Similar Articles

कविता, गजल, गीत

आमा- भुपेन्द्र महत

बिराट नेपाल

स्वयम्भूको आँखाले नदेखेर हो कि
तुवाँलोले छेकिएर हो कि
आफ्नै इतिहासको पाना मेटिए पछि
आफै बुनेको सपना फुटे पछि
जथाभाबी चर्किएका आशाहरु
एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा
आफ्नै आगन बिरानो भए पछि
आफ्नै पन आँफै सँग बिछडिए पछि
आफ्नै माटोमा हराएको बिचार खोज्दै
आफ्नै पसिनामा बगेको रहर खोज्दै
क्षितिज पारी शान्तिका परेबालाई
शान्तिको सन्देश बोकी लेराउछ कि भनी
एकचोटि मन भरी आशा फिज्दी हुन मेरी आमा
चाउरिका अनुहार भरी खुम्चिएका विश्वास भिरी
दाउरिएका पेट भरी थिचिएका आस्था भिरी
बिना गुदिका टाउकाका हुलहरुमा
बिना बुद्धिका सोचहरुका हुलहरुमा
रगतको छिट्टामा रंगिएका सडक पेटिमा
बारुदको धूवामा रंमगिएको एक हुल निरहलाई
रसाएका आँखा भरी पुछ्दी हुन मेरी आमा
बुद्धले छरेको शान्तिका पाटा भरी
जनकले गोडेका भाईचाराका बाटा भरी
शान्तिका सुगम यात्रामा बिझेका काँडा
मुटु भरी दुखी पल पल रन्थनिदै
मर्महित भई काँडा पंन्छ्याई दिने 
कोही मिल्छ कि भनी नियाल्दी हुन मेरी आमा
कतै कोप्चिएका ,कतै अग्लिएका
कुपोषणले कुरुप सहर भित्र
कहिले टाएरको बिसाक्त धुवाँमा
कहिले बारुदको गर्जनमा
क्षेतबिक्षेत भएको भानु बाजेको
सुन्दर कान्तिपुरलाई 
एकचोटी आँफैलाई चिमोटी झस्किदी हुन मेरी आमा
धूलो ,धुवाँ ,प्रदूषण ,जाम ,
अनिकाल ,हाहाकार ,चित्कार,
त्रसादी, बर्बादी ,अपहण ,बलत्कार
समस्या ,अभाव ,भष्ट्राचार .......
दुरबिन भित्र असरल्ल फिजिए पछि
लामो सुस्केरा हाली
मजेत्रोले पसिना पुछ्दै नयाँ नेपाललाई धिक्कार्दी हुन मेरी आमा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक