Similar Articles

संस्मरण

कसले तोड्न सक्छ नेपाली समाज भित्रको यो मित्रता--चेवनचन्द्र बस्नेत

बिराट नेपाल

यात्रा संस्मरण

सुनसरी जिल्लाका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने रामधुनी, कोकाह, वराहक्षेत्र, विष्णु पादुका, चतरा, दन्तकाली, वुढासुव्वा, धरान, विजयपुर, कोशी व्यारेज, इटहरी, भेडेटार जस्ता स्थलहरु ऐतिहासिक तथा पुरातात्वीक हिसाबले पनि महत्वपूर्ण छन् । दक्षिण तर्फको विराटनगर, कोशिव्यारेज र दमकवाट सरर गाडीमा सजिलैसँग एक÷डेड घण्टामा पुग्न सकिने र उत्तरको खाँदवारीवाट आठ घण्टा, वसन्तपुरवाट तीन घण्टा र धनकुटावाट २ घण्टासम्म बसको यात्रामा सजिलैसँग आइपुग्न सकिने घरान बजार फेरिपनि मलाइ घुम्ने रहर जाग्यो । मेरो व्यक्तिगत कामको सिलसिलामा विराटनगर झरेको बेला धरानको विजयपुरले मलाई लोभ्यायो । ज्वाई प्रकाश पौडेलले गाडीमा राखेर धरानसम्म ल्याइदिनु भयो । बिहानको चिया त्यही पियौं । ऐतिहासिक विजयपुर र धरान बजारको केही बेरको घुमाइ पछि उहाँ फर्कनु भयो । म खाँदवारी जाने गाडीमा चढेर उकालो लाग्ने मनसाय गरेँ ।

गाडीको सिट खचाखच थियो । खाँदवारी जाने भन्दा मुस्किलले मैले पनि पछाडिको सिट भेट्टाए । गर्मीको समय, पसिनै पसिना कतिखेर गाडी दौडेला भनेर पर्खि रहेको थिए । त्यसै बेला तीनजना महिला र दुईजना पुरुष गाडीमा चढे । हेर्दा २२÷२५ वर्षका लाग्ने ती ठिटाठिटीहरुमा एक जोडी वेहुलावेहुली जस्तो लाग्यो । त्यो पनि अन्तरजातीय जस्तो थियो । बाँकी तीनमा एक क्षेत्री÷वाहुन अनुहारका र दुई मङ्गोलियन अनुहार जस्तो लाग्दथ्यो । त्यस मध्ये एकजना पुरुषले सबैतिर हेरेर “बस्ने ठाउँ त रहेनछ उभिएरै जाने” ? भनेर छक्क पर्दै उभिइरहे । त्यतिकैमा एकजना महिलाले भनिन् “सिट मिलाई दिन्छु भनेको छ” भन्दा नभन्दै कन्टेक्टर गाडीमा चढ्यो । नजिकै जाने तीन जनालाई फटाफट उठायो र ती पाँचजनालाई बस्न सङ्केत गरे पछि उनीहरू बस्ने सुरसारमा लागे । बस्ने सिट तीन मात्र तर मानिस पाँचजना कसरी व्यवस्थापन गर्ने उनीहरूमा छटफटाहट सुरु भयो । ती मध्ये एक जना पुरुषले २ महिला र एक पुरुषलाई बस्न आग्रह गरे । त्यस मध्ये २ जना सिटमा गए । ती मध्ये एक महिला वसिन र अर्को महिलाले सिटमा पुगेर बस्न मात्र के आटेकी थिइन सिटतिर हेर्दै उभि रहेका एक पुरुषलाई आएर बस्न आग्रह गरिन । पुरुषले “तपाँइ वस्नुन मलाई त यसै भइहाल्छ नि, जवान छु बलियो छु उभिएरै भए पनि गइहाल्छु नि” अलि लजाएजस्तो गरेर ती महिलाले जवाफ दिइन “म पनि कहाँ कम छु र” । उनीहरूका कुरा सकिदा नसकिदै अर्का एक पुरुषले “(लेडिज फष्ट) पहिला महिला अनि मात्र पुरुष ठिक छ ? हजुरहरुलाई पुगेर उभ्रिएछ भने ठिक छ हामी पनि वसौला” । यतिकैमा सिटमा वसेकी महिला जुरुक्क उठिन र सिट बाहिर आएर एकजना पुरुषलाई बस्न आग्रह गरिन । अर्कि महिलाले “त्यो दुइटा सिट यी जोडीलाई (वेहुलावेहुलीलाई औल्याउँदै) छोडिदिउन” भन्दै उनीहरूलाई बस्न सङ्केत गरिन । “हजुरहरु नवसेर हामी वस्छौं होलानी, जानु हजुरहरु दुईजना गएर बस्नु” जोडिवाला दुवैले एकै स्वरमा भने । यसरी एकले अर्कालाई बडो आदरभाव एवं मिठासका साथ बस्न आग्रह गरिरहेका थिए । कोही वस्दै उठदै अर्कालाई वसाउदै । एक अर्कामा मिठास वाड्दै गरेका दृश्य बडो गहिराई र अनुसन्धानात्मक रूपले हेर्ने मौका मिल्यो । यतिकैमा गाडी गन्तव्य तिर गुडन सुरु ग¥यो । हामी एउटै परिवार जस्तो भएर गाडीको यात्रामा सामेल भयौँ । उनीहरू एकअर्कालाई बस्न आग्रह गरिनै रहेका थिए । 

