काठमाडौं,१६ साउन
शैलुङ्गे चालक समाजले बिबिध कार्यक्रमका साथ आफ्नो ११ औं साधारण सभा सम्पन्न गरेको छ । बिभिन्न सामाजिक कार्यका सक्रीय 'शैलुङ्गे चालक समाज'ले शनिवार राजधानिमा एक कार्यक्रम गरि, कलाकार तथा यस बर्षको एसएलसीमा उतिर्ण बिद्यार्थीको सम्मान लगाएतका कार्यक्रम गरि साधारण सभा सम्पन्न गरेको हो ।
महेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कलाकारहरु अन्जु श्रेष्ठ, सन्जिव ठकुरी र सुजता श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्र्रममा संस्थाको बार्षिक प्रतिवेदन पेस गर्नुका साथै सम्मानित कलाकारहरुको गीत र नित्य पनि प्रस्तुत गरिएको थियो । गायीका अन्जु श्रेष्ठले आफ्नो तिज गीत र तिमीले त होईन तिम्रा भाकाहरुले गीत प्रस्तुत गर्दा माहौल तातेको थियो । अन्जुको तिज गीतमा उपस्थित सबैले नाचेर साथ दिएका थिए ।
संस्थाका पदाधिकारी लगाएत नयाँ सदस्य र कलाकार पत्रकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा संस्थाको अक्षय कोषमा महेन्द्र बहादुर कार्कीले आफ्नो ब्यक्तीगत तर्फबाट ५० हजार रकम दिने घोषणा गरे भने मेलुङ्गा त्री विका लागि रामहरी श्रेष्ठले आफ्नो १० रोपनि जग्गा प्रदान गर्ने प्र्रतिवद्धता जनाए ।