अमेरिका समाचार (USA)
बिराट नेपाल
2016-07-07
क्यालिफोर्निया, गत वर्ष गएको विनाशकारी भूकम्प ले दिएको घाउमा मलम पट्टि लगाउन निस्केका समाजसेबी तथा हास्यकलाकार द्वय धुर्मुस सुन्तली (सिताराम जमरकट्टेल र कुन्जना घिमिरे) सँग क्यालिफोर्निया बासी युवाहरुले हातेमालो गरेका छन् | युवाहरू ले रु.४,७८,८२०.२६ ।-अक्षरूपी (चार लाख अठहत्तर हजार आठसय बिस रूपैया छब्बिस पैसा )नगद सङ्कलन गरी धुर्मुससुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन | उक्त रकम जुटाउन सहयोग गर्ने सम्पूर्ण प्रति र सहयोगदाता प्रति युवाहरूले गिरनचौर बासी तथा धुर्मुससुन्तली फाऊन्डेसनको तर्फबाट हार्दिक कृर्तज्ञता तथा आभार प्रकट गरेका छन |
साथै एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाको विशेष भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण सहयोगदाता लाई धन्यवाद ज्ञापन गरेका छन् | भरत परियार, बव बिनय (पोखरेल), नुरेन बराल , महेश भण्डारी , दिपेश खनाल, डेबिड खतिवडा, राजेश बस्नेत ( खड्क ), धुर्ब बस्याल लगाएत युवाहरूले युवा जुटे परीबर्तण सम्भव छ भन्ने भनाइलाई सार्थक बनाएका छन् ।
Post Comments Using Facebook
Your Comments