ती युवाहरुमा आएको त्यो परिवर्तन, अन्तष्करणवाट निस्किएका ती उर्जाशिल शब्दहरू, एकले अर्कालाई गरिने आदर, सत्कार एवं मित्रतापूर्ण स्वागत । त्यसमा पनि गाडी भित्रको त्यो तनावपूर्ण अवस्थामा । एकातिर हो हल्लाले बोलेको एक अर्कामा सुनिदैनथ्यो । खलासी भाइ बाटोमा हिडने यात्रुहरुलाई गाडीभित्र आउन घाटी सुक्ने गरी वोलाइरहेका थिए । कोही उक्लदै थिए । कोही सकिनसकि च्यापिएर भित्र पस्दै थिए । कतै भाडाको लेनदेन चलिरहेको थियो त कतै सिट व्यवस्थापनमा गज्याङ्मज्याङ् भइरहेको थियो । उता ड्राइभर दाइ भने एकसुरले गाडीको स्टेरिङ घुमाई रहेका थिए । उकालो बाटो गाडीको वहावसंगै यात्रुहरु दायाँवायाँ अघिपछि गरेर मस्किदै थिए । तर यी कुनै घटनाक्रमले ती पाँचलाई छोएको थिएन । उनीहरूका लागि भनेर छुट्टाइएका तीन सिट मध्ये दुईसिट खालिनै थिए । उनीहरू एक अर्कालाई बस्न आग्रह गरिरहेका थिए । अरूले गएर बस्ने आँट पनि गर्न सकेका थिएनन् । अन्तिममा उनीहरूको छलफल सकियो सवैजना पालो गरेर बस्ने निर्णयमा पुगे ।

तर यस प्रकारको अत्यन्त मित्रतापूर्ण भनाई, सत्कारयुक्त आग्रह एवं भावपूर्ण आदरले मेरो मन छुन पुग्यो । म वाट हुने गरेका पटक पटकका यस प्रकारका यात्राहरुमा देखिने दृश्यहरू भन्दा मलाई यो दृश्य फरक लाग्यो र मेरो मस्तिसकलाई चस्स घोच्यो । मैले मेरो गाउँमा भएका केही अन्तरजातीय विवाहलाई सम्झें । मेरा बुवा, हजुरवुवाले फरक जातीहरुसंग लगाउनु भएका हितेरी मितेरीका घटना सम्झे । दमिनी दिदी र वाहुनी वजैले एउटै गरामा गरेको रोपाइ र ठूले मिजारले मेरा काकासंग सँगै वाउसे गरेको सम्झे । “अलिपर सर है कान्छा यहाँ छोइएला नि” भनेर मिठास वाडदै एउटै ढुँगामा बसेर खाजा खाएको सम्झे । सार्की माइलाले खादै गरेको सुर्तीको ठुटो मागेर मेरी आमाले कटुसको पातमा वेरेको सुर्ती सल्काएको सम्झे । माथिल्लो घरे वाहुनी भाउजु, पल्ला गाउँकी जिमी (राई) दिदी र जन्तरे सार्कीकी श्रीमती एउटै गुन्द्रीमा बसेर पुराण सुनेर पूmलपाती चढाएको सम्झे । दलितहरु आपैm सहभागी भएर बनाएको पकवान हामी सबै जातजाती एकै ठाउँमा बसेर कपाकपी खाएको सम्झे । यतिमात्र होइन जीवनका साठिऔ वसन्त पार गरिरहदा भोगेका थुप्रै सम्झन लायकका घटनाहरू सम्झे । यो सम्झाइले झनै मेरो मन पोल्यो र मलाई छटपटाहट उत्पन्न भयो । केही गर्भिलो पनि लाग्यो । केही दिक्क पनि लाग्यो । यस मानेमा गर्भिलो लाग्यो कि ती भाइ वहिनीहरुले देखाएको सामिप्यता, मित्रता, सौहाद्धता र त्यागयुक्त व्यवहार । यस मानेमा दिक्क लाग्यो कि अझै पनि अधिकांश गाउँमा देखिने उचनिच, वलवान कमजोर, छुवाछुत आदिकै कारण हुँने गरेका जातीय भेदभाव र लैङ्गिक भेदभावमा आउन नसकेको परिवर्तन ।

गाडी उकालोमा गुडि रहेको थियो । सबै एकसुरले गाडीको इन्जिन र हर्नको आवाजसंग लट्ठिरहेका थिए । मलाई भने यो आवाजले खासै प्रभाव पार्न सकिरहेको थिएन । यतिकैमा करिब ५८÷६० वर्षको उमेर जस्तो देखिने पहेलो वस्त्र लगाएका एकजना वृद्ध नै भन्नु पर्दछ लोभलाग्दो दाह्ी भएका मानिस कुनै मन्दिरका पुजारी हुन कि जस्तो लाग्ने गाडीमा चढे । गाडीको गुडाईसंग उनी हुतिदै म बसेको ठाउँ नजिकै आइपुगे । नजिकैको एकजना युवक साथीले उनीलाई पुलुक्क हेरे र भने “बाजे म उभिउला यहाँ आएर वस्नोस” । बाजेले सकी नसकी जवाफ दिए “बाबु वसवस टाढा जानु पर्ने होला म उभिएरै जाउला नि” हेर्दा दुवैजना फरक जातका जस्ता देखिन्थे । तर त्यो कारुणिक भनाइले एकै गर्भका हुन कि जस्तो लाग्दथ्यो । युवक उठे बाजेलाई सहारा दिदै आफू बसेको सिटमा लगेर वसाए । यो घटनाले मलाई वलेको आगोमा घिउ थपे जस्तो भयो । म झन विभेदी खाडलको तलाउमा चुर्लुम्म डुवेजस्तो लाग्यो । मनका तरंगहरु लहराउन थाले र मनमनै मुर्मुरिदै यती राम्रो व्यवहार र सामिप्यता रहदा रहदै पनि किन ? कसकालागि ? के चाहिएर हो एक अर्कामा हिलो छ्यापाछ्याप । यो देश कसै एकको मात्रै हो ? र यो सौहाद्र्धता तोडिन खोजिदैछ ?

पुखौं देखिको अ‍ैचोपैचो, सहभोज युक्त खानपान, तिनै राडीपाखी, गुन्द्री र पिराको सामूहिक उठवस, मर्दा नि सँगै पर्दा नि सँगै, तिर्थ जाँदा होस वा वनभोज उनै साथीसंघी, एकै ठाउँको भाडापर्मा, मलामी जाँदा होस वा बिहेको जन्ती, हाम्रो साथ कहिल्यै छुटेन । ती मिठासयुक्त वातचित, मनै लोभ्याउने ठट्ेउली, विर्सनै नसकिने मायाँप्रेम, साथीसंघी दौतरी भरअभरको साथी मात्र हैन अन्तरजातीय विवाह बन्धन जस्ता घटनाले हामीलाई झनै नजिकियाउदै लगिरहेको बेला किन टाढा पार्न खोजियो । हामी बिचमा सदियौदेखी जीवन्त रहेको मित्रतामा तगारो हाल्ने दुसाहस कसले ग¥यो । कसको के स्वार्थ पुरा गर्नु पर्ने भयो हामीले ? हामीलाई कहाँ लगिदैछ । दिन प्रतिदिन हामीलाई किन शत्रुतापूर्ण व्यवहार गर्न सिकाइदैछ ? हामी बिचको भाइचारा किन देखि नसहेको ? कसको आँखालाग्यो हाम्रो यो घनिष्ठतामा, यो ममतामा, यो सौहाद्र्धतामा । यसको जवाफ कुनै उपल्लो नेताहरुसंग छ ? सरकारको नेतृत्व सम्हाल्ने उच्च पदस्थ कर्मचारीहरू सँग छ ? राज्यको वागडोर सम्हालेर बस्ने जो कोहीले यसको जवाफ दिन सक्छन् ? समाजलाई एकै रातमा परिवर्तन गर्न सकिन्छ भनेर लाग्ने परिवर्तनकारीहरु सँग यसको जवाफ छ ? रातारात फर्जि हस्ताक्षर गरेर दलदर्ता गर्ने नेताहरुसंग यसको जवाफ छ ?

आज नेपालीको आँसु कोशी, गंडकी र कर्णाली भएर बगेको छ । यिनै दीनदुखि नेपालीको नाङ्गो शरीर दुनियाका सामु देखाएर भिख मागिएको छ तर तिनैको तलुवा नाङ्गो छ । पेट खाली छ । वस्नलाई घर छैन नाङगो ढाक्ने धरो छैन । कौडीको भाउमा राज्यका श्रोतहरुको दुरुपयोग हुँदै गएको छ, रातारात कमाउनेहरुको ताँती छ । सम्पति शुद्धिकरणका नाममा सुडेनी र वोक्सीको कथा बनिरहेको अवस्था छ । भने पछि यसको बारेमा सोच्ने कि नसोच्ने ? हामी कहाँ गएर चुक्यौ । के २०६२÷६३ को संयुक्त जनआन्दोलनले यस्तै परिवेशको कल्पना गरेको थियो ? के यही हो गाँस वास र कपासको ग्यारेन्टी ? शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी ? कहाँ गए रातारात परिवर्तन गर्छौ भनेर गाउने गरेका ती गीतहरू ? ठूलाठूला मञ्चमा उभिएर जनताका सामु खाएका कसमहरु ? यसैलाई भन्ने गणतन्त्र ? यसैलाई भन्ने प्रजातन्त्र ? सोच्न जरुरी भई सकेको छ कि छैन ? यस विषयमा सबै पार्टीहरु एक पटक दुई कदम माथि उठेर जनताका समस्या समाधानका बारेमा योजना बनाउन जरुरी छ । उनीहरूले राज्यबाट पाउनु पर्ने न्यूनतम आधारभूत आवश्यकताका विषयमा व्यवस्थापन गर्न, उनीहरूका जन्मशिद्ध अधिकारको ग्यारेन्टी गर्न, मानवअधिकारको प्रत्याभूति गराउन र गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेटी गर्न जरुरी छ । यती मात्र भए पनि हाललाई नागरिकले सरकारबाट पाउनु पर्ने न्यूनतम राहतको अनुभूति गर्ने थिए । नत्र उनीहरूको आँसुले सधैँ पिरोल्ने छ र इतिहासले हामीलाई धिक्कार्ने छ । यो सरकारको जिम्मेवारी हो । यसलाई पुरा गर्न हामी सबै प्रतिबद्ध बन्न ढिला भई सकेको छ । आजैवाट सुरुवात गरौ । पछि गएर न पछुताऔं ।

अस्तु
=========================================================
लेखकः नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाका सदस्य, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सङ्खुवासभाका अध्यक्ष तथा सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको सदस्य लगायत विभिन्न संघसंस्थासंग आवद्ध हुनुहुन्छ । निवर्तमान संयोजक एवं वर्तमान पदेन सदस्यः
गैसस महासंघ नेपाल पूर्वाञ्चल क्षेत्रीय समिति ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक