Similar Articles

साहित्यकार एल बि क्षेत्रीसंगको भेट एक संस्मरण - राम लामा

बिराट नेपाल

पाउंनु- गुमाउंनु या भेट्नु-छुटिनु यी सबै सन्जोग मात्र नभएर भगवानको पनि खटन हो जस्तो लाग्न थाल्यो आजकाल मलाई त । किनभने आज भोलि मेरो घरमा आउने पाउनहरुमा भगवान् कै रूप  देख्न थालेको छु । मेरो जिन्दगीमा प्राय: बिर्सनै मन नलाग्ने खालको सम्बन्धलाई सुर्काने गांठो कसेर जानु भयो केहीले । जुन जति ताने पनि न फुस्कने ।  

"मलाई लस एन्जलस आउनु परेको छ मलाई राम्रो होटल खोजी दिनुस् हामी रिल्याक्स गर्न चाहन्छौँ” भन्नु भयो फोनमा एक वरिष्ठ साहित्यकारले । ६५ वर्ष पुगेका बुढाको यस्तो रसिलो वाक्यले मलाई बोल्ती बन्द गराएको थियो । तैपनि औपचारिकता निभाउनलाई मेरो घरमा नै बस्नु भए पनि हुन्छ भनेँ । आफ्नो सम्झी म कहाँ आउने पाउंनाहरुलाई आतिथ्य पुरा गर्न पाउँदा मलाई पनि गर्व लाग्छ भनेको थिएँ ।
 
उंहालाई भर्जिनियामा सम्पन्न भएको अ ने सा स को रजत जयन्तीमा भेटी सकेकोले उहाँको ६५ बर्से कलिलो उमेरको अन्दाज त गरी सकेको थिए । तर म्याडमलाई नदेखेकाले मैले अन्दाज गर्नुको कुनै आधारनै थिएन । त्यसले उहाँको "हामी रिल्याक्स गर्न चाहन्छौँ" भन्ने वाक्यले के विषयलाई लक्षित गरेको छ भन्ने कुराको भ्याउ पाउंन सकेको थिइन ।
 
अन्तर्राष्ट्रिय साहित्य समाज लसएन्जलस च्यापटरका अध्यक्ष शान्तिराम ढकालले मलाई सल्लाहकार बनाएर साहित्यको कुण्डमा धकेली दिनुभएको थियो । त्यसपछि कलम समातेर सल्बलाउन थालेका यी हातहरुले आज कनी- कुथी दुई दर्जन रचनाहरू कोरी सकेका छन् । नेपाली साहित्यमा रुचि बढ्दै गएकोले होला जो साहित्यकारहरु पनि सबै आफ्नै जस्तो लाग्ने गर्दछ ।
 
घरमा हामी दुबैजना भर्खर लेख्न सुरु गरेकोले होला "नयाँ मुल्लाह अधिक प्याज खाते" है भने झैँ खाली रचना सम्बन्धी चर्चा र बहसको अपेक्षा गरिरहेका हुन्छौं । म भन्दा पनि बढी उनी । एल बि छेत्री नेपाली तथा अङ्रेजी साहित्यका मुर्धन्य व्यक्तित्व भएको हुँदा बोलाएर घरमा राख्न पाए  आफ्ना रचनाका समीक्षा बिना शुल्क गराउन पाईन्थ्यो कि भन्ने लोभ लाग्नु स्वाभाविकै ज्स्स्तो लाग्छ।
 
हुनपनि, केही महिना देखी हाम्रो घरमा कहिले आर्थिक पत्रकार विजय घिमिरे त कहिले प्रदिप चापागाईं र अनिता भाउजू, कहिले दिग्गज लेखक तथा साहित्यकार तारा बराल दाइ र बिटु भाउजू त कहिले गजलका दिग्गज भुपेन्द्र महत । कहिले नेपाली साहित्य मै बिद्ध्याबारिधी गरेका डा खगेन्द्र लुइटेल दाइ त कहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा आदी आउने र जाने सिलसिला चली रहेको छ ।

अबत, हामी उहाहरुको कुराकानी मात्र ध्यान पूर्वक सुन्दा पनि ठुलै रचनाकार तथा लेखक बन्न सकिने अवस्था भईसकेको हो । तर यो बोधो दिमागले दिन भरी देखी रात अबेर सम्म सुनेका साहित्यिक क्लुहरु बिहान उठ्दा बिर्सी सकिएका हुन्छन् । यही माहोलबाट धेर-थोर प्रभावित हामी अर्का मुर्धन्य साहित्यकार एल बि छेत्रीलाई सपरिबार स्वागत गर्ने सौभाग्य जुरेको छ ।
 
उहाँहरू घरमा पुगे पछि नुहाई धुवाई गरी म्याडमले घरको करेसाबारीमा गएर फुल र हरियो दुबो टिपेर ल्याउनु भयो र भगवानलाई चढाउनु भयो । एक नेपाली नारीले सधैँ च्यापेर हिँड्ने आफ्नो प्यारो संस्कार प्रति यो मनको भित्री भाग खुसीले गद-गद भयो । उहाँ प्रतिको आदर र सम्मानले छुट्टै स्थान बनायो यो मन भित्र । एक पुजनीय भागबती जस्तै । यस्तै धर्मपत्नी पाउंने भाग्यबानहरुको जीवन सफल हुन्छ जस्तो लाग्छ ।

साँझ परे लगत्तै साहित्यिक खुलदुलीहरु बाक्लिदै जाँदा रात पनि छिप्पिन विवश बन्दै गयो । मेरा र राखीका कटमेरा कविता र गीताका पेटाराहरु खुलेर छ्यालब्याल हुँदै थिए । तंछाड-मंछाड गर्दै निस्किएका एल बि छेत्री सरका पाकेका कबिताहरुले हाम्रा रचनाहरुलाई पाखा लगाई दिए पनि मिना म्याडमले हाम्रा कविता पनि राम्रा छन् भन्दै टिप्पणी गरेर सहअनुभुती दिईरहनु भएको थियो ।
 
आफ्नो आत्मा व्यथा पोख्नुलाई मात्र पनि  कविता भन्ने स्वांठ पो रहेछु भन्ने थाहा भयो । काल्पनिक विषयलाई वास्तविक जीवनकै कथा जसरी मिठा र रसीला शब्दहरूले रंग्याउन सक्नु पो कविको खुबी रहेछ । त्यसलाई पो साहित्य भनिंदो रहेछ । नेपाली साहित्यका बारेमा आफ्ना खुल्दुली मेटाउन यी दुई दिनको समय प्रयाप्त भएन । दुई दिनत फुस्स दुई घण्टामै बिते जस्तो लाग्यो ।
 
खुल्न नसकेका साहित्यका कतिपय क्लुहरु पनि बोतलबाट वाईन प्यालामा खनीय सँगै मुखबाट निस्किन थाले । कहिले कविताको रूपमा त कहिले गीत र गजलको रूपमा । म आफू व्यापारी माहोलमा दशकौं अल्मलियको मान्छेलाई यो साहित्यिक माहोलले त जिन्दगीलाई कोल्टो फेरिदिएको छ । जहाँ बिरामीलाई सलानपानी चडाए जस्तो । यो मन मस्तिस्कमा सररर शीतल हावाले छोइरहे जस्तो ।
 
त्यस्तो प्यारो साहित्यिक माहोलमा मिठा-मिठा रचनाहरुको अगाडि खानाका पारीकारका स्वादले कुनै स्थान पाएको थिएन । थियो भने केवल वाईनको चुस्कीको स्वादले मात्र धेर-थोर पाएको थियो । हुनत, यो हामी दुई भाइको मन्को कुरामात्र हो । म्याडम र राखीको कुरा अर्कै हुन सक्छ । उहाँहरूलाई वाईनले मन जित्न सकेको थिएन । बरु, बेला बेलामा म्याडमले छेत्री सरको अनुहारमा घरी-घरी हेर्ने गर्नु हुन्थ्यो । वाइन पिउंदाको मौन विरोध होला भन्ने मेरो ठम्म्याई हो । तर आशय अरू केही हुन पनि सक्छ । पहिलानै छेत्री सरले राम्रो होटल खोजी दिनुस हामी रिल्याक्स  गर्न चाहन्छौ भनेको कुराको आशय यो हेराईमा झल्कीएको पनि हुन सक्थ्यो । जे होस, मेरो कारणले कुनै इच्छा र आकन्छ्यामा कुठाराघात हुन पुगेको थियो भने यही लेख मार्फत माफी माग्न चाहन्छु ।

उहाहरु फर्किनको लागि एक बिहानैको फ्लाइट भएकोले हामी उठ्दा सर र म्याडम तयार भई सक्नु भएको थियो । जुन तयारी उहाहरुको जानको लागि थियो भने हाम्रो लागि एउटा कुशल अभिभावकले आफ्नालाई सही मार्ग प्रदर्शनकालागी गहकिला अर्ती उपदेशहरु पनि तयार पार्नुभएको रहेछ । छोरा-छोरीहरू अलि झिल्के र उत्ताउला स्वभावका भएको भए आज म हजुरबाउ र उनी हजुरआमा बन्ने उमेरका हामीलाई उहाँले सम्झाई रहदा मैले आफूलाई भाग्यमानी महसुस गरेँ ।
 
जिन्दगीले हिंडेका, दौडेका, लडिबुडी गरेका तथा गुल्टिएका कैयौँ पलहरुले मान्छेलाई परीपक्क बनाउछ । देखेका सुनेका र पढेका कुराहरूले मान्छेलाई बिद्ध्वान बनाउछ । उंहाका परीपक्क पन र बिद्ध्वानी पन पग्लिएर मेरो अन्जुलिमा पर्न आयो । मेरो आत्मामा उहाँको लागि श्रिजित धन्यवादलाई निस्तो दिनु भन्दा उहाका अर्ती उपदेशलाई आत्मसात गरी उहाँले चाहेको जस्तो मेरो स्वभावको किस्तीमा सजाएर, हासो र् खुसीले रङ्गिएका रिबनले बांधेर मुसुक्क मुस्कुराउंदै उहाँलाई सुम्पने छु ।

यी र यस्ता गतिबिधीहरुबाट प्रभावित भई सर र म्यामलाई दाइ र भाउजू जस्तो प्यारो र निकट लाग्ने नाता बन्धनमा बदल्न रुचायो यो मनले । लस एन्जलस एअरर्पोर्टबाट बिदागर्दा हातका हल्लाई सँगै रसायका गहका आशु परेलिलाई पनि रोक्न धौ धौ पर्‍यो । मिठो र शिक्षामुलक दुई दिनको समय मेरा लागी आजीबन अविस्मरणीय बन्ने छन् ।

यहाँले उपहार दिनु भएका नेपाली साहित्यका चर्चित आधा दर्जन रचनाहरू पढे पछि  मेरो र उन्को लेखनलाई खार्ने आशा लिएको छु । होटलमा नबसेर हामी कहाँ आईदिनु भएकोमा र चर्चित रचनाका पुस्तकहरू उपहार दिनु भएकोमा मुरी-मुरी धन्यवाद । यहाँहरूको यो यात्रा र जीवन यात्रा दुवै सफल रहुन, शुभकामना । 

भाते जाँडलाई खिर सम्झेर खाने देखी र बालक हराएको सुचना जारी गर्नुपरेका मेरा साउने संक्रान्तिका हर्कतहरु

बिराट नेपाल

सुषमा देवकोटा 

साल र महिना याद भए पनि गतेको हकमा सधै झुक्की रहने मेरो बानीले न्युज राख्न लाग्दा मात्र साउन १ गते रहेछ आज भन्ने थाहा पायो । यहि साउन १ गते अर्थात साउने संक्रान्ति सानो छँदा ३ महिना पहिले नै थाहा हुन्थ्यो । असारको १५ गते कट्न थालेपछि मेरो बाल मस्तिष्कमा साउने संक्रान्तिमा जम्मा गर्नुपर्ने सरसामानको ठूलै लिष्ट तयार हुन्थ्यो ।


काठमाण्डौंमा जन्मिएर भक्तपुरमा ९ बर्ष बिताएको मैले ९ बर्षको उमेर सम्म साउने संक्रान्तिमा खासै चाँसो दिईन । लुतो फाल्ने चलन के हो रु के के चाहिन्छ भन्ने थाहा नपाए पनि साउन १ गते बिहानै मम्मी बाबाले टिका लगाई दिएर पैशा दिएको र घरमा मासु पाकेको दृष्य याद छ ।

साउने संक्रान्तिको एउटा रमाईलो प्रंसग पनि छ ।

म ६ बर्षको हुँदा भक्तपुरबाट हराएर रेडियो नेपालबाट मेरो हुलिया सहित बालिका हराएको सूचना भनेर प्रसारण भएको थियो । त्यो दिन साउने संक्रान्तिको दिन थियो । बुवा नेपाल प्रहरीको जागिरे भएकाले ड्युटिको ठेगाना हुन्थेन । राती ड्युटी जानु भएको बुवा बिहान समयमा आउनु भएन । साउने संक्रान्ति भन्दै मम्मीले टिका लगाएर १० रुपैया दिनु भयो । जिल्ला प्रहरी कार्यालय भक्तपुरको खाना खाने मेश ५५ झ्याले दरबारकै छेउमा थियो सायद अहिले पनि त्यहीं छ ।


म सानो छँदा बढी नै जिद्धि थिए । जो सँग पनि बोलि दिने, कसैसँग नडराउने । एक्लै फिल्म हलमा फिल्म हेर्न पुग्दिने । छुट्टिको दिन साँझ नपरी घर नर्फकने जस्ता हर्कतले मम्मी आजित हुनु हुन्थ्यो । त्यो दिन टिका लगाएर पैशा पाएपछि प्रहरी मेशमा पुगें । भित्र छिर्न गाह्रै थिएन । धर्म प्रसाद देवकोटाको छोरी हु भनेर परिचय दिने देखि प्लिज अंकल भित्र जान्छु नि भन्ने सम्मका नखरा देखाएर भित्र पस्थे ।


त्यो दिन पुलिस मेशमै अंकलहरु सँग खाना खाए र मम्मीले दिएको पैंशाले ४ वटा प्लाष्टिकका चुरा किनेर लगाए । त्यो मध्येको १ रुपिया दरबार स्क्वायरको छेउमा बस्ने माग्ने केटाकेटीलाई दिए । यसरी माग्नेलाई पैंशा दिंदा भगवान खुशि हुन्छन भन्ने सुनेको थिएं । बाँकि पैंशा गोजिमै थियो । बाटोमा आउँदै गर्दा तलेजु गेटनेर फुटपाथ ब्यापारी नानीमैंयाको छोरा राजु भेट भयो । उ १० बर्ष जतिको थियो । ओई सुषमा हिँड आज काठमाण्डौं घुम्न जाँउ भन्यो । पकेटमा ५ रुपैंया बाँकि थियो । कति लाग्छ भाडा भनेर सोधे । अहिले सम्झन्छु ६ बर्षको उमेरमा पनि म कति फटाहा बच्चा थिए ।


पैसा लाग्दैन बच्चाको, राजुले दाँया हातको सर्टको बाहुलाले नाकबाट चुहिन लागेको सिंगान पुछदै भन्यो । कृष्णलाई पनि लैजाउ न त । महिला प्रहरी मेनुकाको साढे ४ बर्षको छोरा कृष्णलाई लिन सुकुल ढोका नजिकै पुग्यौं हामी । खेल्न जाने भन्दै कृष्णलाई ल्याए । ३ जना गाडि चढेर काठमाण्डौंको नँया बानेश्वर पुग्न लाग्दा कृष्णको बुवाको साथि पनि त्यहिँ गाडिमा रहेछन् । उनले कृष्णलाई चिनेर आफुसँगै रोकि दिए । मैले घरमा मम्मीले सम्झाउँदै धेरै डुल्ने बच्चालाई नचिनेको मान्छेले लगेर आँखा झिकेर राखिदिन्छन भन्ने सुनेको थिएं । त्यो मान्छेले कृष्णलाई रोकेपछि अब यसले हामीलाई पनि लगेर आँखा झिकि दिन्छ भनेर बानेश्वरमै झर्यौ हामी दुई ।


दिनभरी बानेश्वरमा वल्लो छेउ र पल्लो छेउ डुल्दै बस्यौं । मेरो ५ रुपैंया मध्ये  à¥¨ रुपैयाको चकलेट र ३ रुपैयाको ईमिली किन्यौं । साँझ तिर बानेश्वरबाट घरजान भनेर हिड्दै कोटेश्वर तर्फ लाग्यौं । राजु जहिले गाडिमा झुण्डिएर हिड्ने भएर ठाउँका नाम उसलाई कण्ठै थियो । बाटोमा जहाँ गाडि देख्छ, त्यहि रोक्न खोज्दा पनि राजुले गाडि रोक्न नसकेपछि हामी हिडन थाल्यौं । अहिले लाग्छ हामीले गाडी रोक्ने स्टेसनमा गाडी रोकेका थिएनौं ।


यता दिउँसै जिल्ला प्रहरी कार्यालयमा कृष्णको मम्मीलाई फोन आएछ । तपाईको छोरा हामीसँगै छ, अरु दुईवटा बच्चा रोक्न नसकेर कता गए, थाहा भएन । कृष्णले एउटाको नाम सुषमा भन्दैछ भनेछन् । सुषमा भन्नासाथ मेनुका आन्टि दगुर्दै हाम्रो कोठामा आएर तपाईको छोरी खै भनेर सोद्धा ममिले खै कता गई बिहानै बाट आएकी छैन भात नखाई हिडेकी खोज्ज पनि कता जाने र रु आउली नी बेलुका सम्म भन्नु भएछ । बिचरा दिनदिनको मेरो डुलुवा बानिले ममीलाई म बानेश्वर पुगेको कुरा थाहै भएन । मेनुका आन्टीले बेलिबिस्तार लगाएपछि खैला बैला सुरु भएर रेडियो नेपालमा मेरो नाम हुलिया सहित बालिका हराएको भनेर तुरुन्तै दर्ता गरिएछ ।


जिल्ला प्रहरी कार्यालय भक्तपुर र कोटेश्वर प्रहरीको गाडि ओहोर दोहोर गर्दा राती १० बजे हामीलाई भक्तपुर हस्पिटल नेर फेला पारे । बानेश्वरबाट बाटो थाँहा भएपनि बिचमा म सानो भएर हिड्न नसक्ने र त्यहिँ बाटोमा बसेर रुन थाल्ने गर्दा हामी बेलामा घर पुग्न सकेनौं । त्यसैमाथि राजुले रोयो भने भुत आउँछ भनेर तर्साउँदा म झन पाईला सार्न मान्दिनथे । ठाउँ ठाउँमा राजुलाई मलाई बोक् म हिड्दीन भनेर घुर्की पनि लगाउँथें । यसो गर्दा गर्दै १० बज्यो । भक्तपुर हस्पीटलनेर हामी हिँडीरहेको एक जना प्रहरीक हवल्दारले देखेपछि हामी फेला पर्यौं हामीलाई खोज्न आएको प्रहरीको गाडिमा बुवासँगै घर आए । त्यो दिन मम्मीको लौरो भेटिन, सबै दोष रुदैं राजुलाई लगाए ।


अर्को बर्षको साउने संक्रान्तीमा पल्लो कोठाकी नेवारनी आन्टीले बनाएको भाते जाँड खाएर मैले तमासा गर्न थालें। सुरुमा जाँड देखेर आन्टी यो के हो भनेको थिएं, उनले खिर हो भनीन् । नेवारनी आन्टीले खिर हो भन्नु के थियो म खान्छु की खान्छु भनेर ढिपी गर्न थालें, सुरुमा अलिकती चाख्न दिएकी थिहिन् आन्टीले मलाई त्यो गुलीयो भाते जाँड खुब मिठो लाग्यो । थपेर खान्छु भन्न थालें । भनेको मान्ने बच्चा भए पो म । अति गरेपछि उनले एक कचौरा जाँड दिईन् । ममी त्यो बेला चप्पल किन्न जानु भएको थियो, म संग हिड् भन्नु भएको थियो म यहिँ बस्छु भनेर गएको थिईन ।


७ बर्षको बच्चा, ३ कचौरा जाँड खाएं पेट त मैले पनि पाएको हो, अचम्म त यो भयो मैले बान्ता पनि गरिन । बोल बोल पाखाहरु, हिउँखोले भाकाहरु बोलको गित आफै गाउँदै नाच्न थाले । जाँड लाग्न थालेपछि कोठाको सामान बाहिर फ्याक्न थालें । बरिपरिका कोठामा बस्ने रमिता हेर्दै हाँस्न थालेछन्, मम्मी पसलबाट फर्कर्दा म पल्लो घरको भित्तामा जोड जोडले टाउको ठोक्दै रहेछु । यो ताल देखेर मम्मीको दिमागमा एकै चोटी छोरी बहुलाईछ भन्ने लागेछ र रुन थाल्नु भयो । कता लैजाने होला बुढा पनि डियुटीमा हुनुहुन्छ भन्दै हार गुहार गर्न थालेपछि केही भएको छैन जाँड खाएर हो भनेछन् तमासेहरुले मम्मी त्यो दिन सबैसंग झगडा गर्नुभयो ।


९ बर्षको भएपछि मात्र मैले आफ्नो बुबाको जन्मस्थल गोरखाको पालुम्टार देखें । बुबाको धादिङ गजुरी सरुवा भयो, ठुलोबुबा छुट्टीनु भयो । यसपछि मम्मी हजुरआमा पाल्न गाउँ फर्कर्नु भयो । ठाउँ फेरिएपनि स्वभाव फेरिएन मेरो । बदमासीको त कुरै छोडौं मैले अर्काको बारी र बंगैचामा गरेको गल्तीको क्षतीपुर्ती धेरै पटक तिर्नुभयो मम्मीले । बिस्तारै बिस्तारै गाउँको रहनसहन सिक्न थालें, साउने संक्रान्ती दशैं भन्दा पनि ठुलो लाग्न थाल्यो । बैसाखमा गोरखा पुगेको मैले त्यो बर्षको साउने संक्रान्ती अरुले सिकाईदिएको तरिकाले सरसामान खोजें । बोट बिरुवाको नाम र बिरुवा नचिन्ने समस्या थियो मलाई पहिलो बर्ष ।


त्यसपछिका बर्षमा ठुलै उत्सब हुन थाल्यो मलाई साउन १ गते । त्यो दिन स्कुल बिदा हुने भएकाले बिहानै उठेर हिड्थें । असारे फुल, कुकुर डाईनो, गुह्ेसरो पानीसरो, जनै लहरो, आलतीमालती, जोल्टे मकै, जोल्टे बेलौंती जोडीएका फल जति सबै तितेपातीका सुकेका सिन्का आदि खोज्दै पल्लो गाउँ सम्म पुग्थें, बनबनै चहार्थें ।

बाटोमा भेटीने तितेपातीका सुकेका सिन्का बटुल्दै बाँया कोखिलामा च्याप्थें । दिनमा ५ पटक घर आउंथे र ५ पटक बाहिरिन्थें म । घर आएपिच्छे मम्मीको मुड फरक फरक हुन्थ्यो । पहिलो पटक हातभरी संक्रान्ती सामग्री बोकेर घर आउँदा मम्मी हाँस्दै भन्नु हुन्थ्यो हेर त मेरो बाबाले के के बटुलीछ यस्तो झरीमा भन्नु हुन्थ्यो । अब जाने हैन पानीले भिझेर बिरामी हुन्छ भन्दा भन्दै नमानी दगुरेपछि पख् घरमा आउलिस अब भन्दै रिसाउनु हुन्थ्यो । फर्केर घर आउँनासाथ एक चड्कन भेट्थें, कैले गालामा कैले लौरेले ढाडमा ।


घरको म ठुली छोरी हुँ, भाई बहिनी साना साना थिए । आफु दिनभर सरजाम खोज्न हिड्ने र बहिनी हरुलाई तिउरीको बोट खोजेर कुट्न लगाउँथें । मेहेन्दी लगाउने चलन त पछि आएको हो, तिउरीको बिरुबा कुटेर हात रंगाउथे सबै । हाम्रो तिर तिउरीको बिरुवालाई तिग्रे भनिन्छ ।


म बहिनीहरुलाई आदेश दिन्थें तिमीहरु तिग्रे खोजेर ल्याएर कुटेर ठिक्क पारओ । बहिनीहरु मन नलागी नलागी गाउँ डुल्थे तिग्रेको बोट खोज्न । जति पटक घर आउँथे बहिनीहरुलाई हप्काउँथे हेर जाबो यति खोजेछन् । बहिनीहरु आँखा भरि आँशु बनाउँथे, ममीले देख्नु भयो भने एक दनक फेरी भेट्थें । पीटाई खाने बानी लागेको भएर होला रुने काम कमै हुन्थ्यो म बाट ।


जति गाली गरेपनि बहिनीहरु मुख फर्काउन सक्दैनथे, त्यसमा पनि म साह्रै मातेको थिएं, केहि बोल्यो की पिटीदिन्थें बहिनीहरुलाई । यो बानी लागेर हो की क्याहो अहिले ब्याचलर पढ्ने मेरा दुईवटै बहिनी मेरो कुरामा होमा हो मात्र मिलाउँछन्, मुख फर्काउने र रिसाउने कहिल्यै गर्दैनन आज पनि ।

बहिनीहरु रुदैं तिग्रे कुट्थे, तिग्रेमा अमीलो, तेल, नुन, हाल्थें । एकजना काकीले तिग्रेमा परेबाको बिस्ट ९परेबाको दिसा० हाल्यो भने धेरै रातो हुन्छ भनेपछि परेवा पाल्नेको घरमा बिस्ट माग्न पुग्थें ।


बुबा प्राय दशैंमा मात्र घर आउनुहुन्थ्यो, घरमा हजुरआमा, मम्मी दुईवटा बहिनी रोषना र पुष्पाञ्जली, भाई सुवर्ण र म थियौं । दिनभरीको दौडधुप पछि साँझ परिसकेपछी ल आवोई ९हाम्रो तीर हजुर आमालाई आवोई भन्ने चलन छ । पुजा गर्दीनु अब लुतो फ्याक्ने बेला भयो भनेर आँफै परिपाठे बन्थें ।


दिउँसो खोजेका फलफुल र लहरा बिरुवा तुलसीको मठ वरिपरी फीजाईएको हुन्थ्यो दिउंसैबाट । हजुरआमा र ममीले पुजा गरेपछी म पुजा गर्छु अब भन्दै सुरु हुन्थें । अझ बहिनीहरुलाई पनि कराउँथे पुजा गरओ मैले दिनभर कति दुख गरें भन्दै उनिहरु रुन थाल्थे, बहिनीहरु ममी नदेखे डरले जती गाली गरेपनि रुन सक्थेनन जब ममी छेउ पर्यो आँखाभरी आँसु पार्थे बिचरा डरले मेरो कुरा लगाउन भने सक्थेनन् ।


अब लुतो फाल्नु पर्यो मम्मी भन्दै अगेनामा पुग्थें, ३ दिन अगाडी बाट नै मेरो लुतो फाल्ने दाउरा हो यो भन्दै तयार पारेको दाउरा ५ बजे तिरबाटै बाल्न सुरु गरिसकेको हुन्थें । बहिनीहरु साना साना दाउरा अगेनाबाट झिकेर लुतो पिलो खटिरा पटिरा लैजाओ तल्ला गाउँले भन्दै फाल्थें ।


म सबै भन्दा ठुलो बल्दै गरेको चिर्पट बोकेर आँगनमा आउंथे । मम्मी यत्रो ठुलो दाउरा फ्ल्नु पर्दैन भन्नु हुन्थो, म झगडा गर्न तम्सँथें, म सबै भन्दा ठुलो भएपछि सबैभन्दा ठुलो दाउरा फ्याक्नु पर्छ । सकिनसकी एउटा हातले चिर्पट उचालेर त्यही शब्द लुतो पिलो खटिरा पटिरा लैजाओ तल्ला गाउँले भन्दै फ्याक्थें ।


पातलो बस्ती भएको हाम्रो गाउँमा त्यो बढेमारको दाउरो तल्लो गाउँमा त के तल्लो घरमा पनि पुग्थेन । आँगन मुनीको ठुलो गह्रामा नै अड्कन्थों । फेरी अर्को दाउरा ल्याउथें ५ पटक लुतो फयाक्थें म । मासु र भात पाक्थ्यो त्यो दिन घरमा । गाउँमा एउटा मात्र खसि काटेर भाग लगाएको मासु १००र२०० देखि सुरु हुन्थ्यो किन्न । भात खाएर अब हातमा कुटेर राखेको तिउरी लाउन सुरु गथ्र्र्यौं ।


हातभरी कुटेको तिउरी राखेर माथिबाट प्लास्टिक या कपडा बेरेर डोरीले बाध्न लगाउँथे मम्मीलाई । मम्मी रिसाए झैं गरेर रमाईलो मान्नु हुन्थ्यो मेरो हर्कत देखेर । आफुले लगाई सकेपछि ल अब तिमीहरु लगाओ भन्दै दुईटै बहिनीको हातमा तिउरी थुपारेर प्लास्टिक बेर्दै डोरीले कस्न अराउथे । तिनिहरु हास्थे, मख्ख पर्थे सायद मेरो हात रातो हुन्छ भन्ने मिठो आशामा ।


बहिनीहरु जब राती निदांउदै जान्थे त्यो हात दुख्न थाल्दो रहेछ । मम्मी फ्याकिदिने तिग्रे भन्दै रुन थाल्थे । म लौरो लिएर बस्थे फालेउ भने मार्दीन्छु भन्दै । मम्मीले तं राख्न न बहिनीहरुको हात दुख्छ भन्नु हुन्थ्यो । तै पनि म झगडा गर्थे अझ धम्क्याउंथे यिनिहरुले यो फ्याके भने म भागेर काठमाण्डौं गै दिन्छु ।


सानैबाट भाग्ने र हराउने बानी लागेकोले मम्मी डराउनु हुन्थ्यो । के गर्नु खुर्ख देखि दैब डराउँछ भन्ने उखान त्यो समय हाम्रो घरमा खुब सुहाएको थियो । रातभरी बहिनीहरु ऐया ऐया भन्दै सुत्थे म दुखेपनि नदुखेझैं गर्दै भन्थे, नाटक गर्छन मलाई त दुखेको छैन् । रातभरी प्रायः म निदाउथिन् । बिहानै आफनो र बैनिहरुको हात खोलेर मम्मीलाई देखाउन दौडन्थे । जति मेहनत गरेपनी मेरो हातमा त्यो तिग्रेकोे मेहेन्दी कहिल्यैं राम्रो बसेन ।


एसएलसी दिएर काठमाण्डौं पढ्न आएपछी साउने संक्रान्तिको याद अलिक धमिलो हुँदै गयो । कहिल्यै घर जाने मौका जुरेन । यद्यपी साउने संक्रान्तिसँग जोडिएका ति क्षणहरु अझै मेरो मानसपटलमा ताजै छन् ।


devkotasushma7@gmail.com


अम्बर गुरुङलाई न्युर्योकमा सम्झदा -विनोद रोका

बिराट नेपाल

गीत, सङ्गीत र गायनमा अम्बर गुरुङ दाइले म अम्बर तिमि धरती हाम्रो मिलन असम्भव छ भनेपनि यथार्थताको धरातलमा वहा नेपालीपनको धरातलमा आफूलाई मिलाई दिनु हुन्छ जस्तो लाग्छ वहाको अभिव्यक्ति र कर्मले गर्दा ।

मित्र राजा घलेबाट थाहा भयो वहा अमेरिका आउदै हुुनुृहुन्छ र न्युर्योकमा अक्टोबर ६, २०१२ का दिन हुने दोहोरी गायक सुमन बुढा साङ्गीतिक साँझमा प्रमुृख अतिथिको हैसियतबाट उपस्थित हुनुहुने छ। अनि मैले वहासंग त्यसो भए भोलिपल्ट आइतबारका दिन हामीहरूले न्यृर्योकमा विगत ४ वर्ष देखि चलाउदै आएको श्रृजनाका यात्राको मासिक कार्यक्रममा उपस्थिति गराई दिने व्यवस्था मिलाई दिनुहोस न भनी अनुरोध गरे जुन घलेजीले अम्बरदाईको सुपुत्री अल्काज्युसंग टेलिकन्फरेन्स गराएर हुन्छमा टुङग्याई दिनु भयो । मैले त्यो खबर श्रृजनायात्राका सहयात्री साहित्यिक मित्र सहदेव र मणिजीलाई सुनाउदा वहाहरु पनि साह्रै खुसी हुनु भो अम्बरदाईको सानिध्यमा यो पटकको श्रृजनाका यात्राहरू हुने भो भनेर । यसैबिचमा राजा घलेजीले आफ्नो फेसबुक मार्फत अम्बरदाईका भनाईहरु मलाई जातीय, क्षत्रीय, वर्गिय चेतना पटक्कै छैन । हाम्रो मूल थलो नेपाल हो र हामी नेपाली हौ । चाहे हामी भाक्सु बसौ वा दार्जिलिङ अथवा अरू विदेश मुलुृक । हाम्रो पुर्खाहरू यतैका हुन । अदभुत र सुुन्दर ठाउँ हो नेपाल यहाँ जातीय विविधता लुकेको छ । यहाँका बाहुनहरुले गुरुङ गीत गाईरहेका हुँन्छन भने क्षेत्रीहरुले तामाङ गीत । र म आफृलाई गुरुङबाट कुलपति भएको भन्ने भ्रम छैन । वंश र जातीलाई प्राथमिकता दिनु गलत देख्छु म । नेपालमा जातीय सुगन्ध छ, जातजातिले सिङ्गो नेपालका लागि खन्याएको पसिनामा पनि सुगन्ध छ । हामी सबभन्दा पहिला नेपाली हौ, अनि मात्रै अरू जातजाती वा समुदाय आदि... पढेपछि वहा प्रतिको श्रद्धा अझ चुलिएर आयो अनि मैले पनि अम्बरदाईलाई तलको एउटा टुक्रा कवितामा सम्झिन चाहे किनकि आजकाल मलाई प्रदीप थापाले टुक्रेकविको संज्ञा दिन थालेका छन् ।

अम्बर भएर पनि उनी धरतीमा टेक्छन ।
नेपालीलाई केवल नेपाली नै देख्छन ।।
सङ्गीतमा उन्छन सैयौ नेपाली फुललाई ।
भन्दै बाहुन, क्षेत्री, मघराली सबै दाजुभाइ ।।

तर मलाई माथीका चार हरफमा अम्बरदाईका बारेमा भन्नुपर्ने मनभरीको उकुसमुकुस अटाए जस्तो लागेन । अनि त्यो ननिकाले सम्म अरुकाम गर्न पटिृ ध्यानै लाग्न छोडयो । यो न्युर्योक सहरमा धेरै समय भो हामी नेपालीबाट जनजातिमा बाडीएका छौ र कहिलेकाहि त नेपालका राष्ट्रिय व्यक्तित्वहरुलाई यतातिर जातको घेरामा मात्र सिमिल राखेर सम्मान गरिने प्रचलन चल्न थालेकोे अवस्थामा अम्बरदाईको यो नेपालीत्वको पहिचान दिलाउने अभिव्यक्तिले म व्यावसायिक काम पन्छाएर उहासंग काठमाण्डौमा भेट भएको पृष्ठभृमि सम्झदै उहाँले उपहार स्वरूप दिनु भएका २०६३ सालमा उत्तम शान्ति पुरस्कार पाएको कहा गरु ती दिनहरू नामक निबन्ध सङ्ग्रह र अक्षरका आवाजहरू गीत सङ्ग्रह निकालेर फेरी पढन थाले।

२०१० को सेप्टेम्बर महिनामा म नेपाल गएको थिए दसैँ मान्न, नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगितामा विजयी हुने विजेताहरुलाई पुरस्कार पुरयाउन र प्रतिष्ठानले प्रकाशन गरेको मेरो गिति संंग्रह जीवनको यात्राको विमोचन गराउन । मैले आफ्नो गितिसंग्रहमा अम्बरदाई, शम्भुजीतदाई र अन्य साहित्य र सङ्गीत क्षेत्रमा रहनु भएका हितैसिहरुबाट शुभकामना राख्ने इच्छा गरे । अरूसँग मेरो पहुच भए पनि अम्बरदाई सँग थिएन । हेमन्त श्रेष्ठजीको राम्रो पहिचान रहेको थाहा पाएर उहालाई नै अनुरोध गरिदिन भनेको थिए तर उहाँले फोनमा सम्पर्क गर्न सक्नु भएनछ । म यही चिन्त्तामा भएकै बेला अम्बरदाईका कान्छा छोरा शरदजी बोष्टनबाट मलाई केही कामको सिलसिलामा भेटन न्युर्योक आउनु भो । यही मौकालाई मैले सदुपयोग गरी उहालाई आफ्नो इच्छा सुनाएर । शरदजी आफै पनि अमेरिकाबाट पियानोमा उच्चशिक्षा हासिल गरेका संगीतकार भएकोले पनि होला मेरो भावनाको कदर गर्दै इच्छालाई पुरा गरिदिने प्रयास गर्ने बचन दिएर फर्किनु भो । म भने उहाँको जवाफको आतुर भएर प्रतीक्षा गरिरहके थिए । नभन्दै उहाँले मलाई फोनमा मेरो कुरा अम्बरदाइ कहा पुगी सकेको र उहाँले शुभकामना दिएर गिति सङ्ग्रहको विमोचनमा पनि सम्मिलित भई दिन मन्जुरी दिएको खबर सुनाउनु भो । मलाई उहाँले काठमाण्डौमा गएर दाइ राजु गुरुङजीसंग भेट गर्नुभनि सम्पर्क फोन नम्बर पनिदिनु भो ।
 
काठमाण्डौ पुगेपछि म अम्बरदाईको निवासमा पुगे उद्धव भाइलाई लिएर राजुजीसंग समय मिलाई साझतिर । राजुजी पनि कला क्षेत्रमा सक्रिय हुनुृहुदो रहेछ। हामीलाई भाउजूले स्वागत गर्नुभयो मिठो चिया र खाजाको सत्कारसहित अनि दाइको कुकुर भुक्दैथियो सायद मालिक पाहुना आए भनेर उहालाई उठाउन । नभन्दै दाइ बाहिर आउनु भयो । उहा अलि अस्वस्थ हुनुहुृदो रहेछ । दाइलाई मैले पहिलो पटक भेटेको हुँदा आफ्नो परिचय आफैले दिँदै आउनु परेको कारण बताए जुन उहालाई पहिले नै जानकारी भई सकेको रहेछ । केहीबेरको वार्तापछि भाउजूले माथि उल्लिखित दुईवटा पुस्तक र एउटा राष्ट्र्यि गानको सिडि दाइको हातमा राखी दिनु भो । अनि दाइले केही लेखेर मलाई उपहार स्वरूप दिनुभो । उहाँको हातबाट यी अमूल्य उपहार पाएकोमा म ज्यादै खुसी भए । भाउजूले अमेरिका जादा शरदजीको लागि केही कोशेली लगिदिन अनुरोध गनुभो । म हुन्छ भनी अम्बरदाईको स्वास्थलाभको कामना गर्दै बिदा लिएर फर्किए घरतर्फ । 

सेप्टेम्बर २६ का दिन हामी नेपाल प्रज्ञा प्रष्ठिानमा पृरस्कार वितरण समाहरोहमा पुगेर कार्यक्रम सुरु गर्दा सम्म अम्बरदाई आईपुग्नु भएन । मन्चमा प्रमुख अतिथि कुलपति वैरागी काईला, उपकृलपति गङ्गा प्रसाद उपेती, कवि तुलसी दिवस, विश्वबिमोहन श्रेष्ठ, पुरस्कारका संस्थापकहरु हेम पाठक, आमा बशुन्धरा रोका आदि थियौ र पहिलो सत्रको सभापतित्व मैले गरिरहेको थिए । नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उपाध्यक्षको हैसियतले । म भने व्यग्रतापुर्वक ढोकातिर हेरिरहेको थिए अम्बरदाईको आगमनलाई । मेरो आशय बुझेर होला तुलसी दिवशज्युले उहाँको स्वास्थ त्यति राम्रो छैन भनेको सुनेको थिए भन्नु भो । उहा पनि वसन्त श्रेष्ठज्युको कविता सङ्ग्रहको बिमोचनका लागि त्यहा आउनु भएको थियो। तर मेरो आशा टुटेन । अम्बर दाइ आईपुग्नु भयोे अस्वस्थताको बाबजुत पनि अनि मेरो गीत सङ्ग्रह जीवनको यात्राको विमोचन गरेर निस्कीनु भो । मेरो खुसीको सीमा नै रहेन उहाँको हातबाट सङ्ग्रह विमोचित भएकोमा अनि केही ग्लानी पनि भो मेरो कारणले वहालाई अस्वस्थताको बाबजुत पनि यहासमम आउनु परयो भनी ।

अम्बरदाईले दिनु भएका दुवै पुृस्तकहरु आधा जसो दशैको खानपिन र इष्टमित्रहरु सँगको भेटघाटबाट फुर्सद निकालेर नेपालमै पढे । मलाई मेनुकाले बल्ल २ वर्ष पछि अमेरिकाबाट केही दिनको लागि नेपाल आएको मान्छेले आराम गर्नु, आफन्त र ईष्टमित्रहरुसँग गफिएर रमाइलो गर्नु । पढने त उतै गएर पढेपनि भई हाल्छ नि किताब छोडर जानु पर्दैन क्यारे पनि भनिन जुन ठिकै पनि थियो । तर मैले किताब पढदा पाएको आनन्दको अनुभूति पनि कम छैन भन्न भने सकिन । यी किताबहरू मैले काठमाण्डौबाट अमेरिका आउदा हवाईजहाजमा पढेर सिध्याए । निबन्ध सङ्ग्रहमा परेका अम्बरदाईका व्यक्तिगत जीवनमा भोगेका, घटेका र उहाँले अनुभव गरेको मिठासपुर्ण लेखाइमा रम्दै कहिले दार्जिलिङ पुग्थे, कहिले उहाँले पहिलो पटक फज्लु भैयाको रेष्टुरेण्टको साझको साङ्गीतिक महफिलमा गाएको गीत सुनेर फज्लुले उहाँको तारिफ गर्दै ए.बि. साहव यकिन मानिए आप एक दिन बढे फनकार बनेगे... भनेर पोखेको उद्गार । पहिलो पटक बाल्यकालमा कसैको हारमोनियममा स्पर्श गरी टया् टया् पार्दा उहामा उठेको सागीतिक तरङ्ग । सुखलाई अचारको स्वाद बनाई दुखको भात बनाई खान्छु भन्ने जीवनको मिठो भोगाई । गिटारको आठवा तार दिजीए भनी पसलमा जादा पसलेले कवसे गितार मे आठवा तार लग्ने लगा भई, अभितक तो छे ही लगतेथे भनी दिएको जवाफको रशिलो स्मरणले आफूलाई पनि त्यही परिवेशमा लग्दथे ।

हे नौलाख तारा उदाए धर्तीको आघन हांसेछ जस्ता गीतहरुबाट चर्चा कमाई सकेका अम्बरदाई काशीनाथ गुरुले ठुलो नाम कमायौ भन्दै स्वावासी दिदा उहाँले नाम मात्र छ सर नाम अनुसारको दाम छैन भनेको र त्यस्को प्रतिउत्तरमा नाम भन्दा ठुलो दाम हो र अम्बर । तिमिले हामी सबैलाई गौरवान्वित बनाएका छौ । आज तिम्रो कत्रो नाम छ हेर त नेपाली समाजमा......भनेको भनाई आजसम्म उहाँको मानसपटमा सकारात्मक सोचको ऊर्जा दिने विऊ बनेको होला जस्तो अनुभव भयो । अनि उहाँको कान्छाले कान्छीलाई लाग्यो वनको बाटो लालटीनै बालेर भन्ने लोक गीतमा रहेको प्रेमी प्रेमिकाको माया प्रीतिलाई पुरा गरिने तत्कालीन सामाजिक परिवेश आदिमा आफुपनि त्यो त हो भन्ने निष्र्कमा पुग्दथे । पढदै जादा कालजयी गीतहरू ए कान्छा मलाइ सुनको तारा खसाई देऊन र मेरो आखालाई राख्ने फुलबारी छैन जस्ता गितहरुका रचयीता र संगितकार पनि उहानै रहनु भएको कुरा कोटयाएको प्रसङ्गले च्वास्स मनमा बिझयो किनकि ती गितहरुका रचयिता अरू नै रहेको भनी यदाकदा लेखिने र बोलीने पनि गरिने गर्दछ ।

अम्बरदाईले दार्जिलिङमा छदा महाकवि देवकोटाले उहालाई सङ्गीतमा भविष्य उज्यालो छ नछाडनु भनेको प्रसङ्ग, गीतकार अगमसिंह गिरीसँग विताएका अविस्मरणीय क्षण अनि उहाँले लेखेको गीत नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको, काँडाकै माझ पहाडी पुल छैन कहा हाँसेको ।  à¤—ीत गाउदा दुबैजना आशुमा आशु मिसाएर रोएको प्रंसग आउदा मैले पनि आशु मिसाए किनकि त्यो परिवेशमा आज म छु । उहाँले म फुल्न जानीन गीत गाउदा गिरीजीले हो भाइ हामी साच्चै फुल्न नजानेकाहरु हौ, फुल्न जानेका भए हामी कता कता र अर्कै अर्कै हुन्थेऊ भनेको नियतीको पिडामा केहीबेर रोकिए अनि लाग्यो अम्बरदाई त्यहा त्यसरी नगोडिनु र नतोडिएको भए सायद आज सुवासीत पुल जस्तो फुल्न सक्नुहुन्थेन कि ?

अम्बरदाईले भुपि शेरचन सहितका गीत, सङ्गीत र स्वरको गहिराइसम्म डुब्नसक्ने मित्रहरुका बिचमा गीत सुनाउदा पाएको आनन्दको अनुभूति र भु पिका गीत सुर रसाएका आखासँगै मेरा पनि आखा रसाए मानौ म पनि एउटा त्यही उपस्थित रहेको श्रोता हु। यद्यपि उहाँको सङ्गीत रहेको मालती मङ्गले गितिनाटक हेर्दा भने धेरै पटक आशु पुछेको छु । अम्बरदाईले निबन्धमा ईश्वर बल्लभ, शङ्कर लामिछाने, उत्तम कुवर, वैरागी काईलासँग विताएका संगितमय क्षेणहरुले मलाई पनि लोभ्याइं रहे। थाहा छैन म पनि पूर्व जन्ममा कहीँ यस्तै साहित्य र सङ्गीतको मण्डलीमा थिए कि ?अम्बरदाईले एउटा लेखमा प्रसिद्ध अभागी हारमोनीयम बाजा भनिएको वाद्य यन्त्र र किवोर्ड मैले पनि घरमा थन्क्याएको छु रहरले तर राम्रो बजाऊन जान्दिन । यद्यपि यही हारमोनियम लगेर शम्भुजीतदाईले न्युर्योकमा रहदा मेरो मेरी प्रिय नामक सिडीमा रहेका केही गीतहरुमा सङ्गीत गर्नु भएको थियो । मैले प्रसङ्गवश भन्न खोजेको के भने म पनि यिनमा रमाऊछु । त्यसैले वकिलको पेसा भए पनि धर्म, साहित्य, सङ्गीत र कलाको क्षेत्रमा लागेका मानिसहरूमा बढी नजिक हुन पुगेको छु । 

अम्बरदाईले यो क्षेत्रमा लागेर कहिले अरूले नभेटने उचाइको सम्मान पाऊनु भएको छ नेपाली समाजमा पैसा नकमाउनु भएता पनि । किनकि वहाका सिडिहरु प्रशंसा गर्नेहरु सबैले किनेर सुनेनन तिनमा मौलीकपन र सङ्गीतको गहिराई रहेको भएता पनि । तर मौलिकता हराएका सिमाहिन विकृत गीत, सङ्गीत र स्वरका सिडि, डिभिडी पस्कीनेहरुले मालामाल पैसा कमाएका छन् । त्यस्तै हामीजस्ता केवल प्रशंसा मात्र गर्ने श्रोताहरुले बनेको देशले पनि श्रष्टाहरुको सम्मान गर्न सकेको छैन । तैपनि अम्बरदाई लेखमा भन्दै हुनुहुन्थयो सङ्गीत गरेर मैले कहिल्यै पनि पैसा कमाउन सकिनँ, तर सङ्गीतदेखि मलाई वितृष्णा भने कहिल्र्य भएको छैन । हाम्रो मुलुकमा कला र कलाकारको दुर्दशा हुनु अभिशाप होइन, स्वाभाविकै हो। आर्थिक विपन्नता र अभाव मात्र हाम्रा निम्ति अवरोध साबित हुन सक्दैनन । हामीसित अरू विपन्नता र अभावहरु पनि प्रशस्तै छन् तर हामी सहृदयता, मासिकता तथा मनोवृत्तिमा पनि दिनहु भनेझै गरिब हुँंदै गइरहेका छौ। अम्बरदाईको लेखन शैलीले मलाई ज्यादै प्रभावित पारयो किनकि प्रवास र अप्रवाशको मिश्रणयुक्त मिठासपुर्ण भाषा छ । मैले बि.पी.कोइरालाको आत्म वितान्त लगायतका अन्य पुस्तकहरू, गणेश रशिकको दशगजा भित्र उभिएर हेर्दा, र जगदिश घिमिरेको अन्र्तमनको यात्रा पुस्तकहरू पढदा पाएको भाषागत साहित्यिक स्वाद भन्दा अम्बरदाईको कहा गए ती दिनहरूमा कुनै कमी भएको महसुस गरिन ।

म लेखहरुमा रमाऊदै र हराऊदै हिडिरहको मान्छे अम्बरदाईले असल र खराब गीत शीर्षकको लेखमा सालाखाला भन्नु पर्दा हामीले निक्कै खराब गीतहरू लेखिसकेका छौ र यो हिसाब अब चरमबिन्दुमा पुगिसक्यो । अब मेरालागि उत्कृष्ट उपाय भनेको आफूलाई अरू नराम्रा गीतहरू लेख्नबाट रोक्नु हो । भन्ने भनाई पढेपछि म टक्क रोक्कीए । अनि उहाँले मेरो गीत सङ्ग्रह जीवनको यात्रामा लेख्नु भएको ....उहा पेसाले कानुन व्यवसायी र मन, भावना र हृदयले गीतकार भन्ने भनाइ चाहिँ ठिक्कै लाग्यो तर एउटा राम्रो गितकारकमा पाइने भावपक्ष, कल्पनाशीलता, सौन्दर्यबोध, संवेदनशीलता रोकाजीमा पाए, गीतहरू छोटा, छरिता, सरल र स्पष्ट छन् भन्ने आदि इत्यादि भनाईहरु भने पचाऊन सकिन। किनकि मैले पनि जानी नजानी धेरै खराब गीतहरू लेखेको थिएहोला र अझै पनि लेख्दैछु रोक्न सकिरहेको छैन। लाग्छ फेरी पनि उहाँको शुभकामना लिन जानु परयो भने मलाई त्यति सजिलो हुने छैन ।  
 
मैले अम्बरदाईको बारेमा एउटा लेख लेख्ने विचार धेरै पहिले देखि नगरेको होइन तर साहित्यिक लेख लेख्ने बानी त्यति नभएको र लेख्नुपर्ने हैसियत आफूमा नपुगेको ठानी मनैभित्र गुम्स्याएर राखेको थिए तर अम्बरदाईको म आफुृलाई गुरुङबाट कुलपति भएको भन्ने भ्रम छैन । वंश र जातीलाई प्राथमिकता दिनु गलत देख्छु म... आदि माथिका भनाई पढेपछि मैले रोकेर राखेको बाध थेग्नै नसकिने गरी फुटयो र आफ्नो व्यावसायिक कामलाई थाती राखी लागेको कुरा कोर्न थाले मिलोस नमिलो देखा जाला भनेर। किनकि म प्रवासीयर यो न्युर्योक सहरमा बसोबास गर्नथालेको लगभग १४ वर्ष जति भयो । स्वतन्त्रता र अवसरको लागि विश्वभरीका मानिसहरूलाई स्वागत गर्ने स्टाच्यु अफ लिवर्टी भएको विश्वकै सास्कृतीक, राजनीतिक र आर्थिक फाटको केन्द्रविन्दु मानीने यो अमेरिकाको न्युर्योक सहरमा विश्वका प्रायजसो सबै देशबाट आएका करिब ८००० भाषा बोल्ने दुई करोड भन्दा बढी मानिसहरू बसोबास गर्छन् । अमेरिकाको २०१२ को सरकारी आकडा अनुसार नेपालीहरू ६० हजारको सङ्ख्यामा रहेको देखिए पनि यहाँ डेढलाखको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिन्छ । यस आंकडालाई मान्ने हो भने सब भन्दा बढी नेपालीहरू न्युयोर्कमा बसोबास गर्छन् भनिन्छ ।

न्युर्योकमा अरू देशका मानिसहरू उनीहरूको देशको नामबाट चिनिन्छन । धेरै जसो देशका आप्रवाशीहरुले बर्सेनि यहाँ आफनोे देशकाो नामबाट फलानो देशको परेड डे भनेर मनाउछन बडो उत्सवका साथ आ-आफ्ना देशका सांस्कृतिक पहिचान देखाएर तर हामी नेपालीहरूले त्यसो गर्न सकेका छैनौ किनकि हाम्रो सर्वसम्मत रूपबाट कृनै एउटा राष्ट्रिय महत्त्वपूर्ण दिन निस्कदैन । कारण, हामी नेपालीबाट जाती जनजाति र धर्ममा बाडिएका छौ। प्रेम, सदभाव र भाइचाराको सम्बन्धमा धाजा पर्दैछन कला, संस्कृति, भाषा र राष्ट्रियको जोडन नपुगेर । नेपाली बोलेको, नेपाली टोपी लाएको वा नेपालीपन झल्कने अनुहार भएको मानिस भेटदा आफनै नेपालको छिमेकी भेटियो भनेर खुसीले मुस्काउदै तपाईँ पनि नेपाली हो भनी आत्मीयता दर्शाउने परिपाटीमा खिया लाग्दैछ । आजकाल यहाँ मित मित जस्तौ लाग्दैन । गाउँले गाउँले जस्तो छैन अनि नेपाली नेपाली जस्तो लाग्दैन । किनकि हामी जनजाति, राजनीति र क्षेत्रहरूमा बाडिएका छौ । (२२ मे २०१६ मा न्युर्योकमा नेपाल डे परेड मनाईयो र न्युर्योक सिटीले यस परेडलाई आधिकारिक रूपबाट मान्यता दियो तर पनि नेपालीका बिचमा एकात्मकता ल्याउन सकेन)

अम्बरदाईको अमेरिका आगमनको पुर्वसन्ध्यामा सार्वजनिक भएका सदविचार र उहाकोे न्युर्योकमा हुने समुपस्थितिले एउटा जोडन बनेर फाटेका धाजाहरु पुर्न मद्दत गर्न सकोस भन्ने आशा गरेको छु । किनकि मैले खप्तड स्वामीको विचार विज्ञानमा कतै पढेको थिए मान्छेले राम्रा र नराम्रा बिचारहरुका तरंगहरु बाहिरबाट आफ्नो बिचारमा लिन्छन भनेर । राम्रा र सकारात्मक सोच भएका विचारहरू हराउदै गएको यो हामी बस्ने न्युर्योक र अन्य सहरहरूमा अम्बरदाईका यी महान् बिचारसहितका औरा छरिए भने सायद हाम्रा बिचारले तीनलाई ग्रहण गर्ने अवसर पाउने छन् र हामी नेपालीको नामको विशिष्ट पहिचान बनाएर अम्बरदाईले आफ्नो निबन्धमा उत्घृत गर्नु भएको किताब बिगल एण्ड टाईगरका लेखक जोन मास्टरले वीर नेपाली जातीलाई सम्र्पण गरेको वाक्य,... जेनरस एमङ द जेनरस, करेजस एमङ द करेजस अर्थात् उदार भन्दा पनि उदार, साहासी भन्दा पनि साहासीमा बुद्धको अहिंसा, शान्ति, सद्भाव र प्रेमको सन्देश जोडेर नेपालीको विशिष्ट पहिचानमा अरू विशेषणहरु थप्ने सक्ने थियौ । 

अन्तमा तपाईँलाई अमेरिकामा स्वागत गर्दै तपाईँको यो अमेरिकाको यात्रा सुखद, सफल र अविस्मरणीय बनोस भन्ने कामना सहित यो बहकिएको लेखको विट मार्दछु ।

(६ अक्टोबर २०१२ का दिन अम्बर गुरुङ दाइ न्युर्योकमा आउनु भएको बेला तयार पारिएको लेख उहाँको स्वर्गारोहरण पश्चात् पनि सान्दर्भिक रहेको हुँदा पुन प्रकाशित गरिएको छ ।)

राजु शाक्यको संम्झनामा-- रमेश गुरुङ

बिराट नेपाल

यस पटकको साउथ एसियन गेम्स-२०१६ मा फुटबलमा नेपालको शानदार विजयले देश विदेशका हामी सबै खुसी भयौँ । केही महिना भित्रको अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको दोस्रो शानदार विजय यात्राले नेपाली फुटबल टिमको शक्ति प्रदर्शन भएको छ । यी भावहरु पोख्दा मैले चिनेको राजु शाक्यलाई सम्झिएको छु र देश प्रतिको उनको सेवाका लागि केही लेखी उनी प्रति आभार व्यक्त गर्दैछु । 

१९९४ को फिफा वर्ल्ड कप अमेरिकामा हुँदा ताका म नेपालको जनकपुर चुरोट कारखानाको क्षेत्रीय कार्यालय काठमाडौँमा प्रशासन तथा प्रचार विभागमा कार्यरत थिए । यो फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि तत्कालीन एक मात्र नेपाल टेलिभिजनको एकाधिकारका कारण उनीहरूले विज्ञापन मार्फत कमाई गर्ने नीति लिएका थिए र सिंगापुरको च्यानेल मार्फत प्रसारण गर्ने गरी कुनै कम्पनीसँग करार गरी सकेका थिए । योजना अनुसार नेपाल टेलिभिजनले सार्वजनिक सूचना जारी गरी समस्त विज्ञापन दाताहरुलाई भाग लिन पटक पटक सूचना प्रसारण गरी राखेको थियो । 
 
त्यस ताका नेपालको बजारमा पूर्व राजा ज्ञानेन्द्र शाहका बहु चर्चित सूर्य टोबाको कम्पनीको र ज.चु.का.को चुरोट बजारमा निकै प्रतिस्पर्धा हुने गरेको थियो l वर्ल्ड कपको अवसरमा मैले पटक पटक नेपाल टेलिभिजनसँग सम्पर्क राखी खेलका दौरान उचित समयमा हाम्रो विज्ञापन राखी दिन अनुरोध गर्दा पनि आल टाल मात्र गरिएको जवाफ पाई राखेको थिए । तर अर्को तिर भने सूर्यटोबाको दिन दिनै वर्ल्ड कप भनी विश्वका नामुद फुटबल खेलाडीहरुको क्लिप सहितको प्रचार सामग्री साथ नेपाल टेलिभिजनमा आफ्नो उत्पादनको व्यापक प्रचार गर्दै थियो । नेपाल टिबिको यो आल टालको रहस्य त्यस बेला खुल्यो जब उनीहरूले सूर्य टोबाकोसँग अरू कुनै सुर्ती जन्य उधोगसँग विज्ञापन लिन नपाउने गोप्य सम्झौता गरेका खबर हामीलाई प्राप्त भयो । मोटो रकमको लागि नेपाल टेलिभिजनको यो चाल असहनीय थियो । एकातिर सार्वजनिक सूचनाबाट विज्ञापनको मांग गर्ने र अर्को तिर भित्री रूपले तत्कालीन श्री ५ को सरकारको पूर्ण स्वामित्व भएको जचुकालाई समेत पाखा लगाउने छल कपट हामीले सहने कुरै थिएन । 

यो अवस्थामा नेपाल टेलिभिजनलाई मुद्दा हाली सम्पूर्ण वर्ल्ड कपको प्रसारण समेतमा रोक लगाउने बाहेक हामीसँग अरू कुनै उपाय थिएन l क्षेत्रीय प्रबन्धक मदन बहादुर बम र कानुनी अधिकृत दिवाकर राणासंगको मेरो लामो छलफल पछि हामीले नेपाल टीबीलाई मुद्दा हाली यो प्रसारण नै रोकी दिने गम्भीर निर्णय लियौं । हामीसँग मात्र एक साता समय भएकोले क्षेत्रीय प्रबन्धक बमजी र म आफै सञ्चालक समितिका सदस्यहरूको घर र कार्यालय पुग्यौं र यथा स्थितिको जानकारी दियौं । नेपाल सरकारका पूर्व मुख्य सचिव श्री बिमल कोइराला, त्यस ताका उधोग मन्त्रालयका सह सचिव र ज.चु.काको कार्यकारिणी अध्यक्ष रहनु भएकोले मुलत उहाँको स्वीकृति जरुरी थियो । उहाँ आफ्नो आमा बिरामी रहनु भएकोले कालिमाटीको नर्सिङ्ग होममा रहनु भएको जानकारीमा आएकोले हामी दुवै नर्सिङ्ग होम पुग्यौं र समय उपयुक्त नलागे पनि पूर्ण जानकारीका साथ हाम्रो योजना अघि राख्यौं । तत्कालीन श्री ५ को सरकारको एक संस्थानले अर्को संस्थानलाई मुद्दा हाल्नु त्यस बेलाको लागि गाह्रो विषय हुने गर्थ्यो तर पनि हामीले उक्त मामिलालाई गम्भीरताका साथ लिएको र कुरा मुनासिब नै भएकोले उहाँले मात्र गो अहेड भन्ने छोटो जवाफ दिनु भयो । यस पछि  à¤¹à¤¾à¤®à¥€à¤²à¥‡ यस कामलाई अझ तीव्रता दियौं । 

कानुनी अधिकृत दिवाकर राणाले यस बिच अधिवक्ता श्री हिरा रेग्मीसँग मिलि मुद्दाको समस्त कागजात तयार पारी सक्नु भएको थियो । हामीले मुद्दाको प्रकृति अनुसार पाटन अदालतमा मुद्दा गर्नुका साथै विशेष ढङ्गको अवस्था रहेको जिकिर गरी भोलि पल्ट नै पेसी तारिक लियौं l लामो बहस पछि अदालतले सोही दिन नेपाल टेलिभिजनलाई कारण देखाऊ आदेश साथ वर्ल्ड कपको प्रसारण समेतमा रोकको आदेश जारी गरी दियो । 
 
यो हाम्रो ठुलो उपलब्धि थियो l अब हामी नेपाल टेलिभिजनको प्रतिक्रियाको प्रतीक्षामा थियौँ l नेपाल टीबीलाई अझ बढी दबाब दिने बिचारले बम जी त्रिशुलीको भ्रमण तिर लाग्नु भो र म चाहिँ फोन सम्पर्कबाट समेत पर बसें l पहिले हाम्रो फोन समेतको जवाफ नदिने तत्कालीन नेपाल टिबिका महाप्रबन्धक तपानाथ शुक्ला अब हामीलाई सम्पर्क गर्न पछि परेका थिए l उनीहरूसँग मात्र तिन दिनको समय थियो र मुद्दाको जवाफ तिर लाग्नु भन्दा हामीसँग मिला पत्र गर्नु उनीहरूको बुद्दिमानी हुने प्रस्ट थियो । हामीले तत्कालीन सञ्चार मन्त्री विजय कुमार गच्छादारको आपतिजनक प्रतिक्रिया पनि सुनी सकेका थियौँ l सरकार भित्रकै दुई संस्थानहरुको यो झगडा पत्र पत्रिकामा लगातार आई राखेको थियो l मेरो पत्रकार मित्रहरुले पनि मलाई प्रशस्त मदत गरी राखेका थिए l नेपाल टिबिले आफ्नो गल्ती महसुस गरी सकेको थियो कारण निर्धारित फुटबल खेलको प्रसारण नभए उनीहरूले सिंगापुरको पार्टीलाई हर्जाना तिर्नु पर्ने थियो । अन्तमा सूर्य टोबाकोसँगको उनीहरूको सम्झौता रद्द गरी हामीलाई भने झैँ विज्ञापन गर्न दिने गरी नेपाल टेलिभिजनसँग मिलापत्र गरी हामीले यो मामिलालाई सहज गरी दियौं l 

यसरी अन्तिम समयमा झगडाको टुंगो लागे पनि हामीसँग सूर्य टोबाकोको दाँजोमा विज्ञापन दिने कुनै प्रचार सामग्री तयार थिएन, जुन हाम्रो लागि अर्को चुनौती थियो । सुर्या टोबाको विज्ञापन दिँदा सो बेलाका लेनेकर जस्ता नामुद फुटबल खेलाडीहरुको रोमान्चक क्लिप दिएर आम नेपाली जनताको मन जित्न प्रयासरत थियो l
 
यसै अवसरमा मैले सो बेलाका चर्चित फुटबल खेलाडी राजु शाक्यलाई आफ्नो राष्ट्रियता जगाउने गरी विज्ञापनको क्लिपमा प्रयोग गरेको थिए । झन्डै ३५ सेकेन्डको टीबी विज्ञापन आज पनि सम्झन्छु । विदेशी नामुद खेलाडीहरुको छेउ मैले आफ्नै देशको राजुको नाम बोकी विज्ञापन सामग्री तयार पार्दा मैले केही कच्चा आलोचना पनि सुन्नु परेको थियो । १९९३ को सार्क खेलमा उनैको नेतृत्वमा नेपालले भारतलाई जितेर स्वर्ण पदक प्राप्त गरेको थियो । सोही बेला ढाकाको मैदानमा विजय उल्लासमा खेलाडीहरुले राजु शाक्यलाई बोकी नेपालको झन्डा उचाली "नेपाल.. नेपाल" भनी नारा लगाएको दृश्यलाई नेपाल टेलिभिजनको समाचार सङ्कलनबाट प्राप्त गरी हामीले आफ्नो विज्ञापनको सामग्रीमा राखेका थियौँ । पहिले जचुकाले जागिर स्थायी नगरिदिंदा उनी रुष्ट भई RNAC गए पनि राजु भाइले समयको मांग र मेरो गम्भीर प्रस्ताव मानी दिनु भएर जचुकालाई ठुलो गुन लाउनु भएको थियो । यस विज्ञापन सामग्रीको तयारी गर्ने काममा हाल कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रम चलाउनु हुने श्री भुषण दाहालबाट सहयोग पाएको थिए ।  à¤¶à¥‚टिंग एकै दिनमा पाटनको होटलमा गरिएको थियो l केलाएर हेर्ने हो भने नेपालको व्यापारिक टीबी विज्ञापन प्रसारण जगतमा राजु शाक्य नै पहिला सेलेब्रिटी हुन् जो व्यापारिक विज्ञापनमा प्रयोग गरिएका थिए । हामीले आफ्नो राजु शाक्यलाई विज्ञापनको माध्यमबाट विश्वका नामुद खेलाडीहरुसँग उभ्याएका थियौँ । जसको पछि सर्वत्र प्रशंसा भएको थियो । 
 
आज भन्दा झन्डै एकाईस वर्ष अघि राजु शाक्य उच्च तहका खेलाडी थिए र आज पनि उनीलाई देशको नयाँ खेलाडीहरुसँग काँध जोडी हिंडेको देख्दा गौरवको अनुभूति भएको छ । राजु शाक्यले आफ्नो लामो जीवन यात्रामा अन्तरराष्ट्रिय जगतमा नेपालको नाम राखे । जनताबाट प्रशस्त माया र आदर पाए तर सरकार र खेलकुद परिषदबाट त्यतिको कदर नपाएको मेरो ठहर छ l 

गत साताको भारत माथिको शानदार ऐतिहासिक जितमा सफल प्रशिक्षकका रूपमा मेरो परिचित अनुहार राजुको उपस्थिति मेरो लागि एउटा मिठो  à¤…नुभव रह्यो । हाम्रा खेलाडीहरुले समारोहमा अबरुद्द भएको राष्ट्रिय गानको पंक्तिहरुलाई पुरा गाएर बुद्धिमानी साथ देशको मान र सानको प्रदर्शन गरी विजय उल्लास र गौरवको एक मुष्ट उपहार समस्त नेपालीलाई दिए । यो जित खेल मात्रको नभई नेपालको मान र सानको पनि थियो । म ती देशभक्तहरुलाई नमन गर्दछु । 

हार भित्र लुकेको जित-- जय बहादुर घिमिरे, ज्यामाउ माल्टा सङ्खुवासभा

बिराट नेपाल

आज पुरा १९ महिना बितेछ, मैले लेख्न पढ्न छाडेको । यस अवधि भरीमा बिआरटी नेपाल डट कममा हाय! हाय ! लोकतान्त्रिक न्याय शीर्षकको एउटा मात्र वास्तविक घटनामा आधारित कथा लेखि अन्तमा अलि कति काल्पनिक कुरा जोडे । २०७१ साल असार २४ गते साँझ ७ः३० बजे जग्गा जमिनको साध सिमानाको निहुमा छिमेकीसँग मेरो छोरा विष्णुको नराम्रोसँग झडप भयो । छोराले गुहार ज्यान बचाउँ भने पछि छुट्याउन जादाँ हामी बुबा आमा समेत काटिएर सक्त घाइते भयौँ । उक्त घटनामा  à¤—म्भीर रूपमा पीडित हामीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यलय सङ्खुवासभाले जिल्ला सरकारी वकिल कार्यलय चैनपुरमा ज्यान मार्ने उद्योग जस्तो गम्भीर आरोप लगाई हामी एकाघरका ४ जना परिवार (दुई छोरा) हामी दम्पती समेतलाई एघार वर्षको जेल सजाय माग गर्दै मुद्दा पेस गर्‍यो । जसको बारेमा तथ्य कुरा प्रकाश पार्दै मैले एउटा कथा लेखे जसको शीर्षक थियो हाय हाय लोकतान्त्रिक न्याय त्यसलाई मैले आफ्नो नामबाट नलेखि शान्तिराम ज्यामाऊ नामबाट लेखेको थिए । किनभने त्यस समयमा मेरो मुद्दा अदालतमा विचाराधिन थियो र हाल पनि छ भन्दा पनि हुन्छ । तरपनि जिल्ला अदालत सङ्खुवासभा चैनपुरको २०७२।२।२६ को फैसलाले त्यो ज्यान मार्ने उद्योग नठहर्ने निर्णय गरेको थियो जसलाई पुनरावेदन अदालतल धनकुटाले मिति २०७२।१०।०४ गतेको फैसलाले सुरु जिल्ला अदालतको फैसला सदर गरी सकेको अवस्था छ । 

नैसिंगे नयाँ अठार ओलीको विवाह भन्छन् बुढापकाहरु, नजाने अझै कति के हुनुछ। हामीलाई बल्ल १९ महिना पछि मात्र वारिस राख्न पाउने अवसर मिल्यो । नत्र भने ७ दिने १५ दिने बाहेक महिना महिनामा दुर्गम मकालु गा.वि.स.मा कार्यरत शिक्षक म के कस्तो उपायले त्यसरी चैनपुर, धनकुटा सपरिवार तारेख धाईयो कि त आफैलाई कि मेरा घरमा बाँधिएका, थुनिएका कुखुरा, बाख्रा गाईबस्तु कि त विधातालाई थाहा होला । 

पाठकवृन्द तपाईँलाई शीर्षक एकातिर गन्थन अर्काे तिर भएको अनुभूत भइरहेको होला हैन त ? म अव शीर्षक तिरै फर्कन्छु त्यस दिन मेरो छोरा विष्णु संयोगले मात्र बाँच्न पाएको हो भन्ने डा.दीपक बन्जाडेको मिति २०७१।३।२५ को घाँ जाच केश फाराम रिर्पोटले प्रस्ट पार्छ । जस अनुसार टाउको जस्तो संवेदनशील अङ्गमा ४ इन्च लम्वाई तथा एक एक इन्च गहिरो दुई वटा खुकुरीका चोटहरु छन् । तत्काल राम्रो अस्पतालमा उपचार पाएर मात्रै नत्र भने ज्यानै जान सक्थ्यो । एता वारदातबाट छोरो छुटाउदा हाम्रा विपक्षी नेपाल सरकारका जाहेरवालाका पनि टाउकामा एक इन्च लामो छाला खुईलिएको चोट थियो । त्यति नै चोट पनि जी. प्र.का. सङ्खुवासभाका तत्कालन कार्यलय प्रमुख डि.एस.पी. कमल थापालाई हामी उपर ज्यान मार्नै उद्योग मुद्दा दर्ता गर्ने हतियार बन्यो । चाहे जे होस् हामी अदालतमा उपस्थित भयौँ । अदालतमा प्राय जसो अपराधिहरु नै बढी उपस्थित हुन्छन् कि क्या हो ? निरपराधिहरु पनि परिवन्दबस् प्रहरीको फन्दामा परेका हुनसक्छन् भनी न्यायधिस भन्दा मुनिका कुनै कर्मचारीहरुले सोचेको हुदो रहेनछ किनभने विना अपराधमा कठाघरामा उभ्याईएका एकाघरका हामी चार जना न्यायलयको सादर मानी भकानिएर वाक्य फुटाउन नसकि बयान दिन अत्यन्त कठिनाइ भई रोइ रहदा समेत कतैबाट सहानुभूतिका शब्दहरू नपाउदा हामीलाई सुत्केरी भएकी मृगीनिले मेरा बालबच्चा मर्छन् मलाई नखानुस् भनी भोकाएको बघिनिलाई विन्तिगर्दा मृगिनिले ज्यान माफी पाएको र्धािर्मक कथाको झल्झलि सम्झना आइरहेको थियो । 

न्यायधिसको इजलासमा मुद्दा पुगुन्जेल सम्म पनि पर्खन ज्यादै मुस्किल हुदो रहेछ मुद्दामा फसेपछि । सायद यो कानुनी बाध्यता हुन सक्ला ।मेरो मुद्दा ठिक १२ महिना पछि २०७२ साल जेठ २६ गते मात्र निर्णय बिन्दुमा पुगेर जिल्ला न्यायधिस समक्ष पेस भयो। जुन समय सम्ममा हाम्रो परिवार अर्धविक्षिप्त असामान्य मनस्थितिमा पुगिसकेका थियो । हामीलाई हाम्रो असामान्य मनस्थितिलाई सामान्य सन्तुलनमा ल्याउनकालागि कुनै मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेछ अहिले हामीले बुझ्दा जो हामीलाई न्यायलयबाट प्रदान हुन सकेन त्यसबेला । म आशा गर्दछु, आगामी दिनमा आउने निरपराधिहरुले त्यस्तो भोग्नु नपरोस् । अपराधिहरुलाई पनि यस्तो सजया दिईयोस जसको कारणले अपराधी आफ्नो अपराध महसुस गरी पश्चताप मानोस् तथा सजायाँको कारण सच्चिएर आगामी दिनमा लायक नागरिक बनी जीवन यापन गरोस् ताकी लाखोस् यस आरोप त मुक्त हुँ,अनि देखा जाला भनी कसैलाई दागा धड्ने खालको सजयाँ कसैलाई नहोस् । प्रस्तुत सम्बन्धमा पुनरावेदन अदालत धनकुटाले साह्रै राम्रो विचार पुर्याएको अनुभव मैले बटुल्न सके । कुरा २०७२ साल मङ्सिर २४ गतेको हो हामी चारै जनालाई प्रस्तुत ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालतबाट झिकाइयो । हाम्रो होस् हवास उडेको थियो,कतै मुद्दा उल्टियो भने हाम्रो गति के होला ? साच्चै भन्नु पर्दा हामी त्यस समयमा स्वस्थ्व दिमागले सोच्न नसकेका थियौ ।त्यस अदालते हामी उपर गरेको व्यवहारले पुरै आशावादी बनायो । 

त्यसमा पनि खास गरी त्यस अदालतका वाहालवाला रजिष्टार जितेन्द्रवावु थपलिगया लगायत सम्पूर्ण माननिय न्यायधिस ज्युहरुको सामूहिक परामर्शले हामी आशावादी भयौँ, न्याय मिल्ने छनक पायौँ, शान्ति मिल्यो । यहाँ सम्मकी हामी ज्यान मार्नै उद्योग जस्तो गम्भीर अपराधमा आरोपित चारै जनालाई राम्रो मनोवैज्ञानिक उपचार  à¤—रे सरह भयो । जसको कारण हामीलाई पर्ण रूपमा सफाई दिदाँ मुद्दा सायद सर्वोच्चमा जानु पथ्र्यो होला जो हाम्रो पहुँचमा थिएन ।यदि मुद्दा उल्टिएर हमी पूर्ण रूपमा सफई पउनु भन्दा पनि सुरु अदालते मुद्दालाई ज्यान मार्ने उद्योग नठहराई कुटपिट तर्फ लगी जाहेरवालाई वादि पक्ष कायम गरिदिने गरी गरेको ठहरलाई नै सदर गरिदिनु हाम्रो लागि हितकर ठहरियो । किनभने जिल्ला अदालतको निर्णयको पेशीमा पुग्न हामीलाई १२ महिना लगातार तरेख धाउन पर्‍यो । पुनरावेदनको  à¤¨à¤¿à¤°à¥à¤£à¤¾à¤¯à¤• पेसीमा पुग्न थप ७ महिना लाग्यो भने विधाता ! सर्वोच्चको पेसीमा पुगुन्जेल सम्ममा हाम्रो हविगत कस्तो हुन्थ्यो होला ? त्यसैले पुनरावेदन अदालतले हाम्रो माग दाबी अनुसार जहेरवाला  à¤ªà¥à¤°à¤¤à¤¿à¤µà¤¾à¤¦à¥€à¤¹à¤°à¥à¤²à¤¾à¤ˆ हामीलाई कुटपिट गरे उपर कुनै सजायाँ नगरी तथा पूर्ण रूपमा हमीलाई सफाई पनि नदिई सुरु अदालतको निर्णय सदर गरी हमीलाई हराउदा पनि हमीलाई जीतेको अनुभूत भई रहेको छ । न्याय सर्वसुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहान्छु । अस्तु

रातो भाले र नक्कल(चिट )---विजय थापा

बिराट नेपाल

मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रङ्गको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै वर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरी रहेको हुन्छु lअमेरिकामा बसाई छ ,तर मन भने मूलक तिर पुग्छ र पुग्नु पनि स्वाभाविक हुन्छ l जीवनको चार दशक पहाड ,तराई र लेक र बेसी चारियो l उतैको सम्झनाले मस्तिस्कमा घोची रहन्छ l बाल अवस्थामा गरेका कुराले जो कसैलाई पनि अमिट छाप परेको हुन्छ र मलाई पनि पर्नु स्वाभाविक हुन्छ l 

धेरै पहिलेको कुरा हो आफू १० कक्षाको परीक्षा दिएर आफ्ना बाजे बराजुले पौरख गरी सन्तानहरुको लागि जुटाई दिएका मधेसको खेती हेर्न मन लाग्यो l नेपालको पूर्वको सुन्दर सहर धरानबाट सुदुर पश्चिम कैलालीको टिकापुरको छेउछाउ गाउमा भारत हुँदै पुन आफ्नो मुलुक छिरे l त्यसबेला पूर्वबाट पश्चिम पुग्न भारत भई जानु पर्ने थियो र यातायातको सुविधा थिएन l म पनि काकासंग पछाडि झोला भिरेर गन्तब्य तिर हिडेको ३ दिनमा पुगे l मेरो हजुर बुवाको पनि बुवाले ,जब अङ्ग्रेजले नयाँ मुलुक (बाके ,बर्दिया ,कैलाली तथा कंचनपुर ) नेपाललाई सुपुर्दगी गरे पछि त्यो समयमा जिजु बुवाले केही मौजा (केही गाउँहरू) पाउनु भएको प्रशस्त खेती बारी रहेछ l

त्यो समय एउटा जुग नै बितेको मान्नु पर्छ आफू अहिले पाँच र सुन्ना(अर्थात् पचास ) कटिएछ l खेतीमा अत्यधिक थारु समुदायहरू थिए l थारु समुदाय ज्यादा भन्दा ज्यादा कमैया थिए र यसरि नै पुस्तै पुस्ता देखि उनीहरूलाई राख्ने प्रणाली थियो तर हाल कमैया प्रथा उन्मुलन भई सकेको छ l थारुहरुका छोरा छोरिहरुलाई सरकारी विद्यालय पढाउने पनि गरिन्थ्यो र अधिकांश काम मै लाग्दथ्ये किनभने उनीहरू बुवा आमा नै कमैया भए पछि उनीहरू साहुको घरमा काम गर्नु पर्ने हुन्थ्यो l सरकारी विद्यालयको पढाई र थारुका सन्तानले पढन पनि नपाउने अवस्थामा हामीसग रहेको एउटा थारुको छोरा पढनमा मन गर्ने तर मस्तिस्क तेज नभएको lसरकारी विद्यालयमा नक्कल गरेर या अरूको सारेर उत्रीण हुने गरेको रहेछ l

मलाई (चिट )चोराई अर्थात् नक्कलमा सहयोग गराए उ जाचमा उत्रीण भए ठुलो रातो भाले खुवाउछु भन्यो l एक छिन् मैले मानिन किनभने आफैले पढेको मात्र काम लाग्छ र भोलि आफूलाई बिकाउन सक्छ भन्ने लाग्यो l जसरि भए पनि परीक्षामा उत्रीण हुनु छ हजुर ,सहयोग गर्ने पर्छ भनी बारम्बार आग्रह गरे पछि मैले पनि रातो भाले जाडो महिनामा परिकल्पना गरे र स्वीकार गरे l सम्झौता चाही गणित र अङ्ग्रेजी विषयमा मैले परीक्षा केन्द्रमा बाहिर बस्ने र भित्रबाट ढुङ्गामा प्रश्न राखी बाहिर फ्याल्ने र मैले समाधान गरी पछि अर्कै एक सहयोगीबाट पुर्याउने गरियो l एक घण्टा जति हिडेर जानु पर्ने भयो पाठशाला सम्म एक तर्फी रूपमा l एउटा तराईमा गणित पढाउने शिक्षक आएर मलाई परीक्षा केन्द्रबाट टाढा बस्न आग्रह गर्नु भयो l मैले आफूलाई अङ्ग्रेजीमा महा पण्डित झैँ गरी वहालाई अङ्ग्रेजीमा जवाफ दिए l आश्चर्य मान्नु भयो र मलाई तपाईँ बुढा निल कण्ठमा पढ्नु हुन्छ सोध्नु भयो l

मेरो जीवनको सबै भन्दा आफूलाई ग्लानी तथा अफसोच लागेको दिन त्यही भयो किनभने म मा कत्रो अहङ्कार रहेछ l नेपालीमा सोधेको सवाललाई नेपालीमा किन नदिएको भन्दै धेरै वर्ष सम्म यो कुराले मलाई खाई रह्यो l अर्को कुरा मैले राम्रो काम गरेकै हैन l विद्यार्थी भूस्कूल छ ,त्यसले कसरि आफ्ना सन्तानलाई शिक्षाको ज्योति देला भनी मलाई धेरै वर्ष सम्म पनि पिराली रह्यो l म हाल करिब ७ वर्ष देखि अमेरिकामा छु र कुनै चिज पनि लेख्दा बिसुद्ध नेपाली मात्र लेख्न थालेको २० वर्ष भयो l मैले नेपालीमा मात्र नेपाली मूलका मान्छे सँग बोलेको दुई दशक भएछ l अङ्ग्रेजी बोल्दा म अमेरिकाको राष्ट्रपति त भैन नि ? अर्थात् भाषा हो ,जसले पनि सिक्न सक्दछ र मैले एउटा युवकलाई उसले आफै सिक्नु पर्ने दायित्वमा निरुत्साहित गर्नु पर्नेमा प्रोत्साहन गरी दिएछु l

मेरो पुर्खाले जोडेको खेतीमा दुई महिनाको अवधिमा जसलाई मैले चिट (नक्कल )चोराउन ठुलो भूमिका निर्वाह गरे आखिर अलि अलि आफूले जानेको कुरामा सहयोग कै कारण उ ८ कक्षा बाट ९ कक्षा गयो l 

परीक्षा फलको नतिजा हुने बित्तिकै पाठशालाबाट खुसीले हस्याङ्ग पस्यांग गर्दै म सँग बत्तिस वटा दाँत देखाउदै आयो र त्यही दिन रातो भाले खाईयो l यति हर्षित देखियो कि उसले नै जङ्गलमा एक्लै गएर बाघ मारेर आएको जस्तो गर्‍यो l सोझा आमा बुवालाई एक मन धान दिनु भनी जिद्दी गरी रहेको थियो l सम्झौता र सर्त अनुसार मैले सहयोग गरे र धर्म निभाए l तर नैतिक रूपमा मैले आफूलाई क्षमा गरिन l धेरै दिन भयो उ कहाँ पुग्यो होला भन्ने सोच्दै जादा हाल खाडी मुलुकमा काम गर्दै छ अरे भनेँ सुनियो lपरदेशमा आफू रहेता पनि अहिले सम्म त्यो कुरा मेरो मानस पटलमा ताजै छ l

अस्तु 

नाकाबन्दी, काठमाण्डु कोलाज र तुर्किश एयरलाइन्स-- भुपेन्द्र थापा

बिराट नेपाल

खै कहाँबाट सुरु गरौँ । ठ्याक्कै त्रिचालिस दिन नेपाल बसे । जानुअघि नै चर्चित नाकाबन्दी सुरु भइसकेको थियो । नयाँ तामझाम र राष्ट्रवादी उत्साहका साथ केपी ओलीको नयाँ सरकार गठन हुँदै थियो । जनताको नशानशामा नयाँ उत्साहको संञ्चार भइरहेको थियो कि उखाने नै भएपनि राष्ट्रको पक्षमा चट्टानी अडान भएका ओलीले भारतलाई गलाउलान अथवा केही न केही उपाय गरेर पनि जनजीवन सामन्य बनाउलान । तर ठिक विपरीत त्यो त्रिचालिस दिन प्लसमा बाग्मति, तामाकोशी, सप्तकोशी अनि सबै कोशीहरुमा धेरै पानी वग्यो । तर ढुङ्गा गल्ला भारत गलेन अथवा गलाउन सकेनन् ।

जवपनि यता फर्किए । अनि समाचार पढ्यो हेर्यो । कमल थापा भारत गएरे । पाँचवुदे सम्झौता । नाकाबन्दी खुल्ने सम्भावना । अनि काठमाण्डुमा शक्तिशाली राष्ट्रवादी प्रधामन्त्री ओली र उपसचिव स्तरको भारतको राजदूत रंञ्जित रे को तस्बिर पनि देखिन्छ । लाग्छ उपरखुट्टी लगाएका रे सँग हाम्रा प्रधानमन्त्री सतर्क पोजिसनमा बिन्तिभाउ विसाइरहेछन् । अनि फेरी राष्ट्रवाद नशानशामा उम्लिएर आउछ । हाय मेरो देश ! राष्ट्रवादको यो भन्दा ठुलो ब्यंग्य अरू के नै पो हुन सक्छ । 

काठमाण्डौ कोलाज
पारिवारिक बसाइ काठमाण्डौ बाहिर भएपनि यसअघिको मेरो नेपाल बसाइका धेरैजसो दिनहरू काठमाण्डुमा नै वित्दथे । तर यसपटक अधिकाशं समय गृहजिल्ला दोलखाका आन्तरिक ठाँउहरु घुमेरै विताए । मुस्किलले एक हप्ताको काठमाडौ बसाइ पनि निकै नै उकुशमुकुश भयो । उसो त धुँवा र धुलाको मुस्लोमा रुमलिने काठमाण्डु । तेल नभएपछी सडकमा गाडी नकुदनु पर्ने हो तरै पनि पछिल्ला दिनहरूमा सडकमा साबिक झैँ बाक्लै सवारी साधनहरू कुदिरहेका देखिन्थे । कहिलेकही त लाग्थ्यो नाकाबन्दी नै छैन कि क्या हो । दुइगुणा बढी मूल्य तिरेरै भएपनि कालोबजारीको तेल किनेर चढन सक्ने मनुवाहरु देखेर पनि उदेकै लाग्यो अनि लाग्यो पैसाचाही कमाएकै रहेछन् है । नकिनेर नचढेर पनि गरुन पो के, बिचरा ! जब पनि चिया खान गयो । अधिकांशले बैकल्पिक ऊर्जाको व्यवस्था गरेका थिए । पातलै सही तर गल्ली तिर भुस वा कोइलाको चुल्होमा बनाएरै भएपनि आफ्नो चिया चमेना व्यवसाय चलाइरहेका थिए । कोइले चिया पनि खाइयो चोकचोकमा । मज्जै आयो । अनि चिया खाने ठाँउमा चिया खाइरहदा पत्रिकामा सरकारले काठको मुढा वितरण गरेको अनि त्यसैका लागी पनि झगडा भएको ठुलाठुला फोटोहरू छापिएका दैनिक पत्रिकाहरु टेबुलमा असरल्ल थिए । मानिसहरूको गफको विषय पनि अरू के हुन सक्थ्यो । यता नाकाबन्दी, उता नाकाबन्दी । जताततै नाकाबन्दी । पसलमा केही सामान किन्न गयो । नाकाबन्दी । भनेको सामान केही छैन । दैनिक उपभोग्य सामानको मूल्य पनि दिनप्रतिदिन बढी रहेको छ । अरू त अरू तयारी चाउचाउ पनि पर्याप्त छैनन् पसलहरुमा । र पनि एउटा अचम्मचाही छ । निधार खुम्च्याएका छन् । तनावै तनाव छ । तर पनि मुस्काइपनि रहेका छन् । जेजसरी भएपनि जनजीवन चाही चलेकै छ । चित्तबुझाउने कुरा । 

तुर्किश एयरलाइन्स
नोभेम्बर २७ । दिनको करिब १ बजे तुर्किश एयरको एउटा अनि बिस्तारै बाँकी दुईवटा पाङ्ग्राले भई छाडयो । डेस्टिनेशन, टर्कीको इस्तानबुल । तर विमान सिधा नयाँ दिल्ली पुगेर घच्याक्क रोकिन्छ । मनमनै लाग्यो हामी नेपाली कति भाग्यमानी । जुनदेशले नाकाबन्दी गरेर दैनिक जीवन ठप्पप्रायः छ । हरेक चिजको अभावै अभाव छ । फेरी त्यही देशको दिव्यभुमीमा टक्क अडिएर राम्रोसँग नियाल्न पाइयो । तेल भरेर विमान गन्तव्यतर्फ सोझियो । १२ घण्टाको ट्रान्जिट । होटेलको आरामदायी बसाइपछी कर्मथलो न्यूयोर्कतर्फको विमानले पनि टर्की छाडयो । करिब ११ घण्टाको उडानपश्चात विमान जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको जमिनमात्रै के छोएको थियो । पेसेन्जरहरुबाट परर्र तालीको फोहोरा छुट्यो । कि भाग्यवस सुरक्षित आइपुगियो भनेर । किनभने पछिल्लो समयमा टर्की भन्ने देश पनि आफ्रनै खाले झण्झटमा छ । आतङ्क, सिरिया युद्ध अनि त्यसैको निहुमा रसियासंगको तनावपुर्ण सम्बन्ध । अनि एयरलाइन्स पनि उस्तै । केही दिन अघिमात्रै जेएफकेबाट इस्तानबुलतर्फ उडेको विमानमा बम भएको आशंकामा क्यानडा लगेर अवतरण गरिएको थियो । अनि त्यसअघि पनि दुर्घटना भएको । नेपालमै पनि धावनमार्ग छाडेर भुइमा भासिएको विमान जिउका तिउ थियो ।  à¤¯à¥€ यावत घटनाहरुबारे सायद जानकार हुनुपर्छ यात्रुहरु र त तालीको पर्रा छुट्यो । 

दसैँ र देश--भूपेन्द्र थापा

बिराट नेपाल

तीन वर्षपछि देश फिरेको । एयरपोर्टबाट ट्याक्सीमा  à¤¤à¥à¤°à¤¿à¤­à¥à¤µà¤¨ अन्तराष्ट्रिय विमानस्थलको मुलद्धारबाट निस्कनेवित्तिकै देखिएका फाट्टफुट्ट  à¤¸à¤µà¤¾à¤°à¥€ साधन अनि धुलो, सडक वारीपारीको फोहोर, ढिस्का देख्दा देश अझै उस्तै रहेको अनुभूति दिलायो । ट्याक्सी चालक फोनमा तेल मिलाइदिन अनुरोध गर्दै थिए । उताबाट पेट्रोल लिटरको चारसय पर्ने जवाफ आइरहेको थियो । फोनपश्चात चालक भन्दै थिए—‘कसरी गरिखानु हजुर अव गाडी थन्क्याउनु पर्छ’ ।

विमानस्थलदेखि कोटेश्वरसम्मको भाडा १५ सय भनेपछी मैले एकपटक न्यु योर्क सम्झिए । नेपालभन्दा प्रतिब्यक्ति आय आकाश पाताल फरक रहेको अमेरिकाको न्यूयोर्ककोभन्दा झण्डै बढी थियो त्यो फेयर । बिहान ६ बजे विमानस्थलमा उत्रिएर कोटेश्वरस्थित निवासमा गएर चिया खानापश्चात दिउसो पुगियो एनआरएनएको विश्व सम्मेलनस्थल आर्मी अफिसरर्स क्लब भद्रकालीमा । जतिवेला  à¤¨à¤¿à¤°à¥à¤µà¤¾à¤šà¤¨ परिणाम घोषणा भइसकेर अन्य विभिन्न शीर्षकका गोष्ठीहरु हुँदै थिए । तत्पश्चात लागियो महाबौद्ध÷असनतिर । जहिल्यै पनि नेपाल आउदा मेरो पहिलो प्राथमिकतामा यो क्षेत्र र पशुपति मन्दिर पर्छन । सकेसम्म छिटो पुगिहाल्न मन लाग्छ । दसैँ किनमेल गर्नेको भिड हेर्न लायक थियो । धुलोले हिडिसक्नु छैन तै पनि मास्क लगाएरै भएपनि मानिसहरू खुसीसाथ किनमेलमा अभ्यस्त थिए । महाबौद्ध क्षेत्रका होलसेल व्यापारीहरु पनि व्यस्तै देखिन्थे । तर पहिलो जस्तो व्यापार नरहेको उनीहरूको गुनासो थियो । खासगरी नेपालीहरूको क्रयक्षमताअनुरुपका विविध सामान आउने तातोपानी नाका महिनौदेखी बन्द थियो । अनि कहाँबाट आओस सामान र बेचुन । असनको भिड पनि हेर्न लायक थियो । खुट्टा राख्ने ठाउँ थिएन । मलाई एउटा टोपी किन्नु थियो । गजपको ढाका टोपी तर पहिला मास्क किने र मुख छोपी हाले । नत्र घाँटी दुख्न थालिसकेको थियो । त्यत्रो भूकम्पपश्चात पनि  à¤œà¤¿à¤‰à¤•à¤¾ तिउ रहेका असन क्षत्रका पाटी पौवा, सत्तल र थोत्रा घरहरू देख्दा लाग्यो त्यहाँ भूकम्प आएकै थिएन । 

भोलिपल्ट बिहानै पुगियो पशुपतिनाथ । पूर्वक्षत्रतिर गइयो । मरेका लासहरु पुर्ववत जलिरह्ेकै थिए । दर्शन गर्न आएकाहरु सकेको आवाज निकालेर  à¤­à¥‹à¤²à¥‡à¤½à¤½ भन्दै कराउदै हिडिरहेका देखिन्थे । निधारमा टिका र कान अनि टाउकामा फुल सिउरेका दर्शनार्थी यत्रतत्र देख्दा मन धार्मिक भइरहेको थियो । जुन मलाई असाध्यै मन पर्छ । भूकम्पमा जोगिएका महत्वपुर्ण सम्पदामध्येमा पशुपति मन्दिर पनि एक थियो । त्यसैले त प्रवेशद्धार अघिल्तिर जुत्ता÷चप्पल राख्नेको भिड अनि मन्दिरमा दर्शन गर्नेको लाइन देख्दा लाग्यो भूकम्पले धेरैका घर अनि थुप्रै सम्पदा ढलेपनि भगवानप्रतिको आस्था किञ्चित पनि ढलेको छैन । दर्शन गरेर निस्कदै गर्दा बाटोमा अलिक अपाङ्गजस्तो लाग्ने एक बालकले पैसा मागे । दिन भनेर गोजिमा हातमात्रै के राखेको थिए । अरू दश÷पन्ध्र जना मधेसी अनुहारका बालबालिकाले ‘दाइ मलाइ दिनोस, दाइ मलाइ दिनोस’ भन्दै घेरा हालिहाले । अनि माग्नका लागी बसेकाहरुको लाइनमा हेरे त्यहाँ तिनै बालबालिकाका अभिभावक थिए । 

लाग्यो मधेसले अरू त अरू पशुपतिनाथमा पनि राम्रै अधिकार जमाइसकेछ । त्यसो त दर्शनार्थीको रूपमा पनि मैले थुप्रै मधेसी अनुहारहरु देखेको थिए । यसअघि त्यति बाक्लो सङ्ख्या कमै देखेको थिए । सायद नयाँ राजनीतिक परिस्थितिसंगै हरेक क्षेत्र सँगसँगै धर्मकर्म र धार्मिक क्षेत्रमा पनि मधेसको उपस्थिति बाक्लिदो छ । खुसी नै लाग्यो मधेसको नाममा राजनीति गर्ने केही स्वार्थी नेताहरुका कारण चलिरहेको बेफ्वाकको आन्दोलनका कारण तराई र पहाडी समुदायविचमा अविश्वास झनै झाङ्गिदो छ । तर कम्तीमा भगवानप्रतिको आस्था त एउटै छ । जुन एउटा माध्यम हुन सक्छ फाटेका ती मनहरू जोडनका लागी ।  à¤«à¤°à¥à¤•à¤¦à¥ˆ गर्दा सडकमा एउटा गाडीको पछाडि लेखिएको थियो ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।’

बेलुकीपख हानिए सोल्टी होटल । जहाँ  à¤—ैर आवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम एवं प्रधानमन्त्रीको उपस्थितिमा समापन समारोह हुँदै थियो । प्रधानमन्त्री केपी ओलीको बोल्ने पालो आयो । उनी बोल्दै मात्र के थिए फुत्त टुप्लुकिए प्रधानमन्त्री पदका उनकै पुर्वप्रतिष्पर्धी  à¤•à¤¾à¤—्रेस सभापति सुशील कोइराला । अनि ओलीले भने —‘यसैबिच भर्खरैमात्र पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला पनि हामीमाझ उपस्थित हुनु भएको छ । माइक मेरो हातमा छ म नै उहाँलाई आयोजकका तर्फबाट अतिथिको आसनग्रहण गरिदिनुहुन अनुरोध गर्दछु’। त्यसपश्चात हल तालीले गुञ्जायमान भयो । अनि थप भाषण गर्दै उनले थपे—‘अहिलेको संविधान अतुलनिय छ । समावेशी छ । लगभग सबैको माग सम्बोधन गरिएको छ । 

तपाइहरूको माग पनि जस्ताको तस्तै समेटिएको छ की एक पटकको नेपाली सधैंको नेपाली । हलबाट हैन÷छैन भन्ने केही स्वरहरू आए । अनि चतुर ओलीले सम्म्याइहाले । ‘सयमा सय नहुन सक्छ । मान्छे पूर्ण सन्तुष्ट कहिल्यै हुँदैन । यदि भयो भने त्यसले थप प्रगति गर्न सक्दैन ।’ उनले आफ्नै शैलीमा थप भाषण गर्दै थिए ‘सहमति र सहकार्यका लागी काँग्रेसलाई हात्ती, घोडा जे जे चाहिए पनि लिएर सरकारमा सहभागी हुन आग्रह गर्दछु’ । 

जतिवेला मेरो मथिङ्गलमा केही कुराहरू घुमिरहेका थिएकी त्यत्रो भूकम्पले थला पारेको छ त्यसमाथि भएन भारतीय नाकाबन्दीले बजारमा अभावै अभाव छ । यात्रा गर्न पर्याप्त सवारी साधन छैनन् । पकाएर खान घरमा इन्धन छैन । अझ कतिको न बासै छैन । र पनि सबै हाँसेकै छन् । खुसी छन् । जे छ त्यसमा चित्त बुझाएका छन् र त बिहान उठनेवित्तिकै आफ्नो कर्ममा यथावत तल्लिन छन् । हास्न विर्सिएका छैनन् । त्यसमा पनि भारतले यत्रो दुःख दिदा पनि अलिकति पनि हच्किएका छैनन् । एडजस्ट गरेकै छन् । पछिल्लो समयमा केही राष्ट्रवादी अडान देखाएका र भाषमा हसाउन जान्ने ओलीलाई नै खुसीसाथ नेपालीले प्रधानमन्त्रीको रूपमा स्वीकार गरेका छन् । तर यहाँनेर ओलीजीले हँसाउदा हसाउदै पनि काम भने गम्भीर रूपमा गर्न जरुरी छ । हैन भने त्यो हास्यरस पनि धेरै टिक्नेवाला छैन । ओलीजीको जँुगा वा उखानटुक्काका कारणले उनी पपुलर  à¤ªà¥à¤°à¤§à¤¾à¤¨à¤®à¤¨à¥à¤¤à¥à¤°à¥€  à¤ªà¤•à¥à¤•à¥ˆ पनि भएका हैनन । राजनीतिक घटनाक्रमको पछिल्लो चरणमा उनले देशको पक्षमा राखेको अडान नै एकमात्र कारण हो । तर अव उनमा त्यसलाई जोगाइराख्ने चुनौती त छ नै । साथसाथै भारतीय नाकावन्दीको विकल्प दिएर नेपाली जनजीवन सामन्य बनाउने अनि भूकम्पबाट क्षतविक्षत भएका घरबाँस बनाइदिने र जनताको ओठमा सक्कली मुस्कान लेराइदिने । अनिमात्रै उनको उखानमा जनता मनै देखीको उच्छवास हाँसो हास्न सक्छन् हैन भने उनले जतिसुकै हाँसउठने उखान भनेपनि रिस उठने हुनेछ । उनले हेक्का राख्नु जरुरी छ । 

मलाई विश्वास छ उनलाई यस कुराको राम्रो चेतना छ । तर  à¤‰à¤¨à¤•à¤¾ पछिल्ला क्रियाकलापले उनलाई पनि सुस्त देखिन थालिसकेको छ । करिब दुई हप्ता वितिसकेको छ । तर अभाव जिउका तिउ छ । झन त्यसमा मान्छे पिच्छे उपप्रधानमन्त्री र जोपायो त्यसलाई मन्त्री नियुक्त गरेर आलोचनाको पात्र हुन थालिसकेका छन् । मलाई आशा छ यी तमाम कुराका बाबजुद उनले बाँकी मुख्य कामहरू तमाम गर्ने छन् । यदि यसपटक ओली पनि असफल भएभने नेपालीसामु अव कुनै त्यस्ता नेता बाँकी छैनन् जसबाट केही हुन्छकी भनेर आस गर्न सकियोस । त्यसैले हाललाई तुरुन्त ओलीको आलोचना गर्नूभन्दा पनि उनलाई घच्घच्याउनचाही जरुरी छ । 

भोलिपल्ट सवेरै लागियो गृहनगर दोलखा÷चरिकोटतर्फ । भक्तपुरहुदै अघि बढदै गर्दा सडकको दाँया बाँया रहेको पम्पमा तेलभर्नका लागी पालो कुरेर बसेका करिब तीन किलोमिटर लामो लाइन देख्दा फेरी पनि कुटुक्क मन खायो  â€˜à¤¸à¤¾à¤²à¤¾ भारत’ ।
धुलिखेलबाट तलतिर देखिएका जस्ताका टहरा हुन वा खाडिचौरबाट उकालो लाग्दै गर्दा सिन्धुपाल्चोकका विभिन्न गाउँ हुन या त  à¤®à¥à¤¡à¥‡à¤¬à¤¾à¤Ÿ ओरालो झर्दै गर्दा देखिएका कटेजहरु, सबै उत्तिकै टल्किएका थिए । जस्तामात्रै हैन बाटोबाट देखिएका त्यहाँका मानिसका मधुर मुस्कानसंगै दाँत पनि उत्तिकै टल्किएका थिए । आफ्नो इलम गरिराखेकै छन् । गाडीतर्फ हेरेर मुस्कान छरेकै छन् । अजिव लाग्यो अनि गर्व पनि । आफ्नो नेपाली जाती देख्दा । प्रवासमा रहनेहरुले त समाचार हेरेर मनै दुखाउने मात्रै त हो । तर यहाँ त स्वयम् भोगेका छन् त्यो पिडा र कष्ट र पनि ओठमा त्यो मधुर मुस्कान हराएको छैन । हास्न विर्सिएका छैनन् । अजिव लाग्यो केही वर्ष मात्रै बाहिरिएर फर्किएको म स्वंय नेपालीलाई त । सोंचे झन विदेशीहरुलाई कति अजिव लाग्दो हो यस्तो देख्दा यत्रो पिडा छ । तरै पनि अनुहारमा कहिकतै देखिदैन । पहिलेजस्तो छतभरी राखेर हिडेका यात्रुबाहक बसहरु साह्रै नै फाट्टफुट्ट मात्रै देखियो । तरैपनि एउटा गाडीमा लेखिएको थियो ‘बलदेउ भिमसेन’ ।

थाहा छैन देशले भोग्ने हरेक दुःखद घटनाअघि पसिना आएर चर्चामा आउने गरेको दोलखामा रहेका भिमसेनले कति बल दिन्छन । तर एउटा विश्वासचाही दह्रैसंग गढ्यो कि नेपालीहरूलाई केही न केही अजिव किसिमको दैविक वलचाहि प्राप्त छ र त सदैव हास्न सकेका छन् । गरिब सही तर खुसी छन् । हरेक अप्ठ्याराहरुलाई सहजै स्वीकारेका छन् । घरपुग्दै गर्दा बजारमा कतै बजिरहेको थियो दोल्खाली लोक गायक कुमार बस्नेतको यो गीत 

 â€˜à¤­à¤¿à¤®à¥‡à¤¶à¥à¤µà¤°à¤•à¥‹ मेला, भेट भएको बेला, 
लाइदेउ माया ए साइली डर मान्नु पर्दैन ।’

सबैको जय होस !
सबैमा शुभ दसैँ तथा तिहारको शुभकामना ।

गणेश चौथीमा केही नपाएर बाँसको तगारो पनि छोडीएन-विजय थापा

बिराट नेपाल

गणेश चौथी (भाद्र शुक्ल चतुर्थी) मेरो लागि अविस्मरणीय हुन् पुगेको छ l र यस दिनमा आफूले किशोर अवस्थामा गरेका अस्वाभाविक कुराहरूले सताउछ lअलिक सानो उमेरमा नबुझी गणेश चौथीको दिन चोरे पनि पाप लाग्दैन l चोरी गरे पनि दोष लाग्दैन भन्ने सुनेको भरमा राति चोरी गर्न साथी सँग हिडियो l

यसरी नै राति हिड्दा प्रहरीले लाठ्ठीले पिडुलामा हिर्काएको पनि दिन सम्झना छ l आज चोर्न पर्ने भनेपछि छिमेकीका कुखुरा ,काक्रा ,फलफुल ,खसी ,बाख्रा ,हास ,परेवा ,जे जे भेटिन्छ त्यो मनोरंजन हिसाबले चोरियो l

पन्च पात्रो ,पूजा घन्टी ,रामायण ,गीता आदि इत्यादि पनि लामो हात पारियो l सत्यनास ,पैसा चैँ चोरियन l पैसा चोर्ने पनि हैन यो गणेश चौथी l यस हिसाबले खेलिएको पनि थिइन् l कसैलाई किन चोरेको होला भन्ने पनि सोध्ने पनि रहर लागेन l केवल राति जाने र चोर्ने मात्र दिमागमा लिएर हिडियो l केही न केही हात लाग्दथ्यो l

कति पटक कुकुरले हाउ गरी सात्तो पनि लिएको छ l गालामा रन्कने गरी बाघे झापु पनि खाईयो l कस्तो थेत्तरो शरीर फेरी अर्को साल बिर्सेर फेरी चोर्न जाऊ जाऊ मन लाग्ने l आमाले पनि आज चोर्दा पाप लाग्दैन भन्ने जस्तो कुरा गरेकोले आमाले त यसो बन्नु हुन्छ भने हामी के कम भनी राती २-३ बजे सम्म चोरी गर्न हिन्थेउ l

अहिले सम्झदा कहाली लाग्छ l तर चौथीमा राती १ बजे तिर घर मालिकले सिस्नो राखी दिएका रहेछन् साग देखेर झ्याम हात हाल्दा बिपत परेको थियो l एक पटक हाँस चोर्न जाँदा हाँस ज्यादा कराउने भएकोले घर पट्टीले थाहा पाएर मुख भरि कालो मोसो दली दिएको सम्झदा हासो लाग्दछ l १२ -१३ वर्ष को उमेरमा त्यो घटना हुन् पुगेको हो l

कति पटक गतिलो भाले पनि हात लाग्दथ्यो l चोरेर ल्याएको भाले र हाँस बिहान ४ बजे सम्म भए पनि हन्तकाले झैँ गरी पेटमा हालिन्थ्यो l कहिले काही ढाकि भरि फुल पनि चोरियो l हुदा हुदा भुसे कुकुर पनि ल्याए lखै के मिठो लागेको केही पुग्दैन थियो पकाउने समान भए पनि गल गिद्द हुने गरी खाईयो टन्न l पछि पछि चौथी अगाडी नि मानिसले थाहा पाएर तुल्फुल ,अरू सबै लुकाउने र टिप्ने गरेकोले एक वर्ष कहीँ केही पाइन l

बेलुका एक गास टिपेर हिडेको राती १ बजे सम्म पिडुला फर्के पछि गलत सोचाई आयो l अनि साथी भाइ घर घर गए l र मैले बाटोमा एउटा घरमा गाई गोरु ,बाख्रा पाठाले फूलहरू खाई दिन्छन भनेर बाँसको तगारो लामो लामो केही नछिर्ने भनी लगाएको देखे l

रिसले चुर भएकोले केही नलगी छोडदिन भनी आखिर ३ वटा बाँसका तगारा राती १ बजे तिर घरमा लिएर आएको सम्झना सबै भन्दा अविस्मरणीय लागेको छ l त्यो बाँसको तगारोले गाईको खोले पकाउन धेरै मदत गर्‍यो l

गुन्द्रुकमा जात फाल्नु भने झैँ गणेश चौथीको दिन चोर्न मन आफै लाग्ने स्वभाव १० कक्षा पछि मन मारेर आयो l ठुलो पनि भएछु र लाज पनि लाग्न थाल्यो l गणेश चौथिको दिन थुप्रै यस्ता घटना हाम्रा समाजमा घट्छन l सानो उमेरमा लह लहैमा पनि यस्तो कार्य गरिन्छ l त्यो निर्दोषपनमा गरिएको कार्य क्षम्य हुन्छ भन्ने लागको छ l नियति बस चोर्न र घर फोर्न गएको नभई चोर्न पाइन्छ अरे भन्ने सुनेको भरमा हर्कत हुने गर्छ l

आफूले यसो पटक पटक गरियो l चौथीको दिन पूजा गरिने देवता भएकोले गणेशजीलाई नेपालभाषामा चथाः द्यः भनिएको कथन छ । जनमानसमा चोर देवताको पूजा गर्ने वा यस दिन चोर्न पाइन्छ जस्ता गलत भ्रमहरू फैलिएको भेटिन्छ । कथाअनुसार त्यस दिन जसले चन्द्रमालाई हेर्छ, उसलाई चोर बनोस् भन्ने श्राप लागेको कथा मात्र हो । यस दिन पानी परे दसैँमा पनि पानी पर्ने, यस दिन शुभ भयो कि दसैँ पनि शुभ हुने जनविश्वास रहेको छ ।

अमेरिकादेखि अष्ट्रेलिया रक्तदान गर्न --अर्जुनप्रसाद मैनाली

बिराट नेपाल

यात्रा संस्मरण

नेपालीहरूले बसोबास गरिरहेका देश, सहरमा रक्तदान गरून् । उहाँहरूको रगतले स्थानीय मानिसहरूलाई बचाउन सहयोग पुगोस् भन्ने ठुलो चाहना छ । त्यसैले, आफ्नो नेटवर्कमार्फत संसारका नेपालीहरूलाई घचघचाउने गरेको छु । रक्तदान कार्यक्रम गर्न साधारण गाइडलाइन बताएको छु । उहाँहरूलाई हौसला प्रदान गर्न म आफैँ ती ठाउँहरूमा पुगी रक्तदान गरेको छु ।

सन् २०१४ मा ६ वटा देशका नेपालीसँग होल ब्लड र न्युयोर्कमा १३ पटक प्लेट्लेट्ससहित १९ पटक दान गरेँ । ९ लिटर ५०० मिलिलिटर ! यो परिमाण साधारण नेपालीले गर्नेभन्दा ४ गुणा बढी हो ।

सन् २०१४ डिसेम्बर ३१ मा नेपालीहरूले रक्तदान गरेका देश र आफू पुगी रक्तदान गरेका ठाउँ ग्लोबमा हेरेँ । चिन्ह लगाएँ । फेरी हेरेँ । म अमेरिका बसेको छु, पृथ्वीको उत्तर–पश्चिमी भागको अमेरिकामा म बसेको रहेछु । ग्लोबको अर्को पट्टी मुन्तिर दक्षिणी पूर्वी भागमा अष्ट्रेलिया छ । अमेरिकामा 'समर' हुँदा त्यहाँ 'विन्टर' हुँदो रहेछ । त्यस देशबारे 'गुगल' मा खोजें ।

अष्ट्रेलिया नेपालभन्दा ५२ गुणा ठुलो र कम जनसङ्ख्या भएको देश रहेछ । युरोपको ओ इ सी डी (आर्थिक विकास तथा सहयोग सङ्गठन) ले विश्वका जनताहरूको खुसी तथा सुखी जीवन प्राप्तिको सन्तुष्टि मापनमा १० मा ७.४ नम्बरमा पर्दो रहेछ । त्यो देशमा बसोबास गरेका ७० हजारभन्दा बढी नेपालीमध्ये १३ सय जनाले संस्थागत रूपमा रक्तदान गरेका रहेछन् ।

विश्व रक्तदाता दिवस (जुन १४, २०१५) को अवसर पारेर उहाँहरूलाई हौसला प्रदान गर्न रक्तदान नै गर्न अमेरिकादेखि अष्ट्रेलिया जाने सोंच बनाएँ । १० हजारभन्दा बढी उचाइबाट हवाईजहाजले करिब १६ हजार किलोमिटर २२ घण्टा लगाएर न्युयोर्कबाट सिड्नी पुर्‍याउने रहेछ ।

यी सबै जानकारीपछि सिड्नीमा रहेका विनोदप्रसाद मैनालीसँग मेरो योजनाबारे बताएँ । उहाँ अष्ट्रेलियाली-नेपाली समुदायमा सर्वाधिक रगत दाता हुनुहुन्छ । उहाँले 'युथ फर चेन्ज' संस्थाका अध्यक्ष विजय पोखरेलमार्फत जून १२ र १३ मा अष्ट्रेलियन रेडक्रसको पारामट्टा र टाउन हल ब्लड डोनर सेन्टरमा करिब एक सय जनाको रक्तदान कार्यक्रम राख्ने योजना बनाए । प्रवासमा अमेरिकापछि बढी रक्तदान गर्ने अष्ट्रेलियाली-नेपाली हुन् ।

फेब्रुअरी २०१५ मा ट्राभल एजेन्सीसँग जून १२ मा सिड्नी पुगी १५ मा फर्कने हिसाबले टिकट बुकिङ्ग गरेँ । करिब १६ सय अमेरिकन डलर लाग्ने रहेछ । मसँग त्यत्रो रकम थिएन । मैले काम गर्ने गाईको इन्सुरेन्स कम्पनीको क्रेडिट युनियनसँग २ वर्षमा थोरै-थोरै तिर्ने गरी ऋणका लागि आवेदन भरेँ । ४ दिनपछि ऋण स्वीकृत भएको जानकारी पाएँ । त्यो पैसा तुरुन्तै निकाली टिकट किनी सिड्नीको नेपालीहरूसँग रक्तदान गर्न बडो उत्सुकताका साथ दिन गन्ती गर्न थालेँ । अफिसमा एक हप्ताको छुट्टी मिलाएँ । म बसेको अपार्टमेन्टमा कार पार्किङ्गको व्यवस्था छैन । एक हप्ताका लागि अफिसकै पार्किङ्ग लटमा कार राख्न सेक्युरिटी पर्सनलबाट स्वीकृत लिएँ । अनलाइनबाट भिसाका लागि निवेदन गरेँ । पासपोर्टमा 'भिसा' लगाएको थिएन ।

अमेरिकाको उत्तरी पूर्वी भागमा पोलेन (फूलको पराग) को एलर्जी हुन्छ । अप्रिलको दोस्रो हप्तातिर त्यसबाट म साह्रै बिरामी भएँ । आँखा चिलाउने, नाकबाट पानी बग्ने, हाच्छ्यू आउने, नाक-कान-घाँटी दुख्न् थाल्यो । मे महिनाको तेस्रो हप्तातिर दाहिने कानबाट पीप बग्न थाल्यो । अष्ट्रेलिया जान नसक्ने हो कि भन्ने पिर लाग्यो । आफ्नो नियमित डाक्टरकहाँ गएँ । आफ्नो बिमार र सिड्नी गएर रक्तदान गर्न लागेको समेत बताएँ । डाक्टरले १० दिनसम्म एन्टीबायोटिक औषधी खान र कानमा हाल्न औषधी दिँदै मेरो कार्यक्रमको सफलताका लागि शुभकामना दिए । औषधी खान थालेपछि सन्चो भयो ।

पर्खाइको घडी पनि निकै छटपटी हुँदोरहेछ । आजभोली गर्दागर्दै बल्लतल्ल जून १० भयो । श्रीमतीले मलाइ बाह्र बजेतिर एयरपोर्ट जान सम्झाउँदै पौने १० बजेतिर उनी काममा हिँडीन । सानो सुटकेसमा २ जोर सर्ट, पेन्ट, कोट, भित्र लगाउने लुगाहरू ३-३ वटा हालें र एअरपोर्टतिर लागे ।

मेरो फ्लाइट ४ बजे हुने टिकटमा लेखिएको थियो । म घरबाट हिँडे कि हिँडीन, कहा पुँगे, हवाईजहाज चढें कि चढिन ? श्रीमतीले आफ्नो काममा हिँडेदेखि म हवाईजहाज चढ्ने बेलासम्म करिब ८ चोटि फोन गरिन् होला, मेरो हवाईजहाज नछुटोस् भनेर । यसभन्दा अगाडी तीन पटक हवाईजहाज छुटेको थियो । यसपालि हवाईजहाज छुटेन । न्युयोर्कबाट लस एन्जल्स जाने उडानमा खासै सर्भिस थिएन । लस एन्जल्सबाट सिड्नीसम्म राम्रो सर्भिस थियो । समय-समयमा वाइन, खानेकुरा खाँदै, हिन्दी फिल्म हेर्दै, केहिबेर निदाउदैं सिड्नी जून १२ बिहान ७ बजे पुगेँ । मेरो अमेरिकन पासपोर्ट भएका कारण अध्यागमनका अधिकारीहरूले केही पनि सोधेनन ।

विमानस्थलमा रक्तदान कार्यक्रम आयोजक संस्था 'युथ फर चेन्ज' का अध्यक्ष पोखरेललगायत तीन जना आउनु भएको रहेछ । फेसबुकमा फोटो देखेकाले चिन्न गाह्रो परेन । उहाँहरूले अष्ट्रेलियामा स्वागत छ भन्दै मलाइ कारमा राखेर घरमा लग्नुभयो । त्यहाँ नुहाएपछि एकछिन आराम गरेँ । त्यत्तिकैमा एन.आर.एन अष्ट्रेलियाका सचिव भरत पोखरेल आइपुग्नुभयो । उहाँसँग टाउन हल ब्लड डोनर सेन्टर गयौँ । बाटामा पर्ने ऐतिहासिक ठाउँबारे पनि बताउँदै उहाँले लैजानुभयो । ब्लड सेन्टरमा विनोदप्रसादलगायत अरू थुप्रै रगतदाताहरूसँग भेट भयो । एक आपसमा परिचय गर्‍यौँ । फोटो खिच्यौं । मेरो उच्च रक्तचापलाई नियमित औषधिद्वारा नियन्त्रण गरिएको छ । जेट-ल्याकका कारण रक्तचाप (१५७/१०५) भएकाले त्यसदिन रक्तदान गर्न मिलेन । त्यहाँका साथीहरूले भिक्टोरिया भवनलगायत ऐतिहासिक ठाउँ घुमाइ दिनुभयो । बेलायती महारानीले त्यहाकाँ मेयरलाई सन् १९८६ मा पठाएको चिठी '१०० वर्षपछि सन् २०८५ मा खोल्नु' भवनको भित्तामा फ्रेममा राखेका रहेछन् । त्यस्तै थुप्रै आकर्षक कुराहरू देख्न पाएँ ।

करिब ३ बजेतिर विनोदको अपार्टमेन्टमा गयौँ । उहाँले मलाई संस्थाको अध्यक्षकै घरमा बस्नका लागि व्यवस्था मिलाउनु भएको थियो । काठमाण्डौका मेरा छिमेकी र आफ्नै भाइ जस्ता प्रेमकुमार श्रेष्ठले आफ्नो घरमा बस्न मरिहत्ते गरेकाले पोखरेलले उहाँकै घरमा पुर्‍याइदिनु भयो । मैले समय म्यानेज नै गर्न सकिनँ । प्रेम भाइ व्यवस्थित तरिकाले बस्नुभएको रहेछ । घर-परिवार-बालबच्चा सबै राम्रै रहेछ । धेरै खुसी लाग्यो । बेलुका दाइका लागि खसीको मासु र नेपाली खाना बनाएका छौँ भन्दै चौरासी व्यञ्जन जसरी टेबल सजाइएको थियो । खानाको मज्जा लिइयो । मेरा लागि भनेर सुत्नका लागि छुट्टै कोठा तयार गर्नुभएको रहेछ । त्यही सुतें । राति २ बजेतिर प्रेम भाइ आएर दाइ, ए दाइ भनेर बोलाउनुभयो । म जुरुक्क उठें । 'दाइ, 'तपाईँलाई जाडो भयो कि ? झ्याल खुलै छ कि भनेर हेर्न आएको, पानी तिर्खा लाग्यो होला, ल यो पानी' भन्दै तामाको जगमा पानी नजिकैको टेबलमा राख्नुभयो । भाइको यस्तो सत्कारले एकछिन मलाइ ससुरालीको याद गरायो । त्यसपछि निदाउन प्रयास गरेँ । सकिनँ । सायद अमेरिका र अष्ट्रेलियाको समय फरकका कारणले होला ।

जुन १३ तारिख बिहान एन.आर.एन का सचिव भरत मलाइ लिन प्रेम भाइको घरमा आउनुभयो । नेपालका भुकम्पपिडितहरूलाई उठाएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा मलाइ लग्नुभयो । त्यहाँ एन.आर.एनका पदाधिकारीलगायत अन्य गन्यमान्यहरू हुनुहुन्थ्यो । आफ्नो परिचय दिँदै भ्रमणको उद्देश्यबारे जानकारी गराएँ ।

करिब ११ बजिसकेको थियो । भरतले मलाइ विजयको घरमा लगी एकजना रक्तदाताका साथ टाउन हल ब्लड डोनर सेन्टरमा पठाउनुभयो । रक्तदान गर्ने ठाउँमा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म नेपालीहरूको उपस्थिति, जाने-आउने भइरहेको थियो । रक्तदान कार्यक्रम आयोजकले मलाइ रक्तदानका लागि फर्म दिनुभयो । अष्ट्रेलियामा रक्तदान गर्न चार महिना बसेको हुनुपर्ने रहेछ । मैले नेपाली आइ.डी. देखाउँदै रक्तदान गर्न पाउने हिसाबले फर्म भरेँ । स्वास्थ्य परीक्षण गर्दा फेरी उच्च रक्तचाप देखियो । डाइसिस्टोलिक १०५ नै रहेछ । नर्सले अलिकति ब्लडप्रेसर 'हाइ' भयो भन्नुभयो । त्यसपछि मैले 'हेमोग्लोबिन, पल्सहरू चेक गर्दै गरौँ, अनि फेरी ब्लडप्रेसर हेरौंला, कम पो भई हाल्छ कि' भनेँ । नर्सले हुन्छ भन्दै औंलाको टुप्पाबाट रगत निकालिन् । परीक्षण गरिरहँदा नर्सको अलि बढी समय लिन 'तपाईँ यहाँ काम गरेको कति वर्ष भयो ? रक्तदाताहरू कत्तीका मिजासिला आउँछन ?' आदि इत्यादि कुरा गर्दा करिब २० मिनेट समय बितेछ । नर्सले फेरी ब्लडप्रेसर चेक गरिन् । सिस्टोलिक १४० र डाइसिस्टोलिक ९८ देखियो । रक्तदान गर्न सबै प्रक्रिया पूरा भयो । अष्ट्रेलियाका नेपाली माझ मैले १३७ औं पटक रक्तदान गरेँ । साह्रै खुसी भएँ । एन.आर.एन. अध्यक्ष महेश बलि, सचिव भरत पोखरेललगायत ७७ जनाले रक्तदान गर्नुभयो ।

त्यसदिन बेलुका हिमालय, पाकिस्तानी एण्ड इण्डियन रेष्टुरेन्टमा रक्तदाताहरूलाई सम्मानका लागि रात्रीभोज आयोजना गरिएको थियो । आयोजकले मलाइ स्पेसल गेस्ट भनेर मन्चमा आसन गराउँदै रक्तदानबारे बोल्न लगाउनु भयो । परदेशमा आफ्नो व्यस्तताका बाबजुद अमूल्य रक्तदान गरी स्थानीय बिरामीहरूलाई बचाउन प्रयास गरेकोमा सबैलाई धन्यवाद गर्दै नियमित रक्तदान गरी रहन आग्रह गरेँ ।

रक्तदान गरेर कमजोरी भँइदैन भनेर प्रत्यक्ष आफ्नो उदाहरण प्रस्तुत गरेँ । मैले गरेका काम सुनाउन मन लाग्यो । मैले १६ औं पटक रक्तदान गरेको १ घण्टापछि कम्तीमा वर्षको एकपटक रक्तदान गरौँ भन्ने नाराका साथ नेपालका पूर्वमा मेची पश्चिममा बुटवल उत्तरमा कोदारी र दक्षिण वीरगञ्जसहित ३१ दिनमा २२ किलोमीटर साइकल-यात्राको अनुभव सुनाएँ । त्यस्तै रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि क्यानाडासम्म ८०० किलोमिटर ड्राइभ गरी रक्तदान गरेर पुन न्यु योर्क फर्केको अर्को उदाहरण प्रस्तुत गरेँ । त्यस्तै न्युयोर्कदेखि बर्मुडा, बेलायत, आयरल्याण्ड, मकाउ, नेपाल, भारत र अहिले अष्ट्रेलियाका नेपालीमाझ रहेको व्यक्त गरेँ । अमेरिकामै, न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्सस, मेरिल्याण्ड, जर्जिया, इन्डियाना, सिकागो, बोस्टन, कनेटिकटका नेपालीमाझ बिहान गई रक्तदान गरी बेलुका फर्किएको उदाहरण प्रस्तुत गरेँ । नेपालमा बिरामीहरूका लागि आफूले रक्तदान गर्ने र नपुगेको अवस्थामा अन्यत्रबाट खोजेर भए पनि सेवा गर्ने, रक्तदान कार्यक्रमका आयोजकमध्ये केहीलाई उपराष्ट्रपतिको बाहुलीबाट नगद पुरस्कार र प्रशंसा-पत्रले सम्मान गरेको सुनाएँ । प्रसुति महिलाहरूलाई उपचार गर्दागर्दै अत्यधिक रक्तश्राव भई मरणासन्न अवस्थामा पुगेका बेलामा रगत कहिँबाट उपलब्ध नहुँदा उपचार गर्ने डाक्टर आफैँले रगत दिनेलाई नगद पुरस्कारले सम्मान गरेको छु ।

अमेरिकामा नेपाली समुदायमा १०० भन्दा बढी रक्तदान कार्यक्रम राख्ने एउटा पुलको काम गरेको छु । हजारौँ नेपालीहरूले रक्तदान गरेका छन् । यी कुराभन्दा सबैले एकाग्र भएर सुन्नुभएको थियो । अब यसपछि उपस्थित हुनु भएकाहरू रक्तदाता मात्र नभई रक्तकर्मी हुनुहुनेछ भन्ने मेरो बुझाइ छ ।

जून १४ तारिखमा प्रेम भाइले अष्ट्रेलियाको राजधानी केनवारा साढे तीन घण्टा ड्राइभ गरी घुमाउन लैजानुभयो । उहाँकी दुई जिउकी श्रीमतीले बाटामा खानका खाना पोको पारेर पठाएका खानेकुरा अति नै स्वादिष्ट थिए । नेपालमा म बालककालमा आमासँग मामाघर जाँदा घुलो उकालोको चौतारामा बसेर खाएको सम्झना भयो ।

जून १५ तारिख बिहान ७ बजे संस्थाका अध्यक्ष पोखरेल र अर्का सक्रिय रक्तदाता मनोज अधिकारीले मलाइ विमानस्थल ल्याउनुभयो । त्यहाँका नेपालीहरूबाट म आफैँले पनि कसैलाई दिन नसक्ने माया र आतिथ्य पाएँ । यसरि तीन दिनको रक्तदान भ्रमणले मलाई अझ बढी ऊर्जा मिलेको छ । यत्रो लामो दूरीको रक्तदान यात्राले सम्पूर्ण नेपाली समुदायमा पनि रक्तदान कार्यक्रम गर्न प्रोत्साहन हुनेछ भन्ने विश्वास लिएको छु ।