अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-07
अमेरिका, गत शनिवार ए एन ए एटलान्ट २०१६ मा एटर्नी द्वय बासु फुलारा र गिरिराज गौतमद्वारा इमिग्रेशन फोरम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित ब्यक्तिहरुबाट सोधिएको प्रश्नको उत्तर एटर्नी द्वय फुलारा तथा गौतमले दिइका थिए । उक्त कार्यक्रममा बिआरटी नेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो । प्रत्यक्ष प्रसारणको क्रममा आएको प्रश्नको पनि उत्तर एटर्नी द्वयद्वार दिइएको थियो । उक्त कार्यक्रममा बासु फुलाराले मोडेयटरको भूमिका निर्बाह गर्नु भएको थियो । १ घण्टा चलेको उक्त कार्यक्रममा सोधिएको प्रश्नको आधारमा अग्नी चौलागाईं तथा शैलेश पोखरेलद्वारा तयार पारिएको रिपोर्ट ।
नेपालमा गत वर्ष गएको भूकम्पको कारणले अमेरिकामा रहेका नेपालीलाई दिएको टिपीएस सुविधा आउदो डिसेम्बरमा सकिदैछ । अहिले सम्म अमेरिकाले प्रदान गरेको यो सुविधा थप गरेको उदाहरण हेर्ने हो भने नेपालको पनि थप होला भनी अनुमान लगाउन सकिन्छ भनेर एटर्नी फुलाराले भनेका छन् ।
यदि कसैले एसाईलाम पनि फायल गरेको छ र टि पिएस पनि फायल गरेको छ भने टि पी एस मा बस्ने वा ईशालयमको केसलाई निरन्तरता दिने केसको प्रकृति अनुसार भर पर्ने कुरा हो ।
एसाईलम फायल गरेको व्यक्तिले अन्तर्वार्ताको समयमा असालयमको अफिसले टिपीएस सुविधा प्राप्त गरेको व्यक्तिको केसलाई प्रशासनिक रूपमा केही समयको लागि बन्द गर्न सक्छ । कुनै पनि सुविधा लिने वा आफ्नो स्ट्याटस परिवर्तन गर्नु पूर्व कानुनी परामर्श लिनु सदैव हितकर रहन्छ ।
नेपालबाट मेक्सिकोको बोर्डर पार गरेर आउने नेपालीहरूले टिपीएस सुविधा प्राप्त गरेको छ भने ट्राभल डकुमेन्ट बनाई बाहिर गएर आउँदा अहिले सम्म कसैलाई रोकेको थाहा छैन । एसाइलम गरेको मानिसले आफ्नो केस फिर्ता लिन सक्दछ तर एसाइलम अफिस र अदालतमा केस फिर्ता लिने प्रक्रिया फरक, फरक हुन्छ । एसाइलम अफिसमा साधारण रूपमा केश फिर्ता लिन अनुरोध गर्न सकिन्छ भने अदालतमा अदालतकै स्वीकृति लिएर असायमको केस बन्द गर्न सम्भावना हुन्छ ।
कुनै पनि भिसामा आएको व्यक्तिले कुन तरिकाबाट ग्रिन कार्ड लिनको लागि आफूसँग के क्षमता छ सो को विस्तृतमा छलफल गर्न सक्छ । कोही विशेष असाधारण क्षमता भएको व्यक्ति छ भने उसले ईबि-वन अन्तर्गत ग्रिन कार्ड लिने प्रयास गर्न सक्दछ भने कोही व्यापारी बर्गहरुको लागि एल वान लगायत अन्य कुनै पनि व्यक्तिले यहाँ भएको लाइसेन्स प्राप्त एटर्नीहरुसंग सोधेर आफू कुन भिसा उपयुक्त हुन्छ भनेर बुझ्न सक्छ ।
टिपीएसबाट वोर्क परमिट लिए पनि विद्यार्थी भिसामा बसेको मान्छेले साथमा लिएर जान सक्दछ । तर एफ वान-बि भिसामा बसेको मान्छेले एच-वानमा जान सक्छ । टि पी एस मात्रै भएको व्यक्तिले अरू कुनै आधार नभैकन एच-वान भिसामा जान सम्भव छैन ।
टिपीएस र एफ वान भिसा साथ् साथै लगेको व्यक्तिले बिस घण्टा भन्दा बढी काम गर्नु पर्यो भने कालेजको अनुमति लिनु पर्दछ । यदि कालेजलाई जानकारी नदीइकन बिस घण्टा भन्दा बढी काम गरेको पाइएमा विद्यार्थीलाई समस्या हुन सक्छ ।
ग्रिन कार्ड भएको व्यक्तिले छ महिना भन्दा बढी नेपाल बस्नु परेमा रि इन्ट्री परमिट लिएर जानु पर्छ । रि इन्ट्री परमिट नलिएको खण्डमा पछि अअमेरिकन नागरिकता लिने समयमा समयको समस्या आउन सक्छ । टिपीएस सुविधामा भएको व्यक्तिले डाइरेक्ट ग्रिन कार्ड प्राप्त गर्दैन तर अरू कुनै अरू कानुनी आधार भएको खन्डमा टिपिएसमा बसेको व्यक्तिलाई सजिलो पर्न सक्छ ।
Post Comments Using Facebook
Your Comments