बिराट नेपाल
2016-08-10
धेरै फरक हुन्छ प्रिय, गुमाउनु र कमाउनुमा
केही क्षण लाई मस्ति हुन्छ, पराई सँग रमाउनुमा
टिकाउन र बचाउन गाह्रो हुन्छ, सम्बन्ध लाई
इमानदार बनी यहाँ अागाेका फुल समाउँनुमा ।।
बिराट नेपाल
2016-06-18
उडायो हुरीले सपनाहरू
डढायो आगोले विपनाहरु
नढल्नु पर्ने मठ , मन्दिर ढलेपछि
भत्केछन् श्रद्धाका थपनाहरु !!
बिराट नेपाल
2016-06-11
संसारको खेल
संसारको यस्तै खेल छ
आफ्नैले आफ्नैलाई पेल्छ
धकेल्ने धकेल्दै अघि बढ्छ
सोझोलाई सबैले छेल्छ ।।
बिराट नेपाल
2016-06-07
भ्रष्टाचारी
नखानु कसम खाएपछि
कुरा थाहा भैगो मुख बाएपछि
अलि अलि गर्दा भ्रष्टाचारी भन्थे
भन्न छोडे धेरै नै कमाएपछि ।।
बिराट नेपाल
2016-06-05
चोर पनि साधु भेटें
साधु पनि चोर देखेँ
मायावी यो संसार सारा
भूलभुलैया र मिथ्या देखेँ !!
बिराट नेपाल
2016-06-04
मित्र,
सग्लोकवी भन्नु भएको भए गाल पथ्र्यो ।
विना बादल आकाशबाट असिना झथ्र्यो ।।
सिंगामा पनि शब्दहरू छन् तर गुदी खोइ ?
अनुत्तरीत छ प्रश्न अझै सीता कस्की जोई ?
बिराट नेपाल
2016-06-03
पर्खाइ
सबैको सोचाइ एउटै हुन्न
मुटुको घोचाइ एउटै हुन्न
कति मिल्छन् कति छुट्टिन्छन्
सबैको पर्खाइ एउटै हुन्न ।।
बिराट नेपाल
2016-05-20
बुद्धको मनमा नेपालीपन देखाऊ।
नेपाल डे परेडमा मेन्हाटन जाऊ।।
ठाऊ ओगटनेहरुले अलिकति सरे हुन्छ।
चित्त नबुझेका कुरा घरमा गरे हुन्छ।।
बिराट नेपाल
2016-05-20
मानव हुन सभ्यता हुनु पर्दछ
कवि हुन काव्यता हुनु पर्दछ
त्यसै मान्दैनन् लोकले
प्रशिद्धि पाउन दिव्यता हुनु पर्दछ !!
बिराट नेपाल
2016-05-17
बाँचेका हुन्छन् कति यहाँ मनमा रहर बोकेर
हाँसेका हुन्छन् कति यहाँ तनमा जहर बोकेर
खै!किन किन जीवनको तार्तम्य नै नमिल्दा
अनिँदै हुन्छन् कति यहाँ मध्यरातको प्रहर बोकेर ।