Similar Articles

म्युनिख हमलाकारी मारिए

बिराट नेपाल

जर्मनीको म्युनिख सहर स्थित एउटा व्यापारिक केन्द्रमा आक्रमण गरी नौ जनाको ज्यान लिएका हमलाकारी एक्लै रहेको र धेरै वर्षदेखि म्युनिखमा बस्दै आएको बताइएको छ। उक्त हमलाको उद्देश्य अझै प्रस्ट भएको छैन। हमलाकारी १८ वर्षीय किशोरको मृत्यु प्रहरीको गोलीबाट भएको वा आत्महत्या थियो भन्ने प्रस्ट भइसकेको छैन। अधिकारीहरुले जर्मन नागरिकहरुलाई हतारमा कुनै पनि निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

 

सुरुमा तीन जना बन्दुकधारीले उक्त आक्रमण गरेको हुनसक्ने बताएका प्रहरीले अब उक्त व्यक्तिले एक्लैले सो हमला गरेको जनाएका छन्। प्रहरीद्वारा अघि बढाइएको ठुलो खोजी कार्वाहीका कारण बन्द गरिएका यातायात सेवा पुन: सुरु भएका छन्। एउटा बिन्दुमा सीमा सुरक्षामा कडाइ गरिएको थियो र छिमेकी अष्ट्रियाका प्रहरीलाई पनि मद्दत गर्न बोलाइएको थियो। गत १३ वर्षदेखि म्युनिखमा बस्दै आएका एक जना नेपाली खड्ग न्यौपानेले बीबीसीसंग कुरा गर्दै भने, "शारीरिक रूपमा हामी ठिकै छौँ तर यो घटनाले हाम्रो मनस्थिति खलबलिएको छ।"

 

जर्मन चान्सलर एङ्गेला मर्कलले शनिवार सुरक्षा परिषदको आपत्कालीन बैठक डाकेकी छन्। त्रास र चिन्ताका कारण सयौँ मानिसहरू म्युनिखमा गोली चलेको व्यापारिक केन्द्रबाट भागेका थिए र सहरलाई बन्द गरिएको घोषणा गरिएको थियो।

 

तत्कालैको आशंका इस्लामवादीतर्फ केन्द्रित थियो। तर जर्मनीका विदेशमन्त्री फ्रान्क भाल्ट स्टानमायरले उक्त भयानक आक्रमणको उद्देश्य प्रस्ट नभएको कुरा जोड दिएर बताइरहँदा अर्को अँध्यारो सम्भावना सतहमा आएको छ।

 

एउटा कार पार्किङ्ग स्थलबाट मोबाइल फोनमा रेकर्ड गरिएको भिडियोमा कालो पोशाक लगाएको बन्धुकधारी जस्तै देखिने व्यक्तिले अर्को तेस्रो व्यक्तिलाई गाली गरिरहेको देखिन्छ। विदेशीहरुलाई जथाभावी गाली गर्दै उसले आफू जर्मन नागरिक भएको अनि बेरोजगारीबाट पीडित भएको भिडियोमा सुनिएको छ।

 

यी कुनै पनि कुराहरू अन्तिम होइनन् तर पछिल्लो आक्रमण सन् १९४५ मा नव नाजीहरुले गरेको हिंसा यताकै खराब आक्रमण भएको पाँच वर्ष पुगेको दिनमा भएको हो। सन् २०११ को जुलाईमा एन्नर्स बेरिङ ब्रेभिकले नर्वेमा आक्रमण गर्दा अधिकांश किशोर र विद्यार्थीगरी ७७ जना मारिएका थिए। जर्मन चान्सलर एङ्गेला मर्कलका एक जना सहयोगीले नर्वेमा भएको उक्त आक्रणको वर्षगाँठतर्फ ध्यानाकर्षण गराएका छन् र पूर्ण सुरक्षाका लागि राज्यले पनि पूरापूर निगरानी गर्नुपर्ने उल्लेख गरेका छन् । तर उनले भनेका छन् कसैले पनि त्यस्तो चाहँदैनन् किनकि त्यो खुल्ला पश्चिमा युरोपेली जीवनशैलीसँग मेल खाँदैन भन्ने समाचार बिबिसीमा लेखिएको छ ।  

 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक