अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-06
जुलाई ६ २०१६, सिकागो I
नेपालबाट अमेरिकामा आइ विभिन्न क्षेत्रमा बिशेसज्ञता हासिल गरी कार्यरत वैज्ञानिक तथा बिशेसज्ञहरुको सम्मेलन आगामी जुलाई ३० तारिखमा इलिनोइको सिकागो सहरमा हुने भएको छ I अमेरिका स्थित नेपाली बैज्ञानिकहरुको सङ्गठन यु एस नेपाल पोलिसी रिसर्च सेन्टरको आयोजनामा सम्पन्न हुन गै रहेको सो सम्मेलनको उद्देश्य मातृभूमि नेपालको समग्र विकासमा के र कसरि योगदान दिन सकिञ्छ भन्ने नै रहेको कुरा कार्यक्रमका संयोजक तथा युवा वैज्ञानिक डा. यादव पण्डितले बताउनु भयो I
त्यसका साथै हाल सम्म १० जना बिशेसज्ञले आफ्ना बिशेज्ञताका बारेमा कार्यपत्र प्रस्तुत गर्ने निश्चित भई सकेको जानकारी समेत दिनु भयो I संस्था आफै स्थापनाको अवस्थामा रहेको हुनाले आगामी दिनमा संस्थालाई कसरि प्रभावकारी रूपमा अगाडी बढाउन सकिञ्छ भन्ने विषयमा समेत छलफल गरिने कुरा डा. पण्डितले बताउनु भयो I
सिकागो सम्मेलनको तैयारिका लागी डा. यादव पण्डितको संयोजकत्वमा तैयारी समिति गठन गरिएको छ I समितिका सदस्यहरूमा डा. राजेन्द्र पंगेनी, भोजराज घिमिरे, लाल प्रसाद काफ्ले, प्रशान्त बन्जाडे, सुरेन्द्र चौधरी तथा सुमन बस्ती रहेका छन् I सम्मेलनको विस्तृत विवरण
http://usnprc.org/ मा उपलब्ध भएको कुरा संयोजक पण्डितले जानकारी दिनु भयो I
Post Comments Using Facebook
Your Comments