Similar Articles

मेक्सिकोमा बन्दुकधारीद्वारा एकै परिवारका ११ जनाको हत्या

बिराट नेपाल

पुब्ला (मेक्सिको), जेठ २९ गते । मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एक जना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ ।

सो बन्दुकधारीले पारिवारिक विवादका कारण यसरी एकै परिवारका सबैजनाको हत्या गरेको प्रहरीले प्रारम्भिक रूपमा गरेको अनुसन्धानमा खुलेको जनाएको छ । मारिनेमा दुई जना साना नानी पनि छन् । त्यसैगरी पाँच महिला र चारजना पुरुष मारिनेमा परेका छन् । पुब्ला राज्यको मध्यभागमा बसोबास गरिरहेको एल मिरादा समुदायको परिवारमा सो हत्याकाण्ड भएको हो ।

त्यस आक्रमणमा परी गम्भीर रूपमा घाइते भएका दुईजना बालिकालाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । आक्रमणमा आएका दुईजनामध्ये एकलाई स्थानीय प्रत्यक्षदर्शीले पहिचान गरेका प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न एक जना पुरुषले सोही परिवारकी एक महिलासँग यौन सम्बन्ध राख्दै आएको र सोही सम्बन्धको कारण हत्याको घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । शुक्रवार साँझ भएको सो घटनापछि प्रहरीले गाउलाई नै घेरामा हालेर अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार बदलाको भावनाका कारण यो हत्याकाण्ड भएको छ । ती महिलासँगको अवैध सम्बन्ध नै यस घटनाको मुख्य कारण हुनसक्ने प्रहरीले जनाएको छ । रासस÷एएफपी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक