Similar Articles

अमेरिका समाचार (USA)

गगन थापा आउने खबरले बे एरियामा सनसनी

बिराट नेपाल


क्यालिफोर्निया प्रतिनिधि

क्यालिफोर्निया ११ जुलाई

 
नेपाली काङ्रेस मात्र नभई सम्पूर्ण युवा जगतमा अत्यन्त लोकप्रिय युवा नेता तथा प्रखर वक्ता गगन थापा क्यालिफोर्नियाको सान फ्रान्सिस्को आउने खबरले यस क्षेत्रमा सनसनी नै फैलेको छ। नेपाली जनसंपर्क समिती अमेरिका, उत्तरक्यालिफोर्निया च्याप्टरले आगामी शनिवार जुलाई १६-२०१६ मा  उहाँको सम्मानमा एक स्वागत तथा अन्तरकृया कार्यक्रम राखेको छ।

 दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निवाह गरेका नेपालीकाग्रेसका युवा नेता गगन थापालाई अमेरिकामा जल बिध्युत सम्बन्धी सेमिनारमा सम्मानित अतिथीको रुपमा निमन्त्रणा गरिएको हो र उहाँ सो बिषयमा विज्ञ भएकोले अन्तरकृया, “नेपालको सम्वृद्दी, जल बिध्युत र हाम्रो भूमिका” बिषयक रहने कुराकार्यक्रम संयोजक नारायण खनालले बताउनु भयो। सो अवसरमा माननीय साँसद तथा नेपाली काङ्रेसका केन्द्रिय सदस्य   गगन थापाले समसामायिक बिषयमा बोल्नु हुने छ।

गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ताथापा जनआन्दोलन(२ बाट राजनीतिक बृत्तमा चिनिएका हुन ।सोलुखुम्बुमा पुर्खौलीघर भएका गगन थापाको जन्म  २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएकोहो। उनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुन्। गगनको बाल्यकालकाकेही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्रकुमार थापा  नेपाल विद्युतप्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। अब्बल दर्जाका विध्यार्थी भनेर चिनिने गगन थापा कक्षा ९ देखी नै राजनिती सुरु गरेका थिए।  २०४६सालको जनआन्दोलन देखी नै गगन सक्रिय भएका हुन। गगन  थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसींह के.सीकी छोरी अञ्जना के.सी सग २०६५ वैशाखमा विवाह गर्नुभयो ।

समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ साल सम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। यस क्रममा उहाँ दर्जनौ पटक हिरासतमा पर्नुका साथै राजकाज मुद्दा समेत खेपी सक्नु भएको छ।

गगन थापालाई एक संघर्षशिल युवाको रुपमा वाल्यकाल देखी नै निकै नजिकबाट नियालेको बताउँदै पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष तथा नेपाली सामुदायिक केन्द्र NCC मितिका संयोजक उत्तम कार्किले गगन थापाकोआगमन हुने कुराले आफू निकै खुशी भएको बताउनु भयो । एक प्रभावशाली   सभासदको रुपमा सदा चर्चाको शिखरमा रहेका थापाले सो अन्तरकृयामा सोधिएका प्रश्नहरुको सटिक जवाफ दिनुहुने अपेक्षा गरिएको आयोजक सँस्था नेपाली जनसम्पर्क समिती अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पाले बताउनु भयो । सो कार्यक्रम बर्क्ली स्थितमा बेलुका North Berkeley Senior Center,   1901 Hearts Avenue ५:३० बजे सुरु हुने छ।


 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक