इजरायल,१४ साउन
२०३ औँ भानु जयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ इजरायल र साउदी शाखाहरुले संयुक्त रूपमा आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन मुक्तक प्रतियोगितामा क्यानडामा रहेका ऋषि बस्ताकोटी प्रथम भएका छन् ।
सार्वजनिक नतिजा अनुसार मुक्तकहरुको प्रतिस्पर्धामा क्यानाडाबाट ऋषि बस्ताकोटी प्रथम, दक्षिण कोरियाबाट जीवन खत्री दोस्रो, नुवाकोटका संगिता पनेरु तेस्रो र टर्कीबाट बिन्दा लामा तृष्णाले चौथो स्थान प्राप्त गरेका छन् ।
विश्वभर छरिएर रहेका मुक्तककारहरुलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएर लैजान , स्रष्टाहरूलाई अझ हौसला दिँदै अगाडि बढ्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।
पुरष्कारको लागि विजेता श्रष्टाहरुल्लाई छिट्टै सम्पर्क गरिने कुरा महासंघले एक विज्ञप्ति मार्फत जनाएको छ ।