Similar Articles

बिचार

मजदुर महान् हुन्छन्-- निशा अर्याल इजरायल

बिराट नेपाल

मे एक को दिन मजदुर वर्गको एकता र हक,हित,रक्षाकोलागि संसारभर मजदुर दिवस मनाइन्छ किन कि मजदुर परिश्रमको पर्यावाची  हुनुका साथै  देश विकाशको मेरुदण्ड पनि उनीहरू नै हुन |  मजदुरले आफ्नो र परिवारको पेट पाल्न अथा  मेहनत  गर्दै झरी, जाडो, हुरी,बतास, घाम,गर्मी केही नभनी मोती सरि पौरखले पसिना बगाउँछन र उसैको तेजस्पी पसिना र जोखिम युक्त श्रमले गर्दा देशमा ,बाटो,पुल, नहर,विधुत,तथा कल कारखाना परियोजना जस्ता ठुल्ठुला पूर्वाधारहरु निर्माण हुने गर्दछन् |

मजदुरको गरिमा र महत्त्व उच्च भए पनि जीवनका विविध पाटामा उनीहरूको हैसियत  कमजोर देखिन्छ | प्राय: मजदुरहरू आर्थिक रूपमा निक्कै कमजोर हुन्छन् | दुइछाक मिठो खुवाउन , बच्चाहरुलाई उचित शिक्षा दिन र राम्रो लाउन दिन परिवारलाई नसक्ने मजदुर कठोर श्रम गर्न  विविश आम मजदुर पूंजीपतिको श्रम शोषणको सिकार  बन्दछन | अनि धेरै काम लगाएर थोरै पैसा दिने परिवेश छ पूंजीपतिहरुको |

हुन् त युरोपमा मजदुर आन्दोलन सम्पन्न भएर उनीहरूले आठ घण्टा काम,आठ घण्टा आराम,र आठ घण्टा मनोरंजनको दिव्य सूत्र प्रतिपादन भए पनि आम मजदुर यस सूत्रबाट अहिलेपनि बन्चित रहन विवश छ्न  हामीले आफ्नै देशका युवकहरुलाई हेरौ अरब कन्ट्रीमा १८ घण्टासम्म मेसिन झैँ भएर काम गर्न विवश छन् |

साहु र पूंजीपतिले मजदुरको पसिनाको खुनको होलीमा आफू अझै बलियो र धनिहुने आशयले उनीहरूलाई मोहरा बनेरहेको अवस्था छ भने कतिपयलेत् मजदुरलाई आफ्नो दासजस्तो व्यवहार गरिरहेको परिवेशपनि छ | खाडी मुलुक गएका युवा,युवती श्रमिकहरू आज त्यसैको सिकार भएका छन् | 

थकित र लाख्त्राम ,भोका, मजदुरहरुपनि आफूले कमाएको धन संचित गर्न  नसक्दा उनीहरूको आर्थिक हैसियत  नाजुक बन्ने गरेको छ | अचल सम्पतिको अभाव  उच्च जन्मदर्द र कमाएको पैसापनि जाडर रक्सी आदिमा खर्च गर्ने प्रचलन धेरै मजदुरहरुमा हुने भएकोले आर्थिक संरक्षण डमाडोल हुन्छ |  मजदुरको हित र सम्मानमा राज्यको पक्षले ध्यान दिनु पर्छ| समाजमा सम्मान पाउनु, श्रम शोषणबाट मुक्त हुनु र श्रमको उचित मूल्य प्राप्त  गर्नु हरेक मजदुरको अधिकार हो अनिमात्र मजदुर दिवसको सार्थकता रहन्छ | 

मज़दूर दिवस पुँजीको विरुद्ध श्रमको राजनीति हो भन्छु म त किन भने  शिकागोको हे मार्केटको चौबाटोमा मई १ देखि ४ सम्म १८८६का ४ दिनहरूमा घटित घटनाहरू पछि खास गरेर १८९० देखि दुनियाँ भरीका मेहनतकश जनता द्वारा प्रत्येक वर्ष मनाउने मई दिवसको आधार बनेको छ । १ मई १८८६ आठघण्टाको कामको माग गरी रहेका अमेरिकी मजदुरहरूको सङ्घर्षको ऐतिहासिक दिन थियो ।

शिकागो सहरको हे मार्केटमा उनीहरूको प्रत्येक दिन सभापर्व हुन्थे । यस्तै एउटा सभामा ३ मईकादिन पुलिसले जानकारी बिना अभूतपूर्व  दमन गर्‍यो । यसमा ४ जना मजदुरहरू मारिए । यस घटनालाई आधार बनाएर रचिएको झूठा मुद्दालाई पनि अदालतमा साबित गर्न सकिएन । यसो हुदाहुदै पनि चार जना जुझारु मज़दूर नेताहरू अलर्ट पार्सेस ,अगस्त स्पाइस , अडोल्फ़ फ़ियर तथा जार्ज एगेललाई ११ नवबंरका दिन फाँसी र ३ नेताहरूलाई आजीवन कारावासको सजाय सुनाइयो । ६ वर्ष पछि आजीवन कारावास पाएका तीनै जनालाई रहा गरियो । यस रिहाई आदेशलाई जारी गर्दै मेयरले कबुल गरे कि सजाय नै गलत थियो । जुन जुरीले फैसला सुनाये उसले पूर्वाग्रहको आधारबाट यस्तो गरेको थियो ।आफ्नो अन्तिम निष्कर्षमा यो दिन पुँजीको विरुद्ध श्रमको राजनीति हो नकि त्यस भन्दा ज्यादा न त्यो भन्दा कम ।

जसरी शिकागो प्रसङ्ग आधुनिक इतिहासमा पुँजीको मज़दूर वर्गमा सुसंगठित राजनीतिक हमला हो तेसै गरी मई दिवस दुनियाँ भरीका मेहनतकशहरूको पत्युत्तर हो । 

 मजदुर महान् हुन्छन्-- निशा अर्याल इजरायल


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक