Similar Articles

अमेरिकामा हाईवेमा ड्राईभिंग गर्न नसक्नुको पीडा -प्रकाश श्रेष्ठ

बिराट नेपाल

अमेरिका अवसरको भूमि भन्ने गरेको चारैतिर सुनिन्छ र समयानुकूल चल्न सक्नेहरुको लागी यो यथार्थ पनि हो । यति भनिरहँदा तपाईँ सँग आधारभूत कुराहरू छैन भने अवसर त्यसै अगाडी आएर भने खडा हुँदैन । तसर्थ यसका लागी आफ्नो प्रयास हुनै पर्छ । यसमा पनि तपाईसँग चाहेको ठाउँमा जान सक्ने गरी गाडी हाँक्ने क्षमता छैन भने त हात बाँधेर राखिएको मान्छे सिवाय केही हुन सक्दैन । त्यसो त सार्वजनिक यातायात पनि विकल्प हुन सक्छ तरपनि कतिपय अमेरिकाका राज्यमा सार्वजनिक यातायातको विस्तारलाई बढी महत्त्व दिनु भन्दा व्यक्तिगत सवारीका साधनहरू सञ्चालन सुदृढरुपमा गर्नको लागी ध्यान दिइएको हो की भन्ने आभास हुने गर्छ ।

 

न्यु योर्क, क्यालिफोर्निया लगायतका व्यस्त सहरहरूमा सार्वजनिक यातायात-बस, रेलमार्गबाट यात्रा गर्दा सहज हुने पनि देखिन्छ तर कतिपय राज्यको काउन्टी साईडमा बस्नेहरुको लागी निजी सवारी साधनको नै प्रयोग भरपर्दो मानिन्छ । त्यसमा पनि छिटोछरितो आवतजावत गर्न सकिने मुख्य राजमार्ग( Highway) को प्रयोग गर्न सकिने भएमा भनेको स्थानमा सजिलै पुग्न सकिने र तोकिएको काम समयमै हुन सक्ने देखिन्छ । लोकल सडकमा मात्र सवारीसाधन चलाउन सक्नेहरुलाई लामो दुरीमा ड्राईभिंग गर्न निकै समस्या देखिन्छ । त्यसले गर्दा थोरै समयमा हाईवे बाट पुग्ने ठाउँमा पनि धेरै समय लाग्नुको साथै ट्राफिक जाममा फस्ने त्यत्तिकै सम्भावनाहरू रहन्छ । ठाउँ पिच्छे फरक फरक स्पिडमा मापदण्ड अनुसार चल्नु पर्ने भएकोले पनि कतिपय अवस्थामा ट्राफिक नियमको पालना नभएर पुलिस र सडकमा जडित सी.सी. टिभीको निगरानीबाट टिकट पाउने सम्भावना रहने बढी सम्भावना रहन्छ । त्यसो त हाईवेमा समेत स्पिडलाई नियमन गरिएको हुन्छ नै तरपनि ट्राफिक लाईटहरुको त्यति बिघ्न समस्या पर्ने सम्भावना कम हुन्छ ।

 

अर्को तर्फ सामान्य लोकल सडकमा हुने सवारी साधन दुर्घटनाहरु ज्यादा हुने सम्भावना भएतापनि हाईवेको जस्तो ठुलो क्षति हुने सम्भावना भने कम देखिन्छ तापनि दुर्घटनाको प्रकृतिमा त्यो सबै कुराहरू निर्भर गर्दछ । जे होस् तपाईँले अमेरिकाको सवारीसाधन अनुमतीपत्र लिदा भने भरपर्दो ड्राईभिंग स्कुल वा व्यक्तिको सहयोग लिनै पर्छ । हतपत बढी आत्मविश्वास देखाएर सडक वा राजमार्गमा सवारीसाधन गुडाउन खोज्दा नराम्रो दुर्घटना पनि निम्तिन सक्छ र यस्तो अवस्था आएको देखिएको पनि छ । त्यसैले यसतर्फ सजग हुनु आवश्यक छ । समय बढी लगाएर भए पनि निपुर्ण भएर ड्राईभिंग लाईसेन्स लिनु आवश्यक छ र साथमा लोकल राजमार्ग र मुख्य राजमार्गमा समेत सवारीसाधन चलाउन सिकेर निपुर्ण हुने प्रयास गर्नु उपयुक्त हुन्छ ।

 

कतिपय राज्यहरूमा केवल पार्किंग लटमा मात्र गाडी चलाउन जान्ने भए हुने र कतिपय राज्यमा लोकल सडकमा गाडी चलाउन जाने पछि जाँच पास भएर लाईसेन्स निस्कन सक्छ । त्यसैले कतिपय सिकाउने व्यक्तिहरूले लाईसेन्स निकाल्ने कुरालाई मात्र प्राथमिकतामा राखेर गाडी चलाउन सिकाईरहेको पनि पाइन्छ जसले गर्दा लाईसेन्स निकाली सकेपछि पनि हाईवेमा गाडी चलाउन नसकिरहेको अवस्था पनि देखिएको छ । यस्तो भयो भने एककिसिमले अपांग सरहनै भईन्छ ड्राईभिंगको क्षेत्रमा ।

 

तसर्थ नयाँ ड्राईभिंग सिक्नेहरुले ड्राईभिंग स्कुल वा व्यक्ति मध्येबाट जहाँबाट ड्राईभिंग प्राक्टिक्स गर्न खोजे पनि लोकल सडक र मुख्य राजमार्गमा सवारीसाधन चलाउन सिक्नु जरुरी छ । पहिला लोकल सडकमा मात्र चलाउन सक्षम बनौ पछि मुख्य राजमार्ग तिर जान सिकौला भन्दा कतिपय अवस्थामा त्यसले सार्थकता लिन नसकेको पाइयो । हुनत कतिपयले पछि साथीहरू, आफन्तहरुको सहयोगमा हाईवेमा चलाउन सक्षम भएको देखियो तरपनि सबैलाई यो अवस्था लागु नहुन सक्छ । तसर्थ समयमै राम्रो सँग सबैतिर गाडी चलाउन सक्ने हुनु जरुरी छ अन्यथा ड्राईभिंग लाईसेन्स भएरपनि हातै बाँधेर बस्नु पर्ने केही टाढाको दुरीमा अवसर पाएर पनि ड्राईभ गरेर जान नसक्ने अवस्था नआउँला भन्न सकिदैन ।

 

त्यस्तै ड्राईभिंग भनेको आफैमा चुनौतीपूर्ण काम पनि हो किनकि थोरै मात्रै असावधानीले ठुलो गम्भीर दुर्घटनाहरु आईलाग्न सक्छ तसर्थ ड्राईभिंग लाईसेन्स निकाल्ने क्रममा लिखित परीक्षाको लागी ट्राफिक नियम र सवारी सम्बन्धी राज्यको नियमहरुलाई राम्रोसँग अध्ययन गरेर तयारी गर्नुको साथै हरदममा दिमागमा यस्ता नियमहरुलाई ख्याल राखिराख्नु पर्ने हुन्छ भने अर्को तर्फ सवारी साधन चलाउन राम्रोसँग सिक्नु र हात बसाल्नु पनि पर्छ । त्यसो हुनसके र सवारी साधन चलाउँदा निकै होसियार भएर चलाउने गरेमा सम्भावित दुर्घटनाबाट जोगिन सकिने देखिन्छ भने अर्को तर्फ सफलतापुर्वक गन्तव्यमा पुग्न सकिन्छ ।

 

अत: सवारीसाधन राम्रोसँग सबै स्थानमा चलाउन नसकेका कारण जानै पर्ने ठाउँमा समेत अरूको सहयोग विना जान नसकेर हात खुम्चाएर बस्ने अवस्था र साथीभाई, इष्टमित्र, आफन्तहरुसँग समुधर सम्बन्ध राख्न समयसमयमा जम्काभेट हुनबाट टाढिनु पर्ने अवस्था साथै कामको दौडन एवं घुमघामको लागी टाढाटाढा पुग्न नसक्ने अवस्थाबाट मुक्त पाउन पनि ड्राईभिंगमा विशेष दक्ष हुनै पर्ने हुन्छ । तपाईसँग काम गर्ने क्षमता, सिप र चाहना भएरपनि राम्रो ड्राईभिंग क्षमता नभएर समेत खुम्चिएर बस्नु पर्ने तितो यथार्थ भोग्नु पर्ने हुन्छ । देख्दा, सुन्दा सामान्य लाग्ने यो कुरा जसले भोग्छ उसलाईनै थाहाँ लाग्छ ।

 

अझै आजकल त निपुर्ण चालक हुनसके ट्याक्सी ड्राईभर वा Uber cab समेत चलाउन सकिने त्यस्तै पिज्जा लगायत डेलिभरीको काम गर्न पनि सकिने हुँदा घण्टा हान्ने कामबाट छुट्कारा मिल्न सक्ने पनि देखिन्छ । त्यसले गर्दा पनि ड्राईभिंगलाई प्राथामिकतामा राखेर चल्न सके तपाईँको अमेरिकी बसाई सहज हुन सक्छ अन्यथा अरूको भरमा राईड लिएर यताउता गर्ने सोचमा ड्राईभिंगमा निपुर्ण हुन नखोजे तपाईँको ठुलो कमजोरी र असक्षमता देखिन सक्छ यस तर्फ ठण्डा दिमागले सोच्नु होला । आफैमा सक्षम हुन सक्नुनै जीवनको सौन्दार्यता हो, अरूको भर सधैको लागी उपयुक्त हुनै सक्दैन किनकि सहयोग दिने र लिनेको पनि सीमा र मात्रा हुँदो रहेछ यसलाई पनि मनन गर्न सक्नु जरुरी छ ।
यसबारे यो स्तम्भकार पनि आफै भुक्तभोगी रहेको र कयौ पटक सवारी दुर्घटनाहरुको तितो अनुभव सम्हालेको कारण पनि यो कुराहरू लेख्न खोजेको हो । कतिपय ठाउँमा हाईवे भएर ड्राईभिंग गर्न आँट नआएका कारण महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुन नसक्ने र सधैँ साथाभाईहरुकै भरमा टाढा जाँदा राईड लिनु पर्ने हुँदा त्यसको पिडा कस्तो हुन्छ त्यसको नजिकबाट साक्षात्कार गरिरहनु परेको समेत वास्तविकता छदैछ । तसर्थ सफल ड्राईभर नभए तपाईँको अमेरिकी सपना अधुरो र अपुरो हुन सक्छ भन्ने कुरा पनि निवेदन गर्नु चाहन्छु ।

अमेरिकाबाट सिक्नुपर्ने कुरा - विष्णु गुरुङ

बिराट नेपाल

भन्छन् संसारको सबै कुरालाई सिक्न सकिन्छ, सिक्नु भनेको नक्कल गर्नु होइन जीवनलाई जीवित राख्नु हो। अमेरिकामा आफ्नो नयाँ जीवनको खोजीमा पलाएन भएको सिलसिलामा निक्कै लामो बसाइले मलाई यस देशले धेरै कुराहरू सिकाएको महसुस मैले गरेकी छु। जीवनमा जन्मदिनको महत्त्व कहिल्यै राखिन नयाँ कुरा सिक्ने र नयाँ ठाउँ घुम्ने रहर प्रायजसो सबै मानिसलाई हुन्छ तर थोरैले मात्र यस सपनालाई पुरा गर्छन्। 

 

आफू यस धर्तीमा जन्मेको दिनलाई सम्झनु भनेको आफूलाई सम्झनु रहेछ। पार्टी गरेर धुमधामसँग यस दिनलाई नसम्झे पनि कमसेकम केही नयाँ वा राम्रो कुराको थालनी वा नयाँ ठाउँ घुमेर यसदिनलाई विशेष दिन बनाउँने सोचले, गत वर्ष यो सिमिटो पानारामा ट्रेकिङ्ग गरेर प्राकृतिक सौन्दर्यसँग जन्मदिन मनाए भने यस पटक अमेरिकाको एक धनाढ्या व्यक्ति विलियम हर्स्टले बनाएको ऎतिहासिक हर्स्ट क्यासलका सुन्दर मानव संरचनाहरुसँग जन्मदिन मनाए। 

 

यसरि नै आफ्नो हरेक जन्मदिनलाई केही स्मरणलायक काम गर्ने दिनको रूपमा महत्त्व दिएर आफूलाई सम्झने बिचार गरेकी छु। 

 

आमाछोरा मन उमँगका साथ गफ गर्दै सूर्यको किरणको लालिसँगै संघ्रालय पुग्न २४२ माइल ड्राईभ भएकोले बाटोमा ब्लायक बियरमा खाजा खाना पस्यौ। भालूले खाए झैँ खानु (Eat as a bear) यस रेश्टुरेण्ट्को नारा जस्तै सबै स्टाफहरु मोटा र टेबलमा खाना बसेकाहरु पनि सबै मोटा र खाना पनि साच्चै एक भागले हामी जस्तो दुई जनालाई हुने नै थियो। 

 

रमाइलो लाग्यो कस्तो गजबको नौलो तरिका अनि मैले हाँसो गर्दै छोरालाई भने हामीले पनि यसको ठिक उल्टा तरिका गर्न सकिदैन र? अमेरिकनहरु कुनै नौलो कुराको अनुभव लिन अति रुचाउँछन् तर हामी नेपाली नौलो अनुभव गर्न डराउँछौ। मैले पनि पोखराको होटेल शिखरलाई केही नौलो स्वाद दिने सोचले होटेल दिदी गरे जसले महिलाहरूलाई प्रोत्साहन गर्दै होटेल महिला समूहले सञ्चालन गर्ने र दिदीको भावना र मायाले होटेलको वातावरण भरिने, ब्लायक बियरबाट आफ्नो सोचलाई अझ बिस्तार गर्ने प्रोत्साहन मिलेको महसुस मैले गरे। 

 

किताबमा पढेको वा सुनेको कुरा हामी भूल्छौ तर पैतालाले टेकेर दुइटा आँखाले हरेको र दुइटा कानले सुनेको कुरा हाम्रो भित्री मनले थाहा पाउने भएकोले यसको स्मरण दिमागले गर्छ। यस हर्स्ट संघ्रालयको कथा धेरै लामो समयदेखि सुनेता पनि जन्मदिनले मलाई त्यहाँ पुग्न उत्साह दियो। कुनै पनि मानिस आफैमा महान् हुँदैन उसको कामले उसलाई महान् बनाउँछ भने झैँ एक धनी व्यक्तिले आफ्नो सौखले बनाएको महल हेर्न आज बर्सेनि दशलाख पर्यटन हर्स्ट क्यासल आउँछन। 

 

दुईहजार वर्ष पुरानो कलाकृतिदेखि विभिन्न देशहरुबाट सङ्कलन गरिएको कलाकृतिहरुले महल सजिएको छ। टुरगाईडले महल र विलियम हर्स्टको इतिहास बताउँदै भमणलाई  à¤¬à¤¡à¥‹ रोचक बनाउदा रहेछन्। महल हेर्न अमेरिकाको विभिन्न ठाउँदेखि अन्य देशहरुबाट पनि मानिसहरू आएका थिए। 

 

मलाई यस महल र यहाको व्यवस्थापन देखेर आफ्नो देशको अनमोल सम्पदा काठमण्डौको नारायणहिटी दरबार र पाल्पाको रानी दरबारको याद आयो। हामीले नक्कल गर्नु पर्दैन तर पाठ भने सिक्नु पर्छ अनि राम्रो देखासिकी गर्न सक्नु पनि पर्छ भने झैँ हाम्रा यी ऎतिहासिक धरोहर बोकेका दरबारहरुलाई देशदेखि विश्व सामु चिनाउन सक्यौ भने बर्सेनि यहाँ करडौ पर्यटनको घुईचो लाग्नेछ। हामीसँग धनको भण्डार छ तर त्यसको महत्त्व बुझ्न सकेको छैन। भण्डारको चाबी हराएको छ मैले जन्मदिन भुले जस्तै तर आशा गरौँ हामीले छिट्टै आफूलाई चिन्नेछौ मैले जन्मदिन मनाए जस्तै। 

 

अमेरिकामा रोजगारीका लागि मेहनत मात्रै होइन, अब लगानी गर्न थालौं-- नारायणप्रसाद सापकोटा

बिराट नेपाल

अमेरिका आउनु नेपालीका लागि मात्र नभै विश्वका धेरै मान्छेका लागि सपना बनेको छ । तर आएपछि अमेरिकी शैक्षिक योग्यता विना गर्ने रोजगारीमा मेहेनत धेरै गर्नुपर्छ ।यहाँ आएर कसरी के काम गर्ने भन्ने थाहा नपाई अमेरिका छिर्ने धेरै छन् । यहाँ आएपछि के काम गर्ने भन्ने समस्या जुनै देशबाट भित्रिएकाहरुमा पनि देखिएको देखिन्छ ।धेरै समय अगाडी अमेरिका छिरेर आफ्नो व्यवसाय सुरु गर्न सक्नेलाई भने अमेरिका अझ न्युयोर्कमा धेरै सजिलो छ । सरकारलाई कर बुझाएपछि र ग्राहकलाई सन्तुष्ट पार्न सके यहाँ“ विजनेस सफल हुन्छ । व्यवसाय सञ्चालनका लागि अलग्गै युवाहरूको समूहलाई पाल्न यहाँ पर्दैन । तर आफ्नो व्यवसाय सुरु गर्न नसक्नेका लागि भने यहाँ कमाउन सहज छैन ।

 

आफ्नो व्यवसाय सुरु गर्न र लगानी गर्न नसक्नेका लागि भने अमेरिका आउनु पनि अन्य मुलुकमा वैदेशिक रोजगारीमा गएजस्तै हुन जान्छ । अमेरिका ‘अवसरको भूमि’ हो । यसको उपयोग कानुनको पूर्ण पालना, सानो भए पनि लगानीको सुरुवात, व्यवसायमा प्रवेश र शैक्षिक योग्यता हासिल गरेपछि मात्रै हुनसक्छ । यसो नगर्ने हो भने वैदेशिक रोजगारीमा मात्रै सीमित हुन्छ अमेरिकाको बसाई ।पाँच वर्षजति जस्तो सुकै काम गरेर आफ्नो व्यवसाय सुरु गरेका केही एसियन नागरिक न्युयोर्कलगायतका ठाउँमा भेटिए । धेरैजसो भारतीयहरु अमेरिका छिरेर व्यवसाय सुरु गर्न थालिहाल्दा रहेछन् । चिनियाँको पनि व्यापार र लगानी धेरै छ । जापनीजहरुको पनि व्यवसाय टन्नै भैसकेको छ । तर नेपाल लगायतका अरू एसियनहरुको व्यापार–व्यवसाय कम छ ।अमेरिकामा व्यवसाय धेरै भएका जापान, कोरियाबाट यता आउनेलाई यहाँ सहज काम पाउन त्यति धेरै समय लाग्दैन । त्यही देशका नागरिकले गरेको व्यवसायमा काम थालिहाल्दा रहेछन् । तर थोरै व्यापार व्यवसाय भएका नेपालीका लागि भने अवसरका ढोका सहजै प्राप्त हुँदैनन् ।आफ्नै देशवासीको व्यवसाय कम हुनेका लागि अन्यत्र काम गर्नुपर्ने हुन्छ । 

 

अमेरिकामा अझ न्यु योर्क र क्यालिफोर्नियामा उच्च शिक्षा नलिनेका लागि उच्च आम्दानीको काम भने ड्राईभिङ हो । आफनै कार किनेर वा नकिनीकन ड्राईभिङ गर्न सकिनन्छ । आम्दानी पनि राम्रै हुने रहेछ । लगानी गर्ने हो भने अरू धेरै साना व्यवसाय पनि छन् ।अमेरिकामा नै आएर उच्च शिक्षा लिएका एसियनले पनि शिक्षा अनुसारको काम ढिला, चाँडो पाई हाल्छन् । यहाँको शैक्षिक प्रमाणपत्र नहुनेले गर्ने के त ? उत्तर सहज छ लगानी ।लगानी कहाँ गर्ने त ? उत्तर सहज छ सानो व्यापार, सेयर र रियल स्टेटमा । लगानी नगर्ने हो भने भविष्यमा आर्थिक आधार बलियो हुन कठिन हुन्छ । दैनिक रूपमा गरिएको कामको प्रतिफल लगानीको अभावमा शून्य हुन जान्छ ।अमेरिकामा बस्ने नेपाली भनेपछि बुझेकालाई यो कति दुःख गरेर बसेको होला भन्ने पर्छ भने केही थाहा नभएकाले अमेरिकामा बसेर मस्ती गरेको छ भन्छन् । कहिल्यै ननिदाउने न्युयोर्कको सहरमा जो बाँच्न सक्छ संसारको जुनसुकै ठाउँमा पनि उ जिउन सक्छ । ठुलो सहरमा जति सुविधा हुन्छन् भने सङ्घर्षका कथा पनि त्यतिकै हुन्छन् ।लगानी नगर्ने नेपालीसहितका आप्रवासी दुःखसुख गरेर बसेका छन् अमेरिकामा । दिनको १२ घण्टा सातामा ६ दिन सम्म काम गर्ने नेपाली न्युयोर्कमा धेरै भेटिए । अरू देशका आप्रवासीको अवस्था पनि उस्तै हो ।यसरी दुःख गरेर कमाएको पैसा नेपालीमा विनिमय गरेपछि अलि राम्रै देखिन्छ । 

 

विनिमय नेपाली रुपैयाँमा गरेर के गर्नु काठमाडौँमा किन्ने सामान विदेशबाट नै लगिने हुन् । ती सामान पनि अमेरिकी डलरमा पैसा बुझाएर किनिएका हुन् र बिक्री हुने नेपाली रुपैयाँमा नै हुन् ।न्युयोर्कमा बस्नका लागि एक जनाको आम्दानीले कोठा भाडामा लिन पनि सकिँदैन । चार जना मिलेर बस्ने हो । दुई वेडरुम भएको कोठा न्यूनतम १ हजार ८ सय डलरमा पाइन्छ । यसमा सामूहिक बसाई नगरे काठमाडौँमा पैसा पठाउन वा बचत गर्न सकिँदैन ।काम गर्ने भनेको अधिकांश नेपालीले रेस्टुरेन्ट र ग्रोसरी स्टोरमा हो । काठमाडौँको किराना पसलजस्ता स्टोरमा काम गर्ने नेपाली धेरै छन् । रेस्टुरेन्टको किचेनमा खाना बनाउने, वेटरको काम गर्ने नेपाली धेरै छन् । सेल्सम्यान काम गर्ने केही नेपाली भेटिए । ट्याक्सी चलाउने नेपालीको सङ्ख्या पनि अहिले बढेको छ । प्राविधिक र अलि सुविधाजनक काम पाउने नेपाली धेरै कम छन् ।पढ्न बसेका नेपालीले गर्ने काम पनि यस्तै हुन् । केहीले सुरक्षा गार्डको काम पनि गर्छन् । विद्यार्थीले काम गर्ने हो भने सुत्ने समय नै पाउंदैनन् । दिनमा १२ घण्टा सम्म काम गर्ने नेपाली धेरै छन् । १२ घन्टासम्म तातोमा चिकेन पोल्ने र महिनामा तीन लाख रुपैयाँ काठमाडौँ पठाउने नेपाली पनि धेरै छन् ।अझ उमेर पाका भएका र सामाजिक सुरक्षा नम्बर नभएकाहरुले काम पाउन कठिन छ । काम केही गरी पाईहाले पनि १२ घन्टामा ६० देखि ८० डलर कमाउंछन् । सरकारले न्यूनतम ९ डलर प्रतिघन्टा तोकेपनि व्यवसाय गर्नेले सकेसम्म न्यूनमा नै काम लगाउने हुन् । काम गर्नेहरुले सरकारी निकायमा उजुरी गर्ने हो भने यहाँ रोजगारदाता थोरै पारिश्रमिक दिँदा कारबाहीमा पर्छन । 

 

धेरैजसो नेपाली उजुरी गर्नुभन्दा पनि खुरुखुरु काम गर्छन् ।दिनको १२ घण्टा यसरी शारीरिक रूपमा खटेर काम नेपालमा गर्ने हो भने त्यहाँ पनि यहाँ कमाएजति पैसा कमाउन नसकिन भने होइन । नेपालमा काम गर्न लाज मान्ने, अल्छी मान्ने तर विदेशमा जे काम पनि गर्वका साथ गर्ने हाम्रो आम प्रवृत्ति नै हो ।अब यतिविधि दुःख गरेर कमाएको पैसा अमेरिकामा नै लगानी गर्ने केही नेपाली पनि नभएका होइनन् । तर अधिकांशले यहाँ यस्तै दुःख गरेर बस्ने तर लगानी नगर्ने नीति अपनाएका छन् । भएको पैसा काठमाडौँ पठाउने र १० औँ वर्षसम्म रेस्टुरेन्टमा काम गर्ने नेपाली धेरै छन् ।सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुँजीको जोडजाम गर्नपर्छ । काठमाडौँमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहाँ व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरू व्यवसाय सुरु गर्न डराउने रहेछन् । दिमागमा विदेश भन्ने घुसाएर नेपालीहरू अमेरिकी नागरिक बनेका छन् । अमेरिका बस्ने हो भने यसैलाई आफ्नो देश मान्नुपर्छ अनिमात्र केही गर्न सकिन्छ । अमेरिका प्रजातान्त्रिक मुलुक र बलियो न्यायपालिका भएको मुलुक हो । गल्ती नगर्नेले यहाँ डराउन पर्दैन । तरपनि यो देशलाई विदेश नै ठान्ने हो भने यहाँ बसेर केही गर्न सकिँदैन नेपाल फर्कनुपर्छ ।सानो व्यवसायसँगै थोरै पुँजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्प छ । सेयरमा लगानी गर्ने भनेको कम्पनीको मालिक (सेयर होल्डर) हुने हो ।उदाहरणका लागि फोर्ड वा अन्य कुनै मोटरलाई ट्याक्सीका रूपमा चलाउँदै यसको सेयर होल्डर बन्न सकिन्छ । यसका लागि सेयरमा लगानी गर्नुपर्छ । अमेरिकामा धेरै म्युचुअल फन्ड छन् । यस्ता फन्डको सेयर किन्दा जोखिम कम हुन्छ । 

 

लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पाँच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ । त्यसैपनि १० वर्ष अमेरिकामा बिताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान सँगै आर्थिक लाभ पनि हुनेछ ।सेयरमा लगानी गर्नका लागि आर्थिक क्षेत्रको अध्ययन नगर्ने हो भने घर किन्नुस । महिनामा अपार्टमेन्ट भाडाका लागि तिरेको पैसाले घरको किस्ता तिर्न पुग्छ । अर्को विकल्प भनेको सानो व्यवसाय सुरु गर्ने हो । अरुकोमा काम गर्ने भन्दा अरूलाई काम लगाउने हो । यसका लागि धेरै पुँजी पनि आवश्यक पर्दैन । माात्र क्रेडिट स्कोर राम्रो बनाउने हो भने यहाँ जुनसुकै लगानीका लागि बैङ्कले पैसा उपलब्ध गराउँछन् ।शैक्षिक योग्यता र लगानीको बाटो नसमाईकन अवसरको भूमि अमेरिकामा सफलता हासिल गर्न धेरै कठिन हुन्छ । यसले लगानीका लागि आजैदेखि योजना बनाउने हो की ?

 


–सापकोटा नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष हुन् ।  à¤²à¥‡à¤–कको ब्लग Nsapkota.blogspot.com

"सबै परिवर्तन राम्राका लागिमात्र हुदैनन्"--निशा अर्याल

बिराट नेपाल

 
काँग्रेस र कम्युनिस्टको  à¤¸à¤‚युक्त जन आन्दोलन २०४७ सालमा स्थापित बहुदलीय प्रजातंत्रपछि पनि किन जनताका आशातीत  à¤šà¤¾à¤¹à¤¨à¤¾ पूरा भएनन ? अन्याय ,अत्याचार , गरिबी अनि सबै प्रकारको विभेदविरूद्ध भएको राजनीतिक परिवर्तन किन नेपालीको साझा उपल्ब्धि हुन सकेन ? राष्ट्रियता वालियों बनाउनुपर्ने प्रजातान्त्रिक शासन पद्धति किन झन् - झन् कमजोर बनायो ? जनताद्वारा जनताका लागि सुशासनलाई स्थापित र बलियो बनाउनुपर्ने शासन व्यवस्थाले राज्यलाई स्थापित  à¤° बलियो  à¤¬à¤¨à¤¾à¤‰à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ शासन व्यवस्थाले  à¤°à¤¾à¤œà¥à¤¯à¤²à¤¾à¤ˆ किन यति धेरै गैरजिम्मेवार र भ्रष्टाचारी बनायो ? सामाजिक , सास्कृतिक , धार्मिक , लैंगिक र जातीय अल्पसंख्यकहरूलाई संरक्षण गरेर अधिकार सम्पन्न बनाउने जिम्मेवारी प्राप्त संसारको निर्विकल्प भनिएको राजनीतिक व्यवस्थाले किन उनीहरूलाई अधिकार सम्पन्न बनाउन सकेन र उनीहरूको भावनामा चोट पुर्यायो ? कुनै निश्चित राजनीतिक वादभन्दा माथिको समकालीन सामाजिक अनि राजनीतिक चेतनाबाट यी सवालले  à¤®à¤¹à¤¤à¥à¤¤à¥à¤µà¤ªà¥‚र्ण अर्थ राख्दछन । उल्लिखित यस्ता अनुत्तरित प्रश्न हुन जसको सेरोफेरोमा दुई दशकभन्दा बढी समय नेपाली राजनीतिक र सामाजिक आन्दोलन घुमिरह्यो ।अन्तत: १० वर्षसम्म चलेको माओवादी जनयुद्ध र २०६३/२०६४ सालमा भएको दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिक इतिहासमा ठुलो परिवर्तन  à¤­à¤¯à¥‹ । यसले नेपाललाई एक थान संविधानमात्र दिएन बरु दशकौंदेखिको राजनीतिक महत्वाकांक्षा पूरा गर्‍यो ।
 
 
नेपालको राजनीतिक इतिहास सर्सती मात्र अध्ययन गर्दा पनि थाहा हुन्छ ६ दशकमा नेपाली राजनीतिमा ठुला परिवर्तन भएका छन् । तर दुर्भाग्य ती राजनीतिक परिवर्तन स्थायी हुन सकेनन् । अर्कोतिर  à¤¤à¥à¤¯à¤¸à¥à¤¤à¤¾ परिवर्तनले जनजीवनलाई उल्लेख्य परिवर्तन गर्न सकेनन् । राजनीतिकशास्रका अनुसार जनता नै शक्तिका स्रोत हुन । त्यसैले जनताले कहिले हार्नु पर्दैन ।नेपालमा त्यस्तो भएन । सबै खाले परिवर्तन पछि पनि नेपाली जनता नै बारम्बार पराजित हुनुपर्यो । सट्टामा जनता होइन , केही निश्चित समूह र व्यक्तिले जितिरहे । केही व्यक्ति नवधनाढ्य हुनु र केही निश्चित समूह र व्यक्तिको स्वार्थपुर्ति गर्नु बाहेक नेपालमा भएका त्यस्ता परिवर्तनले जनजीवन स्तरमा खासै महत्त्व स्थापित गर्न सकेन । इतिहासमा भएका त्यस्ता परिवर्तनले नेपालको राजनीतिक र सामाजिक जीवनमा जुन संस्कृतिको विकास गर्नु पर्ने हो त्यो पट्टक्कै हुन सकेन । समाजशास्त्र भन्छ - परिवर्तनहरू असम्भाव्य छन् तर सबै परिवर्तन राम्राका लागि हुदैनन । नेपालमा त्यस्तै भइरहेको त होइन ?
 
 

जनता सोध्दै छन् २६ वर्षमा २४ सरकार कस्का लागि ?-- पेशल आचार्य

बिराट नेपाल

मुख नलुकाई र जीब्रो नचपाई भन्दा नेपालले गएको २६ वर्षमा २४ वटा असफल प्रधानमन्त्री र सरकारहरू व्यहोर्नु प¥à¤¯à¥‹ । उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीहरूको त लेखाजोखा नै छैन । कति भए कति ? अहिलेसम्म नेपाली भाषामा बनेका र फ्लब भएका नेपाली सिनेमाहरू भन्दा मन्त्रीहरूको सङ्ख्या बढी होला । यही हावा तालले मन्त्रीमण्डल परिवर्तन भैरहने हो भने अबका २ दशकभित्र नेपालमा क्रियाशील सबै ठूलासाना राजनीतिक पार्टीका कार्यकर्ताहरू कुनै न कुनै मन्त्री भैसक्ने डर नेपालीलाई यतिखेर भएको छ ।


 
–    à¤¦à¥‡à¤¶ दलदलमा फँसेको छ । निकासको सहज पथ देखिन्नँ । कुनै राजनीतिक पार्थ पनि देशलाई यो गोलचक्करबाट निकाल्न अघि सरेजस्तो लाग्दैन । 


–    ‘नबुझिने गठबन्धन रहेछ यो । ...एउटाको ‘बोली’ नबुझिने, अर्कोको ‘भोलि’ नबुझिने...।’ देउवा–प्रचण्ड गठबन्धनबारे चर्चित कार्टुनिष्ट रविन सायमी लेख्छन् । 


–    à¤¨à¤¬à¤¨à¥à¤¨à¥‡ आशङ्का हुँदाहुँदै संविधान बन्यो । देखावटीरूपमा तात्कालिक अवस्थामा देशमा क्रियाशील राजनीतिक पार्टीहरू भारतीय दबाबको विरोधमा उभिएर, युरोपियन युनियनका प्रत्यक्षअप्रत्यक्ष प्रभावमा आएर,  à¤µà¤¿à¤¦à¥‡à¤¶à¥€ प्रभुका दाना पानीमा लोभिएर पनि नचाहिँदा र नहुने मुद्दा नेपाली राजनीतिमा बलजफ्ती घुसाउने काम गरियो । समयान्तरमा तिनै मुद्दाहरू  à¤²à¥‹à¤•à¤¤à¤¾à¤¨à¥à¤¤à¥à¤°à¤¿à¤• समाज विकासमा एक दिन घाँडा साबित हुँदै जानेछन् । 


–    à¤¨à¥‡à¤®à¤•à¤¿à¤ªà¤¾à¤•à¤¾ नेता नारायणमान बिजुक्छेका शब्दमा –‘प्रचण्ड भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्न तयार गरेको ‘ट्रोजन हर्ष’ हो ।’ बिजुक्छे नेपाली राजनीतिका स्थायी प्रतिपक्ष र सत्ताबाहिरै रहेर पनि तितो तर साँचो बोल्ने नेता हुन् । अझै अघि बढेर उनले भनेका छन् –‘भारतको कुरा मान्दा देशै आप्ठ्यारेमा पर्ने र कुरा नमान्दा प्रचण्डमाथि ज्यानको खतरा हुने ।’ यी र यस्ता उनका आरोपमा कति मिथ्याङ्श, कति सत्याङ्श छ ? आगे भविष्यले देखाउँदै जाला । 


–    à¤®à¤¾à¤¨à¥à¤›à¥‡à¤²à¤¾à¤ˆ अति देवत्वकरण गर्नु र अति दानवीयकरण गर्नु दुवै अतिवादी सोच हुन् । कवि श्रवण मुकारुङले आफ्नो फेसबुक स्टाटसमा लेखे –‘मानिसलाई अति देवत्वकरण गर्दा ऊ भगवान् बन्ने सम्भावना भन्दा बाँदर हुने सम्भावना बढी हुन्छ ।’ मुकारुङको कटाक्ष कामचलाउ भैसकेका प्रम  à¤“लीप्रति लक्षित रहेछ । बिचरा ओली सरकारमा रहँदा पनि सकसहीन थिएनन् । सङ्घीयता र धर्मनिरपेक्षताका विरोधीहरूलाई साथै लिएर सङ्घीयता कार्यान्वयन गर्ने उनको ठुलो चुनौती थियो । एक दिन बालुवाटारमै भनेका रहेछन् –‘नेपालको सङ्घीयता बाख्राका टाउकामा भैँसीको सिँग होलाजस्तो छ ।’ कम्ती पीडा छ यो उक्तिमा ? या भविष्यको नेपाली गन्तव्य नै चुहाएका हुन् उनले ? खोजी हुनुपर्छ, यस्ता गूढगम्भीर रहस्यको ।


–    à¤¸à¤¾à¤®à¤¾à¤œà¤¿à¤• सञ्जालमा सामान्य मानिसको पनि पहुँच पुगीसक्यो । पढेलेखेका, पढ्न नसकेका र पढ्दै नपढे्का सबै मानिसहरू यो निःशुल्क सुविधाको बेधड्क प्रयोग, उपयोग र दुरुपयोग गरिरहेका छन् । अचेल सहरमा भन्दा फेसबुकमा बढी आन्दोलनहरू हुने गर्छन् । आफ्ना मानिसलाई माथि उचाल्न र विरोधीहरूलाई पछार्न सजिलो हतियार फेसबुक बनाइएको छ । 


–    à¤à¤• जना किसानले मार्मिक पारामा भने –‘गाउँघरतिर बाली पाक्न एक वर्ष लाग्छ तर सहरमा प्रधानमन्त्री ९÷९ महिनानै पाक्न थालेका छन् । २०४६ साल यता गएको २६ वर्षमा नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका  à¤—री २४ याने दुई दर्जन सरकारहरू गठन, विगठन भैसके । तिनीहरूले जनताका नाम भँजाउँदै २४ जना राजनीतिकर्मीलाई नै प्रधानमन्त्रीका कुर्सीमा बसाए । तर इतिहासले मूल्याङ्कन गर्ने र भविष्यसम्म नेपाली जनताले सम्झने खालका कार्यकारीहरू एउटै पनि बनाएनन् ।’

 

–    à¤•à¥à¤°à¤¿à¤¯à¤¾à¤¶à¥€à¤² पार्टीका नेताका अनुहार, झन्डा, कार्यकर्ता र विधानमात्रै पृथक् देखिन्छन् तर तिनीहरूको शासन गर्ने शैली कसैको पनि मौलिक पाराको हुन सकेन । देश झन्झन् रसातलमा भाँसिदो छ । नेपालीहरू झन्झन् शासक र शासन शैलीप्रति निराश बन्दै गएका छन् । 


–    à¤¨à¤¿à¤œà¥€ क्षेत्रलाई पुरै बेवास्ता गरिएको छ । सरकार आफ्नो पुरानो ढर्राबाट बाहिर आउन चाहँदैन । संविधान कार्यान्वयन कै सवालमा पनि स्थानीय सरकार, (यद्यपि काँग्रेस, एमाले र माओवादी सबै अझै स्थानीय निकाय नै भन्दैछन् तर संविधान जारी भएका दिनदेखि नेपालमा पुरानो संरचनामा रहेका अञ्चल, जिल्ला, नगरपालिका र गाउँ विकास समिति भन्ने निकाय छैनन् । ती सबै कामचलाउ भैसकेका छन्) प्रादेशिक सरकार र केन्द्रीय सरकारको चुनाव भन्नु पर्ने हो । जसको खाका अझै प्रस्ट छैन ।

 
–    à¤à¤•à¤¾à¤¤à¤¿à¤°, मधेस अझै मध्यदेशझैँ संविधान कार्यान्वयनका सिलसिलामा मझधारमा उभिएको छ । ऊ ओली सरकार भत्काउन काँग्रेस र माओवादी केन्द्रको सहयोगी भयो तर संविधान संशोधन नगरी र माग पूरा नगराई अब बन्ने सरकारमा नजाने अडानमा बसेको छ । अर्कातिर, नेपाली राजनीतिका ‘मुसा प्रवृत्ति’ मा रमाएका गच्छेदार र कमल थापाहरू फेरि सरकारमा जान खुट्टो उचालिसकेका छन् । 


–    ‘कोसी ब्यारेजमा आइ्एसले आक्रमण गर्ने कथित हल्ला चलाएर भारतीयहरू यो वा त्यो बहानामा नेपालमा प्रवेश गर्न खोजिरहेका छन्’ भन्ने समाचार पनि तारन्तार आएका छन् । मूलकको गृह प्रशासन चुपो लागेर बसेको छ । सूचनाको हक पाएका जनताको अधिकार प्रतिको यो चरम बेवास्ता पनि हो । 


–    à¤•à¤¾à¤à¤—्रेस र माओवादी केन्द्रको गठजोडमा नयाँ सरकार बन्ने, चैतसम्म प्रचण्डले नेतृत्व गरेर स्थानीय सरकारको चुनाव गराउने अनि त्यसपछि काँग्रेसका देउवाको नेतृत्वमा सरकार बनी प्रादेशिक र केन्द्रीय संसदको चुनाव गराउने ७ बुँदे लिखित सहमति भएको कुरा आएको छ । 


–    à¤à¤• जना कथाकारले आफ्नो फेसबुक वालमा लेखेको गजलले ओलीजीको बहिर्गमनलाई कलात्मक पाराले चित्रण गरेको देखियो –


‘नजानु त छँदै थियो तर ऊ हारेर गई  
जान त गई तर पल्ला भारी पारेर गई ।’


–    ‘ओलीजी पनि सुदूर इतिहासमा सम्झिइरहने प्रधानमन्त्री त होइनन् तर एउटा कुरा के सत्य हो भने जुन कथित मुद्दा र ढोंग साथमा लिएर काँग्रेसले माओवादी केन्द्रलाई काँधमा बोकी ओली सरकार गिराएको छ त्यो वर्तमान समयमा कुनै नेपालीले राम्रो काम भयो भनेर भन्न सकिरहेका छैनन् । जसरी ओली प्रधानमन्त्री हुने बेलामा पनि काँग्रेसको रवैयामा राजनीतिक कच्चापन देखिएथ्यो त्यसैगरी आहिले पुःन दोहोरियो’ –विश्लेषकहरू भन्दैछन् । 


–    à¤“लीको एउटा तर्कमा भने दम छ । त्यो के भने उनी अफ्ठयारो समयमा प्रधानमन्त्रीको कुर्सीमा बसेर सजिलो समयमा सहकर्मीबाट हठात् फ्ँयाकिएका प्रधानमन्त्री चाहिँ हुन् । जीहजुरी नगर्नाले उनीसँग भारत कहिल्यै खुसी हुन सकेन । यो वा त्यो बहानामा नाखुस बनिरह्यो । चीनसँग उनले गरेका भनिएका व्यापार र पारबहन सन्धिलाई आउने सरकारले अझै घनिभूत रूपमा अघि बढाएर सम्बन्ध सुधार्नु, भूकम्पबाट भएको क्षतिको पुनर्निमाण, बाढीपहिरो पीडित जनतालाई राहत, फाष्टट्रयाक निर्माण, लुम्बिनी र रौतहटमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण कार्यहरू तारन्तार सम्पन्न गरिए भने जनताले बिस्तारै ओली कार्यकाललाई पनि भुल्ने छन् । 


–    à¤¦à¥‡à¤¶ अघि बढाउन सपना त देख्नुपर्छ तर देशको भिजन र मिसनसँग मिल्ने र औकातअनुसारका सपना मात्र देख्नुपर्छ । उखान टुक्काले मात्र देश चल्दैन । फेसबुकमा फेक आइडी बनाएर र आफ्नो भजन गाउन लगाएर इतिहासमा दरिन सकिन्नँ । यो शिक्षाचाहिँ ओलीजीका दानापानी खाएका तथा स्वगुटमा रमाएका कर्ताधर्तालाई राम्ररी मिलेको हुनुपर्छ । 


–    ‘डा.केसी भर्सेज मेडिकल माफिया’ को मुद्दामा तानिएर अब निजी मेडिकल कलेजका साहूहरू पनि माइतीघर मण्डलामा आए । प्रतिआन्दोलनकारीका रूपमा देखिएका भोला रिजाल र केही थान सुकिलामुकिलाहरूले देखाएको साखुल्लेपनालाई मुलुकका सातै प्रदेशमा बस्ने गरिखाने नेपालीले क्षणपलको हिसाब गरी ‘वाच’ गरिरहेका छन् । को कति पानीमा छन्, डा. केसी र डा. रिजाल ? जनता जान्ने भैसकेका छन् ।  


–    à¤œà¤¾à¤à¤¦à¤¾à¤œà¤¾à¤à¤¦à¥ˆ, हामी किन एउटा सरकारलाई उसको पूर्णावधि काम गर्न दिँदैनौं ? २६ वर्षमा २४ सरकार हामीले आफ्ना लागि बनायौं या छिमेकी खुसी पार्न ? यसको चित्तबुझ्दो जवाफ राजनीति गर्नेले नदिएमा अब जनताले छाड्ने छैनन् । 


   

जन सरोकारको नाममा प्रकाशित विचार विज्ञप्ति प्रति मेरो धारणा- दिनेश कार्की

बिराट नेपाल

जन सरोकारको नाममा कोलोराडोमा बसोबास गर्दै आउनुभएका समाजका प्रबुद्ध वर्ग सम्मिलित समूह जसले कोलोराडोको नेपाली समाज प्रति आफ्नो क्षेत्रबाट अमूल्य योगदान पुर्याउँदै समाजको अग्रगमनका निम्ति आफ्नो जीवनका महत्त्वपूर्ण समय खर्चीदै आउनु भएका अग्रज व्यक्तित्वहरुले  à¤•à¥‹à¤²à¥‹à¤°à¤¾à¤¡à¥‹à¤®à¤¾ अस्तित्वमा रहेका नेपाली संस्था र त्यससँग सम्मिलित व्यक्तिहरू प्रति राखिएको सल्लाह सुझाव र मार्गदर्शन सहितको विचार विज्ञप्ति मनन योग्य छ । उहाँहरू सम्मिलित समूहको विचार प्रति समर्थन जनाउदै, विचार विज्ञप्तिमा समावेश केही सवालहरूमा मेरो विचार राख्न विनम्र अनुमति चाहन्छु । 

 

प्रकाशित विज्ञप्तिमा राखिएको एउटै व्यक्ति धेरै संस्थामा आवद्धताको प्रश्न जो उसको निष्ठा र संस्थाको हितको टकराव र कानुनी अप्ठ्यारो सम्बन्धमा छ, कानुनको कुरा बहसको विषय हुन सक्छ, किनकि म कानुनी अप्ठ्यारोको बारेमा त्यति जानकार छैन । जहाँ सम्म निष्ठा र संस्थागत हितको कुरा छ, निश्चयै कुनै व्यक्ति पदीय महत्वकांक्षा र पद लोलुपताले विभिन्न संस्थाको कार्यकारी पदमा बस्छ, उसले आफ्नो उन्नतिमा संस्थाको उन्नति देख्न सक्छ, त्यो बेला संस्था र समुदायको हित छाँयामा पर्न सक्छ । तर अमेरिका जस्तो व्यस्त जीवन शैली अनि पारिवारिक दाईत्यले जकडिएको जीवन, जसले विभिन्न संस्थाहरूमा बस्ने मन नहुदा नहुदै, सेवाभावमा समर्पित व्यक्तिहरूको न्यून उपलव्द्धताको अवस्थामा सामाजिक आग्रह र आवश्यकतालाई नकार्न नसकी नि:स्वार्थ सेवाभावले समर्पित हुन्छ, उसको निष्ठा प्रतिको आशंकाले, मनोबलमा आघात पुग्नुका साथै आफूले आफैलाई हिनता बोध र अपराधी महसुस गर्न सक्ने आधार तयार हुन सक्छ । भिन्न उदेश्य र कार्य क्षेत्र भएका संस्थामा बसेर कसैले योगदान गर्छु भन्छ भने मलाई लाग्दैन उसको निष्ठामा शङ्का र स्वार्थको टकराव हुन्छ । फेरी कुनै व्यक्ति कुवा बनाउन र बाटो खन्न लागि पर्छ भने त्यहाँ स्वार्थ टकरावको कुनै गुञ्जाइस नहुनु पर्ने हो । यदि संस्थाको विधानले एक भन्दा बढी संस्थामा बस्न नहुने किटान गरे बाहेक एउटा संस्थामा आवद्ध व्यक्ति अर्को कुनै संस्थामा बस्नु बिधानत: जायज ठहरिनु पर्ने हो । संस्थामा आवद्ध व्यक्तिहरूमा पनि राज्यको कानुन, संस्थाको विधान, विनियम र नियमावली सम्बन्धी न्यूनतम जानकारी राख्ने गर्छन् भन्ने अनुमानबाट टाढा हुनु हुँदैन । 

 

अमेरिकामा कानूनत संथागत हैसियतमा रहेका कुनै संस्थाहरूको राजनीति दलसँग आवद्धताको आशंका, हेर्ने दृष्टिकोणको फरक पन हो कि ? तर व्यक्तिगत जीवनमा कुनै पनि व्यक्ति आफ्नो आदर्श र विचारमा बाच्न स्वतन्त्र छ भन्ने मान्यतामा दृढ छु । तर उसको विचारले देशको कानुन, समाजको संरचना र भावनामा नकारात्मक असर पर्नु हुँदैन भन्ने कुरामा पनि उत्तिकै सचेत छु । à¤œà¤¹à¤¾ सम्म पद ओगटेर नबस्न र अरूलाई मौका दिन गरिएको आव्हानको सन्दर्भ छ, आवश्यकता र आग्रहको परिणाम स्वरूप म पनि एक भन्दा बढी संस्थामा आवद्ध भएको व्यहोरा प्रवुद्ध वर्गमा सम्मिलित मेरा आदरणीय अग्रजहरूलाई अनुरोध गर्दै, उहाहरू मार्फत यदि कोही व्यक्तित्वहरू म आवद्ध संथामा र मैले ओगटेको (!) पदमा आउन चाहनु हुन्छ भने अन्तर हृदय देखिनै उहाहरुलाई स्वागत गर्दै विलम्ब नगरी संथागत जिम्वेवारीबाट मुक्त भई परिवारको नजरमा एउटा जिम्मेवार पारिवारिक सदस्य र सामाजिक व्यक्ति भएर बस्न आतुर छु । कृपया मेरो भावनालाई कदर गर्दै कोही उत्साहित व्यक्तित्व हुनुहुन्छ भने आउनु हुन पनि अनुरोध गर्दछु । 

 

यदि विचार र दृष्टिकोणमा पूर्वाग्रह र आग्रहको उपस्थिति छैन भने,  à¤¨à¤¿à¤¶à¥à¤šà¤¯à¤¨à¥ˆ समाजका अग्रज वर्ग जसले सम्भावना र भवितव्यको सही मार्ग दर्शन र सचेतताको निम्ति आफ्नो दृष्टिकोण राख्ने गर्छन्, जो आफ्नो जीवनको अनुभव र भोगाइले खारिएको विचार समाजमा प्रवाह गर्छन्, त्यो समाजको लागि मार्गदर्शन हुन्छ र हुनु पर्छ । त्यो विचार र अनुभवले नयाँ पुस्ताले धेरै सिक्ने अवसर प्राप्त गर्न सक्छ । जो वर्गको समूह हाम्रो कोलोराडोमा जुर्मुराएको छ, त्यो पक्कैपनि स्वागत योग्य छ । मेरो बिनम्र अनुरोध सहित निवेदन गर्न चाहन्छु, प्रवुद्ध वर्गको समूहमा एकै किसिमका "कद" भएका अग्रजहरू सम्मिलित भए त्यसले समाजमा बढी भरोसा र विश्यसनियता आर्जन गर्न मद्धत गर्ने थियो । आगामी दिनमा, कोलोराडोमा बस्ने नेपाली समुदाले भोगिरहेको विभिन्न अप्ठ्यारो परिस्थितिहरूलाई औलाउदै त्यसको समाधानको निम्ति बाटो देखाइ दिनु हुन्छ भन्ने आशा र भरोसा राखेको छु ।

 

 

अमेरिकामा सहकर्मी तपाईका साथी किन हुदैनन् ?- विजय थापा ,वाशिंगटन डिसी

बिराट नेपाल

भ्रम नरहोस् ,अमेरिकामा सहकर्मी तपाईका साथी कहिले हुदैनन् l तर नहुने भनेको चाही हैन l हुँदै हुँदैन भन्ने पनि यसको अर्थ हैन l एउटै प्रतिष्ठान तथा कार्यालयमा सँगै काम गर्ने साथी साथीलाई सहकर्मी भन्ने गरिन्छ l साथी र सहकर्मीमा आकाश जमिनको फरक पनि हुन्छ l हामी काममा पनि आफ्ना सहकर्मीलाई साथी सम्झन्छौ l सम्झनु निश्चित पनि राम्रो हुन्छ l नेपालमा सहकर्मीलाई सबै कुरा खोलेर पनि भन्छौ l पारिवारिक चिनजान र घुलमिल पनि हुन्छ तर अमेरिकामा फरक संस्कार र संस्कृति रहेको छ l धर्म पनि फरक l

 

हरेक दृष्टिकोणले अमेरिका विशाल छ l क्षेत्रफल र जनसङ्ख्या अत्यधिक भएकोले बर्षौ वर्ष सम्म सँगै काम गरेको सहकर्मी भएता पनि उ सहकर्मीमा मात्र सीमित हुन्छ l र साथी हुन् खोज्दैन र हुदैनन् पनि l सामान्य रूपमा बोलचाल मात्र हुने हुन्छ l लामो समय सम्म काम गरेता पनि घर ,मामल ,ससुराली ,घर परिवार सम्बन्धी चर्चा पनि गरिदैन l आफै भन्नेले आफै ओकल्ने पनि हुन्छन् तर उनीहरू केवल सहकर्मीमा मात्र सीमित हुन्छन् l त्यो भन्दा बाहेक अपेक्षा गर्नु हुँदैन र गर्दैनन् पनि l

 

तर हामी लेपासीने कोसिस गर्छौ l नजदिक बन्ने प्रयास पनि गर्छौ l नगर्नु भन्ने सवाल चाही हैन l तर त्यस्तो गर्ने परिपाटी छैन l १० औ वर्ष सम्म काम सँगै गर्दा पनि त्यति खुलेर बताउने चलन छैन l ठुलो देश छ ,जागिरको भर नहुने भएकोले तु निस्काशितमा परे पछि उ यत्रो देशमा कहाँ पुग्छ कहाँ ? साध्य नै हुँदैन l कालान्तरमा सम्पर्क पनि हुँदैन l अमेरिकनहरु ज्यादा ठाउँ तथा स्थान पनि परिवर्तन गर्ने भएकोले त्यस्तो साथी भाइ नेपाल जस्तो स्थाईत्व रहदैन l एक पटक सहकर्मी बाहिर गए पछि भेट्ने भन्ने सवाल नै हुँदैन l अमेरिकाको एक संस्थाले तपाईँ काम गर्ने ठाउँमा तपाईका सहकर्मी साथी किन हुदैनन् भनी ५ कारण निष्कर्ष निकालेको छ l काम गर्ने ठाउँमा तपाईका साथी हैनन् है भनी सतर्कता गरेको छ l

 

नयाँ कामदार नौलो :
तपाईँले यो सोच्नु हुन्छ कि आफू अरू ठाउँमा काम गरी सकेको छु l पहिलेको काममा आफूले गहिरो सम्बन्ध स्थापित गरेको जस्तो लाग्छ l तर नयाँ काममा र सरल भएता पनि अलिक समय लाग्ने हुन्छ l नयाँ ठाउँका सहकर्मी चाडो खुल्दैनन l निरन्तर तपाईँको दृढता बाट मात्र निकास निक्लने हुँदा निकै सहनशीलता राख्नु पर्ने हुन्छ l नौलो हो भनेर सहकर्मी ज्यादा गहिराईमा जान चाहदैनन् l त्यसको लागि मन जित्नु पर्ने हुन्छ l दृष्टिकोण सकारात्मक भए पछि बिस्तारै सबै कुरा सकारात्मक हुने हुन्छ l

 

गल्ती दोहोर्याउनु नहुने :
तपाईँले केही चिज गल्ती गरे कालान्तरमा सुधार गर्नु पर्छ भनेको छ l गल्ती पटक पटक गरे सहकर्मीले नरुचाउने , मित्रता बाहिर बाट देखाउने र भित्र हृदय बाट टाडीने सम्भावना हुन्छ l यस्ता गर्ने सहकर्मीलाई साथी बनाउन चाहदैनन् l


जत्थामा साथी बनाउन कठिन :
तपाईँ नयाँ हुनु हुन्छ भने धेरै मानिस भएको स्थानमा सयौ तथा हजारौँ सङ्ख्यामा सहकर्मी हुन्छन् l यस्तो अवस्थामा तपाईँ नौलो हुनु हुन्छ भने निकै कठिन हुन्छ l तपाईँलाई धेरै समय लाग्ने र प्र त्येक सँग वैयक्तिक रूपमा चिनजान गर्ने कोसिस गर्नु पर्छ अनि मात्र मित्रता बनाउन सकिने सम्भावना हुन्छ l लामो समय देखि रहेका मानिस आफ्नै दुनियामा भएकोले नयाँ प्रवेशी लाई निकै समय लाग्ने बताएको छ l


सांस्कृतिक रूपमा ठिक हुनु हुन्न भने :
सांस्कृतिक रूपमा ठिक हुनु हुन्न भन्ने सुन्दा राम्रो लाग्दैन l कडा शब्द सुनिन्छ l किनभने हामी सबै सँग हाम्रो मूल्य मान्यता तथा कामको शैली छ l कैयौ पटक हामी हरू सांस्कृतिक रूपमा योग्य पनि हुदैनौ l यदि तपाईँ यसमा योग्य हुनु हुन्न भने अगाडी बढ्नु उचित हुने भनेको छ l


अन्तर्मुखी व्यक्ति :
यस्तो स्वभाव भएको कर्मचारी छ भने हुल र भिडमा निकै कठिन हुन्छ l यस्तो व्यक्तिको चारै तर्फ नयाँ मानिस हुन्छन् l अन्तर्मुखी व्यक्तिले साथी बनाउन कठिन भएता पनि एक या दुई सँग मित्रता कायम गरी सहकर्मी सँग घुलमिल गर्नु पर्ने उल्लेख गरेको छ l कामको सम्बन्धको कारण जागिर जान सक्छ या टुट्न पनि सक्छ l


यदि तपाईँको सहकर्मी काम छोडेर गए पनि बर्षौ सम्म तपाईँ सम्पर्कमा हुनु हुन्छ त ? यदि तपाईँलाई आकस्मिक आवश्यक परेको बेलामा उ या उनीलाई तपाईँ सहायताको लागि सोध्न सक्नु हुन्छ ? तपाईँ आफ्नो सहकर्मी सँग कामका दिन ,मनोरंजनको समय तथा कार्यालय बाहिर गई रहनु हुन्छ ?


तपाईँले आफ्नो सहकर्मीको अन्य सँग पनि भेट गर्नु भएको छ काम भन्दा बाहिर ? यदि तपाईँको सहकर्मी बढुवा भएमा तपाईँ उनको या उसको खुसीमा साच्चै कै हर्षित हुनु हुन्छ त ? तपाईँको साथी कहाँ बस्छ तपाईँलाई थाहा छ ? पारिवारिक पृष्ठ भूमि थाहा छ ?


यी माथिका कुराहरू मेल खाए तपाईका साथी हुन्छन् नत्र तपाईँ काम गर्ने ठाउँमा तपाईँले साथी या मित्र भनेता पनि आँखिर सहकर्मी मात्र हुन् l निश्चित समयको लागि सँगै काम गर्ने सहकर्मी l भ्रम नरहोस्, अमेरिकामा तपाईँ सँगै काम गर्ने मित्र सहकर्मी मात्र हुन् ,तपाईका साथी होईनन l

 

गीताको नूतन सुख--पेशल आचार्य

बिराट नेपाल

(निबन्ध)


    ‘संसारमा सबै चिज खोजे मिल्छ घरीघरी
    तर जन्मदिने आमा, पाइँदैन कसैगरी ।’  


माथिको दुईहरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो कविता पुरानो माध्यमिक विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको थियो । जहाँ यसको अति नै उच्चतम् तवरले अध्यापन हुने गर्दथ्यो । आमाको महिमाका लागि योजस्तो शक्तिशाली कविता अहिलेसम्म नेपाली भाषामा अर्को प्रकाशित भएका छैनन् ।


     à¤ªà¥à¤°à¤¸à¥à¤¤à¥à¤¤ दृष्टांश यो पंक्तिकारको झीनो अभिमत हो । सबैले सहमति गर्नै पर्छ भन्ने छैन ।  


     à¤…ब सन्दर्भमा जाऊँ । अहिलेको सन्दर्भ भनेको गीताको सुख हो । के हो सुख भनेको ? भौतिक या अभौतिक ? शारीरिक या आत्मिक ? स्थुल या अलौकिक ? यायावरीय र सांसारीय ? यसलाई वारपार गर्नेगरी बुझ्ने हो भने हरेकले श्रीमद्भागवत गीताको मीमांशा गर्नेपर्ने हुन्छ । गीतामा नडुबी गीतालाई पर्गेल्न सकिन्नँ । गीतालाई नमथी यो सारभूत गूढार्थ असम्भव छ । गीतालाई शब्द, लय र भावमा पूर्णरूपेण नखारीकन यो दार्शनिक कुराको गुत्थी बुझ्न सकिँदैन । 


      पङ्तिकारले यहाँ गीतालाई आमासँग तुलना गर्न खोजेको छ । पूर्वको पुरानो धर्मग्रन्थ वेद हो । वेदलाई आमासँग तुलना गर्नुपर्ने हो तर तमाम मानिसको पहूँच वेदमा नभएकाले सरलसँग बुझ्नका लागि नै गीतासँग तुलना गरिएको हो । गीता साक्षर, निरक्षर र शिक्षित सबैले बुझ्ने उपजीव्य ग्रन्थ हो । जसरी जो कोहीले गीतालाई दैनिक पाठ गर्ने गरेका छन् त्यसैगरी हाम्रो आफ्नो जीवनमा पनि यो दैनन्दिन रूपमा लागू हुने सुकृतिका रूपमा देखिएको छ । यसलाई भावानुभूतिका साथ दैनिक र दैहिक जीवनमा लागू गर्ने हो भने मुमुक्षुको जीवन मोक्ष हुन्छ । यसमा संशय र द्विविधा अब रहेन किनकि संसारका विकसितभन्दा विकसित देशका विभिन्न क्षेत्रका विद्वान्हरूले यसको सैद्धान्तिक मात्र नभएर व्यवहारिक प्रयोग पनि गरिसक्नु भएको छ । 

यो संसारकै हिन्दूका लागि अझ खुसीको कुरा हो । 


     à¤—ीतालाई संस्कृत वाङ्मयले अति पवित्र धर्मग्रन्थ र उपजीव्य धार्मिक ग्रन्थका रूपमा समेत लिएको छ । ‘गेयते इति गीता’ ‘गाउन मिल्ने चिज गीता हो’ भनेर यसको परिभाषा बनाइएको छ । गीता हिन्दूहरूको पवित्र धर्मग्रन्थ मात्र नभएर यो संसारकै मार्गदर्शक ग्रन्थ पनि हो । यसमा ज्ञानयोग, भक्तियोग र कर्मयोगको सिद्धान्त प्रतिपादन भएको पाइन्छ । महाभारतीय युद्धक्षेत्र र कालमा भगवान् श्रीकृष्णले अर्जुनलाई दिनु भएको विश्वज्ञान गीता ज्ञान नै हो ।


    à¤µà¤¿à¤¦à¥à¤µà¤¾à¤¨à¥à¤¹à¤°à¥‚ले वेदलाई दूध, उपनिषद्लाई दही र गीतालाई ध्यू मानेका छन् । ध्यू मानिएकाले यसलाई हरेक मानवले आफ्नो जीवनमा शारीरिक र मानसिक पोषका लागि उपयुक्त मान्नुपर्छ । तसर्थ के हिन्दू, के क्रिश्चियन, के बौद्ध, के ईश्लाम सबैका लागि गीता ज्ञान महाज्ञानको रूपमा रहेको छ ।


    à¤­à¤¾à¤°à¤¤à¤•à¤¾ भूपू राष्ट्रपति एपिजे कलामज्यूको गीताध्यानलाई नमन गर्नै पर्छ । एकातिर अन्तरिक्ष विज्ञान अर्कोतिर गीताको मीमांशा यो एकापसमा विरोधाभाष भए पनि वहाँको जीवनमा सम्भव भयो । हाय ! ज्ञान, हे ! विज्ञान । 


    à¤—ीताले हरेक मानिसको जीवनलाई मार्गदर्शन गर्नेगर्छ । बाटो बिराएका मानिसहरू हुन् या सफलताको बाटो नियालिरहेका मानिसहरू सबैलाई गीताको आवश्यकता पर्दछ । गीताले आफ्नो १८ अध्यायमा विभिन्न श्लोक र सन्दर्भबाट मानिसको बौद्धिक मापन गर्दै शान्त्वनाका शब्दहरू प्रदान गरेर व्याख्या गर्दछ । 


    à¤—ीता सर्बधर्मको रक्षा र व्याख्यामा कामयाव भए पनि यसलाई सबैभन्दा बढी धर्मशास्त्रका रूपमा भने हिन्दुहरूले पढ्ने गरेका छन् । यो धर्मगन्थ्रका अलावा दर्शनको पुस्तक पनि हो । यसलाई संसारका प्रायः सबै भाषामा शब्दानुवाद र भावानुवाद गरिएको छ । यसको चुरो चाहिँ कर्मयोग हो । 


    à¤—ीता भन्दछ –‘कर्मण्ये वाधिका रास्ते माफलेषु कदाचन् । मानवहरू हो ! फलको आसा नगरीकन कर्मका क्षेत्रमा सततः लागिरहू । मानवको कर्तव्य नै कर्म गर्ने हो । फलको आसा गर्ने होइन । फल त अवश्य र आपसे आप मिलिहाल्छ । जसको प्राप्त्याशामा अल्झेर समय बर्वाद् गर्ने होइन । समय चिनेर कर्म गर । यही नै कर्मयोगको गुत्थी हो । अहिलेको मानिस कर्म गर्नु कहाँ छ कहाँ पहिले नै फलको आसा गर्छ । त्यसो गर्नाले मानिसको चित्त नै पूर्णरूपेण कर्ममा लाग्न पाउँदैन । पूर्ण रूपले निमग्न भएर नगरिएको कामले मानिसमा आत्मविश्वासको संचार नै गर्न पाउँदैन । त्यसैले मनषा, वाचा र कर्मणा काम र कर्तव्यमा उन्मुख हुने मानिस नै यो भवसागरको सफलतम् मानव हो ।


    à¤—ीताको यस्तो चिन्तनीय अनि सौम्य ज्ञानलाई बुझेर नै विकसित संसारले यसको महत्व बुझेको हो । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम गीतालाई आफ्नो जीवनको सफलतम् पुस्तकका रूपमा लिन्थे र हरेक दिन गीतापाठ गरेर मात्र नित्य भोजन गर्ने गर्दथे । यो उनको कर्म गीताप्रतिको सम्मान मात्र नभएर गीताले दिने दर्शन र त्यसको महत्वका लागि गरिएको थियो । 


गीताले हरेक मानवलाई प्रेम र भाइचाराको सन्देश दिन्छ । गीताले कर्मयोगमा कर्मको, ज्ञानयोगमा ज्ञानको र भक्तियोगमा भक्तिको बारेमा भलिभाँती ज्ञान र शिक्षा दिएको छ । सनातान हिन्दू धर्मका पवित्र धर्मग्रन्थहरू वेद, पुराण, उपनिषद्, रामायण, महाभारत र गीताजस्ता ग्रन्थहरूले नै मानवताको मार्गबाट चिप्लिएर बाटो बिराइरहेका मानिसहरूलाई गीताले पवित्र ज्ञान दिने कोशिस गरेको छ । यसमा सबै धर्मका विद्वत्जनहरूको एकमत रहेको छ । 


अहिलेको युगलाई विकसित मानिसहरूले जतिसुकै नै विज्ञान र प्रविधिको युग माने पनि या भने पनि यसमा पनि आध्यात्मिक ज्ञान र सोचको विकास पउल रूपमा भएको पाइन्छ । यसलाई व्यवहारमा उतारेर हेर्ने हो भने अहिलेको युगमा अझ बढी धार्मिक र आध्यात्मिक कार्यहरू भैरहेका पाइन्छन् । यही कुराको पुष्टिका लागि भारतवर्षका अनेकौं भाषा र भावमा गीताका उपजीव्यताका अनेक पुस्तकहरू प्रकाशित भएका पाइन्छन् । यो भारतवर्षमा बसोबास गर्ने व्यक्तिका नाताले हामी सबैलाई खुसीको कुरा हो । कि हामी भाषा र संस्कृतिका रूपमा मात्र सम्पन्न छैनौं । सभ्यताका रूपमा पनि सम्पन्न छौं । गीताकै दर्शनले आज संसारमा सांख्य दर्शन र वेदान्त दर्शनको उद्भव हुन सकेको हो ।


जीवनको ललक गीतामा अपरिमेय छ । मात्र खोजीको अहर्निष सोपान चाहिन्छ ।

 
मानिसलाई आफ्नो उद्देश्यको पथालम्बन गर्न र जीवनका अनेक तरहका सफलता एवम् असफलताहरूमा एकाभावले व्यवहार गर्ने शिलशिलामा गीताले मार्गदर्शन गरेको छ । जस्तासुकै निराशाका भावहरूमा पनि समभावको रूपमा व्यवहार गर्ने सल्लाह दिएको छ । आत्मा अमर छ तर शरीरभने मरणाशील छ । थोत्रा लुगा शरीरले फेरेजस्तै हो यो आत्मा र शरीरको मिलन । हामी शरीर मर्दा रोइकराइ गर्छौं तर बास्तवमा शरीर त मर्ने नै हो । जो जन्मन्छ त्यही नै मर्छ । अजन्मा त आत्मा हो । न यो जन्मन्छ । न त मर्छ । त्यसैले यो अजरामर नै रहिरहन्छ । नित्य नवीन रूपमा  ....‘अजो नित्य.........न हन्यते, हन्यमाने शरीरे ।’ 


आज विश्वले गीताको ज्ञानलाई बुझेको छ । उसले भलिभाँती रूपमा प्रयोग र परीक्षणहरू गरेको छ । जर्मनीमा हिन्दू धर्म र दर्शनलाई पढाइने विश्वविद्यालयको स्थापना गरिएको छ । डच युनिभर्सिटी नामको सो विश्वविद्यालयमा विश्वका सबैधर्मको अध्यापन हुने गर्छ । नेपालमा पनि नेपाल विश्वविद्यालय नामको एकमात्र संस्कृत विश्वविद्यालयलाई सोही विश्वविद्यालयले नै अनुदान दिने गर्छ । पूर्वीय भाषा र संस्कृति संरक्षण सन्दर्भका शिलशिलामा डच युनिभर्सिटीको विश्वमा अब्बल नाम रहेको छ । 


यी त भए गीताका अनेकानेक रूप र प्रभावहरू । 


गीता अध्यायी किन सुखी हुन्छ ? यो प्रश्न आफैँमा विचारणीय प्रश्न हो । ज्ञानले मानिसलाई अज्ञानका अँध्यारा खाडलहरूमा पर्नबाट जोगाउँछ । गीताले जीवन, मृत्यु, आफन्त, परचक्री, दाजुभाइ, अनुज, कनिष्ठ, योग, दर्शन, काम, क्रोध, लोभ, मोह र मोक्षका बारेमा सविस्तार बताउँछ । गीता ज्ञानले मानिसलाई कर्ममा लागिरहन प्रेरणा दिइरहन्छ । जो मानिस काममा लागिरहन्छ उसलाई अन्य कुरामा चाख र वास्ता पनि हुँदैन । मानिस जो आफ्नो काममा लागिरहन्छ अनि त्यो कामबाट आनन्द लिइरहन्छ त्यही मानिस नै बास्वविक रूपमा सुखी मानिस हो । खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ ।


जसले आफूलाई पनि नराखीकन अरूलाई वा आफूभन्दा नभएकाहरूलाई केही कुरा दिन्छ । त्यो नै दयावान् हो । दयावान्ले त केवल दयाको मात्र भावले संसारलाई नियालिरहेको हुन्छ । संसारमा दयावीर, दानवीर, धर्मवीर र युद्धवीरजस्ता वीरहरू रहेका हुन्छन् । दान महिमा नै संसारमा सबैभन्दा ठूलो महिमा हो । हाम्रो हिन्दू धर्ममा राजा बलि र दधिचि ऋषिको दान महिमालाई अति नै आदर्श महिमाका रूपमा लिइन्छ । महाभारतमा पनि दया, दान, धर्म र युद्धवीरहरू प्रशस्त मात्रामा पाइन्छन् । जसले महाभारतको सन्देशलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् र जसबाटै उपजीव्यताको विशेषण लागेको छ । 


हुन त पूर्वीय साहित्य हुन् कि  à¤§à¤°à¥à¤®à¤—्रन्थ सबैमा केही न केही उपजीव्यता लुकेको छ । यो तथ्यले हामीले पूर्वीय शास्त्रलाई सूक्ष्मातिसूक्ष्म दृष्टिले हेरेका खण्डमा संस्कृत वाङ्मय विश्वसाहित्य मै गौरवपूर्ण तवरको धनी साहित्य मानिन्छ । वाल्मीकिदेखि कालिदाससम्म, माघदेखि दण्डीसम्म, वेदव्यासदेखि भरतमुनिसम्मका सबै विद्वत् मनिषिहरूका करकमलबाट निस्केका सौन्दर्यप्रधान ती साहित्यलाई हेर्ने र तुलना गर्ने हो भने आजका लेखक साहित्यकारहरूद्वारा लेखिएका साहित्यहरूको स्थिति ज्यादै न्यूनस्तरको देखिन्छ ।


गीता एउटै त्यस्तो पुस्तक हो जसको धार्मिक, नैतिक, साहित्यिक र सामाजिक महत्व रहेको छ । यो जस्तो पुस्तक आजको संसारमा अर्को निस्कन सकेको छैन । कृष्णले अर्जुनलाई युद्धक्षेत्रमा दिएको भनिएको ज्ञान मात्र गीता होइन । गीताले त यस लोकका सबै तत्व र कर्मलाई मीमांशा गर्दै व्याख्या गरेको छ । यो अवस्थाले हामी गीताध्यायी र गीतानुरागी सम्पूर्ण हिन्दूजनहरूमा एउटा दरो आत्मविश्वासको जग हालिदिएको छ । यो ज्ञानको परम्परामा हामीले हाम्रा ज्ञान र विज्ञानका सैद्धान्तिक एवम् प्रौद्योगिकी सीपहरूलाई  à¤à¤•à¥ˆ ठाउँमा गालेर हेर्ने हो भने हाम्रो स्थिति संसारमा आज अर्कै भैसक्ने थियो । यो कुरा झट्ट हेर्दा सानोजस्तो लागे पनि यसको गूढ रहस्यको न छेउ भेट्न सकिन्छ न टुप्पो नै समात्न पाइन्छ । 


महात्मा गान्धी गीताको सम्मान गर्थे । नेपालमा पनि राजनेता कृष्णप्रसाद भट्टराई गीतापन्थी थिए । उनले गीताका श्लोकहरूलाई आफ्नो जीवनको एकमात्र मोक्षका रूपमा लिएका थिए । शिक्षक हुन् कि पत्रकार, व्यापारी हुन् कि कृषक, कर्मचारी हुन् कि राजनेता सबैका लागि अहिलेको समयमा गीताको महत्व अझ बढेर गरेको छ । मोति समुद्रकै पिँधमा पाइन्छ भन्नुको अर्थ झैँ गीतालाई आफ्नो जीवनको अन्तिम दर्शन मानेर त्यसका शिक्षाहरू व्यवहारमा प्रयोग गर्नुे हो भने जो कोहीको पनि यसलोक त सप्रिन्छ नै परलोक पनि सप्रिन्छ । 
मानिसले आखिरमा खोज्ने भनेको नै मुक्ति वा मोक्ष हो ।


सन्सारका सबै मानिसको अन्तिम चाहना सन्तोषपूर्वक मोक्षको कल्पना हो । मोक्षका लागि गरिने जप, तप, पाठ, पूजा र होमादि कर्मले बताएको के छ भने मानिस आफ्नो आनन्दलाई परमानन्दमा लगेर जोड्न चाहन्छ । यो उसको जीवनभरिको चाहना हुने गर्छ । उसले चाहेको या पाएको जति सबैसबै नै उसले आफू मरेर जाँदा लैजान पाएको हुँदैन । उसको त्यही आत्मविश्वस र आनन्द नै उसका सामु जाने हो । त्यो कुरा गीताले आफ्ना विभिन्न श्लोकमा अथ्र्याइसकेको छ । त्यसैले गीताको दैनन्दिन श्रवण मात्रले पनि अज्ञानी मानिसले गर्ने सबै किसिमका पाप तथा निचवृत्तिहरू क्रमशः नाश भएर जाने गर्दछन् ।


सुख छ –गीतामा । खुुसी सन्निहित पनि छ–गीतामा । धर्म, अर्थ, काम, र मोक्ष सबै अन्तर्य लुकेका छन् –गीतामा । खोज्न सकेमा के छैन –गीतामा । हिन्दू धर्मको महासिन्धु हो गीता । जसमा अनेकानेक रत्नादि, अलङ्कारादि, विभुषणादि र चिर सुखभोगका सामग्रादि पूर्णरूपेण समाहित छन् । जस्तो बौद्धिक र चाक्षुष मानष पनि गीताध्यायी बन्न सक्छ । जसरी सिन्धुमा जे लगेर उघाए पनि जल प्राप्त गर्न सकिन्छ तर आफूसँग भएको भाँडामा भएजति मात्र जल मिल्छ । गीताका सम्बन्धमा ठिक त्यस्तै हुन्छ । भएको पनि छ । विविध कोणप्रतिकोणबाट गीताका मीमांशा भएका छन् । हुँदैछन् । विश्वले कामधेनु र विशाल वटवृक्षमा सम्मानपूर्वक वैज्ञानिक ग्रन्थका रुपमा स्वीकारिसकेको गीता अहिलेका हाइटेक पुस्ताका लागि पनि आवश्यक छ । गीताको गूढ रहस्यको अध्ययन निवेदनसहित जीवन सफल बनाउनु हुन सबै विद्वत्जनहरूमा कामना गर्छु । शुभम् समापन् ।


(सहायक प्राचार्य à¤®à¤¨à¥à¤¥à¤²à¥€ उमावि, मन्थली, à¤®à¥‹  à¥¯à¥®à¥ªà¥ªà¥¦à¥ªà¥ªà¥¦à¥®à¥© )

 

संविधान, सरकार र स्वराज्य--केशवप्रसाद चौलागाईं

बिराट नेपाल

नयाँ शक्तिको आधार पाँच ‘स’को रूपमा प्रचारित भइरहदा नेपालको संविधान २०७२ संविधानसभाले भारी बहुमतद्वारा पारित गरे पश्चात् गठन भएको केपीओलीको सरकार छोटो समयमै सङ्कटमा प¥à¤¯à¥‹ र अन्ततः उनले साउन ९ गते पदबाट राजीनामा दिए । यो परिस्थितिले तीन ‘स’ संविधान, सरकार र स्वराज्यको बहसलाई अगाडी बढाएको छ । 

 

संविधानको आधारमा सरकार र सरकारको स्वरूप र गुण ‘स्वराज्य’हुनुपर्ने सामान्य सिद्धान्त र चाहनालाई नेपाली राजनीतिकदल, नागरिक समाज र जनताले आत्मसाथ गर्नु पर्ने भएता पनि मानवीय कमजोरी र अन्तर्राष्ट्रिय प्रभावका कारण सम्भव भइरहेको छैन । आन्तरिक राजनीतिक समस्या जटिल संवैधानिक सङ्कटको रूपमा प्रस्तुत हुन पुग्दा सकारात्मक परिणाम प्राप्त न हुने अर्थात् प्रजातान्त्रिक निर्णय हुन नसक्ने देखिइदा स्वेच्छाचारिता हुँदै तानाशाही तर्फ मुलुक धकेलिने देखिदैछ । तत्कालका लागि ओलीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गरे पनि आउँदा दिनहरूमा यसतर्फ मुलुक डोरिएको देखिन्छ । 
 

निकासको माध्यम प्रजातान्त्रिक हुन नसक्दा परिणाम पनि विवादित हुने हुँदा नयाँ द्वन्द्वमा मुलुक फस्ने सम्भावना बढेर गएको छ । विश्वभर आतंकवादको आतङ्कले त्रास फैलाई रहेको बेला नेपालको आन्तरिक मामलामा सही निकास दिन सहयोग पु¥à¤¯à¤¾à¤‰à¤¨à¥‡ अन्तर्राष्ट्रिय शक्तिहरूको चासो कम हुना साथ दुर्घटनाको सम्भावना बढेर जाने छ ।
 

कानुनी संवैधानिक राजनीतिक शक्तिहरूको गैर संवैधानिक तथा छलछामपूर्ण व्यवहारले विद्रोहको सम्भावनालाई निम्त्याउने हुँदा संवैधानिक प्रजातान्त्रिक आचरण र व्यावहारलाई आत्मसाथ गर्न ढिलाइ गरिइनु हुन्न् । तर, फेरि सत्ताको खेल सुरु भएकोले धेरै नयाँ प्रसगंहरुलाइै जोडदै अप्रजातान्त्रिक र गैर जिम्मेवार ब्यावहारले विद्रोहको सम्भावनालाई नै बढाइ रहेको छ ।

 

विगतमा नेपालले भोगि सकेको माओवादी हिंसात्मक विद्रोह र विश्वको नेपाल प्रतिको सामरिक चासोलाई मध्यनजर गर्दा विविध प्रकारको हिंसामा प्रवेश गर्ने सम्भावना पनि उत्तिकै छ । धार्मिक, जातीय, क्षेत्रीय द्वन्द्वको साथै भारत तथा चीनलाई केन्द्रित गरी हुने आतङ्कवादी घुसपैढ र तिब्बतको स्वतन्त्रताको विषयले पनि नेपाल केन्द्र बन्न सक्छ । गरिबी, पछौटेपनको ब्यावस्थापन भन्दा पनि अन्तर्राष्ट्रिय प्रभावले उत्पन्न हुने द्वन्द्व भयानक हुन सक्छ । आज इराक, अफगानिस्तान, सिरियालगायतको द्वन्द्व र युद्ध बाह्य चासोकै कारण हो भन्दा अतिशयोक्ति नहोला । सानो हिमाल, पहाड, तराईको समिश्रण भएको शान्त नेपाल लोकतान्त्रिक मार्गबाट समृद्धितर्फ उन्मुख कहिले र कसरी होला भन्ने चिन्ता आज सर्वत्र रहेको छ । २०४७सालको परिवर्तन पश्चात् सुरु भएको प्रजातान्त्रिक शासन व्यवस्था विश्वको उत्कृष्ठ संविधानमा उभिएको विश्लेषा भइरहदा ६ वर्ष पछि नै २०५२ फागुनबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहले विघटन हुन पुगी आजसम्म अस्थिरतामै हिडन बाध्य पारिएको छ । यस्तो विघटनको परिस्थितिलाई सुल्टायाउन इमान्दार प्रयास र योगदानको खाँचो रहेकोले त्यसका आधारहरु पहिल्याउनु महत्त्वपूर्ण कार्य हो ।

 

शान्ति, न्याय र मेलमिलापका लागि अन्र्तसास्कृतिक अभियानः द्वन्द्वको कारण खोज्दै समाधानमा पुग्न शान्ति, न्याय र मिलापका लागि अन्र्तसास्कृतिक अभियानले मद्दत पु¥à¤¯à¤¾à¤‰à¤› । न्यायको अभावमा व्यक्ति, समुदाय विद्रोहतर्फ लाग्दछ । आर्थिकरुपले विपन्न समुदायमाथि हरेक क्षेत्रमा हुने थिचोमिचोले वर्गीय विद्रोहको सृजना गर्दछ र अन्ततः विद्रोहको पक्षमा उभिइदै ज्यान बलिदान दिन अघि बढदछ । त्यस्तै जातीय–सांस्कृतिक रूपले छुवाछुत तथा अपहेलनामा परेका समुदायहरू पनि स्वभिमान र समानताका लागि विद्रोह गर्न तयार हुन्छ र त्यस भावनालाई साथ दिने सङ्गठनमा सामूहिक रूपले नै सहभागिता जनाउन पुग्दछन र द्वन्द्वले फैलन पाउँदछ । रङ्गको आधारमा, पोशाकको आधारमा, भाषाको आधारमा अपहेलित हुन पुगेकाहरु अपहेलनाको विरुद्ध सङ्गठित हुँदै द्वन्द्वलाई सङ्गठित गर्न मद्दत गर्न पुग्दछन् । यस्तो अवस्थालाई साम्य पार्न उनीहरूको मर्कालाई सम्बोधन गर्दै न्यायोचित ब्यावहार र व्यवस्था यस अभियानबाट सहज र सम्भव बन्दछ । 

 

स्वराज्य र मेलमिलाप, भावी नेपालको आधारः तीन तिर भारतबाट घेरिएको र एकतर्फ चीनबाट घेरिएर रहेको भुपेरिवेष्ठित राष्ट्र नेपाल राष्ट्रिय एकिकरणको माध्यमबाट सदा स्वतन्त्ररही स्वराज्यको अनुभूति गरिरहेको मुलुक हो । आज भारत र चीन विश्वकै उदाउदो र बढ्दो आर्थिक तथा सामरिक शक्ति बनेको अवस्थामा नेपाललाई सुरक्षित र समृद्धि कसरी बनाइ राख्ने सवाल नै मुख्य सवाल भएको हुँदा स्वराज्य र मेलमिलाप उपयुक्त वैचारिक र व्यवहारिक सिद्धान्तको रूपमा वैदिककाल देखि नै स्वराज्य अभ्यासमा रहेको शासन ब्यावस्था हो ।

 

आनाचारका विरुद्ध देवराज इन्द्रले बेत्रासुरलाई हराए पश्चात् स्थापना गरेको प्रथम देवशासन स्वराज्य भएकाले सबैले आफ्नो ठान्ने राज्य ब्यावस्था हो । यज्ञबाट दुस्मनलाई पनि मित्र बनाउने उपनिषदकालीन चिन्तन र ब्यावहारले मेलमिलापलाई समाज र राष्ट्रको आधारको रूपमा प्रस्तुत गरेको तथ्यले सबैको अस्तित्वलाई स्वीकार गरिएको तथ्य हो । यिनै दुई मुलभुत आदर्शले समाज र राष्ट्रलाई अग्रगमनतर्फ डो¥à¤¯à¤¾à¤‰ रहन्छन् । सरकारको चरित्र स्वराज्य र मेलमिलापमय बन्नु नै समृद्धि र विकासको ज्ञारन्टी हुनु हो । 
 

 

समाजवाद उन्मुख शब्दावली संविदानमा उल्लेख हुनु र कम्युनिस्ट पार्टीहरूको नेपालका सन्दर्भमा पुँजीवादमा प्रवेश गरिसकेको निष्कर्ष निकाल्नु आपसमा नमिलेका कुरा हुन् । यस्तै पाँच ‘स’को कुरा उठाउँदै अबको विकास आर्थिक विकास भन्दै उदाएको नयाँ शक्तिले केहीगर्न नसक्ने कुरा स्पष्टै छ । समतामुलक समृद्धि, समानुपातिक समावेशी सहभागिता मूलक लोकतन्त्र सुशासन सदाचार, स्वाधीनता सर्वाभौमिकता, समुन्नत समाजवाद पाँच ‘स’को रूपमा बौदिक जगतबीचमा नै आलोच्य बन्दै गएको छ । जनयुद्धको नेतृत्व गर्दै हिंसाको नेतृत्व गरेका डा. वावुराम भट्टराईको पाँच ‘स’को सिद्धान्त नयाँ शक्तिको भरपर्दो आधार बन्न सकेको छैन । जीवनभर माक्र्सवादी दर्शनको आधारमा कम्युनिस्ट शासनको वकालत गर्दै सरकार प्रमुख समेत वनीसकेका नेता भट्टराई कुनै दर्शन विनै नयाँ शक्तिको नेतृत्वगर्न अघि बढनु फेरि पनि कहीँ नपुगिइने यात्रा हो भन्दा कुनै अन्यथा नहोला ।
 

संविधान, सरकार र स्वराज्यको अवधारणलाई अगाडी बढाएको अगाडी बढाएको स्वराज्य मेलमिलाप अभियान आर्थिक, सांस्कृतिक कार्य योजना सहित अघि बढदै नेपाली मौलिक ज्ञान र संस्कृतिलाई आधार महत्त्व प्रदान गरिरहेको छ । दोस्रो संविधानसभामा संविधान निर्माणको प्रमुख संवाद समितिको संयोजक समेत रहनु भएका डा. भट्टराई संविधान निर्माण हुनासाथ संविधान प्रति असन्तुष्टि व्यक्त गर्दै कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्न थाल्नु भएको छ । संविधान सरकार र स्वराज्यरुपी तीन स अभियान स्वयम् उत्तरदायी हुने अवधारण भएकाले राज्यको शासकीय स्वरूप, निर्वाचन पद्धति र सरकारबीचको सम्बन्ध सहज र स्वीकार्य हुनुपर्छ भन्ने ठान्दछ । स्वयम् जिम्मेवार बनौ र मुलुक बनाऔं । संविधान, सरकार र स्वराज्यको स्थापनामा अघि बढौ ।

"अख्तियारको दादागिरी"--निशा अर्याल

बिराट नेपाल

सरकारमाथि अविश्वासको प्रस्ताव , डा० गोविन्द केसीको बहुचर्चित सत्याग्रह र अख़्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की माथि महा अभियोगको चर्चा यो हप्ताका चर्चित घटना क्रम भए । सरकार माथि अविश्वासको प्रस्ताव वारेमा जनमत विभाजित भएको देखिन्छ | सड़कमा मान्छे ओर्लिएका छन । बारम्बार सरकार परिवर्तन हुनु हुदैन भन्ने तर्कहरूले अब स्थान पाउन थालेको छ । डा० केसीको अनशनले स्वास्थ्य सेवामा व्यापारीकरण गर्ने व्यापारीहरू हतप्रभ भएका छन । आँखा चिम्लेर स्वास्थ्य क्षेत्रमा लगानी गर्ने केही समृद्ध परिवारको मान्छे मलिन स्वर लिएर सड़कमा उत्रिएका देखिन्छ ।

डा० केसीलाई गलत सावित गर्न एकाध प्रयास भई नै रहेका छन । संसदको सुशासन समितिमा अख़्तियार प्रमुख लोकमान सिंह कार्की समेतलाई बोलाएर काठमाण्डौ विश्वविद्यालयको प्रवेश परीक्षामा भएको हस्तक्षेप वारे वयान लिने निर्णयप्रति भने आम सर्वसाधारण हर्षित छन । पछिल्ला दिनमा प्रतिशोध साधने नियतबाट अख्तियारले आफ्ना क्रियाकलाप अधि बनाएको र सर्वत्र हस्तक्षेपकारी नीतिलाई अवलम्बन गरेको प्रति समाजिक स्तरमा नकारात्मक धारणा पैदा भएबाट पनि अख़्तियार प्रमुख र अख़्तियारको दादागिरी प्रति समुदाय रूष्ट देखिन्छ ।

काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार भोला थापाको बयान सत्य हो भने अख्तियारको रखवाला गर्ने अख़्तियार अनुसन्धान आयोग स्वयंले गम्भीर अपराध गरेको छ । अख़्तियारले शैक्षिक निकायमा गरेको यस प्रकारको अपराध क्षम्य हुनु हुदैन । हुन त यस्तै हस्तक्षेप अन्य निकायमा पनि नभएको होइनन । पछिल्लो समय देश संक्रमणकालमा गुज्रिरहेको बखत प्रशासनिक क्षेत्रमा आतंक सिर्जना गरेर अख्तियारले एक प्रकारले देशको बागडोर सम्हालेको भ्रम सर्वसाधारणमा फैलाउन सफल भएको छ ।

जनताले देख्ने भ्रष्ट्राचारलाई अख्तियारले देखिदैन । अख्तियारले भ्रष्ट मानेको मान्छेलाई सर्व साधारणले चिन्दैनन । अख्तियारले ठूलाहरूसंग हातेमालो र साधनाहरू प्रति हातहालोको नीति अवलम्बन गरेको सत्यता अब घाम जत्तिकै छर्लंग भएको छ । अख्तियारको हाउगुजीले देशलाई गाँजिरहेको बखत मेडिकल शिक्षामा भएको हस्तक्षेप अन्त्यका लागि डा० गोविन्द केसीको सत्याग्रहले अख्तियारले गरेका गलत क्रियाकलापमा केही तथ्य धरातलमा आएका पाइन्छ । कस्ता अनेक तथ्य रहस्यों गर्भभित्र होलान । भ्रमका खेतिहरू अब नष्ट हुनुपर्छ । अख्तियारको बलमा अख़्तियार दुरूपयोग गर्नेमाथि महाभियोग |