Similar Articles

भारतको मथुरामा सरकारी जग्गा खाली गराउन गएका प्रहरीमाथि हमला, एसपीसहित २१ को मृत्य

बिराट नेपाल

एजेन्सी । भारत उत्तर प्रदेशको मथुरामा अतिक्रमित सरकारी जमिन खाली गराउने क्रममा प्रहरी र स्थानीयबिच भिडन्त हुँदा एक एसपीसहित २१ जनाको मृत्यु भएको छ । १२ जनाको शव झिकिएको र १२ जना प्रहरीलाई अस्पतालमा उपचारको लागि लगिएको समाचार छ ।

सरकारी जमिन हड्पेर बनाएको बस्ती खाली गराउन बिहीबार राती प्रहरी टोली मथुराको जवाहरवाग पुगेको थियो । स्थानीय र प्रहरीबिच झडप हुँदा एक्कासि गोली चल्यो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्तोषकुमार यादव र आक्रमणकारी सहित २१ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने बताएका छन् । स्थानीय प्रशासनका अनुसार जवाहरबाग क्षेत्रको सरकारी जग्गा अतिक्रमण गरेको बसेको बस्तीमा ‘आजाद भारत विधिक वैचारिक सत्याग्रही’ नामको सङ्गठनको प्रभाव छ । उच्च अदालतको आदेशअनुसार स्थानीय प्रशासन विगत दुई महिनादेखि जमिन खाली गराउने प्रयासमा थियो । सोही तयारी अनुसार गएराति ११ बजे प्रहरी र सरकारी अधिकारीहरुको टोली जवाहरबाग पुगेको थियो ।

‘तर, प्रहरीले अकल्पनीय घटनाको सामना गर्नुपर्यो,’ उत्तरप्रदेशका एडीजी कानुन व्यवस्था दलजीत सिंह चौधरीले भनेका छन्, ‘अवैध कब्जा हटाउन गएका प्रहरीहरुमाथि सुरुगामा ढुंगामुढा भयो र केही व्यक्तिहरूले गोली प्रहार गरे ।’ उनका अनुसार घटनाको छानबिन सुरु गरिएको छ । प्रहरीले अतिक्रमणमा परेको २ सय एकडा जग्गा खाली गराएको र सर्च अपरेशन गर्दा हतियारको भण्डारसमेत फेला परेको दाबी स्थानीय प्रशासनले गरेको छ । जमिन कब्जा गरेको सत्याग्रही सङ्गठनले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव रद्द गर्न, एक रुपैयाँमा पेट्रोल ६० लिटर र डिजेल ४० लिटर बिक्री गर्न माग गर्दै आएको छ । सो सङ्गठनले आफ्ना माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले सन् २०१४ जनवरी ११ तारिखदेखि जवाहरबागमा धर्ना दिइरहेको थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक