Similar Articles

मुम्बईमा सडक दुर्घटना सत्रको मृत्यु

बिराट नेपाल

नयाँ दिल्ली, जेठ २३ गते । भारतको मुम्बाई पुणे राजमार्गमा आइतबार बिहान भएको एक सडक दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । 

एक निजी बस अर्को दुई कारसँग ठोक्किँदा भएको यस दुर्घटनामा परी कम्तीका १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ४० जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताउनु भएको छ
 
स्थानीय समयाअनुसार आइतबार बिहान ५ः३० बजे एक रात्रिबस दुईवटा कारसँग ठोक्किँई सो घटना भएको बताइएको छ । 

यस दु्र्घटनामा एक छ महिने बालकसहित १७ जना व्यक्तिको दुर्घटनास्थलमै मृत्यु भएको र घाइतेहरुलाई भने स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको जनाइएको छ । 
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ । 

यस घटनामा ज्यान गुमाउने प्रायः व्यक्ति बसका यात्रुहरु रहेका बताइएको छ । यस दुर्घटनाको कारण पत्ता लगाउनको लागि सरकारी अधिकारीहरुले सम्बन्धित व्यक्तिहरूलाई आदेश दिएका छन् । 

भारतको विश्वको तुलनामा उच्च मात्रामा सडक दुर्घटना हुने देश हो । सरकारी तथ्याङ्कको अनुसार यहाँ प्रत्येक वर्ष २ लाख भन्दा बढी व्यक्ति सडक दुर्घटनामा मारिने गरेका छन् । रासस ÷सिन्ह्वा Photo: INDIANEXPRESS


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक