Similar Articles

लेख रचना

संदर्भ- संविधान : आउनुहोस् खुसी बाडौं - तारा बराल

बिराट नेपाल

६५ वर्ष अघि वी पी कोइरालाले एउटा सपना देखे -संविधान सभाको । त्यसको वकालत पनि गरे । तर त्यो सपना विपनामा परिणत हुन नपाउदै तुहियो । देशी विदेशी षड्यन्त्रको सिकार भयो संविधान सभा । त्यसपछि त्यो मुद्दा ओझेल भयो, सबैले बिर्सें । आआफ्नु डम्फु बजाउने सुरमा कोइरालाको पार्टी नेपाली काँग्रेसले पनि त्यसलाई सम्झेन ।

१० वर्ष अघि संविधान सभाको घाउ फेरि बल्झ्यो । माओवादी र संसदवादी एक ठाउमा उभिन पुगे । तत्कालीन राजा ज्ञानेन्द्रको आकस्मिक कू पछि गणतन्त्र र संविधान सभाको नयाँ चरणमा नेपाल प्रवेश गर्‍यो । यो मुद्दा अग्रसर बनाउने मुख्य पात्र माओवादी नै हो , जसलाई अन्य मूलाधारका पार्टीहरूले पनि साथ् दिए । मुद्दा त अघाडि आयो तर त्यसले स्थापित हुन थुप्रै आरोह अवरोह भोग्नु पर्‍यो । पहिलो संविधान सभा संविधान बनाउन नपाउदै तुहियो । माओवादीको अहङ्कार र देशी विदेशीको चलखेलका कारण जनताका प्रतिनिधिले संविधान बनाउने अवसर र समय गुम्न पुग्यो ।

यसबीचमा नेपालका मुख्य राजनीतिक पार्टी र तिनका नेताहरू साह्रै आलोचित बन्न थाले । राजनीतिले स्थायित्व नलिदा देश संक्रमण र बेहाल देखिनु स्वभाविक थियो । देश विदेशमा बस्ने सबै नेपालीको चाहना भनेकै नेपालको शान्ति र प्रगति हो । चासो र चिन्ताबाट उर्लिएको जनदवाब , फेरि पनि असफल हुनसक्ने राजनीतिक दलहरूभित्र पन्पिएको डर, सायद् यिनै कारण हुन् जस्ले आजको दिनमा आइपुग्दा संविधानले मूर्त रूप लिदैछ । आठ वर्षदेखिको रस्साकस्सी  à¥¨à¥¦à¥§à¥« को सेप्टेम्बेर २० मा थामिदैछ । वी पीले प्रारम्भ गरेको जनताको संविधानको वकालतले मुद्दा जितेको छ । नेपाली जनता अब भने सांच्चिकै सार्वभौम भएका छन् । 

नेपालका मुख्य राजनीतिक दल, तिनका नेताहरू, संविधान सभाका सदस्यहरू र सबै नेपालीको शिर ठाडो भएको छ । ९०% को प्रचन्ड बहुमतले लोकतान्त्रिक संविधान पारित भएको छ । केही नमिलेका , केही चित्त नबुझेका विषयहरू छन्, तिनको समाधान समयले गर्दै जाला । सर्वसम्मत संविधान संसारको कुनै पनि मुलुकमा हुँदैन । यो वास्तविकताबाट कसैले पनि भाग्न मिल्दैन । असहमति र आलोचना लोकतन्त्रबाटै समाधान हुन्छ । यसका विधि र प्रक्रिया हुन्छन् । लोकतन्त्रवादीले त्यसलाई आत्मसात गर्दै शान्तिपूर्ण आन्दोलन चलाइ रहनु पर्छ । हिंसा र उग्रता कसैको पक्षमा हुँदैन । अब देशले फडको मार्नु पर्छ । अस्थिरता र भाँडभैलो पचाउने दिन गए ।

जादुको छडी होइन !
संविधान देशको मूल कानुन हो, जादुको छडी होइन । यो जारी हुदैमा सबै समस्या छुमन्तर हुन्छ भन्ने मान्यता कसैले राख्छ भने त्यो गलत् हुन्छ । हो, यसको सबल कार्यान्वयन र व्यवस्थापनले देश् र देशवासीको कायापलट हुन्छ । हामीले कल्पना गरेको नयाँ र समुन्नत नेपाल निर्माण हुनसक्छ । तर यसकोलागि इमान्दार, नैतिक एवम सक्षम नेतृत्व आवश्यक हुन्छ । अधिकार र कर्तव्य बोध गर्ने अनुशासन जनतामा पनि हुनु पर्छ ।

छिमेकीको चासो
संविधान आउन लागेकोमा घरभित्र मात्र हैन छिमेकमा पनि चासो र खुसी हुनु पर्ने हो । एउटा छिमेकीले खुसी हुँदै संविधानको स्वागत गर्दा अर्को नजिकको छिमेकी भने बेमौसमको सुझाव र सल्लाह बोकेर हस्तक्षेपको शैलीमा नेपाल पुग्छन् । बहुमत नेपाली जनताले खुसी बाँड्ने अवसरमा खुर्सानी छर्किन आउछन् । यो भए हुन्थ्यो , त्यो भए हुन्थ्यो भन्ने आदेसात्मक भाषा बोल्छन । यो २१ औं शताब्दिमा असल छिमेकीले देखाउने व्यवहार हैन । नेपाली जनताले आफ्नू बलबुताले गरेको निर्णयमा छिमेकीले धेरै चासो नराख्दा हुन्छ । भोलि नेपालले गोर्खाल्याण्डको बारेमा उसलाई सल्लाह दियो भने के भारतले पचाउला !

प्रवासीको खुसी !
नयाँ संविधानले हामी प्रवासमा बस्ने नेपालीहरूलाई डबल खुसी दिएको छ । पहिलो त , लामु र व्यग्र प्रतीक्षा पछि हाम्रो मातृभूमिले संविधानमार्फत लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । अर्को खुसी भनेको गैर आवासीय नेपालीलाई अपनत्व दिदै नेपाली नै भैरहन पाउने न्यानु काख दिएको छ । हामीले खोजेको एक पटकको नेपाली सधैँ नेपाली भन्ने मान्यतालाई संविधानले आत्मसात गरेको छ । अब प्रवासमा बस्ने लाखौँ नेपालीले परदेशी हुनु परेको पिडामा रुनु पर्दैन । त्यसैले आउनुहोस् अब खुसी बाडौ । खुसी पनि एक्लो हैन डबल बाडौं । खुसी जति मनाए पनि हुन्छ, जति बाँडे पनि हुन्छ । दु:ख पो नबाँड्नु । खुसीयाली मनाउ , जन्मभूमीको सुखद र ओजस्वी भविष्यकोलागि मिलेर प्रार्थना गरौँ ।



-ह्युस्टन्, टेक्सास । 
Email: tara_baral@yahoo.com

.
.
.


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक