आकाश देखी पातलको बिचमा
जन्म देखी मृत्युको अन्तरालमा
रुने र हांस्नेहरुको अन्तरकथा
पाउंने र गुमाउंनेहरुको छुट्टै व्यथा
जन्माउंनको लागि हुरुक्क हुंन्छन
जन्माए पछि धुरुक्क रुन्छन
बलवान बुर्कुशी मार्दै दौडिन्छ
अशक्त आँफैलाई उठाउंन खोज्छ
निर्धनले दौलत खोज्छ जहाँं
धनाढ्यले दान-पेटी खोज्छ त्यहाँ
विश्वासको खुट्टा लरबरिएको छ
कर्तव्यले अंखा चिम्लिएको छ
स्वार्थीको टोली सम्मानित छ
निस्वार्थिले ताली मात्र पड्काएको छ
बहुमतले मूर्ख चम्किएको छ
अल्पमतले विध्वान ओझेलिएको छ
इमान सधैँ भौंतारिएको छ
बेईमानले बाजी मारेको छ
भाग्य र दुर्भाग्यको खिचातानी
विडम्बनाले भरिएको यो जिन्दगानी ।