Similar Articles

९६ वर्षको उमेरमा स्नातक गर्ने जापानी

बिराट नेपाल

टोकियो, जेठ २२ गते। एक जना जापानी नागरिकले ९६ वर्षमा बिए पास गरेर बिए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राख्नुभएको छ । उहाँले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गर्नुभएको थियो । ९६ वर्षमा स्नातक गर्नुभएका उहाँलाई गिनीज वल्र्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रूपमा प्रमाणपत्र प्रदान गरेको शनिवारका जापानी सञ्चारमाध्यमले लेखेका छन् ।

जापानका ९६ वर्षीय नागरिक सिगेमी हिराताले क्योतो विश्वविद्यालयबाट सबैभन्दा पाको उमेरमा स्नातक पास गर्नुभएकोले उहाँलाई गिनीज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको हो । उहाँ सन् १९१९ मा हिरोसिमामा जन्मिनुभएको हो । उक्त विश्व रेकर्डपछि खुसी भएका उहाँका साथीहरूले उहाँलाई सोही कलेजमा स्वागत गरेका थिए । उहाँले योमियुरी समचारपत्रमा भन्नुभयो– मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिन तर मलाई आज निकै नै खुसी लागेको छ । त्यस रेकर्डले आफूलाई निकै ठुलो ऊर्जा दिएको उहाँले सो पत्रिकालाई बताउनुभएको छ । उहाँले सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको बताइएको छ ।

आफ्नो जागिरबाट सेवानिवृत्त भएका उहाँले ११ वर्षअघि सो विश्वविद्यालय भर्ना हुनुभएको थियो । उहाँले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यतिसमय सम्म बाँच्ने धारणा राख्नुभयो । आफूले केही न केही नाम राखौँ भनेर नै यो काम गरेको उहाँले बताउनुभयो । हुनत म सक्षम र सबल नै छु तरपनि यो उमेरमा क्याम्पसजादा भने एक हिसाबले हाँसोको पात्र हुने गरेको छ– उहाँले बताउनुभयो । सामान्यतया जापानी नागरिकहरू विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय रूपमा काम गरिहरने हुन्छन् । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक