Similar Articles

लेख रचना

नागपञ्चमी: महत्त्व र विशेषता: ज्योतिष पण्डित राजेन्द्र खनाल

बिराट नेपाल

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रूपमा पुजिन्छ, परापूर्वकालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेषमहत्व रहदै आएको पाइन्छ । भगवान् शङ्करको आभुषण होस् वा भगवानविष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरूप र आकारप्रकारसचित्र देख्न पाइन्छ । 

 

पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमापनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरूलाई आधार मान्दा राजापरीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकैभानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञरोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्लपञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएकोकुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमापनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जनाकिसानको घरमा उसको दुईवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यसकिसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवतारिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तरउसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानकोछोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरीदूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसकोपरिवारलाई बचाइदिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउनथालिएको पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । योपर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाइन्छ ।

 

 

नागपञ्चमी पूजा र विधि:

प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिनबिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तीमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमाबनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फुल, सिन्दूर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथाचट्याङको भय हुँदैन ।  नागपञ्चमीका दिन यसरी विधिविधानले नागकोपूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक रप्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै "कालसर्प" आदिगरिएको योग पनि नष्ट हुन्छ ।

 

प्रार्थना मन्त्र : 
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “

 

भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।

यसपालीको नाग पञ्चमी यही अगस्ट 7 तारिख रविवार पर्दछ, यसबारेमा विस्तृत जानकारी तथा पूजा कसरी गर्ने ? भन्ने सम्बन्धमा थप छलफल गर्नका लागि तलको नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क : हिन्दु कल्चरल सेन्टर USA 7038706480 or khanalguru@gmail.com or hinduculturecenter@gmail.com




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक