Similar Articles

हरामको हराम काम - हिंसाबाट ४० हजार व्यक्ति विस्थापित

बिराट नेपाल

संयुक्त राष्ट्रसंघ, जेठ २५ गते । संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालय (ओचा) ले नाइजरमा बोको हराम आतङ्ककारी समूहले जारी राखेको भीषण हिंसाको कारण करिब ४० हजार व्यक्ति विस्थापित भएका जनाएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सोमबार सो जानकारी दिएका छन् ।

गत शुक्रवार नाइजरको दिफ्फाक्षेत्रमा रहेका सैनिक आखडामा भएको आतङ्ककारी आक्रमणमा कैयौँ सैनिक मारिनुका साथै घाइते भएका बताइएको छ । बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसाको कारण येबी र बोस्सोबाट करिब ४० हजार व्यक्ति विस्थापित भएका बताइएको छ । यो सङ्ख्या आधिकारिक नभएको र विस्थापित सङ्ख्या योभन्दा बढी भएको हुनसक्ने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विस्थापित व्यक्तिहरूको लागि प्रारम्भिक आवश्कता आश्रयस्थल स्वास्थ्यउपचार पानीलगायत अन्य खानेकुराको आवश्यकता परेको ओचाले जानकारी दिएको छ ।

बोस्सोबाट सञ्चालन भएका करिब ३० हजार मानवीय सङ्गठनले हिंसा प्रभावित क्षेत्रमा उद्धारकार्य गरिरहेको बताइएको छ । गत शुक्रवार सीमासहर बोस्सोनजिकै दुईवटा क्षेत्रमा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा नाइजेरियाका दुई र नाइजरका ३० सैनिकको मृत्यु भएको थियो । नाइजेरियको सीमा क्षेत्रमा रहेको नाइजरको पूर्वी भागमा सन् २०१५ को फेब्रुअरीबाट बोको हराम आतङ्ककारी समूहले बारम्बार गरेको आक्रमणबाट सयौँ सर्वसाधा।ण र सैनिकको मृत्यु भएको जनाइएको छ । यस द्वन्द्वमा परी हजारौँ व्यक्ति विस्थापित भएका छन्– विज्ञप्तिमा भनिएको छ । रासस÷सिन्ह्वा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक