Similar Articles

लेख रचना

हामी नेपाललाई माया गर्छौँ-- सुदक्षिणा भट्ट

बिराट नेपाल

रक्की माउन्टेन फ्रेन्ड्स् अफ नेपाल (कोलोराडो) द्वारा आयोजित निबन्ध प्रतियोगितामा भाग लिएका बालबालिकाहरुद्वारा लेखिएको निबन्धहरु बिआरटी नेपाल ड्ट कममा प्रतियोगीको नामको वर्णक्रमको आधारमा क्रमश: प्रकाशित हुनेछ । आठौं निबन्ध लेखिका सुदक्षिणा भट्ट (कक्षा १२, लङ्मन्ट हाइस्कुल)
 
प्रतियोगितामा पहिलो स्थान प्राप्त निबन्ध ! 

 

===========================

 

जननी जन्मभुमिस्च स्वर्गादपि गरिएसी : जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ।

 

मनबाट र राष्ट्रभक्तिले ओत् प्रोत भएको मेरो देश नेपाल सुन्दर, शान्त र विशाल छ अनि म मेरो देशलाई राष्ट्रभक्ति भावनाका साथ माया गर्छु। हाम्रो देश नेपाल के नै कुरा मा कमी छ र ?  à¤¬à¤¹à¥à¤œà¤¾à¤¤à¤¿à¤¯ , बहुधार्मिक, बहुभाषी , रितिरिवाज, चालचलन, परम्पराले भरिपूर्ण रहेको मेरो देश नेपाल प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरीभराउ रहेको छ। यती सबै भएर पनि एकआपसमा मिलेर रहेको हाम्रो नेपाली समाज विश्वमा नै एउटा नमुना हो। 


पूर्वको मेची देखी पश्चिम महाकाली सम्म,  à¤‰à¤¤à¥à¤¤à¤°à¤•à¥‹ हिमालय देखी दक्षिणको समथर भूमिसम्म फैलिएको हाम्रो देश नेपाल  à¤­à¥Œà¤—ोलिक रूपमा सानो देखिएपनि यहाँ रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाहरुले नेपाललाई संसारको अगाडि  à¤®à¤¹à¤¾à¤¨à¥  à¤¬à¤¨à¤¾à¤à¤•à¥‹ छ।  à¤µà¤¿à¤¶à¥à¤µà¤•à¥‹ सबै भन्दा अग्लो शिखर सगरमाथा देखी  à¤¤à¤¿à¤²à¤¿à¤šà¥‹, राराताल, माछापुछ्रे, फेवाताल, चितवन राष्ट्रिय निकुन्ज र अन्नपूर्ण पदयात्रा जस्ता द्रिस्यहरुको  à¤¬à¤¯à¤¾à¤¨ गरेर साध्य छैन। सूर्यउदय र सुर्यास्तको सजिलैसँग द्रिस्यावलोकन गर्न सकिने ईलामको श्री अन्तु हिलको दृश्यले कस्को चाहिँ मन प्रफूल बनाउदैन होला र?  à¤¤à¥à¤¯à¤¸ लगायत नदी नाला,  à¤à¤°à¤¨à¤¾, हिमालयको सौँदर्य, बहुमुल्य जडीबुटी, विश्वमै दुर्लभ एक सिङे गैँडा, अर्ना, पाटेबाघ, डाफे लगायत सयौ किसिमका पुतलीहरु हाम्रै बन्जंगलमा देख्न सकिन्छ ।  à¤¯à¤¸à¥à¤¤à¤¾ प्राकृतिक सम्पदाहरुले नेपालीहरूलाई मात्र नभई विश्वलाई नै लोभ्याएको छ। 


यहाँ रहेका मठमन्दिर, गुम्बा, पाटिपौवा, हिन्दुहरूको पवित्र स्थल पशुपतिनाथ, हिमाल पारी जिल्लाको मुक्तिनाथ, गोसाईकुन्ड, बराहक्षत्र जस्ता हजारौँ प्रसिध्द धार्मिक तिर्थस्थलहरु र सांस्कृतिक सम्पदाहरुमा नेपालका मात्र नभई  à¤µà¤¿à¤¶à¥à¤µà¤­à¤°à¤¿à¤•à¤¾ लाखौँ तिर्थालूहरु पवित्र हुन तिर्थयात्रा गर्ने गर्छन्। दसैँ, तिहार, तीज, माघे सक्रान्ति, नाग पञ्चमी, जनै पूर्णिमा, शिवरात्री, कृष्ण जन्माष्टमी, चैते दसैँ जस्ता चाडपर्वहरु  à¤° त्यस चाडपर्वहरुमा गरिने क्रियाकलाप र आफन्तजनहरुसँगको भेट सोच्दैमा एउटा छुटै किसिमको आनन्द हुने गर्छ। यी सबै कुराहरू हामी नेपालीहरू विश्वको कुनै कुनामा पुगेर पनि बिर्सन सक्दैनौ ।

 

गौतम बुद्ध जस्ता शान्तिदूतलाई जन्म दिएकी नेपाल आमाले वीरपुरुषहरु वीरभद्र, अमरसिङ थापा, भानुभक्त आदिलाई पनि जन्माईन्। भ्रिकुटी, सिता जस्ता साहसी नारीहरू लगायत अमर शहिदहरु गंगालाल श्रेष्ठ, दशरथ चन्द, सुक्रराज शास्त्री अनि धर्मभक्त माथेमा पनि नेपाल आमाकै सन्तानहरु हुन् जसका देनले आजसम्म पनि नेपाल र नेपालीको नाम विश्वमा चिरपरिचित छ। अहिले सम्म कसैको सामु पनि नझुकेका वीर गोर्खालीहरुको घर भनेर सु-प्रसिद्ध रहेको नेपालका सन्तानहरु हामी नेपालीहरूले हटेर होइन डटेर लडेका छौँ  à¤° अहिले सम्म नेपाल  à¤†à¤®à¤¾à¤•à¥‹ शिर उचा राख्न सकेका छौँ।

विभिन्न सम्पदाहरु मात्र नभएर नेपालमा खाने कुरा देखी लगाउने लुगा सम्मको छुट्टै महत्त्व छ। नेपाली दाल-भातको स्वादलाई कुनै पनि विदेशी खानाले जित्न सक्दैन र मो:मोको अगाडि पिज्जा र बर्गरको केही सीप लाग्दैन। त्यसै गरी विदेशी कपडाहरुले कहिल्यै पनि परम्परागत र राष्ट्रिय पोशाकहरुको आनन्द दिँदैन।  à¤¹à¤¾à¤®à¥€ नेपाली हौँ र हामीलाई आफ्नो चालचलनको मान् राख्न राम्रोसँग आँउछ र त्यस्तो कुरा हामीले भुलेर पनि भुल्न हुन्न । जसरी हामीलाई हाम्रो बाउ-बाजेले धर्म, संस्कृति, र परम्परा सिकाएका थिए त्यसरी नै हामीले पनि आउदो सन्ततिलाई सिकाउन सक्नु पर्छ। त्यही बाट नेपालीहरूको मान् र सान् सधैँ जिउँदो हुन्छ।

 

समय र परिस्थितिले मलाई जहाँ ल्याइ पुर्याए पनि मेरो नसा नसामा नेपालीपन कुदिरहेको छ । हो आज म आफू जन्मेको ठाउँ, आफ्नो घरपरिवार, साथीभाइ,  à¤‡à¤·à¥à¤Ÿà¤®à¤¿à¤¤à¥à¤°, छरछिमेक, नातागोता  à¤° आफू खेलेको माटो भन्दा धेरै टाढा यो सुविधा सम्पन्न मुलुक अमेरिकामा छु तर पनि आफ्नो जन्मभूमि नेपाललाई नसम्झिएको दिन हुँदैन । नेपालमा अथवा संसारको कयौँ कुनामा लुकेर बसेका नेपालीहरूलाई केही नराम्रो भयो भन्ने खबर सुने भने मुटु सिरिङ्ग हुन्छ। एक वर्ष अगाडि गएको भूकम्पले नेपालीहरूको मुटु दुखेको थियो। कयौँ नेपालीहरूको मृत्‍युको खबर र त्यो खबरको पिडा अहिले सम्म पनि हामीमाझ ताजा नै छ। त्यस बेला म लगायत म जस्ता कयौ नेपालीहरूले आफूले सक्ने जति मद्दत गरेर नेपालमा घर अथवा घरपरिवार गुमाएका नेपालीहरूको लागि सहयोग पठाएका थियौँ । हामी आफ्नै आँखा अगाडि आफ्नो देश रोएको कसरी हेर्न सक्थ्यौँ र?  à¤® अहिले नेपाल भन्दा धेरै टाढा भएतापनि मेरो जन्मभूमिको माया मलाई मेरो कर्मभूमिको भन्दा बढी लाग्छ। मेरा नातागोता, मेरो संस्कृति , मेरो भाषा, भेषभुषा सबै नेपालमा नै छ। सबै कुराहरू भएको मेरो पवित्र देशलाई म कसरी भुल्न सक्छु र ?

 

नेपालमा राजनीतिक अवस्था ठिक छैन र त्यही कारणले कयौँ नेपालीहरू आफ्नो देश छोडेर विदेशीन परेको छ। यदि नेताहरूको दिमाग ठिक ठाउँमा आएर आफूआफू मात्र नभनि हामी हामी भनेर नेपालको विकास गर्न तर्फ लागे भने नेपाललाई विकसित हुनबाट कसैले पनि रोक्न सक्दैन। हामीसँग स्रोतको कमी छैन तरपनि नेताहरूको तँछाड् र मछाड्को खेलले अहिलेसम्म नेपाललाई विकसित पार्न भने सकेको छैन। तर जे छ, जस्तो छ, मलाई मेरो नेपाल नै प्यारो लाग्छ र मलाई विश्वास छ कि एक दिन हामी सबैले नेपाल विकसित भएको देख्न पाउने छौँ। यी सबै कुराहरूले गर्दा मेरो मनबाट नेपालको लागि माया कहिल्यै कम हुँदैन । म जता छु, जे गर्दै छु, म गर्वको साथ भन्छु कि म नेपाल कि छोरी हुँ र म नेपाललाई आफू भन्दा पनि धेरै माया गर्छु।

 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक