Similar Articles

कविता, गजल, गीत

जीवन जयन्ती- दीपा राई पुन

बिराट नेपाल

म बेरोज़गार भएको उ बेला 
देशको ठेकेदारहरूलाई
सम्झी सम्झी कुर्लन्थे
टुडिखेलमा खाल्डो खनेर
सबै नेतालाई पुरेको सपना देख्थे 
आजको पुस्ताले गोलीले उडाउने भन्दा
म अतीत फेरि सम्झन्छु अभावको 

अहिले प्रवासमा विकास देख्दा 
माकुराको जालो जस्तो बाटोहरू हेर्दा 
मन मनै खुब सम्झन्छु 
हाम्रो नेताहरूलाई किन मार्नु ? 
बरु लाइन लगाएर 
हत्केलामा गैति बेल्चा झ्याम्पल कोदालो दिएर 
बाटो खनाउनु पर्ने जीवन भरि 
मर्न अगाडि विकासको पूर्वधार सिकुन 
श्रमको पसिना के हो जानुन 
सजाए यस्तो दिन मन लाग्छ आजभोली

मरे त सकी गयो नि 
ज़िम्मेवार कहिले हुनु ? 
राष्ट्रलाई माया कहिले गर्नु ? 
यसै जुनीमा मान्छे हुन 
बाटो खन्दै खन्दै स्कुल पुराउँन 
त्यहिँबाट दोबाटो जोडेर अस्पताल 
थाह होस हाम्रो नेताहरूलाई 
देश त विकास तिर यसरी लम्कन्छ 

यहाँ देख्छु
एउटा टोलमा एउटा पार्क 
जहाँ बच्चाहरू खेल्छन् 
ठुलाहरू  à¤‰à¤«à¥à¤°à¤¨à¥à¤›à¤¨à¥ , दौडन्छन् 
अनि जान्छन् नजिकै लाइबेरी 
पढछन् नजानेका अनेक कुरा 
मेरो मन पोलिरहन्छ कता कता
तुइन चढेर स्कुल गएको भाईबहिनी
घर फर्कन सक्यो सकेन सम्झनाले 

प्रवासको मेरो भोगाईले 
जीवनलाई सकारात्मक बनाएको छ 
बाँचेर मात्र गर्न सकिने चमत्कारहरू 
बाँचेर गर्न मन छ 
मर्न दिन मन छैन 
षड्यन्त्रको खेलाडीहरूलाई पनि 
आत्माग्लानीमा सडिएर 
आफ्नो दुर्गन्ध आफैले सफा गरून 

जीवनले क्षमा गरेको यो बेला 
सर्वाड्ग पखालिएर संजिवनी बुट्टीबाट
दृष्टिहरूले सबैलाई मान्छे देखुन 
खुनको रङ्ग एउटै हो स्वीकारून 
सृष्टिको समान उपजले
सपना उस्तै देख्ने क़सम खाउन
नभए त तिम्रो विपरीत खोपड़ी 
वर्तमान पुस्ताको सदृष्टिहरूले
सडकमा फुटबल खेलेको देख्ने छौ


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक