Similar Articles

बिचार

भाषा संस्कार र संसकृति र हामी- निशा अर्याल

बिराट नेपाल

सबैले भन्छन् " हाम्रो भाषा साहित्य र संस्कृतिको संरक्षण , संबर्धन तथा प्रबर्घन गर्नु जरुरी छ ।" के भाषा साहित्यको सवालमा कुनै पनि अन्योल छैन , जति बाँचेको छ , सरासर त्यसको संरक्षणमा लागे हुन्छ । भाषा साहित्यका सवालमा केन्द्रित रहेर फेरि अर्को तर्क गरौंला । तर ,संस्कृतिको सवालमा द्विविधा र अन्योलहरू छन् , जसवारे म यहाँ केही भन्न चाहन्छु । संस्कृति भनेकै वास्तवमा केहो ? छुट्याउन कठिन भई रहेको छ । हाम्रो नेपाली समाजलाई । संस्कृति भित्रै संस्कार - परम्पराका कुरा मिसिएका छन् । र कुन कुन संस्कारहरू जायज - सान्दर्भिक छन , आजको परिवेशमा भन्ने किटान हुन सकेको छैन ।कुन कुन सांस्कृतिक आधारहरूको प्रबर्घन र संरक्षण तर्फ सामूहिक पहल हुन पर्ने हो ? यस कुरामा कसैले निर्कोल्य गरेको छैन र प्रयास पनि गरेको भान भई रहेको छैन ।

संस्कृति सामाजिक अंत: क्रिया एवं सामाजिक व्यवहारमा उत्प्रेरक प्रतिमानहरूको समुच्चय हो । यस समुच्चयमा ज्ञान , विज्ञान , कला , आस्था , नैतिक मूल्य एवं चलनहरू समाविष्ट हुन्छ । संस्कृति भौतिक , आर्थिक , सामाजिक एवं राजनीतिक तथा आध्यात्मिक अभ्युदयको उपयुक्त मानिसको श्रेष्ठ साधनाहरू र सम्यक चेष्टाहरूको समष्टिगत अभिव्यक्ति हो । यसले मानिसको वैयक्तिक एवं सामाजिक जीवनको स्वरूपको निर्माण , निर्देशन , नियमन र नियंत्रण गर्दछ । अत: संस्कृति मानिसको जीवन पद्धति , वैचारिक दर्शन एवं सामाजिक क्रियाकलापमा त्यसलाई समष्टिवादी दृष्टिकोणको अभि व्यन्जना हो । यसमा प्रतीकहरू द्वारा अर्जित तथा सम्प्रेषित मानव व्यवहारहरूलाई सुनिश्चित प्रतिमान संनिहित हुन्छ । संस्कृति अनिवार्य अभ्यन्तर कालक्रममा प्रादुर्भूत एवं संचित परम्परागत प्रामाणिकता तथा औचित्यप्रतिपादनसंग सम्बद्ध हुन्छ । प्रत्येक संस्कृति चयन क्षमता एवं वर्णनात्मकता सामान्य सिद्धान्तहरूको संनिवेश हुन्छ । यस्को माध्यमबाट सास्कृतिक आधारका नाना रूप क्षेत्रहरूमा मानव व्यवहारको प्रतिमान सामान्यीकरण द्वारा अनुकरणीय हुन्छ । सास्कृतिक मान , चलनहरू सामान्यीकृत एवं सुसंगठित समभावको रूपमा स्थिरता तिर उन्मुख हुन्छ । यद्यपि संस्कृतिका विभिन्न तत्वहरूमा परिवर्तनको प्रक्रिया शाश्वत चली रहन्छ । समाजको परिस्थितिमा परिवर्तनको शाश्वत प्रक्रियाले प्रतिमानहरूलाई प्रभावित गर्दछ । सामाजिक विकासको प्रक्रिया सांस्कृतिक प्रतिमानहरूको परिवर्तनको प्रक्रिया हो ।

