Similar Articles

बिचार

नेपाली कृषिको समस्य र समाधान -हरिराम सिग्देल

बिराट नेपाल

जैविक विविधता, प्राकृतिक सम्पदा, विविध जाति, धर्म, कला र संस्कारको धनी त्यसमा पनि ६७% जनसङ्ख्या कृषि पेसालाई आफ्नो जीवन यापनको मूल आधार बनाएका छन् । राष्ट्रिय कुल ग्राहस्त उत्पादनको करिब ३३% यसै क्षेत्रको योगदान छ। खेती गर्ने तरिका मल बिसादी, उपचार विधि जस्ता सामान्य ज्ञानको कमीले गर्दा उहीँ पुरानो पद्धतिद्दारा खेती गर्नु पर्ने बाध्यता कृषि कर्जा किसान मैत्री नहुनु, कृषि उपकरण ग्रामीण परिवेश सुहाउँदो नहुनाले पनि यो पेसा अझै सम्म व्यावसायिक र सम्मानित हुन नसक्नुले विविध कठिनाइ भोग्नु परे छ । हाम्रो व्यापार घाटामा कृषिजन्य बस्तुले ठुलो हिस्सा ओगटेको छ। खोइ राज्यले चासो  दिएको । नत कृषि मैत्री शिक्षा नै छ। नत राज्यको ठोस नीति छ । किसानले निर्वाह मुखी मात्रै गर्नु, र समाजले कु दृष्टिले हेर्नु यशका मूल कारक हुन ।

हाम्रै छिमेकी देश भारत हरित क्रान्तिको नारा लिएर अग्र पन्तिमा छ । खाध्यान्न निर्यत दुनियाँ भर गरि राखेको छ। जनसङ्ख्याको 2 % मात्रै कृषिमा लागेको इजरायल आफ्नो उत्पादन विश्वका कुना कुना पुर्यार्को छ । सात लाख मात्र जनसङ्ख्या भएको भुटान आफूलाई विश्वमा पहिलो पूर्ण अर्गानिक राष्ट्र घोषणा गर्ने तयारी मा छ युरोपेली मुलुकहरुलाइ दूध नदी र खाध्यन्नको पहाड भएकोमा घमण्ड छ । किन हामी भने यिनीहरूको सफलताका कथा सुन्ने, ताली पिट्ने पात्र मात्र बनेका छौ ।

अथाह जलश्रोतमा धनी छौ, प्रकृतिले साथ दिएको छ । ऊर्जा शील युवा शक्ति छ । तर किन आज हाम्रा खेतवारि बाजा छ्न । किन हजारौँ युवा दिनहु खाडी तिर विदेशिएको छ । हाम्रो देश नेपाल कृर्षी क्षेत्रमा निकै सम्भावना भएको देश हो । यहाँ धेरै किसिमका कृषि विकासका कार्यक्रमहरू आगाडी बढाउन सकिन्छ तर विडम्बना भनौ हाम्रो परम्परागत कृषि प्रणाली र कृषकहरुमा चेतनाको कामीले गर्दा सोचे जस्तो प्रगति हुन सकेको छैन । जीडीपीमा योगदानको यो प्रतिशत कृषिमा संलग्न जनशक्तिको अनुपातमा एकदमै न्यून हो । नेपालमा योजनाबद्ध विकास प्रयासको सुरुवातदेखि नै कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ । तर दुर्भाग्य हाम्रो देशको कृषिको आधुनिकीकरण तथा विकास कहिल्यै हुन सकेन । 

कृषि विकासमा मुख्य गरी तिन वटा महत्पूर्ण पाटा छन् । कृषि शिक्षा कृषि अनुसन्धान व्यावसायिक कृषि । यी तिनवटै पक्षहरुलाइ राज्यले एउटै छानामुनि राखेर आगाडी बढाउन सक्यो भने समग्र कृषि क्षेत्रको परिवर्तन सम्भव छ । त्यस्तै कृषि प्रति राज्यको कमजोर नीति, उत्पादित कृषि सामग्रीको बजारिकरणको आभाब, परम्परागत कृषि प्रणाली, सिचाई आभाब, उपयुक्त बिउ बिजन उपलब्ध नहुनु, खेती लगाउने बेलामा मल, विषादी आदिको हाहाकार हुनु, उत्पादनपछि कृषि उपजहरुको बजार पनि सहज नहनु आदी कृषिमा देखिएका मुख्य समस्या हुन् । कृषकहरूले आफूले उत्पादन गरेको कृषि उपजको बजार मूल्य बिचौलियाहरुले कायम गरिदिने बाध्यात्मक यथार्थ  कृषकहरूले भोगिरहेको छन्। त्यस्तै सिंचाइ, यातायात, गोदामघर, शीतभण्डार, बीउ भण्डार, चिस्यान केन्द्र, कृषि बजार, कृषि सूचना केन्द्र जस्ता कृषिसम्बद्ध पूर्वाधारहरुको पर्याप्त विकास गर्नसकिएको छैन । 

कृषकहरुमा बचत गर्ने र बिक्री गर्नेभन्दा खान पुगे हुन्छ भन्ने मानसिकता हालसम्म पनि विद्यमान रहेको देखिन्छ । कृषियोग्य भूमि क्रमशः विनाश हुँदै गएको, जग्गा ओगटेर बाँझो राख्ने प्रवृत्ति बढ्दै गएको, कृषियोग्य जग्गा धमाधम घडेरीकोलागि प्लटिंग हुनु, परम्परागत अंशबण्डा प्रणालीलगायतका कारण जग्गामा भइरहेको अनियन्त्रित खण्डीकरणले कृषि उत्पादनमा ह्रास आएको जस्ता समस्याहरू छन् । मुख्यतया नेपालको भू–धरातलीय स्वरूपका कारण सबै क्षेत्रको कृषि कार्यमा नवीन प्रविधिको अनुसरणमा समस्या रहेको छ । देश मा आधुनिक कृषि औजार को प्रयोग मा आउन नसक्नु । यसका साथै जीवननिर्वाहमुखी कृषि पद्धति र खेतीको परम्परागत ढाँचामा परिवर्तन ल्याउन सकिएको छैन । ठुलो मात्रामा कृषियोग्य उर्वरभूमिको गैरकृषि प्रयोजनमा उपयोग भइरहेको अवस्था छ ।साथै कृषि कार्यमा लगानी गर्न पर्याप्त पुँजी र प्राविधिक सहयोगको पनि अभाव छ । एकातिर कृषकहरुसम्म पुग्नेगरी सरकारी लगानी न्यून रहेको छ भने अर्कोतिर कृषकहरूले कृषि कार्यकै लागि सहज रसहुलियत रूपमा ऋण प्राप्त गर्नसक्ने गरी किसानमुखी बैङ्क तथा वित्तीय संस्थाहरूको पनि अभाव देखिएको छ । यसर्थ कृषि प्रणालीमा देखिने समस्याको पहिचान र त्यसको समाधानको लागि उपयुक्त कृषि प्रविधिको प्रयोग र कृषिको प्रबर्धन गर्ने निकाएको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । कृषिको प्रचार तथा प्रबर्धन गर्ने निकाय कृषिसम्बन्धि शिक्षा तथा कृषिको गुणस्तर बृदि गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका निर्वाहगर्ने खालको हुनु आवश्यक छ । जब सम्म कृषि प्रचार तथा प्रबर्दन गर्ने बलियो संरचना निर्माण हुँदैन तब सम्म कृषि विकासका सबै रणनीतिहरु असफल हुन जान्छन । आहिले सम्मको इतिहासलाई हेर्ने हो भने कृषिमा खासै प्रगति भएको पाइदैन । 

अधिकास कृषकहरूले परम्परागत कृषि प्रणाली अंगालेका छन् । कृषि सम्बन्धी सही सूचनाको प्रसार हुनसक्यो भने कृषिमा निकै राम्रो उत्पादकत्व,बजारीकरण व्यबसायिकरण गर्न सकिन्छ। सरकारले बर्सेनि कृषि क्षेत्रमा निश्चित बजेट बिनियोजन गर्ने र कृषिलाई प्राथमिकतामा राख्ने नीति भएता पनि त्यो प्रयाप्त छैन । कृषि क्षेत्रमा आफ्नै खाले समस्याहरू बिधमान छन् र हामीले यसलाई व्यबसायिकरण आधुनिकीकरकरण पर्याप्त सिचाई व्यवस्था जस्ता धेरै काम बाकी छन् ! यस्तो अवस्थाहरु रहेको भएता पनि देशको कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने सन्दर्भमा देखिएका समस्याहरुसँगै केही सुनौला सम्भावनाहरू पनि रहेका छन् । यस्ता संभावनाहरुको सही र विवेकसम्मत सदुपयोग हुनसकेमा समस्याहरूबाट आत्तिहाल्नुपर्ने स्थिति भने छैन । हाम्रो जस्तो विविधतायुक्त धरातल र जलवायु भएको देशमा कृषि बालीहरुमा विविधीकरण गरी पर्याप्त फाइदा लिनसक्ने अवस्था रहेको छ । भूगोल एवं जलवायुलाई दृष्ट्रिगत गरी बहुखेती प्रणाली, नगदेबाली, पशुपालन, फलफुल र तरकारी खेतीजस्ता व्यावसायिक पद्धतिलाई अवलम्बन गर्न सकिन्छ ।जलस्रोतको उपयोगमार्फत सिंचाइ प्रणालीलाई व्यवस्थित बनाई कृषि उत्पादनमा बढोत्तरी गर्न सकिन्छ ।यहाको हावा पानी विभिन्न किसिमका तरकारीहरू, फलफुल लगाएत अन्य बालीहरूका लागि उपयुक्त छ । 

कृषि बाली लागाउनु भन्दा आगाडी माटो परीक्षण, सही बिउको प्रयोग, समयमा (पेस्ट) किराको रोकथाम, पर्याप्त सिचाई व्यवस्था, आवश्यक समयमा रुखहरुको काटछाट  गर्न सक्ने हो भने मात्र पनि ब्यबसायिकरुपमा कृषिलाई अगाडि लैजान सकिन्छ । साथै बाली (जस्तै धान,गहु) भित्र्याउने बेला कामदार लागाउनुको सट्टा havestor जस्ता मेसिनको प्रयोग गर्न सकियो भने कृषि क्षेत्र अझै प्रभावकारी हुन्छ । परम्परागत मौलिक ज्ञानयुक्त कृषकहरुलाई वर्तमानमा विकसित सूचना, सञ्चार प्रविधि र ज्ञानसँग जोड्नसकेमा मौलिकतालाई कायम राख्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सकिने निकै राम्रो सम्भावना छ । यसैगरी,  साना हाटबजार र कृषि सडकहरुको विकास, विस्तार हुन सके कृषि उपजको बजार फराकिलो पार्न र मल, बीउबिजन आदिको उपलब्धता सहज बनाउन टेवा पुग्नसक्ने देखिन्छ । सम्पत्तिको रूपमा भूमिको उपयोग गर्ने नेपाली समाजको सोच र परम्परागत अंशबण्डा प्रणालीमा सकारात्मक परिवर्तन आउन सके यसले कृषिभूमिको अनियन्त्रित खण्डीकरणलाई केही हदसम्म रोक्नसक्छ । गरिबी समग्र देशकै चुनौती हो । जसले गर्दा सिङ्गो देशले नै समस्या भोग्नु परिरहेको छ । यदि कृषि सम्बन्धी सही सूचना सञ्चारमार्फत कृषक समक्ष पुग्न सक्यो र कृषकले त्यसलाई व्यवहारमा उतार्नसके भने केही हद सम्म पनि गरिबी निवारण हुन सक्छ । कफि चिया मह आदुवा पस्मिना अलैंची बाली विदेशमा पनि उच्चमा माग  रहेको छ । तर दक्ष जनशक्ति र प्रभावकारी शिक्षाको आभाबको कामीले गर्दा सोचे जस्तो प्रगतिहुन सकेको छैन । यदि सरोकार वाला निकायले युवाकेन्द्रित योजना र कृषि तर्फ आकर्षित कार्यक्रम ल्याउन सके बेरोजगारी समस्या न्यूनीकरण हुने थियो र ऊर्जा शील युवा जनशक्ति विदेश पलायन भएरखाडी मुलुकमा पसिना बगाउनु पर्ने थिएन । जल सम्पदाको दोस्रो धनी राष्ट्र माछा पालन को प्रचुर सम्भावना केसर फलफुल, पशुपालनको सम्भावना छ । 

कृषिलाई आधुनिक र व्यावसायिक नतुल्याएसम्म अर्थतन्त्र सबल बन्न र गरिबी न्यूनीकरण हुनसक्दैन । थोरै उत्पादन गर्न आवश्यकताभन्दा बढी श्रमशक्तिको लगानी भइरहेको स्थितिबाट कृषि व्यवसायलाई बजारमुखी र नाफामुखी नबनाएसम्म नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन असम्भव छ । तसर्थ, यसमा देखिएका समस्याहरूको बेलैमा उचित सम्बोधनसहित सम्भावनाहरुको उच्चतम सदुपयोग गरी कृषि क्षेत्रलाई आधुनिक,व्यावसायिक र रोजगारमूलक बनाई देशलाई समृद्ध तुल्याउनु आजको आवश्यकता हो 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक