Similar Articles

लेख रचना

नयाँ शक्तिको बहस--सुरेन्द्र रेग्मी, टेक्सास

बिराट नेपाल

अहिले नेपालमा नयाँ शक्ति शब्दको निकै चर्चा छ । नेपालमा यो नयाँ शक्ति बारेको चर्चा र बहस नयाँ पनि हो । ०६२/६३ को आन्दोलन र त्यसपछिका वर्षमा नेपालमा नयाँ नेपाल नयाँ शक्तिको बारेमा चर्चा परिचर्चा हुन थालेको हो । त्यतिबेलाको अन्यौलपूर्ण राजनीतिले जन्माएको निराशासँगै देशमा कायापलट ल्याउने कुरासँग ‘नयाँ नेपाल’ शब्दावली प्रयोगमा ल्याउन थालिएको हो ।  à¤¯à¥‹ नयाँ नेपालको चर्चा चाँही पुरानै शक्ति (राजनैतिक) पार्टीले नै गरेका हुन । खासगरी १० बर्से जनयुद्दबाट उदय भएको पार्टी माओवादी र यसका नेताले बढी सतहमा ल्याएका हुन । पुरानै शक्ति, पुरानै नेता, पुरानै बिचार, उनीहरूको उहिनै क्षेमताले नयाँ नेपालको कुरामात्र भयो खासमा नयाँ नेपाल बनाउने काम हुन सकेन र उनीहरूबाट हुने सम्भावना पनि थिएन । त्येसैले ‘नयाँ नेपाल’ शब्दावली व्यंग्यात्मक अर्थमा पो प्रयोग हुन थाल्यो ।

‘नयाँ नेपाल’ शब्दावली पछि ‘नयाँ शक्ति” कुरा उब्जिएको छ जुन स्वभाबिक पनि छ । सशस्त्र आन्दोलन गरेको माओवादी केही समय अघिसम्म नयाँ नै थियो । अब चाँही नयाँ शक्तिको आवश्यकता यी राजनीतिक दलबाट आजित भएर यिनीहरूको विकल्पको रूपमा आउनु पर्छ भन्ने मानेताका साथ आएको छ । यो नयाँ शक्तिले नयाँ राजनीतिक दलको परिकल्पनाका गरेको छ । आफूसमेत खटेर निर्माण गरेको पुरानो घर एमाओवादी छाडेर निस्केका ‘आर्किटेक्ट’ बाबुराम भट्टराईले यस्लाई मलजल गर्दै छन् । यसै सिलसिलामा आध्यात्मिकदेखि भौतिकवादी, साम्यवादीदेखि उदार लोकतन्त्रवादी, आर्यखसदेखि जनजाति–मधेसवादी, धनी उद्योगपतिदेखि गरिब सीमान्तकृत, मनोक्रान्ति साधक सबसँग निरन्तर सम्पर्कमा छलफलमा छन् उनी । तर नयाँ शक्ति कस्तो बन्दै छ कहिले घोषणा हुन्दी छ यसै भन्न सकिने अवस्था छैन ।

हुनत २०६२-६३ को आन्दोलन पछि देखापरेका कयौँ जातीय र क्षेत्रीय दल पनि नँया नै हुन। सञ्चारकर्मी रवीन्द्र मिश्र, पूर्व मूख्यसचिव लीलामणि पौडेल, भट्टराईकै सहपाठी उपेन्द्र देवकोटा लगायतकले पनि नयाँ शक्तिको बहस छलफल थालेका छन् । हामीलाई थाहै छ उज्ज्वल थापाले नेतृत्व गर्दै आएको विवेकशील नेपालीले पनि आफूलाई चल्तीका धारको पार्टी नभई नयाँ शक्तिकै रूपमा अघि सार्दै आएको छ । देवकोटाले ‘राष्ट्रवादी धार’को अगुवाइ गर्ने घोषणा गरेका छन् । नयाँको यतिबिघ्न चर्चा र प्रयोग भइरहकै अवस्थामा फेरी नयाँ शक्तिको चर्चा आइरहेको छ । किनत? किनकि अहिले साँच्चिकै नयाँ शक्ति बनाएर देशलाई समृद्धिको बाटोमा कसरी लैजाने भन्नेमा पढेलेखेका युवाहरूको विशेष चाख बढीरहेको छ ।

भट्टराईले नयाँ शक्तिको बहस दुई वर्षयता चलाइरहे पनि एमाओवादी परित्यागसँगै तीव्रता दिएका हुन् । कुनै बेला एमाओवादीप्रति आलोचनात्मक दृष्टि राख्ने काठमाडौँको पढालेखा जमात् र मध्यमवर्ग भट्टराईप्रति भने सहानुभूति राख्थ्यो । कतिसम्म भने प्रधानमन्त्री छँदा ‘बाबुरामलाई काम गर्न देऊ’ अभियान नै चल्यो । भट्टराईको प्रधानमन्त्रीत्व कालमै संविधानसभाको विघटन, त्यस यताका कतिपय विवादास्पद निर्णयहरूमा उनी जोडिएसँगै लोकप्रियताको ग्राफ ओरालो झर्यो । बाबुरामलाई यी कारणले पक्कैपनी प्रभाव परेको हुनु पर्छ । यस्लाई उनी नयाँ शक्ति मार्फत उजागर गर्न चाहेको देखिन्छ।

हो नयाँ शक्तिको जरुरी छ, हाम्रो देशको मौलिकता र विविधतालाई आत्मसात् गर्नेगरी नयाँ स्वरूपको सङ्गठन शैली, नयाँ सोच्ने तरिका भएको, अरू देशको विकास प्रगतिको फड्को अध्ययन गरेर नेपालको  à¤®à¥Œà¤²à¤¿à¤•à¤¤à¤¾à¤®à¤¾ विकास गर्ने खालको चिन्तनलाई संस्थागत ढङ्गले अगाडि बढाउने शक्ति निर्माण गर्न जरुरी छ  à¥¤ यो कुरामा  à¤•à¥à¤¨à¥ˆ दुबिदा छैन पुराना दलहरूलाई जोडजाड गरेर नयाँ शक्ति बन्दैन भन्नेमा  à¥¤ तर  à¤®à¤¾à¤¨à¥à¤›à¥‡  à¤¨à¤¯à¤¾à¤ जन्माएर हुर्कायर बढायर नयाँ शक्तिको नेतृत्व बनाउन सम्भव छैन,  à¤µà¤¿à¤­à¤¿à¤¨à¥à¤¨ रूपले छरिएर रहेका यही समाजका सक्रिय, निस्टावान, क्षमतावान ब्यक्तिहरुबाटै बनाउन पर्दछ । यसो हो भने यो नयाँ शक्तिमा को-को अट्ने को-को नअटने भन्न्ने पनि अर्को बहसको कुरा हुन आउँछ ।

अहिले देखिएका अगुवा नयाँ शक्तिका पिताहरुका आ-आफ्नै विशेषता भजाइ रहेका छन् हाम्रो सामु । रबिन्द्र मिश्र समूहले नयाँ शक्तिका चार खम्बाका रूपमा ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता’लाई नाराका रूपमा प्रचार थालेका छन् । यता भट्टराईले भने ‘पाँच स’ अर्थात् ‘स्वाधीनता, समावेशी–समानुपातिक लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र शान्तिका लागि समाजवाद तथा सदाचार’को प्रतिबद्धता अघि सारेका छन् । देशले संविधान पायो, अब सदाचार र सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्दै नेपालको  à¤¸à¤®à¥ƒà¤¦à¥à¤§à¤¿à¤•à¥‹ बाटोमा ढिलो नगरी अघि बढन अहिले  à¤…गाडि आएका व्यक्ति र बिचारको पनि सामूहिक मन्थनहुनु पर्छ, निकै मथेर अहिलेको आवश्यकता सुहाउँदो बिचरालाई जनताका बिचमा ल्याउनु पर्छ अनि उक्त बिचार लाई अनुमोदन गरिनु पर्छ ।

सन् २०१३ मा भारतको दिल्ली प्रान्तमा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) नामको नयाँ दलले आश्चर्यजनक ढङ्गले दोस्रो स्थान प्राप्त गरेपछि दक्षिण एसिया भरी नै नयाँ राजनीतिक दल र संस्कृतिको उदयका सम्भावना बारे चर्चा चलेको हो। आपले यसै वर्ष सम्पन्न दिल्ली प्रान्तको मध्यावधि निर्वाचनमा झनै आश्चार्यजनक ढङ्गले एकलौटी जस्तै विजय प्राप्त गर्‍यो। यसकारणले पनि नवीन राजनीतिक दल, परिष्कृत दलिय संस्कृति र शासनपद्धतिको सम्भावनाहरूको चर्चा चुलिमा पुगेको छ। तर नेपालको अहिलेको खोजमा  à¤†à¤¯à¤•à¥‹ नयाँ शक्ति आदमी पार्टी जस्तै सफल हुन्छ भन्ने कुनै पनि आधार छैन ।यस्ले एउटा  à¤ªà¥à¤°à¥‡à¤°à¤£à¤¾à¤¦à¤¾à¤¯à¤• भूमिका खेल्न सक्छ ।

यतिबेला हाम्रो समाजमा पुराना राजनैतिक दल तेती विश्वास छैन । यसकासाथै यी प्रमुख दलप्रति एकथरी शहरी बुद्धिजीवीको आकर्षण घट्दो छ। धेरैले यस्ता दललाई ‘आवश्यक खराबी’का रूपमा बुझ्ने गर्छन्। परम्परागत रूपमा ठुला दलको परिधिमा रहेका सहरी बुद्धिजीवी नै नयाँ शक्तिको बहसमा उत्रेका देखिन्छन्। तर यसमा आजका  à¤¨à¤¯à¤¾à¤à¤ªà¥à¤¸à¥à¤¤à¤¾ २० देखी ४० वर्ष बिचका युवाहरूको खासै चासो नभएको जस्तो देखिन्छ। यो पुस्ताको पनि शाहभागीता, संलग्नता र बिचारको मन्थन हुन जरुरी छ ।  à¤¯à¤¦à¤¿ यो पुस्तालाई समेटन सकियन भने नयाँ शक्तिको कुनै औचित्यता देखिन्दैन ।

भट्टराईको सशस्त्र राजनीतिक पृष्ठभूमिले नयाँ शक्तिको  à¤°à¥‚प सारमा केके हुने हो भन्नेमा जनतालाई निस्चिन्तत छैन । जनयुद्धको इतिहासबाट बाहिर आएर बाबुरामले नयाँ शक्तिको पहिचान बनाउन गाह्रै हुने देखिन्छ । किनकि त्यो परिघटना भर्खरैमात्र हाम्रो समयबाट गुज्रिएको छ । समाजमा अझै हजारौँ दिवङ्गतका परिवार, घाइते, अंगभंग, बेपत्ता छँदैछन् । यता मिश्र, पौड्याल, देबकोटा लगायतको सामाजिक प्रिस्टभुमि त उत्कृष्ट छ तर राजनैतिक आधार शून्य प्राय छ । शून्यबाट ठुलो शक्ति बनाउन ठुलै पापड बेल्नु पर्ने देखिन्छ । यानेकी  à¤‰à¤¨à¤¿à¤¹à¤°à¥à¤²à¥‡à¤¨à¥ˆ नयाँ शक्तिको नेतृत्व गर्न खोजेभने कस्तो नयाँ शक्ति बन्ला सहजै आँकलन गर्न सकिन्छ ।

भट्टराई स्रोतका अनुसार फागुन महिनामा नयाँ शक्तिको औपचारिक घोषणा हुनेछ, जसमा केही दल, सङ्गठन र स्वतन्त्र व्यक्तिहरूसमेत समेटिनेछन् । मधेसमा आफ्नो पक्षमा समर्थन बढेको बुझाइमा रहेकाछन नेताहरू त्यसैले नयाँ शक्तिको औपचारिक घोषणा जनकपुरकै बाह्रबिघा मैदानमा गर्ने योजनामा रहेको कुरापनी आइरहेकाछन ।  à¤¯à¤¸à¤°à¥€ घोषणा हुने नयाँ शक्तिमा भट्टराईले मिश्र लगायतसँग सहकार्य हुने बताउँदै आएकाछन । तर भट्टराईको नयाँ शक्तिसँग आफूहरू एकीकृत हुने कुनै सम्भावना नरहेको बरु विवेकशील नेपालीसँग एकता हुने मिश्र समूहको भनाइ रहेको छ । विवेकशीलका अध्यक्ष थापाक भनाइहरुलाई आधार मान्दा भट्टराईसँग वैचारिक र सांगठनिक संरचनामा मतभेद भएको र भट्टराईको माओवादी वैचारिक पृष्ठभूमिका कारण सहकार्य कठिन रहेको प्रस्ट बुझिन्छ ।

हामीले चाहेको नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सी होइन। वास्तवमा नयाँ शक्तिका लागि कहिल्यै अभ्यास नगरिएको सुसंस्कृत राजनीति आवश्यक छ नेपालमा । अहिले हाम्रो राजनीतिमा तिन खाले प्रमुख समस्याहरू रहेका छन् । पहिलो वैचारिक अस्पष्टता, दोस्रो आन्तरिक लोकतन्त्रको अभाव, र तेस्रो खराब शासन पद्धति। हो हामीलाई यिनै समस्याबाट मुक्त शक्ति चाहियको छ । हुनत नयाँ शक्तिका अभियन्ताहरूको अहिले नै आलोचना गर्ने बेलाआयको छैन । यिनिहरुका हालसम्म देखिएका लक्षण र सम्भावनालाई हेर्दा तेती साकारात्मक हुने ठाउँ देखिँदैन ।

नयाँ शक्तिका आकाङ्क्षा राख्ने  à¤¸à¤®à¥‚हले अमूर्त नारा मात्र भट्याउने होइन, मूर्त र ठोस कार्यक्रम पनि अगाडि सार्ने चुनौती बाँकी नै छ। नयाँ शक्तिका अभियन्तालाई सहज परिस्थिति  à¤¦à¥‡à¤–िन्न । बालिग मताधिकारको चुनावको खेल खेल्न सोचेभन्दा निकैनै कठिन हुने निश्चित छ यी समूहलाई । नेपालमा काँग्रेस, एमाले, एमाओवादी लगायत पुराना भनिएका पार्टीहरूसँग पहिल्यै सङ्गठित नेता/कार्यकर्ता छन् । जनमतको ठुलो हिस्सालाई उनीहरूले सङ्गठनकै बलमा नियन्त्रण गरिसकेको अवस्था छ । विना सङ्गठन  à¤šà¤°à¥à¤•à¤¾ भाषण, पत्रप्र्तिकामा लेख, तारेहोटलमा छलफल, फेसबुक, ट्विटरमार्फत नेपाली जनतामा प्रभाव जमाउन कठिन हुने निश्चित छ  à¥¤ यस्तोबेला आर्थिक पारदर्शिताको मुद्धा नयाँ शक्तिका लागि पुराना शक्तिमाथि प्रहार गर्नका लागि प्रमुख हतियार हुन सक्छ । आर्थिक पारदर्शिता नअपनाउने हो भने नयाँ  à¤° पुराना भनिएका पार्टीहरूबीच भेद छुट्याउन सकिन्न।

नेपालको समस्या भनेको नेताहरूमा आफू ‘सर्वमान्ने’ र ‘सर्वजान्ने’ छु भन्ने भ्रम हो । हाम्रा नेता आफ्नै इतिहासबाट पनि केही सिक्न चाहँदैनन् । अरूको अनुभवबाट सिक्ने त कुरै भएन । तर, ज्ञानको गहिराइ असीमित हुन्छ । ईश्वर पनि त्यसको अन्तस्तहमा पुग्न सक्दैन । त्यसैले नयाँ नयाँशक्तिको ओकालत गर्नेहरु  à¤¸à¤°à¥à¤µà¤®à¤¾à¤¨à¥à¤¨à¥‡â€™ र ‘सर्वजान्ने’ छु भन्ने भ्रम बाट मुक्त भाइ अगाडी आउन जरुरी छ । यस्को मतलब अझै धेरै अध्ययन चिन्तन्, अनुसन्धान्, छलफल गरेर मात्र साँचिकै नयाँ शक्तिको घोषणा गर्नु उपयुक्त  à¤¹à¥‹à¤²à¤¾ ।

मेरो बिचारमा  à¤¨à¤¯à¤¾à¤ शक्ति निर्माणको लागि पढाइमा अब्बल विद्यार्थीहरूलाई राजनीतिमा लागनु पर्दछ ।  à¤ªà¤¢à¤¾à¤‡à¤®à¤¾ अब्बल युवाहरू राजनीतिमा नलागेसम्म राजनीति नसुध्रिने र मुलुकको आर्थिक विकास हुन नसक्ने निश्चित छ । नेपालमा अधिकाम्स  à¤šà¥‹à¤°à¥€à¤šà¤•à¤¾à¤°à¥€ गरेर पास भएकाहरुले  à¤°à¤¾à¤œà¤¨à¥€à¤¤à¤¿à¤®à¤¾ लागेको देखिन्छ । यसरि हेर्दा उनीहरूको विद्यार्थी आचरण नै भ्रष्टबाट आएपछी कसरि अगाडिको जीवन असल हुन् सक्छ र । यस्तो प्रिस्ट भूमिबाट आयका जोकोहीले पनि भ्रष्टाचारलाई प्रश्रय दिन्छन जसका कारण विकास निर्माणका कामले गति लिन नसकेर नेपाल आर्थिक विकासमा पछाडि परेको हो । हरेक हिसाबले बिश्लेण गर्दा पढाइमा अब्बल युवाहरूले राजनीतिको नेतृत्व लिन सके मुलुकले  à¤•à¤¾à¤¯à¤ªà¤²à¤Ÿ फेर्न सक्छ । त अब नयाँ शक्तिमा बौदिक भ्रष्ट नभएका व्यक्तिहरू आउनु जरुरी छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक