भक्तपुर,१० श्रावण
केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेबाट सुरु भएको श्रावणी मेला अन्तर्गत गणेश पुराणमा ९ लाख ५ हजार ४ सय २८ आम्दानी भएको आयोजकले जनाएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना सम्पन्न गर्न र थप प्रचार प्रसार गर्ने उद्देश्यले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा श्रावण १ गतेबाट भाद्र ६ गतेसम्म हुने मेलामा श्रावण १ गतेबाट ७ गतेसम्म पण्डित विष्णुहरि बडालबाट गणेश पुराण बाचन भएको मूल आयोजक समितिका संयोजक एवं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका उपाध्यक्ष सुर्यबहादुर खाइतुले बताए ।
खाईतुका अनुसार निर्माण अनुदानमा रु. ५ लाख २९ हजार २ सय ९०, भगवान भेटी रु. २ लाख २८ हजार ७ सय ५०, रुद्रीबाट रु. ६ हजार २ सय ३०, आजीवन सदस्यताबाट रु. ७२ हजार ८ सय ६५, फोटो, कितावबाट रु. २४ हजार १९ र अन्यबाट रु. ४४ हजार २ सय ७४ रहेको छ ।
श्रावण ८ गतेदेखि १४ गतेसम्म स्वामी श्री चतुर्भुजाचार्य चुडामणि महाराजबाट रासपञ्चाध्यायी पुराण बाचन भईरहेको छ ।