बिराट नेपाल
2013-09-01
अनसनमा बसेका गोर्खा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीलाई न्यायका
लागि लड्न प्रोत्साहन गर्दै अमेरिकामा रहेका नेपालीहरुले एक लाख तीस हजार
नौ सय एकाउन्न रुपैंया रकम सहयोग प्रदान गरेका छन् | अन्तरराष्ट्रिय कलाकार
मँच र नेपाल मदर डट कम अमेरिकाको सक्रियतामा अमेरिकामा बसेका केही
नेपालीहरुले यसरी संकलन गरेको रकम वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्तले
हत्या गरिएका कृष्णका दाजुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।
काठमाडौंमा नन्दप्रसाद र गंगामायालाई आइसियुमा सिकिस्त अवस्थामा उपचार
गरिरहेको र भेटघाट समेत सहज नभएकोले वरिष्ठ कलाकार पन्त रकम हस्तान्तरणका
चितवन पुग्नुपरेको थियो ।
Few Nepalese living in the United States of America helping Mr. Nanda Prasad Adhikari and his family.
Post Comments Using Facebook
Your Comments