पाउंनु- गुमाउंनु या भेट्नु-छुटिनु यी सबै सन्जोग मात्र नभएर भगवानको पनि खटन हो जस्तो लाग्न थाल्यो आजकाल मलाई त । किनभने आज भोलि मेरो घरमा आउने पाउनहरुमा भगवान् कै रूप देख्न थालेको छु । मेरो जिन्दगीमा प्राय: बिर्सनै मन नलाग्ने खालको सम्बन्धलाई सुर्काने गांठो कसेर जानु भयो केहीले । जुन जति ताने पनि न फुस्कने ।
"मलाई लस एन्जलस आउनु परेको छ मलाई राम्रो होटल खोजी दिनुस् हामी रिल्याक्स गर्न चाहन्छौँ” भन्नु भयो फोनमा एक वरिष्ठ साहित्यकारले । ६५ वर्ष पुगेका बुढाको यस्तो रसिलो वाक्यले मलाई बोल्ती बन्द गराएको थियो । तैपनि औपचारिकता निभाउनलाई मेरो घरमा नै बस्नु भए पनि हुन्छ भनेँ । आफ्नो सम्झी म कहाँ आउने पाउंनाहरुलाई आतिथ्य पुरा गर्न पाउँदा मलाई पनि गर्व लाग्छ भनेको थिएँ ।
उंहालाई भर्जिनियामा सम्पन्न भएको अ ने सा स को रजत जयन्तीमा भेटी सकेकोले उहाँको ६५ बर्से कलिलो उमेरको अन्दाज त गरी सकेको थिए । तर म्याडमलाई नदेखेकाले मैले अन्दाज गर्नुको कुनै आधारनै थिएन । त्यसले उहाँको "हामी रिल्याक्स गर्न चाहन्छौँ" भन्ने वाक्यले के विषयलाई लक्षित गरेको छ भन्ने कुराको भ्याउ पाउंन सकेको थिइन ।
अन्तर्राष्ट्रिय साहित्य समाज लसएन्जलस च्यापटरका अध्यक्ष शान्तिराम ढकालले मलाई सल्लाहकार बनाएर साहित्यको कुण्डमा धकेली दिनुभएको थियो । त्यसपछि कलम समातेर सल्बलाउन थालेका यी हातहरुले आज कनी- कुथी दुई दर्जन रचनाहरू कोरी सकेका छन् । नेपाली साहित्यमा रुचि बढ्दै गएकोले होला जो साहित्यकारहरु पनि सबै आफ्नै जस्तो लाग्ने गर्दछ ।
घरमा हामी दुबैजना भर्खर लेख्न सुरु गरेकोले होला "नयाँ मुल्लाह अधिक प्याज खाते" है भने झैँ खाली रचना सम्बन्धी चर्चा र बहसको अपेक्षा गरिरहेका हुन्छौं । म भन्दा पनि बढी उनी । एल बि छेत्री नेपाली तथा अङ्रेजी साहित्यका मुर्धन्य व्यक्तित्व भएको हुँदा बोलाएर घरमा राख्न पाए आफ्ना रचनाका समीक्षा बिना शुल्क गराउन पाईन्थ्यो कि भन्ने लोभ लाग्नु स्वाभाविकै ज्स्स्तो लाग्छ।
हुनपनि, केही महिना देखी हाम्रो घरमा कहिले आर्थिक पत्रकार विजय घिमिरे त कहिले प्रदिप चापागाईं र अनिता भाउजू, कहिले दिग्गज लेखक तथा साहित्यकार तारा बराल दाइ र बिटु भाउजू त कहिले गजलका दिग्गज भुपेन्द्र महत । कहिले नेपाली साहित्य मै बिद्ध्याबारिधी गरेका डा खगेन्द्र लुइटेल दाइ त कहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा आदी आउने र जाने सिलसिला चली रहेको छ ।
अबत, हामी उहाहरुको कुराकानी मात्र ध्यान पूर्वक सुन्दा पनि ठुलै रचनाकार तथा लेखक बन्न सकिने अवस्था भईसकेको हो । तर यो बोधो दिमागले दिन भरी देखी रात अबेर सम्म सुनेका साहित्यिक क्लुहरु बिहान उठ्दा बिर्सी सकिएका हुन्छन् । यही माहोलबाट धेर-थोर प्रभावित हामी अर्का मुर्धन्य साहित्यकार एल बि छेत्रीलाई सपरिबार स्वागत गर्ने सौभाग्य जुरेको छ ।
उहाँहरू घरमा पुगे पछि नुहाई धुवाई गरी म्याडमले घरको करेसाबारीमा गएर फुल र हरियो दुबो टिपेर ल्याउनु भयो र भगवानलाई चढाउनु भयो । एक नेपाली नारीले सधैँ च्यापेर हिँड्ने आफ्नो प्यारो संस्कार प्रति यो मनको भित्री भाग खुसीले गद-गद भयो । उहाँ प्रतिको आदर र सम्मानले छुट्टै स्थान बनायो यो मन भित्र । एक पुजनीय भागबती जस्तै । यस्तै धर्मपत्नी पाउंने भाग्यबानहरुको जीवन सफल हुन्छ जस्तो लाग्छ ।
साँझ परे लगत्तै साहित्यिक खुलदुलीहरु बाक्लिदै जाँदा रात पनि छिप्पिन विवश बन्दै गयो । मेरा र राखीका कटमेरा कविता र गीताका पेटाराहरु खुलेर छ्यालब्याल हुँदै थिए । तंछाड-मंछाड गर्दै निस्किएका एल बि छेत्री सरका पाकेका कबिताहरुले हाम्रा रचनाहरुलाई पाखा लगाई दिए पनि मिना म्याडमले हाम्रा कविता पनि राम्रा छन् भन्दै टिप्पणी गरेर सहअनुभुती दिईरहनु भएको थियो ।
आफ्नो आत्मा व्यथा पोख्नुलाई मात्र पनि कविता भन्ने स्वांठ पो रहेछु भन्ने थाहा भयो । काल्पनिक विषयलाई वास्तविक जीवनकै कथा जसरी मिठा र रसीला शब्दहरूले रंग्याउन सक्नु पो कविको खुबी रहेछ । त्यसलाई पो साहित्य भनिंदो रहेछ । नेपाली साहित्यका बारेमा आफ्ना खुल्दुली मेटाउन यी दुई दिनको समय प्रयाप्त भएन । दुई दिनत फुस्स दुई घण्टामै बिते जस्तो लाग्यो ।
खुल्न नसकेका साहित्यका कतिपय क्लुहरु पनि बोतलबाट वाईन प्यालामा खनीय सँगै मुखबाट निस्किन थाले । कहिले कविताको रूपमा त कहिले गीत र गजलको रूपमा । म आफू व्यापारी माहोलमा दशकौं अल्मलियको मान्छेलाई यो साहित्यिक माहोलले त जिन्दगीलाई कोल्टो फेरिदिएको छ । जहाँ बिरामीलाई सलानपानी चडाए जस्तो । यो मन मस्तिस्कमा सररर शीतल हावाले छोइरहे जस्तो ।
त्यस्तो प्यारो साहित्यिक माहोलमा मिठा-मिठा रचनाहरुको अगाडि खानाका पारीकारका स्वादले कुनै स्थान पाएको थिएन । थियो भने केवल वाईनको चुस्कीको स्वादले मात्र धेर-थोर पाएको थियो । हुनत, यो हामी दुई भाइको मन्को कुरामात्र हो । म्याडम र राखीको कुरा अर्कै हुन सक्छ । उहाँहरूलाई वाईनले मन जित्न सकेको थिएन । बरु, बेला बेलामा म्याडमले छेत्री सरको अनुहारमा घरी-घरी हेर्ने गर्नु हुन्थ्यो । वाइन पिउंदाको मौन विरोध होला भन्ने मेरो ठम्म्याई हो । तर आशय अरू केही हुन पनि सक्छ । पहिलानै छेत्री सरले राम्रो होटल खोजी दिनुस हामी रिल्याक्स गर्न चाहन्छौ भनेको कुराको आशय यो हेराईमा झल्कीएको पनि हुन सक्थ्यो । जे होस, मेरो कारणले कुनै इच्छा र आकन्छ्यामा कुठाराघात हुन पुगेको थियो भने यही लेख मार्फत माफी माग्न चाहन्छु ।
उहाहरु फर्किनको लागि एक बिहानैको फ्लाइट भएकोले हामी उठ्दा सर र म्याडम तयार भई सक्नु भएको थियो । जुन तयारी उहाहरुको जानको लागि थियो भने हाम्रो लागि एउटा कुशल अभिभावकले आफ्नालाई सही मार्ग प्रदर्शनकालागी गहकिला अर्ती उपदेशहरु पनि तयार पार्नुभएको रहेछ । छोरा-छोरीहरू अलि झिल्के र उत्ताउला स्वभावका भएको भए आज म हजुरबाउ र उनी हजुरआमा बन्ने उमेरका हामीलाई उहाँले सम्झाई रहदा मैले आफूलाई भाग्यमानी महसुस गरेँ ।
जिन्दगीले हिंडेका, दौडेका, लडिबुडी गरेका तथा गुल्टिएका कैयौँ पलहरुले मान्छेलाई परीपक्क बनाउछ । देखेका सुनेका र पढेका कुराहरूले मान्छेलाई बिद्ध्वान बनाउछ । उंहाका परीपक्क पन र बिद्ध्वानी पन पग्लिएर मेरो अन्जुलिमा पर्न आयो । मेरो आत्मामा उहाँको लागि श्रिजित धन्यवादलाई निस्तो दिनु भन्दा उहाका अर्ती उपदेशलाई आत्मसात गरी उहाँले चाहेको जस्तो मेरो स्वभावको किस्तीमा सजाएर, हासो र् खुसीले रङ्गिएका रिबनले बांधेर मुसुक्क मुस्कुराउंदै उहाँलाई सुम्पने छु ।
यी र यस्ता गतिबिधीहरुबाट प्रभावित भई सर र म्यामलाई दाइ र भाउजू जस्तो प्यारो र निकट लाग्ने नाता बन्धनमा बदल्न रुचायो यो मनले । लस एन्जलस एअरर्पोर्टबाट बिदागर्दा हातका हल्लाई सँगै रसायका गहका आशु परेलिलाई पनि रोक्न धौ धौ पर्यो । मिठो र शिक्षामुलक दुई दिनको समय मेरा लागी आजीबन अविस्मरणीय बन्ने छन् ।
यहाँले उपहार दिनु भएका नेपाली साहित्यका चर्चित आधा दर्जन रचनाहरू पढे पछि मेरो र उन्को लेखनलाई खार्ने आशा लिएको छु । होटलमा नबसेर हामी कहाँ आईदिनु भएकोमा र चर्चित रचनाका पुस्तकहरू उपहार दिनु भएकोमा मुरी-मुरी धन्यवाद । यहाँहरूको यो यात्रा र जीवन यात्रा दुवै सफल रहुन, शुभकामना ।