काठमाडौं, १६ साउन
स्रष्टा हरिप्रसाद काफ्लेका दुई कृति 'शान्तिपुर' र 'आप्रवासका अनुभुति' बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा शनिवार काफ्लेका 'शान्तिपुर' सस्मरणात्मक सङ्ग्रह र 'आप्रवासका अनुभुति' कविता सङ्ग्रह विमोचन गरिएको हो ।
राजधानिको मिडिया इन्टरनेसनलमा आयोजना कृति बिमोचन समारोहमा दुबै कृतिउपर वरिष्ठ समालोचक रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य राख्नु राख्नुका साथै डा. ताना शर्मा, डा। खगेन्द्रप्रसाद लुइटेल, हरिप्रसाद काफ्ले, सन्ध्या पहाडी, डा. रेणु थापा सोलु लगायतले कृतिबारे आफ्ना बिचार राखेका थिए ।
डा. तारानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि मेनुका चापागाईंले विमोचित कृतिबाट कविता वाचन गरेकी थिईन् भने कार्यक्रममा स्रष्टा हरिप्रसाद काफ्ले लगायत प्रवासबाट नेपाल आएका स्रस्टाहरु हरिबहादुर थापा, गङ्गा लिगल, गोविन्द गिरी, नीलम कार्की निहारिका र भैरहवाबाट आउनु भएका घनश्याम परिश्रमीलाई सम्मान पनि गरिएको थियो ।
अनेसासको रजत जयन्तीका अवसरमा सल्लाहकारहरुलाइ प्रदान गरिएको सम्मानपत्र पनि सोही कार्यक्रममा हस्तान्तरण गरियो । सो सम्मानबाट क्रमशस् सल्लाहकारहरु डा। ताना शर्मा, राजेन्द्र सुवेदी, माया ठकुरी, गीताकेशरी र दुवसु छेत्री सम्मानित भए भने कार्यक्रममा रेडियो हिमालय डट कमका प्रमुख बुद्धि विश्वकर्मा पनि सम्मान गरिएको थियो ।
अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ इतिहासविद डा. सुरेन्द्र के. सी. नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा। उषा ठाकुर, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, डा. गार्गी शर्मा, रामप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो हिमाल डट कमले गरेको थियो ।
खेम भट्टचन, वासिङ्टन डि सि ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता आयोजना गरेर २०३ औँ भानु जयन्ती मनाईएको छ l
राजधानी वाशिंगटन डिसी नजिकै पोटोम्याक नदीको किनारामा अवस्थित भर्जिनियाको बडो मनोरम लेज्निभानिया स्टेट पार्कको एकै भलिबल कोर्टमा, एकै दिनमा, हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गरेर आदिकबि भानुभक्त आचार्यको सम्झना गर्ने गरेको २६ वर्ष भयो l एनआरएन भन्दा पनि धेरै ९० वोटा मुलुकहरूमा फैलिएको एक मात्र अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता हरेक वर्ष आयोजना गरिन्छ l
नेपाली दूतावास, वाशिंगटन डिसीका डिप्लोम्याट्स: ईकोनोमिक काऊन्सिलर श्री कैलाशराज पोखरेलले भलिबल हानेर खेल प्रतियोगिता ऊदघाटन गर्नुभएको थियो l
पुरुष महिलाको संयुक्त खेल प्रतियोगितामा दीपक घर्तिमगर टिम क्याप्टेन रहेको टिम प्रथम भएको थियो भने महिला तर्फको पुष्पा घिमिरे टिम क्याप्टेन रहेको टिम दोश्रा भएको थियो l विजयी टिमका खेलाडीहरुलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुनेदीले प्रमाणपत्र वितरण गरेका थिए भने दीपक घर्तिमगरलाई संथाका अध्यक्ष राम प्रसाद खनालले सर्बश्रेष्ठ खेलाडीको प्रमाणपत्र प्रदान गरेका थिए l सर्बश्रेष्ठ खेलाडी दीपक घर्तिमगर पूर्व मंत्री बालाराम घर्तिमगरका भतिजा हुन् l
नेपालका राष्ट्रिय स्तरका खेलाडीहरु चन्द्र लामा र अर्का राष्ट्रिय खेलाडी बिना खड्का लामा पनि सहभागी भानु जयन्तीको यो वर्षको खेलको सबैभन्दा कम उमेरको खेलाडी सृजना पन्त थिइन l आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार खेम भट्टचनले खेलकुद प्रतियोगिताको संयोजन गर्नुभएको यो खेल अनेसास डिसी मेट्रो कमिटीको आयोजनामा भएको थियो l
इजरायल,१४ साउन
२०३ औँ भानु जयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ इजरायल र साउदी शाखाहरुले संयुक्त रूपमा आयोजना गरेको खुल्ला विश्वब्यापी अनलाइन मुक्तक प्रतियोगितामा क्यानडामा रहेका ऋषि बस्ताकोटी प्रथम भएका छन् ।
सार्वजनिक नतिजा अनुसार मुक्तकहरुको प्रतिस्पर्धामा क्यानाडाबाट ऋषि बस्ताकोटी प्रथम, दक्षिण कोरियाबाट जीवन खत्री दोस्रो, नुवाकोटका संगिता पनेरु तेस्रो र टर्कीबाट बिन्दा लामा तृष्णाले चौथो स्थान प्राप्त गरेका छन् ।
विश्वभर छरिएर रहेका मुक्तककारहरुलाई एकैथलोमा उपस्थित गराउन र यस विधालाई अन्य विधा जस्तै सशक्त बनाएर लैजान , स्रष्टाहरूलाई अझ हौसला दिँदै अगाडि बढ्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।
पुरष्कारको लागि विजेता श्रष्टाहरुल्लाई छिट्टै सम्पर्क गरिने कुरा महासंघले एक विज्ञप्ति मार्फत जनाएको छ ।
एउटा भव्य सभाको अघिल्तिर राखिएको आदिकवि भानुभक्त आचार्यको तस्बिरमा यहाँको पब्लिक लाइब्रेरीकी निर्देशक केरीले माल्यर्पण गरिन र दुबैहात माथि उठाएर ताली बजाउनुभयो । अनि सुरु भयो २०३ औँ भानु जयन्तीको कार्यक्रम ।
भुट्निज कम्युनिटी कनेक्टकट र कनेक्टिकटको राजधानी हाटएफोर्डस्थित सो पब्लिक लाइब्रेरीको संयुक्त आयोजनामा ८ साउनमा आयोजित सो कार्यक्रममा लोकप्रिय भुटानी गायक प्रताप सुब्बाले एकदर्जन गीत गाउनुभएको थियो । उहाँ नेपालको पलेंटी श्रृंखलामा गाइसकेका एकमात्र भुटानी गायक हुनुहुन्छ ।
सो अवसरमा अमेरिकाका विभिन्न राज्यबाट आएका श्रृष्टाहरुले कविता वाचन गर्नका साथै नृत्य र गीत प्रस्तुत गरेका थिए । सो अवसरमा त्रिभुवन विश्व विद्यालयको नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले इन्टरनेटको माध्यमबाट नेपालबाटै शुभकामना व्यक्त गर्दै विदेशमा भएको सो कार्यक्रमले नेपाली भाषाको बिस्तृतिकरणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषाको श्रीबृद्धिमा यस्ता कार्यक्रमबाट मद्धत पुग्दछ र भानुभक्तको योगदान विश्वभरि फैलिएर जान्छ” ।
कार्यक्रममा हिमाल खबरपत्रिकाका सम्बाददाता गोपाल गडतौला, गायक प्रताप सुब्बा र चर्चित सारंगीबादक श्याम नेपालीलाई सम्मान गरियो । २९ साउनमा पर्ने भानु जयन्ती यहाँ पुनर्वास भुटानीको पायक पर्ने छुट्टीको मिति मिलाएर करिब एक सातापछि आयोजना गरिएको थियो ।
कार्यक्रममा अमेरिकाको पूर्वी क्षेत्रक चार राज्यका भुटानी श्रृष्टाहरु सहभागी थिए । बितेको आठ वर्षमा झापा र मोरङका पाँचठाँउका सात शिविरबाट अमेरिका पुनर्वास भएका भुटानीले आफ्नो संस्कृति र मौलिकता जोगाउन यसखाले कार्यक्रम आयोजना गर्ने गरेको भुटानी समाज कनेक्टीक्युटका अध्यक्ष पदमकुमार भारतीले बताउनुभएको छ । सो भुटानी समाजले तिनबर्ष देखि भानु जयन्ती आयोजना आयोजना गरिरहेको छ । कार्यक्रममा हार्टफोर्डस्थित नेपाली समाजको पनि सहभागिता थियो ।
साउदी अरयिबा, १२ साउन
उपन्यासकार प्रेम पाख्रिनको उपन्यास सपना बिहिन साउदी अरबियाको राजधानी रियाधमा र साउदीकै खोबर स्थित डि एक्स एन कार्यालयमा विमोचन भएको छ । पाख्रिनको सपना बिहिनको बिमोचन (महल) हलमा स्वास्थ्य सम्बन्धी बिशेष कार्यक्रमको अबसर पारेर गरिएको हो ।
यसअघि गत चैत्र महिनमा काठमाडौंमा विमोचित भएको थियो । काठमाडौंमा बिमोचन पछि उक्त कृतिको पहिलो उपन्यास ‘लक्ष्य’बाट पाठकको मन मष्तिस्कमा बस्न सफल पार्खिनले दोस्रो कृति सपना बिहिन मार्फत आफ्नो सशक्त उपस्थिति देखाएका छन् । उनले अब छिट्टै अर्को उपन्यास पनि पाठकमाझ ल्याउने तयारीमा आफू रहेको बताएका छन् ।
विदेशका आधा दर्जन भन्दा बढी ठाउँहरुमा आफ्नो उपन्यासको हार्ड कपि नै पु¥याएका पाख्रिनले ति ति ठाउँहरुमा पुस्तक पु¥याउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् ।
अन्तर्राष्ट्रिय २४ जुलाई
१० साउन, काठमाडौँ । जल, जमिन, जङ्गल, जडिबुटि, जनावर, जराजुरी , जनशक्ति र जलवायू लगायतका अष्ट–ज को पहिचान, संरक्षण, संवर्धन, उत्पादन र प्रभावकारी वितरणको मुख्य लक्ष्य राखी नेपालको आर्थिक समृद्धिमा योगदान पु¥याउने र व्यावसायिक कृषि उत्पादनमा जोड दिने उद्देश्यका साथ अष्ट ज ले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई अकबरे खुर्सानि र फुलका गमला हस्तान्तरण गरेको छ ।
नेपाली सेनाको मुख्यालय भद्रकालिमा एक कार्यक्रमको आयोजना गरी गमला हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले अष्ट ज अभियानले थालेको राष्ट्रिय उत्पादन जागरणलाई सेनाका तर्फबाट स्वागत गर्दै अभियान सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि व्यवसायिकरणको राष्ट्रिय आवश्यकतालाई महसुस गर्दै सकेसम्म र मिलेसम्म सेनाको सकल परिवारलाई तालिम सञ्चालन गरेर पनि कृषि उत्पादनमा जोड दिन लगाइने बताउनु भयो ।
आफूले प्रधानसेनापतिको जिम्मेवारी पाएपछि सरसफाइ तथा स्वास्थ्य मैत्री कार्यक्रमलाई अभियानकै रूपमा लैजान ‘गो ग्रिन क्याम्पियन’ सुरु गरेको जानकारी पनि उहाँले गराउनु भएको थियो ।
अष्ट ज अभियान र नेपाली सेनाले पर्यावरिणीय सन्तुलन, स्वास्थय मैत्री वातावरण र कृषिको व्यवसायिकरणलाई प्राथमिकताका साथ एकै आँखाबाट हेरेको भन्दै प्रधानसेनापति क्षत्रिले अष्ट ज को महत्त्व र अभियन्ताहरुको सोचलाई नेपाली सेनाका सकल दर्जाका बिच जानकारी गराई सबै ब्यारेकमा सम्भव भएसम्म लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो । नेपाल कृषि प्रधान देश हो, नेपालको आथिक जग कृषिमै निर्भर हुने भन्दै उहाँले अष्ट ज ले थालेको कृषिको राष्ट्रिय अभियानले नेपालीहरू भोलिका दिनमा कृषिबाटै आत्मनिर्भर हुने र स्वाधीनताको अुनभूतिको अवसर सिजर्ना गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले विपद् व्यवस्थापन र पर्यावरणीय सुरक्षा, राष्ट्रिय विकास वा अन्तर्राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै देशमा आइपर्ने सबैखालका समस्या समाधानमा नेपाली सेना तयार रहने बताउनुभयो । उहाँले नेपाली सेनाले विद्यमान राजनीतिक एवम् सुरक्षा स्थितिलाई समेत सुष्म ढङ्गले नियालिरहेको र यस्ता गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई संविधानसम्वत ढङ्गबाट सामना सशक्त गर्नु नेपाली सेनाको दायित्व हुने कुराको समेत स्मरण गराउनु भयो ।
अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले नेपाली सेनाको ऐतिहासिकता, क्षमता र हाम्रो राष्ट्रिय आवश्यकता समेतलाई ध्यान दिई नेपाली सेनाको सकल परिवारमा उत्पादन जागरण सम्प्रेषण गर्न आग्रह गर्ने उद्देश्यसहित राष्ट्रिय सुरक्षाको नेतृत्व गर्नुहुने प्रधानसेनापतिलाई गमला हस्तान्तरण गरिएको बताउनु भयो ।
