Similar Articles

कारागारमा अत्यावश्यक मानवीय सेवा सुविधाबाट बञ्चित

बिराट नेपाल

दिनेश ठाकुर
नेपालगन्ज, १६ साउन

 राष्ट्रिय मानव अधिकार आयोगका  अध्यक्ष अनुप राज शर्मा नेतृत्वको टोलीले आज नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीको अवसथा बारे जानकारी लिएको छ ।
 नेपालगञ्ज कारागारमा कैदी बन्दीहरुको संख्या क्षमता भन्दा  धेरै बढि भएका कारण अत्यावश्यक मानवीय सेवासुविधाबाट बञ्चित हुनुपरेको कैदीबन्दीले गुनासो गर्दै आएका छन् ।


  कारागारमा रहेका कैदीबन्दिको अवस्थाको बारेमा स्थलगत अुनगमन गरी जानकारी लिए पश्चात  राष्ट्रिय मानव अधिकार आयोगका  अध्यक्ष शर्माले  कारागारभित्र रहेका कैदीबन्दीहरुको समस्या सुनेको बताए । क्षमता भन्दा बढि कैदी रहेकानै मानव अधिकारको हनन भएको भन्दै उनले अदालतबाट आएको फैसलालाई सबैले मान्नुपर्ने  बताए ।
 उनले आयोगले आदर्शवादी कुरा नगर्ने भन्दै क्षमताले भ्याए सम्मका काम गरिने प्रतिवद्धता जनाए । कारागारको सुधारका लागि सुझाव दइने अध्यक्ष शर्माको भनाई छ । आयोगको टोलीले कैदीहरुको सुत्ने कोठा, खाना खाने ठाउँ, खेल्ने, नुहाउने, पुजापाठ गर्ने लगायतका ठाउँमा अनुगमन  गरेको थियो ।


  कारागारमा क्षमता भन्दा बढि कैदी रहेको पाईएको अध्यक्ष शर्माले बताए । पुरुष बन्दि गृह तथा महिला बन्दि गृह भित्र  रहेका कैदीहरुको छुट्टा छुटटै अनुगमन गरिएको थियो ।
 महिला कैदी बन्दिको खाना पकाउने ठाउँमा फोहर पानीको निकास नभएको पाईएको छ । कारागारमा रहेको सुरक्षाकर्मीको अवस्था र उनिहरुको बस्ने कोठाको समेत अनुगमन गरिएको नेपालगन्ज  कारागारमा हाल १४ जना नेपाल प्रहरी र २१ जना नेपाली सेनाले सुरक्षा दिदै आएको कारागारले जनाएको छ ।


 नेपालगन्ज कारागारमा एक नाबालक र ६२ महिलासहित ६ सय १६ कैदीबन्दि रहेका छन् ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक