै चिनियाँ बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको एक अध्ययनले देखाएको छ ।

शुक्रवार सार्वजनिक गरिएको एक अध्ययनका अनुसार चीनका करिब ७० प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको पाइएको छ ।

चिनियाँ एक दैनिक पत्रिकाले उक्त सर्वेक्षणलाई उद्धृत गरी शुक्रवार दिएको समाचारमा यस्तो देखिएको उल्लेख छ । सो सर्वेक्षणअनुसार चीनका ६७.९ प्रतिशत बालबालिकाले उनीहरूको उमेर पाँच वर्ष पुग्नुअगावै अङ्ग्रेजी भाषा सिक्न थालेको देखिएको छ ।

चीनका करिब ७० प्रतिशतको हाराहारीका बालबालिकाले विद्यालय जानुपूर्व नै अङ्ग्रेजी भाषा सिक्न थालेका छन् । उनीहरूलाई विद्यालय जानु अगावै अङ्ग्रेजी सिकाउन थालिएको हुन्छ ।

चिनियाँ दैनिक पत्रिका दि चाइना युथ डेलीको शुक्रवारको अङ्कमा सो समाचारमा छापिएको छ । उक्त सर्वेक्षणका अनुसार ३ देखि ५ वर्षका करिब ५९ प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा सिक्न थालिसकेका हुन्छन् ।

त्यस्तै ३ वर्षभन्दा कम उमेरमै पनि करिब ७.८ प्रतिशत बालबालिकालाई अङ्ग्रेजी अक्षर सिकाउने गरिएको पनि सो अनुसन्धानमा देखिएको छ ।

सो अध्ययनले चिनियाँ ती बालबालिकामध्ये करिब ७५.१ प्रतिशतले त दिनमा एक घन्टाभन्दा बढी नै समय अङ्ग्रेजी भाषा पढ्ने गरेको देखाएको छ ।

उनीहरूलाई अङ्ग्रेजी भाषाको सिकाइका लागि घरमा पनि विशेष व्यवस्था मिलाउने गरिएको देखिएको सो अध्ययनमा पाइएको छ ।

त्यसैगरी ५७ प्रतिशत बालबालिकालाई एक देखि दुई घन्टासम्म अङ्ग्रेजी पढाउने गरिएको पाइएको पनि सो अनुसन्धानम देखिन्छ ।

चीनमा पछिल्लो समयमा अङ्ग्रेजी भाषालाई पनि महत्त्व दिने गरिएको छ । चीनमा अङ्ग्रेजी भाषाको पठन पाठनको विषय हाल बहसको विषय पनि बन्ने गरेको बताइन्छ ।

यो पछिल्लो अध्ययन राजधानी बेइजिङ्मा अवस्थित बेइजिङ एजुकेशन इन्स्टिच्युटले गरेको हो । सो इन्स्टिच्युटले चीनमा अङ्ग्रेजी भाषा पढाउने गर्छ ।

रासस/सिन्ह्वा à¤«à¥‹à¤Ÿà¥‹: गुगल 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक