दिनेश ठाकुर
नेपालगन्ज, १५ साउन
अन्तराष्ट्रिय बाघ दिवशको अवसरमा नेपालगंजमा नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी भएको छ । दुर्लभ वन्यजन्तु तथा प्रकृतिसँग सम्बन्धित १ सय ५ वटा तस्वीरहरु राखिएको प्रदर्शनी शुक्रबारबाट सुरु भएको हो ।
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले बाघको तस्वीरको फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरेका थिए । सो अवसरमा बौल्दै उनले यो प्रदर्शनीले वन्यजन्तु संरक्षण अभियानमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखेका थिए ।
कार्यक्रममा वोल्दै आयोजक संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले वन्यजन्तु संरक्षण अभियानमा टेवा पू¥याउनुका साथै प्रकृति, वन्यजन्तु र मानवजातिवीचको अन्योन्याश्रित सम्बन्ध वारे जागरुक गराउनु कार्यक्रमको उद्देश्य भएको वताएका थिए ।
प्रदर्शनी अवलोकन गर्न प्रतिकुल मौसमका वावजुद मानिहरु पुगेका थिए । मूलुकको पछिल्लो अवस्था झल्किने वाढी, ढुवान र उद्धार कार्यका केही तस्वीरहरु पनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी शनिवार सम्म चल्नेछ ।