Similar Articles

Namaste Europe Ep169

बिराट नेपाल

नेपालमा वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसले पारेको प्रभावका विषयमा हामी केन्द्रित छौँ । आजको श्रृंखलामा हामी तपाईहरुलाई देखाउँदै छौँ विनाशकारी भूकम्पको नराम्रो मार खेपेको देशकै सबै भन्दा सानो जिल्ला भक्तपुरको पछिल्लो अवस्था । पुरानो भादगाउँ कसरी भक्तपुर भयो ? भूकम्प जाँदा भक्तपुरवासी के गर्दे थिए ? भूकम्पको दर्दानक अवस्था कसरी भोगे भक्तपुरवासीले ? भक्तपुरको पुनर्निमाणमा सरकारी उदासिनता किन देखिँदैछ ? भत्किएका देशकै सम्पत्ति मानिने सांस्कृतिक र पर्यटकिय महत्वका वस्तुहरूको तत्काल पुननिर्माणमा किन ढिलाइ ? 

वैशाख १२ गते आएको भूकम्पले सुन्दर देश नेपाललाई अशान्त बनाइदियो । जसको मारबाट भक्तपुर पनि बच्न सकेन । भक्तपुरको अवस्था देख्दा त्यहाँ पुग्ने जो कोही भावविव्हल हुन्छन् । भक्तपुरमा मात्र ३ सय भन्दा बढीले ज्यान गुमाए । धेरै धार्मिक, ऐतिहासिक सम्पदा ध्वस्त भयो । आखिर के के भयो त भक्तपुरमा ? काठमाडौँबाट केही मिनेटको दुरीमा रहेको भएपनि भक्तपुरले सरकार हुनुको आवास गर्न पाएन । स्थानीय भन्छन् हाम्रोे पीडामा मल्हम लगाउन कोही आएनन् । भूकम्पले एकाएक घरवारविहिन बनाइदियो । दुख गरेर आर्जेको सम्पत्ति माटोमा मिलाइदियो । अकस्मात आएको भूकम्पले धेरैको खुसी ल्ट्यो अनि धेरैको सपना पनि । भूकम्पपछि मणी हराएझैं भएका भक्तपुरवासीको पीडा खै कसले हो बुझ्ने ? 

वैशाख १२ गते जो जहाँ भएपनि नेपालभित्र सबैले त्यसको महसुस गरे । व्यापार र कृषिमा आश्रीत नेवार समुदायको बाहुल्यता रहेको भक्तपुरका स्थानीय पनि यसबाट अछुतो रहेनन् । भूकम्प जाँदा उनीहरू कहाँ थिए । के गर्दै थिए होलान् ? सबैका आ–आफ्नै कथा छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक