Similar Articles

टर्कीको स्तानबुलमा आत्मघाती हमला, कम्तीमा ४१ को मृत्यु

बिराट नेपाल

युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ४१ जनाको ज्यान गएको छ। आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। 

युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म गोली चलाएका थिए र सुरक्षाकर्मीले जवाफी फायरिङ्ग सुरु गरेपछि उनीहरूले आफूलाई विस्फोट गराएका थिए।

प्रधानमन्त्री बिनाली यिल्ड्रिमले प्रारम्भिक सङ्केत अनुसार तथाकथित इस्लामिक स्टेट समूहको संलग्नता देखिएको बताएका छन्। टर्कीमा पछिल्ला समय गराइएका आक्रमणहरुमा कुर्दिश पृथकतावादी वा इस्लामिक स्टेट समूहको संलग्नता हुने गरेको बताइन्छ। यात्रुको रूपमा इस्तानबुल विमानस्थलमा रहेका बीबीसी संवाददाता मार्क लोवेन भन्छन्,“आधा घण्टाअघि टर्किस एअरको विमानबाट मैले यहाँ अवतरण गरेँ। हामीलाई कुनै चेतावनी दिइएन र यहाँ अवतरण गर्न दिइयो तर अहिले हामीलाई विमानबाट ओर्लन दिइएको छैन र क्याप्टेनले विमानस्थलभित्र सुरक्षा खतरा रहेको बताइरहेका छन्।”

लोवेनका अनुसार उक्त आक्रमण योजनाबद्ध देखिन्छ। लामो समयदेखि आटुटर्क विमानस्थलमा आक्रमण हुन सक्ने जोखिम रहेको बताएको छ। सामाजिक सञ्जालमा आएको एउटा भिडियो फुटेजमा प्रहरीले एक जना आक्रमणकारीलाई गोली चलाएको जस्तो देखिन्छ र घाइते भएर भुइँमा लडिरहँदा उनले आत्मघाती ‘भेष्ट’ विस्फोट गराएको जस्तो देखिन्छ । बिबिसीबाट


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक