Similar Articles

बिचार

नेपाल परेडबाट उब्जेका प्रश्नहरू- आङ छिरिङ्ग शेर्पा

बिराट नेपाल

गत महिना न्युयोर्कको सडकमा तीनथरिको परेड भयो । पहिलो, नेपालमा भूकम्प गएको दिनलाई सम्झेर लिभ टु लभ इन्टरनेसनलको परेड थियो भने दोस्रो, हिमालयन बुद्धिष्ट कम्युनिटीले बुद्ध जयन्तीको दिन गरेको परेड थियो । त्यसलगतै तीन संस्थाको अगुवाईमा ‘नेपाल डे’ नाम गरेको परेड थियो । नेपाली पोसाक लगाएर सडकमा नेपालको झन्डा बोकेर हिँडेको तीनै परेडले नेपाललाई चिनाउने कोसिस गरेको थियो ।

देशबाहिर मातृभूमिका लागि गरिने यी परेडहरु नेपालको विशेष दिनको सम्झनामा गरेमा नेपालको गौरव बढ्नुको साथै विश्वमाझ मुलुकको चिनारी पक्कै दिनेछ । दौरा–सुरुवाल र साडी–चोलो लगाएर हामी जति धेरै जम्मा भएर हिँडे पनि सडकमा दर्शक बनेर हेरिरहेका अन्य मुलुकका नागरिकलाई परेड यो दिनका लागि हो भनेर जवाफ दिन सकेन भने परेडको अर्थ हुँदैन ।

गत मे महिनाको २१ तारिख बुद्ध जयन्ती सकिनुबित्तिकै मे २२ तारिखको दिन भएको नेपाल परेड नेपालको कुनै पनि विशेष दिनमा गरिएको थिएन । धेरैजसो समुदायको भावना भनेको पनि नेपालको राष्ट्रियतासँग गाँसिएको नेपाल परेड नेपालको विशेष दिनलाई छान्नुपर्ने थियो । त्यहीअनुरुप आयोजक भनिएका संस्थाका प्रतिनिधिहरूले सबैसँग बेलैमा सल्लाह नगरी छानेको त्यो दिनलाई धेरैले स्वीकार नगरेकोले ‘नेपाल डे’ परेड विवादमा परेको हो ।

कार्यक्रम विवादमा परे पनि कसैको कारणले होइन केवल मातृभूमिप्रतिको न्यानो माया बोकेकाहरु स्वेच्छिक रूपमा सहभागी भएका थिए । साप्ताहिक बिदाको दिन परेको नेपाल परेडमा न्युयोर्कलगायत अन्य बाहिरका नेपालीहरूको उत्साहजनक सहभागिता थियो । नेपाली पोसाकमा ठाँटिएर नेपालको झन्डा बोकेर म्यानह्टनमा आइपुगेका उनीहरू धेरैजसो समुदायले झाँकी र नृत्यहरु प्रस्तुत गरेका थिए । तर, कयौँ हिमाली समुदायहरूको अनुपस्थितिले परेड निकै खल्लो महसुस भएको थियो ।

परेड आयोजक भनिएका संस्थाका प्रतिनिधिहरूले हामीले जे गरे पनि हुन्छ भन्ने घमण्डकै कारण परेडमा सबैलाई समेटनु नसकेको देखिएको छ । तिनै संस्थाहरू जसले नेपाललाई टिपिएस दियो भनेर सुटुक्कै चर्क सुमरलाई भेटन गएको दिनदेखि नै उनीहरुप्रति विभिन्न समुदायको दृष्टिकोण फरक भएको देखिन्छ । सुटुक्कै चर्कसुमरलाई भेटेर मे २२ तारिखको नेपाल डे गर्ने भनेर घोषणा गरेपछि सबैजना आश्चर्यचकित भएका थिए ।

वास्तवमा उनीहरूले परेड नै गर्ने भएपछि सबै समुदायको प्रतिनिधिलाई बोलाएर सबैको सरसल्लाहमा परेडको दिन तोकेको भए यो विवाद आउँदैन्थ्यो । न्युयोर्कको सबै समुदायहरू समेटिन्थ्यो । तर, उनीहरू तीनजना बाहेक अरूलाई त्यति वास्ता नगरेको कारण अन्तिम समयसम्म नै विभिन्न समुदायहरू र एनआरएन टाढा भएको देखिन्छ । यसका साथै जन सम्पर्क समिति आफैँ आयोजक मध्येको एक भए पनि अन्तिमसम्म एक पक्षले समितिमा निर्णय नभएको भनी सहभागिता नहुनु परेडको अर्का दुःखद् पक्ष थियो ।

यस्तै विवादहरुको बिच भएको परेडमा त्यतिको मान्छेहरू आउँछन भनेर आयोजक भनिएकाहरुले कहिल्यै पनि सोचेका थिएनन । तर ती सहभागीहरू भने उनीहरूको निम्तोमा नभएर नितान्त रूपमा नेपाल राष्ट्रको मायाले ओतप्रोत भएर स्वतःस्फुर्त रूपमा आएका थिए । त्यतिको धेरै सहभागी आए पनि परेड समयमा सुरु हुन नसक्नु, स्वयंसेवकहरुको अभावमा सहभागीहरुलाई लाइनमा हिँडाउन नसक्नु, बाटोमा कुनै समूह अघि बढिसक्दा पनि अर्का समूहले पछ्याउन नसकेर बाटो खाली हुनु, सुरुदेखि नै परेडका लागि सहयोग गर्दै आएका कन्सुलेटका प्रमुखलाई बेवास्ता गरी नेपाल मिसनबाट परेडको उद्घाटन गराउनु, ट्रक आर्कषक ढङ्गले सजाउन नसक्नु, नाइटिन स्ट्रिटमा पुग्दा सहभागीहरू तितर–बितार हँुदासम्म पनि सहभागीहरुलाई धन्यवाद दिन नसक्नु आयोजकको ठुलो कमजोरी बनेको छ । समग्रमा सहभागीहरुको बाक्लो उपस्थितिले सकारात्मक रूप लिए पनि सबै समुदायलाई समेटन नसक्नु, परेडको योजना र व्यवस्थापन गर्न नसक्नु यो असफलता मान्नुपर्छ ।

हुन त पहिलो पटक हो भनेर कमजोरीलाई क्षमा दिए पनि कमजोर नेतृत्वकै कारण परेडमा नेपालको विभिन्न राजनीतिक झन्डा, लिम्बुवानको झन्डा र वर्तमान संविधानमा रहेको त्रुटिलाई लिएर सडकमा टिसर्टमा संविधानको विरोध गर्नुले नेपाल डेको सफलता मान्न सकिँदैन ।

आयोजकहरुले बुझनुपथ्र्यो, साँच्चिकै नेपालको पहिचान दिने हो भने सडकमा झन्डा बोकेर र नाचगान गर्दैमा देश चिनाउन सकिँदैन । यसका लागि अमेरिकनलगायत अन्य देशको मनले खोजेको विश्व विख्यात पर्वतारोहीहरु, वीर गोर्खालीहरु परेडमा सामेल हुनुपथ्र्यो । हिन्दु धर्मको भजनसँगै बौद्धधर्मको शान्तिको ध्वनीहरु गुन्जिनुपथ्र्यो जुन अमेरिकी सञ्चारमाध्यमको पहिलो आँखा लाग्ने नेपाल आर्कषण हुन् । देशको राष्ट्रियतासँग गाँसिएको यस्तो राम्रो उद्देश्यको कार्यक्रममा साँघुुरो सोचले कहिल्यै पनि हेर्नुहुँदैन । अमेरिकामा नेपाल चिनाउने हो भने आगामी दिनमा यस्तो परेड गर्नु नै हँुदैन । यदि आगामी दिनमा नेपाल डे गर्ने हो भने सबै समुदायसँगको छलफलमा कुनै एउटा विशेष दिनलाई ‘नेपाल डे’ भनेर घोषणा गर्नुपर्छ । र, नेपाल डेलाई कसैले पनि स्वार्थको रूपमा नलिई हिमाल पहाड र तराईको प्रतिनिधित्व हुनुपर्छ । नेपाल सरकार वा एनआरएनलाई संयोजनको भूमिका दिएमा विवाद नहुन सक्छ ।

नेपाल परेडका केही तस्बिरहरु
नेपाल परेडका केही तस्बिरहरु
नेपाल परेडका केही तस्बिरहरु
नेपाल परेडका केही तस्बिरहरु
नेपाल परेडका केही तस्बिरहरु
नेपाल परेडका केही तस्बिरहरु



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक