समिर प्रकाश पाण्डे
अर्घाखाँची ,८ साउन
खानेपानीको चरम अभाब भोगिरहेका अर्घाखाँची बल्कोट दुन्द्रुगका स्थानीय बासिन्दा अव भने खानेपानीको अभाबबाट मुक्त भएका छन् । बर्षो देखि पानीको अभाव बेहोर्न परेका दुन्द्रुग बासीहरुको समस्या बुझेर सत्यसाईं प्रोजेक्टले गाउँमा खानेपानीका धाराहरु जडान गरिदिएपछि स्थानियहरुले खानेपानीको समस्याबाट मुक्ती पाएका हुन् ।
अरु काम छोडेर घण्टौं हिडेर पधेरो वा खोलामा पानी लीन जानू पर्ने सो क्षेत्रमा अहिले घर मै पानी आउँदा स्थानीयहरु निकै ख़ुशी भएका छन । खानेपानी घरमै आउने भएपछि उत्साहित बनेका गाउँलेहरुले सत्यसाई प्रोजेक्टका कर्मचारीलाई सक्रीय रुपमा आफैं खटेर सहयोग गरेका थिए ।
बल्कोट दुन्द्रुगमा मात्र होईन अर्घाखाँचीको बिभिन्न ठाउँमा बर्खा याममा पनि पानीको आभाब हुने गरेको छ । पानीकै निम्ती सास्ती बेहोर्नु परेका अर्घाखाँची बासिन्दाहरुलाई हिँउँद लागे संगै पानी कसरी पाउने भन्ने पीरलो थपीने गर्छ ।
दुन्द्रुगमा खानेपानी योजना सफल बनाउन गाउँलेहरुको सहयोग पनि महत्व पुर्ण रहेको भन्दै सत्यसायी प्रोजेक्टका कमचार्रीले अन्य ठाउँमा पनि गाउँलेहरुले चासो र सक्रीयता देखाए खानेपानी योजना लैजान सकिने बताए ।