अध्यक्ष भट्टराईले जस्तो भन्यो त्यस्तै माटो र संसारमै उत्कृष्ट हावापानी” भएको हाम्रो देशको ठुलो जनशक्ति सस्तो ज्यालामा विदेशीएको स्थितिका बिच दूध, दही, तरकारी, फलफुल, माछा, मासु अन्न लगायतका कृषिजन्य उत्पादनमा मात्रै अरबौँ व्यापार घाटाको मुटु पोल्ने तथ्याँकले कृषिप्रधान देशका हामी सबै नेपालीलाई गम्भीर बनाएको भन्दै अभियानले थालेको कृषिको व्यवसायिकरणमा जोडिँदै र जहाँ जति सम्भव हुन्छ त्यही सापेक्षतामा व्यावसायिक उत्पादनका लागि संस्थागत र व्यक्तिगत प्रयासहरू वृद्धि गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले सो अवसरमा अष्ट ज अभियान नेपालले “कृषि ब्यवशायिकरणका लागि राष्ट्रिय जागरणः समृद्ध नेपालको लागि स्वाधीन अभियान” भन्ने भावका साथ सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राजनीतिक दलका शीर्ष नेताहरू, सरकारका मुख्य–मुख्य अङ्ग सँग सङ्क्षिप्त भेटघाट र अन्तरक्रिया गर्दै देशका पचहत्तरै जिल्लामा “उत्पादनबाटै समृद्धि” र “माटो खेर नफालौँ” भन्दै जागरण यात्रा अघि बढाइरहेको जानकारी पनि गराउनु भएको थियो ।
अभियानका महासचिव निलकण्ठ तिवारीले अष्ट ज का बारेमा प्रकाश पार्दै गमला हस्तान्तरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो । आर्मी अफिसर्स क्लबको हलमा सम्पन्न सो कार्यक्रममा अष्ट ज का पदाधिकारी सहित पचास जना अभियन्ता र नेपाली सेनाका रथिबृन्द तथा उच्च पदस्थ सैनिक अधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
वाशिङ्टन डिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको तत्वाबधानमा कविता प्रतियोगिता, खेलकुद र बनभोजको आनन्द र रमाइलो समेतका माझ अमेरिकामा भानु जयन्ती भब्यरुपमा सम्पन्न गरेको छ । नेपाली राजदूतावासका इकोनोमिक काउन्सेलर कैलाश पोखरेलको प्रमुख आतिथ्य, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी र बोर्ड अफ ट्रस्टिजका अध्यक्ष डा. श्याम कार्कीको विशेष आतिथ्य, संस्थाका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि सुदीप भद्र खनाल, अन्तर्राष्ट्रिय कलाकार मञ्च, युरोप महाशाखाका पूर्व अध्यक्ष नीता श्रेष्ठ, कवि प्रेम सँग्रौला आदिले आफ्न मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष एबम भानु जयन्ति कार्यक्रम संयोजक भूपनारायण घर्तिमगर, साहित्यिक कार्यक्रम संयोजक रबीन्द्र श्रेष्ठ, कोषाध्यक्ष पुष्कर पन्त, सदस्य निलकण्ठ सुबेदीले पालैपालो सञ्चालन गर्नुभएको कार्यक्रममा बयस्क कविता प्रतियोगिता र बाल कविता प्रतियोगिता पनि आयोजना गरिएको थियो । कार्यक्रममा गीत, कविता, मुक्तकहरू पनि प्रस्तुत गरिएका थिए ।
चापागाउँ, ललितपुर ।
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेद्वारा लेखिएको लोकप्रिय कृति हाराबारामाथि ललितपुरका स्रष्टाहरुले बृहत् परिचर्चाको आयोजना गरे । समालोचक रामसुन्दर केसीले भने— ‘हाराबारा मार्पmत् नियात्राकार नयाँघरेले आफ्नै शैली एक पटक उजागर गरेका छन् । देश चिनाउनमा यो कृति विशिष्ट खालको लाग्ने गर्छ ।’
साहित्यकार नवराज सन्जेलले बताए— ‘हाराबारामा देशको विकटता र दुर्गममा लुकेको संस्कृति र लोक सभ्यताको सुन्दर बयान छ । नियात्रा लेखन पनि यति सुन्दर हुन्छ भन्ने नमुना प्रस्तुत कृतिले देखाएको छ ।’
अर्का कवि रत्न विरही घिमिरेले कृतिको समीक्षा गर्दै भने— ‘हाराबारामा शिल्प र कलाको सुन्दर संयोजन पाइन्छ । नेपालको अन्तर्मन स्पर्श गर्नमा यो नियात्रा सक्षम लाग्ने गर्छ । आफ्नो मौलिक कला र शैली हाराबारामा प्रस्ट देखाएका छन् लेखक नयाँघरेले ।’
साहित्यकार गोपाल सन्जेलले परिचर्चामा सहभागी हुँदै भने— ‘नयाँघरेको लेखन अबल दर्जाको छ । प्रकृति, संस्कृति र जनजीवनको अत्यन्तै मिहीन लेखन हाराबारामा छ । यो कृतिले देशको सौन्दर्यलाई हार्दिक शैलीमा उजागर छ ।’
कवि गोविन्द प्रसाद पराजुलीले आफ्नो मन्तव्यमा बताए— ‘नेपाली निबन्ध र नियात्रामा अग्लो उचाइ छ नयाँघरेको । नेपाल र नेपाली हृदय बुझ्नमा हाराबाराले ठुलो सहयोग पु¥याएको छ । भाषिक चमात्कार र सुन्दर लेखनको नमुना यहाँ भेट्न सकिन्छ ।’
हाराबाराका स्रष्टा युवराज नयाँघरेले समग्र निबन्ध र नियात्रा लेखनको अनुभव सुनाउँदै भने— ‘ सुन्दर देशको सुन्दर बयान गर्नमा आप्mनो भ्रमण लेखनको यो प्राप्ति हो ।’ उनले बताए— ‘करिब दश वर्षे नेपालका हिमाली र पहाडी ठाउँका पुग्दाका सांस्कृतिक, सामाजिक र भौगोलिक दस्ताबेजको रूपमा हाराबारा आएको छ ।’
चापागाउँको जनभावना क्याम्पसमा आयोजित उक्त परिचर्चामा ललितपुरका दक्षिणी भेगका धेरै लेखक लेखिकाको सहभागिता थियो ।
काठमाडौँ, साउन ८ गते । नेपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका बारेमा संवैधानिक र कानुनी प्रश्न उठेपनि यसको छिनोफानो राजनीतिक निर्णयका आधारमा हुनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रसहितका दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद्को विश्वास छैन भनी हिजो प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९८ को उपधारा (१३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम (४) बमोजिम प्रस्तुत उक्त अविश्वासको प्रस्तावमाथिको छलफल सदनमा जारी छ ।
संसदीय प्रणाली भनेको संसद्ले कार्यकारी प्रमुख बनाउछ, हटाउछ, अर्काे बनाउँछ भन्दै नेता लेखकले संविधान निर्माणका समयमा नायकको भूमिका निर्वाह गर्नुभएका तत्कालीन संविधानसभाका अध्यक्षबाट अर्काे प्रधानमन्त्री बन्ने प्रावधान छैन भनेर सदनमा वक्तव्य दिँदै संविधानको कस्तो व्याख्या गर्नुभएको भनी आचार्य प्रकट गर्नुभयो ।
संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्री बनाउन सक्दैन भनेर मुलुकलाई कतातिर लैजान खोजिएको हो भनी प्रश्न गर्दै उहाँले इतिहास निर्माण गर्ने थलोका रूपमा रहेको संसद्लाई मर्यादित बनाउने पक्षमा हामीले काम गर्नुपर्छ कि पर्दैन भन्नुभयो ।
संसद्को प्रमुख काम भनेकै सरकार बनाउने, सरकार फेर्ने, कानुन बनाउने र बजेट प्रस्तुत गर्ने मुख्य जिम्मेवारी हो भन्दै नेता लेखकले एउटा प्रधानमन्त्री फेर्न र सपथ दिलाउन नसक्ने कस्तो संविधान हामीले मुलुकलाई दिएका छौँ त भनी ब्यङग्य गर्नुभयो ।
नेपालको संविधानले प्रधानमन्त्री चयनको विषयमा धारा र अनुसूचीमा प्रस्ट व्यवस्था रहेको बताउँदै उहाँले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिमाण, शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको विषयमा प्रधानमन्त्रीले काम गर्न नसक्नुभएकाले अविश्वासको प्रस्ताव दर्ता गराएको हो भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र घमण्डले सहयात्रीका रूपमा रहेको नेकपा (माओवादी) केन्द्रले सरकारबाट फिर्ता आएको बताउँदै नेता लेखकले संविधान कार्यान्वयनका लागि संविधानले परिकल्पना गरेका संयन्त्र बनाउनुपर्नेमा आजसम्म कतिवटा संयन्त्र र कानुन बनाउनुभयो भनी प्रश्न गर्नुभयो । बैठक जारी छ । रासस