अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-06
विजय थापा, वाशिंगटन डिसी ।
अमेरिकाको म्यारिल्याण्ड राज्यको चर्चित सहर बाल्टिमोरकि युवा नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्कले बाल्टिमोर स्थित नेपालीद्वारा सञ्चालित लुम्बिनी चमेना गृहमा भ्रमण गरी नेपाली समुदायका बारेमा चासो राखेकी छिन् l
आज एक दिवा भोजनको साथै नेपाली समुदायसँग राखिएको भेटघाट कार्यक्रममा बेल्कले नेपाली समुदायका विविध विषयमा सोधपुछ गरेकी उक्त चमेना गृहका सञ्चालक नारायण थापाले जानकारी गराएका छन् l
नगर प्रमुख ब्लेकको चमेना गृह अवलोकन तथा भ्रमणको सिलसिलामा लुम्बिनी भोजनालयले दिवा भोजनको समेत व्यवस्था गराई नेपाली समुदायका केही व्यापारी तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो l
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख स्टेफेनी बेल्कले नेपाली समुदायको उक्त क्षेत्रमा रहेको व्यवसाय, बिक्री, नेपालीहरूको अवस्था बारेमा जानकारी लिएकी थिइन l
नगर प्रमुख ब्लेकले नेपालीहरूको जन घनत्व, ईलम तथा जागिरको अवस्था बारेमा थप जानकारी लिएकी थिइन् । ब्लेकले यसको साथै अल्प सङ्ख्यामा रहेका नेपालीहरूलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा समेत छलफल गरिन ।
उपस्थित अन्यले अमेरिकामा ख्याती (क्रेडिट) नभएकालाई कसरि ऋण उपलब्ध गराईने व्यवस्था र यसको लागि हुन् सक्ने उपाय बारेमा समेत कुराकानी भएको जानकारी चमेना गृह व्यवसायी/संचालिका तथा एनआरएन अमेरिकाकि वर्तमान उपाध्यक्ष रबिना थापाले बताईन l
यसको साथै कसरि नेपाली समुदाय र अन्य समुदाय सँग सांस्कृतिक आदान प्रदान कसरि गर्न गर्न सकिन्छ भन्ने विषयमा पनि चर्चा भएको थियो l यसरि नगर प्रमुखले नेपाली समुदायको सञ्चालित व्यवसायमा आएर सोध पुछ र चासो राख्नु भनेको राम्रो कुरा हो भन्दै यसरि नेपाली समुदायको व्यवसायमा सम्भवत पहिलो पटक भएको हुन् सक्ने थापाले बताए l साथै भविष्यमा नेपाली समुदाय सँग भेटघाट समेत हुने कुरा चलाइएको छ l
Post Comments Using Facebook
Your Comments