बिराट नेपाल
2013-09-01

१६ भदौ, काठमाडौं । काठमाडौंमा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतले उपहार गोलको मदतमा पाकिस्तानलाई पराजित गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १-० ले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका कप्तान सुनिल क्षेत्रीको क्रस क्लियर गर्ने क्रममा पाकिस्तानी समरले हेड गरेको बल आत्मघाति गोल हुन पुर्यो । खेलमा डिफेण्डिङ च्याम्पियन भारतले दबाव कायम गरेपछि थप गोल गर्न सकेन र उपहार गोलको मदतमा जित हात पारेको छ ।
Post Comments Using Facebook
Your Comments