Similar Articles

अमेरिका समाचार (USA)

जन्मदिनमा भावना पाण्डे विष्ट द्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार

बिराट नेपाल

वाशिंगटन डिसी , देश दुख्दा मुटु दुख्छ, जहाँ भए पनि सिताराम कट्टेल र कुन्जना घिमिरेले गरेको कामको प्रशंसा जति गरे पनि कम नै हुन्छ भन्दै टेक्सस राज्यको हुस्टनमा शृंगार केन्द्र (बिउटी पार्लर) सञ्चालन गर्दै आएकी नेपाली मूलकि भावना पाण्डे विष्टले आफ्नो जन्म दिवसको अवसरमा ‘धुर्मुस सुन्तली एकीकृत बस्ती’ का लागि जन्मदिनको खर्च कटाएर ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् l

झन्डै ९ वर्ष अगाडी अमेरिका आई नेपाल अमेरिका आवत जावत गर्दै र पछिल्लो  ४ वर्ष देखि अमेरिकामा नै बस्दै आएकी भावना  पाण्डे विष्ट विदेशमा बसे पनि हरपल मन त आफ्नै देशमा पुगी रहेको हुन्छ भन्दै थोरै सहयोग गर्न पाउँदा हर्ष लागेको बताईन l

वहाहरु जस्तो सबैले निस्स्वार्थ बने देश बन्न कति बेर लाग्छ भन्दै आफूले आफ्नो जन्म दिवसमा अन्य खर्च नगर्ने निधो गरेर आफू सँग संचित रकम मन भएर पठाएको बताईन l

उनले भनिन आफू विगत ४ वर्ष देखि आफ्ना एक छोरी र एक छोरा सँग अमेरिका बस्दै आएको छु भन्दै विदेशमा जीवन झन् जटिल छ तर पनि धुर्मुस र सुन्तलीले गरेको महान् सोचरुपी सागरमा केही थोपा मिसाउने जमर्को गरेको बताईन l

उनले आफ्नी आमाले भनेको जस्तै थोपा थोपा गरेर समुन्द्र बन्छ त्यसैले यो सानो सहयोग गर्ने साहस गरेकी छु भनिन l र भगवानले चाहनु भयो भने आउँदा दिनहरूमा अझै सामजिक सेवा गर्ने ईक्षा रहेको बताइन l बाकी भगवानको ईक्षा भनिन l

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारका लागि एकीकृत बस्ती निर्माण गरिरहेको छ । भावना पाण्डे  विष्टले लामो समय सम्म काठमाडौँको पुतली सडकमा आफ्नै शृंगार गृह सञ्चालन गरेको उनी सँग अनुभव भएकोले अमेरिकामा  उनलाई त्यही पेसा गर्न सरल भएको छ l उनको जन्म दिन जुलाई ७ तारिख हो l

भावना पाण्डे विष्टले चितवन जिल्लामा दुई कक्षाकि छात्रालाई पठन पाठनको लागि वार्षिक लाग्ने खर्च समेत जन्म दिवस मै एक मुष्ठ रकम पठाई सकेकी छिन् l 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक