Similar Articles

ट्रम्पसँग उम्मेदवार बन्न आवश्यक समर्थक

बिराट नेपाल

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी पाउन डोनल्ड ट्रम्पले आवश्यक प्रतिनिधिको समर्थन प्राप्त गरेका छन्। नर्थ डकोटामा बिहीबार ट्रम्पले यसअघि तटस्थ रहेका १५ जना प्रतिनिधिले आफूलाई सघाएकोमा धन्यवाद दिए। समाचार संस्था एपीका अनुसार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका आकांक्षी १६ जनालाई पछि पार्दै ट्रम्पले उम्मेदवारीका निम्ति १,२३८ जना प्रतिनिधिको समर्थन प्राप्त गरेका छन्।
यो संख्या राष्ट्रपति पदका लागि पार्टीको तर्फबाट उम्मेदवारी पाउन आवश्यक संख्याभन्दा एउटा बढी हो।

जुलाईमा हुने अधिवेशनबाट रिपब्लिकन पार्टीले उम्मेदवारीबारे अन्तिम टुंगो लगाउनेछ। उम्मेदवारीका निम्ति न्यूयोर्क शहरका अर्बपति ट्रम्पले आवश्यक प्रतिनिधिको समर्थन प्राप्त गरिसकेपनि विभाजित देखिएको रिपब्लिकन पार्टीबाट उनको उम्मेदवारी अझै सुनिश्चित भइसकेको छैन। कसैको पक्ष नलिएका पार्टीका प्रतिनिधिहरु आफूलाई मन परेका उम्मेदवारलाई समर्थन गर्न स्वतन्त्र हुन्छन्। पार्टीको तर्फबाट उम्मेदवारी सुनिश्चित भएको खण्डमा ट्रम्पले पूर्व विदेशमन्त्री हिलरी क्लिन्टन वा सिनेटर बर्नी स्याण्डर्ससँग भावी राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। डेमोक्रेटिक पार्टीको तर्फबाट क्लिन्टन र स्याण्डर्स राष्ट्रपति पदका लागि उम्मेदवारी पाउने दौडमा छन्।

आलोचना
बुधबार ट्रम्पले जुन ७ मा क्यालिफोर्नियामा हुने पार्टीगत निर्वाचनअघि स्याण्डर्ससँग आफू एउटा टेलिभिजन बहसमा सहभागी हुने बताएका थिए। ‘खेल शुरु’ भन्दै स्याण्डर्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बहसमा सहभागी हुने सहमति जनाएका थिए। उम्मेदवार बन्न आवश्यक मत जुटाएपछि बोल्दै ट्रम्पले आफ्नो लक्ष्य गरिब अमेरिकी मतदाताको जीवनस्तर उकास्नु रहेको बताए।

उनले भने, “हिलरी क्लिन्टन जस्ता राजनीतिज्ञहरुले तपाईंहरुलाई एकदमै नराम्रोसँग असफल बनाइराखेका छन्, उनीहरुले तपाईंहरुलाई प्रयोग गरिरहेका छन् दशकौँसम्म तपाईंहरुका मत चोरेर केही पनि दिएका छैनन्, म तपाईंहरुलाई सबैथोक दिन्छु, तपाईंहरुले तीस,चालिस,पचास वर्षदेखि चाहेको सबैथोक।” क्लिन्टनले अमेरिकाका नजिकका साझेदारहरुको अपमान गरेको र दशौँ लाख आप्रवासीलाई देश निकाला गर्नुपर्ने धारणा राखेको भन्दै ट्रम्पको आलोचना गरेकी छन् । : बिबिसीबाट 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक