Similar Articles

बिचार

गीताको नूतन सुख--पेशल आचार्य

बिराट नेपाल

(निबन्ध)


    ‘संसारमा सबै चिज खोजे मिल्छ घरीघरी
    तर जन्मदिने आमा, पाइँदैन कसैगरी ।’  


माथिको दुईहरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो कविता पुरानो माध्यमिक विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको थियो । जहाँ यसको अति नै उच्चतम् तवरले अध्यापन हुने गर्दथ्यो । आमाको महिमाका लागि योजस्तो शक्तिशाली कविता अहिलेसम्म नेपाली भाषामा अर्को प्रकाशित भएका छैनन् ।


     à¤ªà¥à¤°à¤¸à¥à¤¤à¥à¤¤ दृष्टांश यो पंक्तिकारको झीनो अभिमत हो । सबैले सहमति गर्नै पर्छ भन्ने छैन ।  


     à¤…ब सन्दर्भमा जाऊँ । अहिलेको सन्दर्भ भनेको गीताको सुख हो । के हो सुख भनेको ? भौतिक या अभौतिक ? शारीरिक या आत्मिक ? स्थुल या अलौकिक ? यायावरीय र सांसारीय ? यसलाई वारपार गर्नेगरी बुझ्ने हो भने हरेकले श्रीमद्भागवत गीताको मीमांशा गर्नेपर्ने हुन्छ । गीतामा नडुबी गीतालाई पर्गेल्न सकिन्नँ । गीतालाई नमथी यो सारभूत गूढार्थ असम्भव छ । गीतालाई शब्द, लय र भावमा पूर्णरूपेण नखारीकन यो दार्शनिक कुराको गुत्थी बुझ्न सकिँदैन । 


      पङ्तिकारले यहाँ गीतालाई आमासँग तुलना गर्न खोजेको छ । पूर्वको पुरानो धर्मग्रन्थ वेद हो । वेदलाई आमासँग तुलना गर्नुपर्ने हो तर तमाम मानिसको पहूँच वेदमा नभएकाले सरलसँग बुझ्नका लागि नै गीतासँग तुलना गरिएको हो । गीता साक्षर, निरक्षर र शिक्षित सबैले बुझ्ने उपजीव्य ग्रन्थ हो । जसरी जो कोहीले गीतालाई दैनिक पाठ गर्ने गरेका छन् त्यसैगरी हाम्रो आफ्नो जीवनमा पनि यो दैनन्दिन रूपमा लागू हुने सुकृतिका रूपमा देखिएको छ । यसलाई भावानुभूतिका साथ दैनिक र दैहिक जीवनमा लागू गर्ने हो भने मुमुक्षुको जीवन मोक्ष हुन्छ । यसमा संशय र द्विविधा अब रहेन किनकि संसारका विकसितभन्दा विकसित देशका विभिन्न क्षेत्रका विद्वान्हरूले यसको सैद्धान्तिक मात्र नभएर व्यवहारिक प्रयोग पनि गरिसक्नु भएको छ । 

यो संसारकै हिन्दूका लागि अझ खुसीको कुरा हो । 


     à¤—ीतालाई संस्कृत वाङ्मयले अति पवित्र धर्मग्रन्थ र उपजीव्य धार्मिक ग्रन्थका रूपमा समेत लिएको छ । ‘गेयते इति गीता’ ‘गाउन मिल्ने चिज गीता हो’ भनेर यसको परिभाषा बनाइएको छ । गीता हिन्दूहरूको पवित्र धर्मग्रन्थ मात्र नभएर यो संसारकै मार्गदर्शक ग्रन्थ पनि हो । यसमा ज्ञानयोग, भक्तियोग र कर्मयोगको सिद्धान्त प्रतिपादन भएको पाइन्छ । महाभारतीय युद्धक्षेत्र र कालमा भगवान् श्रीकृष्णले अर्जुनलाई दिनु भएको विश्वज्ञान गीता ज्ञान नै हो ।


    à¤µà¤¿à¤¦à¥à¤µà¤¾à¤¨à¥à¤¹à¤°à¥‚ले वेदलाई दूध, उपनिषद्लाई दही र गीतालाई ध्यू मानेका छन् । ध्यू मानिएकाले यसलाई हरेक मानवले आफ्नो जीवनमा शारीरिक र मानसिक पोषका लागि उपयुक्त मान्नुपर्छ । तसर्थ के हिन्दू, के क्रिश्चियन, के बौद्ध, के ईश्लाम सबैका लागि गीता ज्ञान महाज्ञानको रूपमा रहेको छ ।


    à¤­à¤¾à¤°à¤¤à¤•à¤¾ भूपू राष्ट्रपति एपिजे कलामज्यूको गीताध्यानलाई नमन गर्नै पर्छ । एकातिर अन्तरिक्ष विज्ञान अर्कोतिर गीताको मीमांशा यो एकापसमा विरोधाभाष भए पनि वहाँको जीवनमा सम्भव भयो । हाय ! ज्ञान, हे ! विज्ञान । 


    à¤—ीताले हरेक मानिसको जीवनलाई मार्गदर्शन गर्नेगर्छ । बाटो बिराएका मानिसहरू हुन् या सफलताको बाटो नियालिरहेका मानिसहरू सबैलाई गीताको आवश्यकता पर्दछ । गीताले आफ्नो १८ अध्यायमा विभिन्न श्लोक र सन्दर्भबाट मानिसको बौद्धिक मापन गर्दै शान्त्वनाका शब्दहरू प्रदान गरेर व्याख्या गर्दछ । 


    à¤—ीता सर्बधर्मको रक्षा र व्याख्यामा कामयाव भए पनि यसलाई सबैभन्दा बढी धर्मशास्त्रका रूपमा भने हिन्दुहरूले पढ्ने गरेका छन् । यो धर्मगन्थ्रका अलावा दर्शनको पुस्तक पनि हो । यसलाई संसारका प्रायः सबै भाषामा शब्दानुवाद र भावानुवाद गरिएको छ । यसको चुरो चाहिँ कर्मयोग हो । 


    à¤—ीता भन्दछ –‘कर्मण्ये वाधिका रास्ते माफलेषु कदाचन् । मानवहरू हो ! फलको आसा नगरीकन कर्मका क्षेत्रमा सततः लागिरहू । मानवको कर्तव्य नै कर्म गर्ने हो । फलको आसा गर्ने होइन । फल त अवश्य र आपसे आप मिलिहाल्छ । जसको प्राप्त्याशामा अल्झेर समय बर्वाद् गर्ने होइन । समय चिनेर कर्म गर । यही नै कर्मयोगको गुत्थी हो । अहिलेको मानिस कर्म गर्नु कहाँ छ कहाँ पहिले नै फलको आसा गर्छ । त्यसो गर्नाले मानिसको चित्त नै पूर्णरूपेण कर्ममा लाग्न पाउँदैन । पूर्ण रूपले निमग्न भएर नगरिएको कामले मानिसमा आत्मविश्वासको संचार नै गर्न पाउँदैन । त्यसैले मनषा, वाचा र कर्मणा काम र कर्तव्यमा उन्मुख हुने मानिस नै यो भवसागरको सफलतम् मानव हो ।


    à¤—ीताको यस्तो चिन्तनीय अनि सौम्य ज्ञानलाई बुझेर नै विकसित संसारले यसको महत्व बुझेको हो । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम गीतालाई आफ्नो जीवनको सफलतम् पुस्तकका रूपमा लिन्थे र हरेक दिन गीतापाठ गरेर मात्र नित्य भोजन गर्ने गर्दथे । यो उनको कर्म गीताप्रतिको सम्मान मात्र नभएर गीताले दिने दर्शन र त्यसको महत्वका लागि गरिएको थियो । 


गीताले हरेक मानवलाई प्रेम र भाइचाराको सन्देश दिन्छ । गीताले कर्मयोगमा कर्मको, ज्ञानयोगमा ज्ञानको र भक्तियोगमा भक्तिको बारेमा भलिभाँती ज्ञान र शिक्षा दिएको छ । सनातान हिन्दू धर्मका पवित्र धर्मग्रन्थहरू वेद, पुराण, उपनिषद्, रामायण, महाभारत र गीताजस्ता ग्रन्थहरूले नै मानवताको मार्गबाट चिप्लिएर बाटो बिराइरहेका मानिसहरूलाई गीताले पवित्र ज्ञान दिने कोशिस गरेको छ । यसमा सबै धर्मका विद्वत्जनहरूको एकमत रहेको छ । 


अहिलेको युगलाई विकसित मानिसहरूले जतिसुकै नै विज्ञान र प्रविधिको युग माने पनि या भने पनि यसमा पनि आध्यात्मिक ज्ञान र सोचको विकास पउल रूपमा भएको पाइन्छ । यसलाई व्यवहारमा उतारेर हेर्ने हो भने अहिलेको युगमा अझ बढी धार्मिक र आध्यात्मिक कार्यहरू भैरहेका पाइन्छन् । यही कुराको पुष्टिका लागि भारतवर्षका अनेकौं भाषा र भावमा गीताका उपजीव्यताका अनेक पुस्तकहरू प्रकाशित भएका पाइन्छन् । यो भारतवर्षमा बसोबास गर्ने व्यक्तिका नाताले हामी सबैलाई खुसीको कुरा हो । कि हामी भाषा र संस्कृतिका रूपमा मात्र सम्पन्न छैनौं । सभ्यताका रूपमा पनि सम्पन्न छौं । गीताकै दर्शनले आज संसारमा सांख्य दर्शन र वेदान्त दर्शनको उद्भव हुन सकेको हो ।


जीवनको ललक गीतामा अपरिमेय छ । मात्र खोजीको अहर्निष सोपान चाहिन्छ ।

 
मानिसलाई आफ्नो उद्देश्यको पथालम्बन गर्न र जीवनका अनेक तरहका सफलता एवम् असफलताहरूमा एकाभावले व्यवहार गर्ने शिलशिलामा गीताले मार्गदर्शन गरेको छ । जस्तासुकै निराशाका भावहरूमा पनि समभावको रूपमा व्यवहार गर्ने सल्लाह दिएको छ । आत्मा अमर छ तर शरीरभने मरणाशील छ । थोत्रा लुगा शरीरले फेरेजस्तै हो यो आत्मा र शरीरको मिलन । हामी शरीर मर्दा रोइकराइ गर्छौं तर बास्तवमा शरीर त मर्ने नै हो । जो जन्मन्छ त्यही नै मर्छ । अजन्मा त आत्मा हो । न यो जन्मन्छ । न त मर्छ । त्यसैले यो अजरामर नै रहिरहन्छ । नित्य नवीन रूपमा  ....‘अजो नित्य.........न हन्यते, हन्यमाने शरीरे ।’ 


आज विश्वले गीताको ज्ञानलाई बुझेको छ । उसले भलिभाँती रूपमा प्रयोग र परीक्षणहरू गरेको छ । जर्मनीमा हिन्दू धर्म र दर्शनलाई पढाइने विश्वविद्यालयको स्थापना गरिएको छ । डच युनिभर्सिटी नामको सो विश्वविद्यालयमा विश्वका सबैधर्मको अध्यापन हुने गर्छ । नेपालमा पनि नेपाल विश्वविद्यालय नामको एकमात्र संस्कृत विश्वविद्यालयलाई सोही विश्वविद्यालयले नै अनुदान दिने गर्छ । पूर्वीय भाषा र संस्कृति संरक्षण सन्दर्भका शिलशिलामा डच युनिभर्सिटीको विश्वमा अब्बल नाम रहेको छ । 


यी त भए गीताका अनेकानेक रूप र प्रभावहरू । 


गीता अध्यायी किन सुखी हुन्छ ? यो प्रश्न आफैँमा विचारणीय प्रश्न हो । ज्ञानले मानिसलाई अज्ञानका अँध्यारा खाडलहरूमा पर्नबाट जोगाउँछ । गीताले जीवन, मृत्यु, आफन्त, परचक्री, दाजुभाइ, अनुज, कनिष्ठ, योग, दर्शन, काम, क्रोध, लोभ, मोह र मोक्षका बारेमा सविस्तार बताउँछ । गीता ज्ञानले मानिसलाई कर्ममा लागिरहन प्रेरणा दिइरहन्छ । जो मानिस काममा लागिरहन्छ उसलाई अन्य कुरामा चाख र वास्ता पनि हुँदैन । मानिस जो आफ्नो काममा लागिरहन्छ अनि त्यो कामबाट आनन्द लिइरहन्छ त्यही मानिस नै बास्वविक रूपमा सुखी मानिस हो । खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ ।


जसले आफूलाई पनि नराखीकन अरूलाई वा आफूभन्दा नभएकाहरूलाई केही कुरा दिन्छ । त्यो नै दयावान् हो । दयावान्ले त केवल दयाको मात्र भावले संसारलाई नियालिरहेको हुन्छ । संसारमा दयावीर, दानवीर, धर्मवीर र युद्धवीरजस्ता वीरहरू रहेका हुन्छन् । दान महिमा नै संसारमा सबैभन्दा ठूलो महिमा हो । हाम्रो हिन्दू धर्ममा राजा बलि र दधिचि ऋषिको दान महिमालाई अति नै आदर्श महिमाका रूपमा लिइन्छ । महाभारतमा पनि दया, दान, धर्म र युद्धवीरहरू प्रशस्त मात्रामा पाइन्छन् । जसले महाभारतको सन्देशलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् र जसबाटै उपजीव्यताको विशेषण लागेको छ । 


हुन त पूर्वीय साहित्य हुन् कि  à¤§à¤°à¥à¤®à¤—्रन्थ सबैमा केही न केही उपजीव्यता लुकेको छ । यो तथ्यले हामीले पूर्वीय शास्त्रलाई सूक्ष्मातिसूक्ष्म दृष्टिले हेरेका खण्डमा संस्कृत वाङ्मय विश्वसाहित्य मै गौरवपूर्ण तवरको धनी साहित्य मानिन्छ । वाल्मीकिदेखि कालिदाससम्म, माघदेखि दण्डीसम्म, वेदव्यासदेखि भरतमुनिसम्मका सबै विद्वत् मनिषिहरूका करकमलबाट निस्केका सौन्दर्यप्रधान ती साहित्यलाई हेर्ने र तुलना गर्ने हो भने आजका लेखक साहित्यकारहरूद्वारा लेखिएका साहित्यहरूको स्थिति ज्यादै न्यूनस्तरको देखिन्छ ।


गीता एउटै त्यस्तो पुस्तक हो जसको धार्मिक, नैतिक, साहित्यिक र सामाजिक महत्व रहेको छ । यो जस्तो पुस्तक आजको संसारमा अर्को निस्कन सकेको छैन । कृष्णले अर्जुनलाई युद्धक्षेत्रमा दिएको भनिएको ज्ञान मात्र गीता होइन । गीताले त यस लोकका सबै तत्व र कर्मलाई मीमांशा गर्दै व्याख्या गरेको छ । यो अवस्थाले हामी गीताध्यायी र गीतानुरागी सम्पूर्ण हिन्दूजनहरूमा एउटा दरो आत्मविश्वासको जग हालिदिएको छ । यो ज्ञानको परम्परामा हामीले हाम्रा ज्ञान र विज्ञानका सैद्धान्तिक एवम् प्रौद्योगिकी सीपहरूलाई  à¤à¤•à¥ˆ ठाउँमा गालेर हेर्ने हो भने हाम्रो स्थिति संसारमा आज अर्कै भैसक्ने थियो । यो कुरा झट्ट हेर्दा सानोजस्तो लागे पनि यसको गूढ रहस्यको न छेउ भेट्न सकिन्छ न टुप्पो नै समात्न पाइन्छ । 


महात्मा गान्धी गीताको सम्मान गर्थे । नेपालमा पनि राजनेता कृष्णप्रसाद भट्टराई गीतापन्थी थिए । उनले गीताका श्लोकहरूलाई आफ्नो जीवनको एकमात्र मोक्षका रूपमा लिएका थिए । शिक्षक हुन् कि पत्रकार, व्यापारी हुन् कि कृषक, कर्मचारी हुन् कि राजनेता सबैका लागि अहिलेको समयमा गीताको महत्व अझ बढेर गरेको छ । मोति समुद्रकै पिँधमा पाइन्छ भन्नुको अर्थ झैँ गीतालाई आफ्नो जीवनको अन्तिम दर्शन मानेर त्यसका शिक्षाहरू व्यवहारमा प्रयोग गर्नुे हो भने जो कोहीको पनि यसलोक त सप्रिन्छ नै परलोक पनि सप्रिन्छ । 
मानिसले आखिरमा खोज्ने भनेको नै मुक्ति वा मोक्ष हो ।


सन्सारका सबै मानिसको अन्तिम चाहना सन्तोषपूर्वक मोक्षको कल्पना हो । मोक्षका लागि गरिने जप, तप, पाठ, पूजा र होमादि कर्मले बताएको के छ भने मानिस आफ्नो आनन्दलाई परमानन्दमा लगेर जोड्न चाहन्छ । यो उसको जीवनभरिको चाहना हुने गर्छ । उसले चाहेको या पाएको जति सबैसबै नै उसले आफू मरेर जाँदा लैजान पाएको हुँदैन । उसको त्यही आत्मविश्वस र आनन्द नै उसका सामु जाने हो । त्यो कुरा गीताले आफ्ना विभिन्न श्लोकमा अथ्र्याइसकेको छ । त्यसैले गीताको दैनन्दिन श्रवण मात्रले पनि अज्ञानी मानिसले गर्ने सबै किसिमका पाप तथा निचवृत्तिहरू क्रमशः नाश भएर जाने गर्दछन् ।


सुख छ –गीतामा । खुुसी सन्निहित पनि छ–गीतामा । धर्म, अर्थ, काम, र मोक्ष सबै अन्तर्य लुकेका छन् –गीतामा । खोज्न सकेमा के छैन –गीतामा । हिन्दू धर्मको महासिन्धु हो गीता । जसमा अनेकानेक रत्नादि, अलङ्कारादि, विभुषणादि र चिर सुखभोगका सामग्रादि पूर्णरूपेण समाहित छन् । जस्तो बौद्धिक र चाक्षुष मानष पनि गीताध्यायी बन्न सक्छ । जसरी सिन्धुमा जे लगेर उघाए पनि जल प्राप्त गर्न सकिन्छ तर आफूसँग भएको भाँडामा भएजति मात्र जल मिल्छ । गीताका सम्बन्धमा ठिक त्यस्तै हुन्छ । भएको पनि छ । विविध कोणप्रतिकोणबाट गीताका मीमांशा भएका छन् । हुँदैछन् । विश्वले कामधेनु र विशाल वटवृक्षमा सम्मानपूर्वक वैज्ञानिक ग्रन्थका रुपमा स्वीकारिसकेको गीता अहिलेका हाइटेक पुस्ताका लागि पनि आवश्यक छ । गीताको गूढ रहस्यको अध्ययन निवेदनसहित जीवन सफल बनाउनु हुन सबै विद्वत्जनहरूमा कामना गर्छु । शुभम् समापन् ।


(सहायक प्राचार्य à¤®à¤¨à¥à¤¥à¤²à¥€ उमावि, मन्थली, à¤®à¥‹  à¥¯à¥®à¥ªà¥ªà¥¦à¥ªà¥ªà¥¦à¥®à¥© )

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक