Similar Articles

लेख रचना

बदामले फेरिएको जीवनशैली–नवराज बजगाई

बिराट नेपाल

विद्यालयमा पढेको अनुभव समेत नभएकी नारायणस्थान ६ काभ्रेकी चेतुमायाँ बल तामाङलाई कसरी पढ्ने त्यो पनि थाहा छैन – वि.स. २०३३ सालमा जन्मेकी उनी निरक्षर हुन् । 

विद्यालय एक दिन पनि नटेकेको भए पनि हाल उनले वार्षिक लाखौँ आम्दानी गरिरहेकी छिन् । त्यो माध्यम हो बदाम बिक्री । विगत ५ वर्ष अगाडिदेखि बनेपास्थित गोदामाचोकमा बदाम सङ्कलन गर्ने, भुट्ने र बिक्री गर्दै आएकी उनले सिजनको ४÷५ महिनामा ४ लाखदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेको बताईन् ।

वर्षायाममा घरायसी काम र हिउँदमा बदाम बिक्रीमा व्यस्त रहने उनी बदामबाटै मनग्य आम्दानी गरिरहेकी छिन् । ११ जनाको परिवार रहेको उनी  à¤µà¤¿à¤—त १३ वर्षदेखि बदाम बिक्री गरिरहेकी छिन् । बलले बदाम बिक्रीबाटै परिवारको आर्थिक समस्या समाधानदेखि लिएर आफ्नो छोराछोरीलाई राम्रो शिक्षा–दीक्षासमेत गारउँदै आएकी छिन् ।

बदामबाट उनले त मनग्य आम्दानी गरेकै छिन् सँगै उनले रोजगारी पनि सृजना गरेकी छिन् । उनको बदाम कारखानामा कार्यरत बाबु तामाङ जसले बदाम भुट्ने काम गर्दछन्, उनी पनि हालसम्म विद्यालयमा पुगेका छैनन् । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय बाहिर रहेका तामाङको विद्यालयमा गएर पढ्ने रहर हुँदाहुँदै उनले पढ्न पाएनन् । नपढेपछि केही पनि रोजगारी पाइदैन भन्ने गाउँका शिक्षित व्यक्तिहरूको सल्लाह सुझावले पनि उनलाई के गरौँ, कहाँ जाऔँ भइरहेको थियो । तर उनै बदाम बिक्री गर्ने बलले मासिक रु. १५ हजार दिने गरी रोजगार दिएपछि तामाङ अहिले निकै हर्षित देखिन्छन् । शिक्षित व्यक्तिले सरह नै रोजगारी पाएपछि उनको दिनचर्या नै फेरिएको छ । तामाङ मात्रै होइन, बदाम कारखानामा कार्यरत ३ महिला पनि आफूले रोजगारी पाएपछि निकै हर्षित भएका छन् यो वर्ष बलले बिक्रीका लागि तराईका जिल्लाहरुबाट ३ टिप बदाम खरिद गरेर राखेकी छिन् ।

४ टिपजति बिक्री भइसेको छ । आफ्नो आवश्यकता अनुसार अर्डर गरी बलले सयौँ केजी बदाम आफ्नो कारखानामा ल्याउने गरेकी छिन् । उनले तराईबाट बोराको ४ हजारका दरले बदाम खरिद गर्ने गरेकी छिन् उनका आउने ग्राहकलाई पाथीको २ सयका दरले बदाम बिक्री गर्ने गरेकी छिन् । उनको कारखानाबाट जिल्लाको पनौती, बनेपा, सिन्धुपाल्चोकको तातोपानी, राजधानी, दोलखा, रामेछापसम्म बदाम बिक्री हुने गरेको छ । बल, उनी एक पात्र जो पर्दा अगाडी छिन् । साना साना डाला लिएर उनी कहाँ २ पाथी ४ पाथी बदान लिएर चोक चोकमा बिक्री गर्ने पर्दा पछाडिका थुप्रै पात्राहरु छन् जो १ पाथी बदाम बिक्रीमा १ विष रुपैया कमाउँछन । यस्तै पात्र मध्येका एक हुन दोलालघाटका देवीमाया तामाङ जसले दैनिक २ देखि ३ पाथी बदाम बिक्री गर्ने गरेको सुनाउँछिन् । हाल उनी बदाम बिक्रीबााटै ५ देखि ७ हजार प्रतिमहिना कमाइ गर्छिन ।  à¤¹à¤¾à¤² अध्यागमन विभागबाट विदेशिनकै लागि १८ देखि १९ युवा आवेदन दिन्छन् । उनीहरूका लागि चेतुमाया एक उदाहरणीय सुपात्र हुन् । गर्नेका लागि सानो पुँजी र अवसर चिनेमा यत्रतत्र रोजगारी छ भन्नेको पर्याय बनेकी छन् उनै चेतुमायाँ बल ।

बदामले फेरिएको जीवनशैली–नवराज बजगाई


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक