Similar Articles

लेख रचना

१३ हजार २ सय ४६ -भोला आचार्य

बिराट नेपाल

१३ हजार २ सय ४६, यो एउटा युद्ध घटनाको संगालो हो । जुन युद्ध नेपालमा दश वर्ष सम्म चलेको थियो र जसमा परि १३ हजार २ सय ४६ भन्दा बढी व्यक्तिहरूको मृत्यु भइसकेको छ । २०५२ सालमा माओवादी युद्धको नाममा सुरु भएको एउटा कालखण्ड जसमा विद्रोही माओवादी र राज्यपक्ष बिचको हिंसात्मक लडाइले एक दशक नाघिसकेको थियो । अहिले हिंसात्मक युद्ध रोकिएको छ तैपनि युद्धको असर नेपाली समाजमा यत्रतत्र भेटिन्छ । यहाँको लोकतन्त्र कता जाने हो भन्न सकिन्न । 

माथीका पङ्ती उदघोष गर्दै एउटा टेलिभिजन कार्यक्रम गर्ने योजना भैरहेको थियो । लगत्तै सोही विषयसँग सम्बन्धित वृत्तचित्र लिएर अमेरिका आउनु पर्‍यो । यहाँ आएको पनि २ वर्ष वितिसकेको पत्तै भएन । यस सगसगै दशवर्षको युद्धमा मृत्यु हुनेहरुको सङ्ख्या पनि चौध हजार नाघेछ पछिल्ला तथ्याकहरु भन्दैछन् । 

युद्ध चलिरहदा यो विषय पर्दामा उतार्न सुरक्षाको हिसाबले निकै गारो थियो । बरु यही मौकामा विदेशी पत्रकार साथीले केही भिडियो बनाउने र रिपोटिड गर्ने मौका पाएका थिए । माओवादी युद्धभूमी रुकुममा जन्मेकोले होला उनीहरूको गतिविधि नजिकबाट बुझ्ने मौका पाएको थिए । २०५१ सालदेखि उनीहरूले युद्धलाई सङ्केत गर्ने विभिन्न क्रियाकलाप गर्न थालिसकेका थिए । यति खेर स्कुल पढ्दै थिए । स्कुलको पढाइ नसकिदै सहपाठी साथीहरूलाई युद्धमा ढालिसकेको थियो माओवादीले । गरिबी र पिछडिएको जीवनशैलीमा आफ्नो जीवन विताइरहेका मानिसहरूलाई उनीहरूकै मुद्दा उठाएर आकर्षित रूपमा युद्धमा तानिदै थियो । त्यो समाजमा पुलिस आर्मीको जागिर आर्कषक मानिन्थ्यो । त्यसको विकल्पको रूपमा थोरै पैसा दिलाउने भन्दै माओवादीले युवा जनशक्तिलाई युद्धतर्फ डोरयायो । बाँकीलाई नाचगानको माध्यम बनाएर युद्ध फसायो । 

देश निरन्तर गतिमा अगाडि वढिरहेको थियो । अकस्मात ब्रेक लाग्यो र सुरु भए हत्याका श्रृखलाहरु । व्यक्ति हत्या, प्रहरी चौकी आक्रमण हुँदै युद्ध जसले एक दशक पार गर्‍यो जसमा हजारौँ नेपालीहरूले ज्यान गुमाउनु पर्‍यो । बाँकी कोही घाइते, मानसिक असन्तुलन कारण विक्षिप्त यस्ता थुप्रै माओवादी युद्धका असरहरु अझै हाम्रो समाजमा प्रयाप्त पाइन्छन् ।

युद्ध उत्कर्षमा पुग्दै थियो । दिनहु पत्रपत्रिका खबर रगतको आहालमा डुवेका नेपालीहरूका लासहरुले भरिएका भेटिन्थे । दिनहु कसैको मृत्युको खबर आएन भने अनौठो मान्ने दिनहरू गुज्रिदै थिए । यस अघि रुकुम, रोल्पा जिल्लाहरुको नाम काठमाडौवासीलाई सोध्दा थाहा हुदैनथ्यो । युद्धका घाउहरुले रुकुम हरेक दिन रुदै थियो । आर आर क्याम्पसको प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा दिएर न्युज रिर्पोटिड गर्ने योजना बनाएर म लागे रुकुम, जुन माओवादीको उदगम स्थल थियो । हिमालय टाइम्स जसको रुकुम सम्वाददाता बनेर म त्यहाँ काम गर्न गए । मलाई समाचार गर्ने कुरामा पनि राम्रो ज्ञान भैसकेको थिएन । तर मैलै नजिकबाट देखेको युद्धको प्रचार र अझ नजिकबाट दखेका हत्याका घटनाहरुले मलाई पत्रकारितामा लाग्ने दिनहु परिस्थिति बन्दै गयो । रुकुममा बसेर गरिएको एक वर्षको त्यो पत्रकारिता माओवादीले रोल्पाको रातामाटामा रहेको दुरसन्चार टावर जसले रोल्पा, रुकुम लगायतका जिल्लाहरुको सञ्चारका क्रियाकलाप गर्न मद्दत गथ्र्यो त्यसलाई हानेसँगसँगै ब्रेक लाग्यो । सञ्चार सम्पर्क विच्छेदपछि स्थानीय सबै पत्रकार साथीहरूको कलमकारितामा केही अप्ठेरो भयो । रुद्र खडका त्यसवेला कान्तिपुरमा काम गर्दै हाल नागरिक दैनिकसँग सम्वन्धितछन् उनी नेपालगन्ज तर्फ लागे र त्यहाबाट उनले आफ्नो कलमलाई निरन्तरता दिए । लक्ष्मण केसी, नरेन्द्र केसी केही समयसम्म त्यतै तिर थिए । यसै निहुमा म काठमाडौतर्फ स्नाकोत्तर तहको पढाइलाई निरन्तरता दिन हानिए । त्यस अवधिमा युद्धका समाचारलाई कभरेज गर्ने काममा त्यति सकिएन तैपनि समाचार लेख्नेहरुको कमीका कारण मैले हिमालय टाइम्स सहित गोरखापत्र दैनिकको सम्वाददाताको भूमिका खेल्दा युद्ध घटनाहरुसँग नजिक हुने मौका पाएको थिए । काठमाडौ आएपश्चात पनि पत्रकारिताको नशा जसमा युद्धको विषयमा आफूले देखेका थुप्रै दृश्यहरुको बारेमा खेख्ने र बोल्ने गरिरहेको थिए । 

यसैक्रममा मलाई त्यो युद्धको यथार्थ चित्रण गर्ने भिडियो सामाग्रीको योजना थियो । टेलिभिजनको केही ज्ञान भएपछि म यस कार्यमा लागे । यसैक्रममा गाउहरु घुमियो । युद्ध प्रभावित क्षेत्रमा पत्रकारको परिचय केही वनेपनि पत्रकारको नाताले घुम्न पनि निकै गाह्रो थियो । सरकारका सुरक्षाकर्मिहरु माओवादी र माओवादीहरू सरकारका जासुसीको रूपमा आरोप लगाउथे । यसक्रममा कैयौ अप्ठ्याराहरु सामना पनि गरियो । पछि युद्धपनि रोकियो । युद्धको क्रोनोलोजिकल स्टोरीमा आफूलाई निकै अभ्यस्त बनाइरहेको थिए । पछि केही समय वितिसकेपछि भिडियो वृत्तचित्र निर्माणतिर लाग्न परिस्थिति बन्दै गयो । भिडियोका लागि म विभिन्न मान्छेहरूलाई भेटन थाले । यसैक्रममा माओवादी युद्धका प्रत्यक्ष साक्षी मनी थापा जो पोलिटव्यूरो सदस्य थिए । उनले पछि चित्त नवुझेर पार्टी छोडेका थिए । त्यस्तै माओवादी युद्धका जानकार मुमाराम खनाल जसले पनि पार्टीले बाटो विराएको भन्दै मनि थापा पहिले पार्टीबाट आफूलाई अलग राखिसकेका थिए । त्यसै गरी गोविन्द राज जोशी उनको नाम डोल्पाको दुनै घटना चर्चित थियो । नेपाली काग्रेशका नेता एवं तत्कालीन गृहमन्त्री जोशीले यो आक्रमणमा राजीनामा दिएका थिए । यसैक्रममा केही पत्रकारहरुलाई पनि भेटे । 

पत्रकार सुधिर शर्मा जो कान्तिपुर दैनिकको सम्पादक थिए । उहासँग भिडियो गर्नेबारे केही छलफल गरे । माओवादी राजनीतिमा विशेष दखल भएको पत्रकारको रूपमा उनलाई लिने गरिन्छ । केहिसमय पछि सानो साथीहरूको टीममा भिडियो निर्माण कार्य अघिवढ्यो । अरुणदेव जोशी, महानन्द तिमिल्सिना र म हामी निर्देशन टीममा बसेर काम गरेका छौ युद्धका घाउहरुलाई पछ्याउदै युद्ध प्रभावित जिल्ला तथा गाउहरुमा क्यामेरामा काम गर्ने साथीहरुसहित घुम्न थाल्यौ । रोल्पाको थवाड माओवादी युद्धको उदगम स्थलदेखि रुकुम,डोल्पा,गोर्खा,चितवन माडि, लम्जुड, दोरम्वा लगायतका ठाउँहरुलाई आधार मानेर युद्ध घटनाहरूको सङ्कलन गरियो । जसमा माओवादी र राज्य दुवै तर्फका घटनाहरूलाई समावेश गरिएको छ । माओवादीले जिउदै मानिसका आँखामा तेजाव हालेका घटना मात्र होइन राज्यपक्षले माओवादीको नाममा दजर्नौ निद्रोस मानिसहरूलाई लाइन लगाएर गोली हानिएका वास्तविक घटनाहरू यसमा छन् । 

शिक्षकलाई रुखमा झुण्ड्याएर घाटी रेटेको लम्जुडका शिक्षकको घटना मात्र होइन सर्वसाधारणको बस एम्वुसमा पारेका घटना साथसााथै अन्तराष्टिय जगतलाई थाहाभएको रुकुमको खारा, र डोल्पाको दुनै घटना र नेपाली राजनीतिमा तत्कालीन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला र राजाबीचको युद्ध जन्माइदिने रोल्पाको होलेरी जस्ता सम्झना लायक घटना यसमा राखिएको छ । माओवादी युद्धको क्रोनोलोजिकल स्टोरीका साथसाथै युद्ध घटनामा आधारित भिडियो २ वर्ष लगाएर तयार गरियो । तर यो वृत्तचित्र निर्माणको प्रारम्भ म स्कुलमा पढाइ गर्दै गर्दा भैसकेको थियो भन्न चाहन्छु । कति भिडियो कलेक्सन गर्ने कुराहरू सम्भव वनेनन तर त्यतिवेला देखिनै सुरु गरेको युद्धको तस्बिरलाई उतार्ने कामका विभिन्न प्रयास भए । विभिन्न कारणहरूले यो काम पछिमात्र सम्भव बन्यो तर पुरानो तयारीका सामाग्री मसगँ धेरै थिएनन् । तर पछि वनेकोले वृत्तचित्रमा २०६२,६३ सहितको आन्दनेलन र प्रचण्ड प्रधानमन्त्री भएको सम्मको परिस्थितिलाई समेटन पाइयो । भिडियो निर्माणपछि यसको प्रिमियर गरियो भृकुटिमण्डपको पर्यटन बोर्डमा । यसपछि यसलाई अमेरिकामा आयोजित न्युयोर्क इन्टरनेशनल फिल्म फेष्टिभलमा देखाइयो यसले वेष्ट पोलिटिकल डकुमेन्टिको अवार्ड पनि हात पार्यो । यसको अफिसियल सो पछि अमेरिकाका विभिन्न राज्यहरू क्यालिफोर्निया, कोलोराडो, टेक्सास, न्युयोक, वासिडटन डिसीमा नेपालीहरुमाझ प्रर्दशन गरियो । धेरैले भिडियो हेर्न पाएकोमा धन्यवाद दिए । 

युद्धको पीडामा परेका कतिले त आफ्ना पीडाहरु सुनाए । पत्रकारिताको एउटा विधामा राम्रो चिनारी नगराए पनि मलाई यो कामबाट निकै सन्तुष्टि मिल्यो । भिडियो निर्माण क्रममा सङ्कलन भएका प्रयाप्त फुटेज र जानकारीका आधारमा एउटा टेलिभिजन कार्यक्रम निर्माण गर्ने मेरो योजना अमेरिकाको बसाइले लम्व्याइदिएको छ । 

(डिसेम्बर १२, २०१२ मा पहिलो चोटि बिआरटी नेपालमा प्रकाशित)

१३ हजार २ सय ४६ -भोला आचार्य


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक