अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-05
विजय थापा ,वाशिंगटन डिसी
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को एटलांटा सम्मेलन ६ बुदे घोषणा सहित सम्पन्न भएको छ l गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनएको सम्मेलनको नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली काँग्रेसका युवा नेता गगन थापा, नेकपा एमालेका सभासद् रबिन्द्र प्रसाद अधिकारी, राजनैतिक समीक्षक, पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल आएका थिए l
कार्यक्रमको समुद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले गरेका थिए l तीन दिन सम्म चलेको उक्त सम्मेलनमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नेपाल फोरम, नेजा फोरम, विविध विषयका संगोष्ठी, भेषभुषा प्रदर्शन, प्रतिभा प्रतियोगिताहरु रहेका थिए l
अन्तिम दिन साधारण सभाले ६ बुदे एएनए घोषणा गर्दै यस वर्षको एएनएन सम्मेलन सम्पन्न गरेको छ l
संस्थाको तर्फबाट नेपालबाट आएका विशेष अतिथिहरूमा नेता सांसद गगन थापा, नेकपा एमालेका सभासद् रबिन्द्र अधिकारी, राजनैतिक समीक्षक, पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल तथा राजदूत डा. अर्जुन कुमार कार्कीलाई सहभागिता जनाएकोमा विशेष धन्यवाद दिएको छ l
दोस्रो, एएनएका सदस्य तथा रोजर अधिकारीको नेतृत्वमा रहेको वर्तमान कार्यकारी समितिले समस्यामा जकडिएको संस्थालाई पुनर्स्थानमा ल्याउन सकेकोमा धन्यवाद दिएको कुरा छापा विज्ञप्तिमा उल्लेख गरिएको छ
तेस्रो, एएनए भकुण्डो विजेता टोलीलाई २०१७ मा नेपालमा हुने खेलकुदमा सहभागी गराइने भएको छ l चौथो, अर्को वर्ष एएनए कार्यकारी समितिको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समितिको गठन गर्दै डा शैलेन्द्र शुक्ला सभापति, नवीन दत्त उप सभापति तथा अनिल पाठक सदस्य रहेको समितिको घोषणा गरेको छ l
पाचौ, २०१७ मा एएनए सम्मेलन म्यारिल्याण्डको बाल्टिमोरमा हुने घोषणा सहित वर्तमान समितिले स्थानीय सङ्घ तथा संस्था सन् सहकार्य गर्ने विषयमा काम गर्ने बताइएको छ l
छैठौ ,एएनए एटलांटा सम्मेलन सफलता पूर्वक सम्पन्न भएकोमा नासा, आन्मा, बाना, आरएमएफएन, अन्य सङ्घ तथा संस्था तथा प्रतिनिधिलाई धन्यवाद दिएको छ l
Post Comments Using Facebook
Your Comments