कविता
आमा मलाई
तिम्रो प्रथम स्पर्श
धडकनमा ममता
हर पलको हर्ष
जीवनको यात्रामा
तिमीबाट संस्कार
जता जहाँ पुगे पनि
तिम्रो काखनै संसार
मेहनतको घडीमा
पसिना हौ साहस
साह्रो गाह्रो पर्दा
आमा तिम्रो ढाडस
मैले देख्ने सपनालाई
पारेर सधैँ साकार
आशीर्वाद मात्र मलाई
आन्नदमय बहार
कविता :-
मैले मेराे याे जिर्ण शरीर लाई
घिसार्दै अनि,
मेरी दुई दिनकी सुत्केरी
बुहारीलाई फकाउँदै
लगेर,
तिमी बेइमान राजनैनिक
पशुहरु लाई चुनावमा भाेट दिएको
के अाैचित्य र
अर्थ भयाे ?
हे अन्न खाने पशु हाे
मेराे भाेट फिर्ता गर ।
तिमी अपराधीलाई
भाेट हाल्नु परेकाेमा
ठूलाे...पश्चाताप छ ।
मेराे भाेट फिर्ता गर ।
मैले सुनेकाे थिएँ
एक दिन,
पाण्डवहरु बाटामा खेल्दै थिए
घर भन्दा केही पर,
अनि अचानक द्राैपदी नाम गरेकी
एक निर्दाेष बालिका लाई
भेट्छन् र आमा लाई सुनाउँछन्
आमा! आमा!!
हामीले केही भेटेर
ल्याएका छाैं हेर्नु त ।
काममा व्यस्त थिइनँ आमा,
अनि भित्रै बाट भनिन्
छाेराहरु हाे !
सबैले बराबर बाँडेर खाअाे है
मैले हेर्न भ्याउँदिन भनेका कारण
द्राैपदी लाई सबैले
साझा पत्नी बनाए र दामासाहिले
भाेग गरे ।
तर...तर तिमीहरू
लाेकतन्त्र नामकाे जनतामारा
NGO का दलालहरुले त याे
मैले पटक पटक
लडेर बचाएकाे देश लाई पालै पालाे
भाेग हैन उपभाेग गर्याै
तर...,तर पाण्डवहरुले द्राैपदी लाई गरेकाे
माया झैँ
देशकाे माया नगरी ।
सुन्दैछु !
अब नाै नाै महिनाको
अन्तरमा देश लुट्ने याेजना
बनायाै रे ।
मलाई लाज लाग्यो र
मैले मेराे भाेट फिर्ता मागेँ
कृपया मेराे भाेट फिर्ता गर,
याे देश
तिमीहरूको आमाले भारत बाट
दाइजो बापत
पाएकी हैनन्
तर... यही बुझाइमा
तिमी पशुहरु डा. सुरेन्द्र के.सी.काे
भनाइलाई सापटी
लिएर भन्ने हाे भने
भैंसीको मासु ठानेर लुछ्दै छाै ।
मेराे भाेट फिर्ता गर
नत्र....नत्र भने तिमीहरू लाई मेराे
श्राप लाग्ने छ।
याद राख बेइमान हाे
तिमीहरू लाई भाेट दिएर
जिताउँदा जिताउँदा मेराे शरीर
यस्तो जिर्ण भयाे ।
म हारिरहेँ ,,,!
तिमीहरू जिती रह्याै ।
यदि तिमीहरू ,
तिम्रा बाउ आमाका नाजायज सन्तान
हैनाै भने मेराे भाेट फिर्ता गर्नु
पर्दछ । सक्छौ ???
कृपया मेराे भाेट शरम
नमानी फिर्ता गर
म कसैलाई भन्दिन ।
याे अादर्शवादी र आदरणीय तस्बिर
फेसबुकबाटै साभार गरेकाे हुँ ।
विश्व भरी मनाईन्छ,
अन्तराष्ट्रिय नारी दिवस
अनि ,
उठाइन्छ अनेकौ वहस
नारी अधिकारहरूको चर्चा
स्वतन्त्रताको नारा
र ,
नारी मुक्तिको युद्ध
सबै एकातिर |
अर्को तिर ,
विहान देखि साँझ सम्म
काममा रत
जोतिन्छ्न दिनरात
त्यस्तै मर्म छ
कमला ,विमला र शान्ति
जो क्रान्तिको अर्थ जान्दैनन |
उसका निम्ति
जीवनको आई ०टी०आई०हो
चुल्हाे , भान्छा , मज़दूरी
साना साना बालखको पेट भर्नु
र राती
जड्याहा लोग्नेको शिकार हुनु |
विरोध के हो ?
स्वतन्त्रता के हुन्छ ?
केटा केटी ठूला होउन,
धेरै पढून र,
डाक्टर, इन्जिनियर
वा राम्रो नोकरी होस्,
यस्तै धेरै सपनाभित्र
मात्र यो आस |
एक दिन मैले कमलालाई सोधें
किन अत्याचार सहन्छेस् त ??
सारा दिन चुल्होमा
दाउरा जस्तो बल्छेस् नि ?
किन क्रान्ति गर्दिनस् ?
किन मौन भएर सधै यस्तै पिडामा त?
उसले अचम्मले मलाई हेरी ,
बोली... भन्न न
यो क्रान्ति के हो ?
यसले हामीलाई खान ,लाउँन दिन्छ ?
प्यास मेट्न कि पानी दिन्छ ?
समाजमा आनन्द,शान्त ?
के दिन्छ यसले ?
साना केटा कोटीको पेट भर्छ ?
यदि यी सब हैन भने ,
क्रान्तिको के अर्थ ?
गरिवी जोतिरहन्छ,
आसय मोहरा बनेर नाची रहन्छन्
लाचार रिक्सा र ठेलाको आस
धनि उसैको रगतका थोपामा
नुहाउँछ्न र रमाउँछ
भ्रष्टाचार र पापको कमाइले
पिजडा र कारमा हुइकिन्छ
अनि नारी मुक्तिका
वा,
गरिवी निवारणका
जस्तो सुकै प्रगतिका कुरा हुन्
हाम्रा लागि सबै व्यर्थ ।
यी दुई अति सीमाहरू
विरोधाभासमा घेरिएका मन
खोज्छ हल कहाँ छ ?
के त भन्न सक्छस् ?
अहिलेलाई यो अध्याय खेल्ने पूर्व
केही हेर,
अन्य,
समस्याहरू समाधान गर्नुछ |
अनि म ,
कसरी भनु तलाई
नारी मुक्तिको ज़माना छ |
आकाश देखी पातलको बिचमा
जन्म देखी मृत्युको अन्तरालमा
रुने र हांस्नेहरुको अन्तरकथा
पाउंने र गुमाउंनेहरुको छुट्टै व्यथा
जन्माउंनको लागि हुरुक्क हुंन्छन
जन्माए पछि धुरुक्क रुन्छन
बलवान बुर्कुशी मार्दै दौडिन्छ
अशक्त आँफैलाई उठाउंन खोज्छ
निर्धनले दौलत खोज्छ जहाँं
धनाढ्यले दान-पेटी खोज्छ त्यहाँ
विश्वासको खुट्टा लरबरिएको छ
कर्तव्यले अंखा चिम्लिएको छ
स्वार्थीको टोली सम्मानित छ
निस्वार्थिले ताली मात्र पड्काएको छ
बहुमतले मूर्ख चम्किएको छ
अल्पमतले विध्वान ओझेलिएको छ
इमान सधैँ भौंतारिएको छ
बेईमानले बाजी मारेको छ
भाग्य र दुर्भाग्यको खिचातानी
विडम्बनाले भरिएको यो जिन्दगानी ।
कस्तो-कस्तो नराम्रो आयो समाचार पनि,
ठुलै कुर्सीमा पुग्यो रे हिजोको गद्दार पनि ।
भाँडभैलो छ देशमा कसरी फर्कनु चाडबाडमा,
हरेक वर्ष फुस्रै-फुस्रै हुन्छ लाखौ निधार पनि ।
के सरकार छ भन्नु, दिउँसै लुटीने देशमा,
साह्रै असुरक्षित भयो हाम्रो परिवार पनि ।
ढलिरहने उठिरहने,कति साह्रो कमजोर-कमजोर,
अपाङ्ग जस्तै भयो , मेरो देशको सरकार पनि ।
आज मिल्यो, भोलि बाज्यो, पर्सि मार्दियो ,
कस्तो घिनलाग्दो यो,मान्छेको संस्कार पनि ।
हावाको गुफामा
पानीको परीहरू
सदियौबाट नाँचिरहेथ्यो
आज जीवन सलबलाएर
हर्षले आइपुग्छ
रहरको परीहरूलाई
पानीको परीहरूसँग
सहयात्री बनाएर
एउटा उत्सव मनाउँन
म बाँच्दै थिए काली गण्डकी
खस्दै थिए पातले छाँगो
डुल्दै थिए सौराहा जङ्गल
लोड सेडीङको नमिठो सम्झनाले
सपनाको झिलमिली भेट्नै सकिन
नभए म भनिदिन्थे
यी परीहरूलाई
मेरो सानो गाउँ छ
त्यो गाउँमा आदिम कालको गुफामा
पानीको परीहरू
नाँच्दै नाँच्दै धर्तीमा जान्छन्
खुसीले उत्रन्छन् आकाशमा
प्रकृतिको कति आश्चर्य होला
त्यो मेरो माटोमा
विकासको कैयौ सम्भावना होला
मेरो बस्ती सहरमा
कहिले आउँछ होला साइत
मरेर पनि आफ्नैलाई गर्दैछु
भन्ने अहंम म मा
परीहरूसँग रूदै रूझ्दै
खुसी कै उत्सवमा पनि सोधिरहेथे
थाह नपाई हराए म
भुवा सरी परीको स्पर्शमा
स्वर्गीय अनुभूत गरेर
मनमा भने लागिरहयो
रूदै होला मेरो छहरा पहरामा
आँसु कै ताल जम्दो हो
फेवा रारा बेगनासमा
मायालु संसारको दृष्टि
त्यहाँ सम्म पुराउँन पाए
यहाँ रम्नेहरू
त्यहाँ रम्न पुग्थे होला
आहा ! स्वर्गको एक टुक्रा
मेरो माटोमा पनि खस्थ्यो होला।
खै किन हो कुन्नि?
कहिले लाजलाग्छ, कहिले मज्जा लाग्छ
कहिले काही मनमा खस्खस
कहिले मनमा च्वास च्वास
कहिले उराठ्लाग्ने
भागेर होकी डाकेर हो?
आमालाई छोडे, बाबुलाई छोडे
इर्श्याको बाण छोडे, नाता तोडे,
दोष दिये, आफ्नै जय होस् भने
मातृभूमि, जनमभुमी
सिमिभुमी देवी देउराली
सगरमाथा, बुद्ध, बहादुर
सबै मन्त्र पढे, १०८ भन्दा बढी जप गरे
थोरै मन्छिये धेरै पंछिये
भन्न, जति सजिलो हुने
गन्न उत्तिनै असजिलो हुने
नमचिने पिङ्को १००वटा झड्का भन्छन्
भुक्ने कुकुरले टोक्दैन भन्छन्
भर्खर भएको जोगीले धेरै खरानी घस्छन भन्छन्
आफ्नो आङ्को भैंसीहोइन अर्काको जुम्र देख्छन भन्छन्
हिजा आजको कुरा सुन्दा! किन हो कुन्नि?
कहिले लाजलाग्छ, कहिले मज्जा लाग्छ
कहिले काही मनमा खस्खस
कहिले मनमा च्वास च्वास