संस्कृति प्रकृति प्रदत्त हुँदैन । यो सामाजिकरणको प्रक्रिया द्वारा अर्जित हुन्छ । अत: संस्कृतिका ती संस्कारहरूसंग आवद्ध , जुन हाम्रा बंश परम्परा तथा सामाजिक विरासतको संरक्षणको साधन हुन्छ । यसको माध्यमबाट सामाजिक व्यवहारको विशिष्ठाहरूको एक पुस्ताबाट अर्को पुस्तामा नियमन हुन्छ । नियमनको यस नैरंतर्यमा नै संस्कृतिको स्तित्व निहित हुन्छ । र , यसको संचयन प्रबृतिले यसको विकासमा गति प्रदान गर्दछ । जस्मा नवीन आदर्शको जन्म हुन्छ । यी आदर्शहरू द्वारा बाह्य क्रियाहरू र मनोवैज्ञानिक दृष्टिकोणको समानयन हुन्छ तथा सामाजिक संरचना र वैयक्तिक जीवन पद्धतिको व्यवस्थापन हुन्छ ।

भाषा र संस्कृतिबाट नै आउँछ जीवनमा जीवन्तता । जीवनमा जीवन्तता त्यबेला मात्र आउन सक्छ जब हामी आफ्नो भाषा एवं संस्कृति प्रति जागरूक हुन्छौं । भाषा एवं संस्कृति बिना हामीले भौतिक रूपमा जति सुकै प्रगति गरे पनि , परिवेशमा यसबाट कुनै लाभ हुँदैन । भाषा एवं संस्कृति जीवित तब मात्र रहन्छ जब त्यो हाम्रो परिवेश हुन्छ । अफ़सोस हामी आफ्नो जरोलाई नै छाडी रहेका छौँ ।

भाषा हाम्रो संस्कृति एवं संस्कारको प्रतीक हो । भाषा धर्म होइन । धर्मलाई भाषाको जरुरत हुन्छ । एउटा भाषाको रूपमा नेपाली नेपालको पहिचान मात्र होइन बल्कि भाषा हाम्रो जीवन मूल्यहरू , संस्कृति एवं संस्थाकारको सही संवाहक, संप्रेषक र परिचायक पनि हो । नेपाली सबै नेपाली भाषाहरूको दिदी भएको नाताले नातोले उसको उपयोगी र प्रचलित शब्दहरू आफूमाथि समाहित गरेर सही अर्थमा नेपालको सम्पर्क भएको भूमिका निर्वाह गरी रहेको छ। नेपाली भाषा वैश्विक पलटलमा पनि तकनीक र डिजिटलाइजेशनको क्षेत्रमा विस्तार र ठुलो बजारका अनन्त सम्भावनाहरू समेटने क्रममा छ । नेपालीको यसै महत्वलाई दृष्टिगत गर्ने तकनीकी कम्पनीहरूले यस भाषालाई बढ़ावा दिने कोसिस गर्दै छन् । गुगलको तथ्याँक मुताबिक़ आज इन्टरनेटमा मौलिक विषयवस्तु ( कन्टेन्ट ) नेपाली भाषामा रचिदै छ र रचिनु पनि पर्दछ । उद्योग उत्पादनहरूले पनि नेपाली भाषामा लेख्ने , जस्का बारेमा विचार गरून । सरल , सहज र संगम भाषा भएकाले नेपाली विश्वको वैज्ञानिक भाषा हुन सक्छ ।

सस्कृतिका दुई पक्ष हुन्छन्
१ -आधी भौतिक संस्कृति
२ - भौतिक संस्कृति

सामान्य अर्थमा आधिभौतिक संस्कृति सभ्यताको नाउँबाट अभिहित गरिन्छ । संस्कृतिका यी दुवै पक्ष एक अर्काबाट भिन्न हुन्छन् । सस्कृति अभ्यन्तर , यसमा परम्परागत चिन्तन , कलात्मक अनुभूति , विस्तृत ज्ञान एवं धार्मिक आस्थाको मिश्रण हुन्छ । सभ्यता वाह्यवस्तु जस्मा मानिसको भौतिक प्रगति र सहायक ,सामाजिक , आर्थिक , राजनीतिक र वैज्ञानिक उपलब्धिहरू सम्मिलित हुन्छन् । संस्कृति हाम्रो सामाजिक जीवन प्रवाहका उद्गगम स्थली हो र सभ्यता यस प्रवाहमा सहायक उपकरण । संसकृति साध्य हो र सभ्यता साधन । सस्कृति सभ्यताको उपयोगिताका लागि प्रतिमान उपस्थित गर्दछ ।

यी विभिन्नता हुँदा हुँदै पनि संसकृति र सभ्यता एक अर्कासँग अंत:सम्बन्ध छ र एक अर्कालाई प्रभावित गर्दछु । सास्कृतिक मूल्यहरूको स्पष्ट प्रभाव सभ्यताको प्रगतिको दिशा र स्वरूपमा पर्दछ । यी मूल्यहरूका अनुरूप जुन सभ्यता निर्मित हुन्छ , तेई समाज द्वारा गृहीत हुन्छ । सभ्यताको नवीन उपलब्धिहरू पनि व्यवहारहरू, हाम्रा मान्यताहरू या अर्को शब्दमा हाम्रो संस्कृतिलाई प्रभावित गर्दछ । समन्वयको प्रक्रिया अनवरत चलिरहन्छ । सम्पर्कमा आउने भिन्न संस्कृतिहरूले पनि अर्कालाई प्रभावित गर्दछ । भिन्न संस्कृतिहरूको सम्पर्क त्यस्मा सहयोग अथवा सहयोगको प्रक्रिया अनवरत चली रहन्छ ।

सम्पर्कका भौतिक तथा आधिभौतिक पक्षहरूको विकास समानान्तर हुँदैन । सभ्यताको विकासको गति संस्कृतिको विकासको गति भन्दा तीव्र हुन्छ । फलस्वरूप सभ्यता विकास क्रममा संस्कृति भन्दा अगाडी निस्किन्छ । सभ्यता र संस्कृतिको विकासको यय असंतुलनले सामाजिक विघटनलाई जन्माउछ । अत: यस प्रकार प्रादुर्भूत संसकृति विलंवना द्वारा निर्मित समाज द्वारा उत्पन्न असंतुलन र अव्यवस्थाको निराकरण हेतु आधिभौतिक संस्कृतिमा प्रयत्नपूर्वक सुधार आवश्यक छ । विश्लेषण, परीक्षण एवं मूल्याङ्कन द्वारा सभ्यता र संस्कृतिको नियमनले मानिसको भौतिक र आध्यात्मिक अभ्युत्थानको अनुपम सहयोग प्रदान गर्दछ ।

सस्कृति यद्यपि कुनै देश वा कालविशेषको उपज हुँदैन । यो त एउटा शाश्वत प्रक्रिया हो । तथापि कुनै क्षेत्र विशेषमा यसको जुन स्वरूप प्रकट हुन्छ त्यसलाई एउटा विशिष्ट नाउँबाट अभिहित गरिन्छ । यो अभिधाकाल , दर्शन , क्षेत्र , समुदाय अथवा सत्तासंग सम्बद्ध हुन्छ । मध्ययुगीन संस्कृति , भौतिक संस्कृति , पाश्चात्य संस्कृति , मुग़ल संस्कृति , हिन्दु संस्कृति वा विशिष्ट स्वरूपबोधका साथ यस तथ्यलाई उद्भाषित गर्दछ । संस्कृतिको विशेषण प्रदान गर्नेले कारक द्वारा संस्कृतिको सहज स्वरूप अनिवार्य प्रभावित हुन्छ ।संस्कृति हाम्रो जीवनसँग गाँसिएको छ । यो कुनै वाह्यवस्तु होइन । नत कुनै आभूषण हो जसलाई हामी प्रयोग गर्छौ । यो त केवल रङ्गहरूको स्पर्श मात्र पनि होइन ।यो त्यो गुण हो जसलाई हामी बनाउँ छौँ । संस्कृति बिना हामी हुदैनन । संस्कृति परम्पराबाट , विश्वासबाट , जीवनको शैलीबाट , आध्यात्मिक पक्षले , भौतिक पक्षले , निरन्तर गाँसिएको हुन्छ । यसले हामीलाई जीवनको अर्थ , बाँच्ने तरीक़ा सिकाउँछ । हामी नै संस्कृतिको निर्माता हौँ र साथै संस्कृतिले हामीलाई मानिस बनाउँछ ।

संस्कृति एउटा मौलिक तत्त्व हो , धार्मिक विश्वास र त्यस्को प्रतीकात्मक अभिव्यक्ति । हामीले धार्मिक पहिचानको सम्मान गर्नु पर्दछ साथै सामयिक प्रयत्नहरूबाट पनि परिचित हुनु पर्दछ । जसले गर्दा अंत: धार्मिक विश्वासहरूको कुरा हुन सकोस । जसलाई प्रायः अंत: सांस्कृतिक वार्तालाप भनिन्छ ।बाच्ने एउटा तरिका हुन्छ त्यो हो सत्यमार्ग। सहअस्तित्वले विभिन्न संस्कृतिहरू प्रतिको विश्वास भाषा र संस्कृतिलेनै ल्याउँ छ ।

जीवनमा जीवंतता त्यसवेला मात्र आउन सक्छ जब हामी आफ्नो भाषा एवं संस्कृति प्रति जागरूक हुन्छौं । भाषा एवं संस्कृति बिना हामी भौतिक रूपमा जति सुकै प्रगति गरौँ, तर परिवेशलाई यसबाट कुनै लाभ मिल्दैन । भाषा एवं संस्कृति जीवित तवमात्र रहन्छ जब त्यो हाम्रो परिवेशमा रहन्छ । अफ़सोस कि हामी आफ्नो जरोलाई नै छाडी दिई रहेका छौँ ।

भाषा र संस्कृति हरेक समुदायको पहिचान हो र हामी सबैका पहिचान हौँ ।आफ्नै मौलिक भाषा र संस्कृति बिना समुदाय अपूर्ण र अस्तित्व बिहिन हुन्छ । हामी नेपालीहरू बिच जात जाती भाषा भाषी धर्म र संस्कृति विविधता भएता पनि समग्रमा हामी नेपाली हौँ । नेपाली भाषा र संस्कृतिको संरक्षण र विकास गर्नु भनेको आफ्नो अस्तित्व वचाउनु हो जुन हरेक नेपालीको कर्तव्य हो ।

भाषा , संस्कृति , कला समुदायका प्रमुख अङ्ग हुन । यी सम्पूर्ण अङ्गहरूको संरक्षण र विकास समुदायकै संरक्षण र विकास हो । विभिन्न समुदायहरूका धर्म , कला र संस्कृति अनुसारका चाड, पर्व तथा रीतिरिवाज आदि मनाएर धर्म, कला र संस्कृति जगेर्ना गर्न सकिन्छ भने ज्ञान तथा विचार सञ्चार गरेर भाषा र साहित्यको जगेर्ना गर्न सकिन्छ ।

अन्त्यमा
भाषा र साहित्यको संरक्षण तथा विकासका लागि बालबालिकाहरूलाई सानै देखि उनीहरूले बुझ्ने गरी सरल चाख लाग्यो ढाँचामा पढाउँदा तथा लेखाउँदा उनीहरूको मन जित्न र इच्छा शक्ति बढाउन सकिन्छ । सरल भाषामा लेखिएका छोटा र रोचक कथा लय हालेर पढ़िने छन्दमा रचिएका कविता तथा श्लोकहरू आदि साना बालबालिकाहरूले बढी मन पाउने र बुझ्न सरल हुने हुँदा यस्ता रचनाहरूबाट सुरुदेखि नै उनीहरूमाथि नेपाली भाषा र साहित्य प्रति रुचि जगाउन सकिने कुरा विभिन्न अनुभवहरूबाट देखिएको छन् ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक