Similar Articles

बिचार

म आफ्नै भावले तिमीलाई स्मरण गरिरहेकी छु भानुभक्त --निशा खनाल

बिराट नेपाल

२०३ औं भानु जयन्तीको अवसरमा अनेसास इजरायल र NRNA संस्कृति सम्पदा भाषा तथा साहित्यिक प्रवर्द्धन समितिको आयोजनामा सञ्चालित "विश्वव्यापी कविता प्रतियोगिता २०७३ " को नतिजा प्रकाशन तथा कविता वाचन कार्यक्रमको लाइभ प्रसारण गरियो ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास इजरायलमा भानुभक्त जयन्ती ओंलाइन कविता वाचन प्रतियोगिता भव्य तथा सभ्यतासँग मनाउन यतिखेर साहित्यिक मनहरू लागि पर्नुभएको हुदाँ मेरो श्रद्धारुपी दुई सुमन भानुभक्त तिमीलाई ।

तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने, प्रेम वास्लय माया,

भानुभक्त तिमीलाई खै कसरी बिर्सनु ? चाहे आँखा नै चिम्म गरु वा उघारेर नै हेरु, तिमी त मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यसरी बसेका छौ कि चाहेर पनि कसैले बिर्सन सक्दैन तिमीलाई ।

पाटी, पौवा नदी, झरना, ताल उच्च हिमाल,
बोल्छन रामायण र कविता नित्य, छौ है विशाल,

भानुभक्त ! हरेक रामायण, पुराण, पुस्तकहरूको नेपाली अक्षरहरूमा तिम्रो प्रतिविम्ब टासिएको छ । शब्द शब्द भित्र तिमी कुदिएका छौ । तिम्रो साम्राज्य नेपाली समाजमा अटल रहेको छ ।

पृथिवीनारायण अति ठुला, देश निर्माण गर्ने,
तिम्रा प्यारा सरस कविता, हामीमा राज गर्ने

स-साना टुक्रिएका राज्यलाई एक बनाई नेपाल देशको एकिकरण गरी स्थापना गर्ने राज्य विधाता पृथ्वी नारायण शाहले सबै नेपालीको गाँस र बास अनि एक जात छत्तिस वर्ण भनेर शान्ति कायम गर्न सबै नेपालीलाई एउटा धागोमा फुलका मालामा गास्ने प्रयासमा जुटे अनि तिमीले पनि सबै नेपालीको बाणीमा सरस्वती झैँ भएर झुण्डियौ ।

नेपालीका तिमी त प्रकृति, सूर्य हौ जड विनासी
आभा, कृति, धन, बल, विभु, शान्ति ऐश्वर्यभाषी

चाहे नेपालमा नेपालीरहुन वा विश्वको कुनै कुना काप्चामा त्यही मिठो नेपाली साहित्यबाट मौलाएका श्लोकहरू र विभिन्न तिमीले देखाएका नेपालीका संस्कार र संस्कृति बोकेर गएका छन् । तिमी धन्य छौ भानुभक्त । तिम्रो कृति जति नै गए पनि कम हुन्छ ।

तिम्रो छायाँ छलकिरहने, रात्रि संध्या बिहान,
साथी जस्तै सुख र दुखमा, बोल्छ भानु पुराण

सूर्यको बिहान उदाउने किरण जसरी पृथ्वीमा पर्ना साथ छाच्ल्किदै, डिग्रीको पारा छारिदा झैँ चम्कयमान हुँदै आफ्नो पाराले प्रकाश पुँज हुन्छ त्यस्तै तिमी त कहिल्यै नमेटिने अमृत दूध पान गराएर आमाको कोखबाट जन्म लिए पछि सुरुको विद्यालय आमाको नै मुखबाट निस्कने ईश्वर रुपी बोली सिताराम भनेर ताली पिट्दै शब्दको अनुसरण गराउने बाटै तिमी मौलाउँन थाल्छौ र त्यो बालकको जीवनमा प्राण बनेर बसी दिन्छौ भानुभक्त तिमी !

नेपालीको हृदय पटमा, ज्ञान ज्योति जगाई,
छर्दै भाषा मन र मुटुमा, भाव धारा बढाइ

पिता धनन्जयआचार्य र माता धर्मावती देवीका पुत्रको रूपमा तनहु को रम्धामा विक्रम सम्बत १८७१ आषाढ २९ गते यो धर्तीमा उदाएका रहेछौ अनि तिम्रो बाल्यावस्थाको पहिलो विद्यालय आफ्नै हजुर बुवा श्रीकृष्ण आचार्यबाट स्कुलको प्रथम शिक्षाको सीडीबाट अनेकौ शिक्षा प्राप्त गर्दै गाउँ घरमा गास काट्ने घासिलाई देखेर तिम्रो मुखबाट गुन्जिएका यी नेपाली साहित्य भावहरूले प्यासिएकलाई कुवा र थाकेकलाई पाटी बनाएर शितलता दिन सकियोस् भनेर निर्माण गर्ने तिम्रो सुन्दर चाहना र, इच्छाबाट केही नकेही नाम कमाउने प्रेरणाहरू पाउँदा तिमीले मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागिवन र मूल्यका प्रतीक रामले पाएका राजमहलबाटको बनवास यात्रालाई लोकहितका निम्ति उदारहण बनाउन अवस्था र परिस्थिति अनुरूप क्रम गर्न लोकहितको लागि आई परेका जस्तो सुकै काम पनि कर्तव्य सम्झेर गर्नु पर्छ भन्ने आदर्शको संस्कृति भाषालाई अनुवाद गरी सबैले बुझ्न र मनन गर्न सक्ने होस् भनेर तिमीले नेपाली भाषामा अनुवाद गरी प्राण थप्ने कामको प्रचार गर्‍यौ ।

मोती दाना टपटप टिप्यौ, अमृतै हो कि कस्तो,
तिम्रो श्रद्धा अजमर रह्यो, जीवितै हो कि जस्तो

जुन कसैले त्योभन्दा पहिला प्रयेत्न गरेका थिएन् । हजारौँ वर्षा देखि पूर्वीय जगतमा उपजीव्य बनेका प्रतिनिधि ग्रन्थ रामायणको नेपाली भाषामा पूर्व जन्म गराउन तिमी सफल भयौ जसरी एउटा आमाले सन्तानलाई आफ्नो मुटु चुडालेर जन्मदिन्छिन र अमृत दूधको पान गराएर जीवनलाई मूल्यवान बनाउन हरेक रात र दिन नभनी कोसिस गर्दछिन् त्यस्तै तिमीले पनि कोसिस गरेर हरेक नेपालीको हृदयमा सूर्य उदाए झैँ उदाउँन सफल भयौ भानुभक्त तिमी ।

तिम्रै छायाँ घरघर अँझै, झुल्किने घाम जस्तो,
तिम्रो माया तृषित शिशुको, दुग्धको पान जस्तो

साच्चै भन्नु पर्दा तिमीले गरेको योगदान र सृष्टिको नेपाली जगतमा अतुलनीय छ । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृ प्रेम, भातृत्व, , दाम्पत्य समुग्र विषयको समन्वयन एवं समिष्ट भावहरूको प्रदान गरेर भानुभक्त तिमी नेपालको राष्टीय विभूति जस्ता सम्मानले बिभुसित भयौ .. ।

बाटो खुल्यौ सरस मसीले, लेखिने दौडिए झन्,
साच्चै मेरो हृदय ध्वनि यो, आन्त जादैन यो मन

तिमीलाई कसले पो चिन्दैन र ? जब बाणी मुखबाट निस्कन्छन अनि तिम्रै साहित्य शब्दमा गीतका गुन्जायमान हुने गर्दछन् । अनि तिमी त्यहा ठिंग उभिए झैँ लाग्छ । तिमी त जुन सुकै कलम चलाउने लेखकका कलमको टुप्पामा र त्यसलाई अध्ययन गर्ने प्रेमीको मुखको वाणीमा गएर धड्कन भएर बसेका छौ भानुभक्त तिमी ।

आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
फेरि आऊ यस धर्तीमा, सम्झ नेपाल भन्छौ ।

हामी सबै तिम्रा जहाँन विश्वभरि छरिई बसेका छौँ यो तिम्रो दायित्व हो हामी नेपाली साहित्यमा समृद्ध बन्दै विश्व विख्यात बनाउन चाहनछौं र फेरि तिमीलाई मुटुभरि माया र गहभरि आशु अनि हातभरि फुलले श्रद्धा गरी आह्वान गर्छौँ हेर भानुभक्त तिमीले फेरि जन्म लिनु पर्छ अनि यो धर्तीलाई सत्सँग र सदभावना र प्रेमको अंकुर उमार्न नेपाल र नेपालीलाई सम्झेर आउनु पर्छ त्यसैले भानुभक्त तिमी अवश्य फेरि आऊ ।

घासी तिम्रो गुरु प्रियशाखा, चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै जहाँन ।

घासी तिम्रो दौतरी प्रिय साथी मात्र नभई चेतनाको श्रोत नै भएर तिम्रो गुरुको रूपमा ठिंग उभिए, त्यस्तै हामी पनि तिम्रो हरेक रचनाबाट अतुलीय साहित्य भावहरू बटुल्दै, काधमा घासको भारी बोकेर हिड्ने किसान र लौरोको भरमा पसिनाले निथ्रुक्क भिजेर हिड्ने मागी खाने अपांगलाई देख्दा पाटी र पौवा बनाउने तिम्रो विशाल चाहनालाई कदर गर्दै, मिठो श्लोकहरूबाट मोहित भएर संसार भरि तिम्रै गुण गाउँन छरिएका छौ । तिम्रो यस्तो कृतिले हामी सम्पूर्ण नेपाल र नेपालीलाई प्रेणा र चेतनाको ज्योति बनेर उदायौ, त्यसैले आज गर्व गर्दै हामी पनि साहित्यको सिर्जना गर्न दुधे कलम समात्दै विश्व भरि छरिएर लागि परेका छौ भानुभक्त ।

नेपालीका तिमी त तुलसी, दास वा कालिदास ?
श्रद्धा बोकी कलम मसीले, गर्छु यस्तै प्रयास

संस्कृति साहित्यलाई काली दासले अलंकारिक संरचना गरी धेरै सम्वृद्ध बनाए उनी संस्कृति साहित्यका उपमाकार (उपमा को अलंकार ) भए जस्तै तुलसी दास हिन्दी (अवधि) भाषा रामायण तयार गरी राम चलित मानश जस्ता अन्य धेरै धार्मिक साहित्यको रचना गरी भारतीय हिन्दुहरूको देवतासम्म बन्न सफल भए त्यस्तै तिमी पनि नेपालीका लागि कालिंदास र तुलसी दासलाई बिर्साउने उपमा हामी नेपालीको लागि तिमी बन्यौ भानुभक्त । आज तिमीलाई म मनन गरिरहेकी छु र मेरो यो भाव पूर्ण तिमो लागि दुई शब्द कोर्दै सद्धा सुमन अर्पण गर्दछु ।

भानुभक्तको रामायण नेपाली साहित्यको महान् कृति हो । भानुभक्त रामायणलाई सामान्यतःभानुभक्त रामायण भनिन्छ । त्रेता युगमा भएको ऐतिहासिक राम - रामायण युद्धमा आधारित र नेपालीको लोकप्रिय भाषामा रचित रामायण लोकप्रिय काव्यमा गणना हुन्छ ।
१८७१ अंसार २९ गते तनहुँको चुँदीफाँटमा धान रोकिदै थियो भने सोही दिन रम्घामा शिखरकटेरीमा धर्मावतीदेवीले पहिलो सन्तानको रूपमा भानुभक्त आचार्यलाई जन्म दिएकी थिइन । हजुरबुबा श्रीकृष्ण आचार्यबाट भानुभक्तले ससंकृतको प्रारम्भिक शिक्षा प्राप्र गरे भने बनारसमा संस्कृतको प्रारम्भिक अध्ययन गरेर मामाघरमा आई पुराण पनि वाचन गरे । ससुराली जाने क्रममा उनले बाटामा घाँसीलाई भेंटें र घाँसीको प्रेरणा पाएर कीर्ति राख्ने उद्देश्यले उनी कविता लेखनमा प्रवृत भए । शंकराचार्यद्वारा रचित संस्कृतको ' मणिरत्नमाला 'का आधारमा ' जिउँदै मर्याको भनी नाम कस्को उद्यमबिना बित्छ काल जसको ' भन्दै प्रश्नोत्तरमालाको रचना गरेर उनले आफूलाई लेखनकार्यमा समर्पित गरे । भानुभक्तले बधुशिक्षा , प्रश्नोत्तरमाला , भक्तमाला र फुटकर कविता रचेका भए पनि रामायणकै केन्द्रीयतामा उनको परिचय चम्किन पुगेको हो । मोतीराम भट्टले निकै सोधखोज गरी नेपाली जनजिब्रामा प्रिय बनेर गुन्जिरहेको भानुभक्तिय रामायण ,अन्य रचना र भानुभक्तको जीवनीसमेत प्रकाशन गरे । मोतीराम भट्टले भानुभक्तको सम्पूर्ण रामायण प्रकाशमा ल्याउनभन्दा दुई वर्ष अधि १९४२ साल माघमा देवराज शर्मा लामिछानेको सम्पादकत्वमा र डमरूवल्ल पोखर्यालको प्रकाशकत्वमा भानुभक्तको सम्पूर्ण रामायण प्रकाशमा आइसकेको थियो । त्यसैले नेपाली बांगमयमा मोतीराम भट्टको उदय न भएको भए पनि भानुभक्तको रामायणले प्रकाशनका अभावमा प्रचार - प्रसार नै पाउने थिएन र भानुभक्त पनि पूर्णत: ओझेलमा नै पर्ने थिए होलान् भन्न सकिदैन ।

मोतीराम भट्टले १९४१ मा रामायणको बालकाणडको प्रकाशन गर्दा भानुभक्तलाई प्राचीन कविका रूपमा चिनाएका थिए ।भानुभक्तलाई सर्वप्रथम आदि कविको उपाधि दिए पनि जीवनीको पुस्तकमा आदि कवि नभनेर कवि मात्र उल्लेख गरेका थिए ।मोतीरामको यही आशयलाई हृदयंगम गरी दार्जिलिंगबाट १९९५मा ' भानुभक्त स्मारक ग्रन्थ ' प्रकाशित हुँदा नेपालका श्री ३ जुद्धशमशेरले भानु भक्तलाई नेपाली भाषाका आदि कवि हुन भने पनि हुन्छ भन्ने सन्देशमा हस्ताक्षर गरे पछि औपचारिक रूपमा भानुभक्तलाई नेपाली भाषाका आदि कवि भनेर चिन्न थालिएको हो । धेरै जसो नेपाली विद्वान र पाठ्यक्रममा समेत भानुभक्तले बाल्मीकि रामायण अनुवाद गरेका हुन भन्ने भ्रम अहिले सम्म विद्यमान रहिरहेको छ । ' अध्यात्म रामायण ' लाई आधार बनाएर भानुभक्तले रामायणको रचना गरेका हुन । अध्यात्मरामायणका स्तुति , घटना , फलश्रुति वा फ़लकथन आदिलाई छोट्याएर एक तृतियाँशभन्दा पनि कम आसमा संक्षेपीकरण गर्नमा भानुभक्तको मौलिकता झल्किन्छ । त्यसैले भानुभक्तको रामायणलाई कोरा अनुवाद नठानी मौलिकतासहितको समेत ओतप्रोत भएको रचना ठान्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ |

कोही मान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।
यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।

उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।
आाँधी आएसरी मन लगी बन्दी हुँ क़ैदी जस्तै ।
भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?

तिम्रो माया कलुषित छ वा स्वार्थले बेरिएर ।
ढाक्यौ मेरो दिलमन जिती प्रेम माला जपेर?
तिम्रो छाया सरस बुझने मूर्ख मन् भित्र पस्तै ।
धोखा हो कि तृषित मन यो भन्छ कत्ति नफस्दै ।

कुनबाटोमा मन बिटुलियो प्रीति छाया बढेर ?
दर्शन केहो अमृत सुशुभा ज्ञानज्योति दिएर ।
हाँसीहाँसी दिलमन विना दिक्क लाग्ने उराँठ ।
बाँकी के हो प्रिय मनशखा बाल नौलो चिराग़ ।

चोखो माया मनविचरहे बन्छ यौटा निसानी ।
साझा सृष्टि अजमर रहे हुन्छ राम्रो कहानी ।
बाँटों हिड्दा मुटुभरि व्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?

चोखो माया मनविचरहे बन्छ यौटा निसानी ।
साझा श्रीष्टि अजमर रहे हुन्छ राम्रो कहानी ।
बाँटों हिड्दा मुटुभरि व्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक