Similar Articles

समाल भैरे मनलाई-- विजय तिमिल्सिना

बिराट नेपाल

हिजो बेलुकी देखी निरन्तर झरी परी रहेको छ । झ्याल खोलेर हेर्छु सुनसुन छ सडक । केवल फाटफुट्ट गाडी र बटुवाको सामान्य चहल पहल । यो बाटो पहिला आलीको अवस्तामा हुँदा हिल्यामै भई आली आली हिडिन्थो । चिप्लियर कति को लडिन्थ्यो । म सँग सँगै यो बाटोमा पनि बद्लाव आयको छ । अब पुरानो कुरा गरेर के साध्य हुन्छ र । उहिलेका कुरा खुइले ।

सन्ध्याले पनि फोन गरिन । आज गिरिसलाई पनि विश्वकप लागे जस्तो छ । चिया खान आउने बेला त भयो अझै सम्म आएन । अर्जेन्टिनाले जीते पछि साथीलाई सुखुनको निन्द्रा परे जस्तो छ । बरु आँफै सन्ध्यालाई फोन गरेर जिस्काउनु पर्छ जस्तो छ ? अ होस् त्यस्को पनि मुड ठिक छ कि छैन । फेरी रिसाउली बिहान बिहानै किन गिदी गर्नु । बरु फसबूक चलाउनु पर्‍यो ।

ब्राजिलको फसबूकमा धज्जी उडाएछन । हामी नेपाली समर्थन पनि ज्यानै दिएर गर्छौ अनि गाली पनि गति नै छाडेर । टुविटर तिर पनि त्यस्तै त होला नि ? हा हा हा नेमारले 7 up को विज्ञापन खेलेको पोस्टर बनाउन भ्याइ सकेछन । लुइसले देश वासी र सम्पूर्ण खेल प्रेमी ब्राजिल समर्थक सँग माफी पनि मागेछन । 'ब्राजिल सेमिफाइनलमा हार्दा एक जना बालिकाले आत्महत्या गरिन' ओहो कस्तो ब्याड न्युज । किन मानिस यती धेरै इमोस्नल हुन्छ । ब्राजिलले जीत्दा र हार्दा सामान्य मनिसलाई के नै फरक पर्छर ? दाइहार्ट फ्यान हुनु पनि हानिकारन छ । फसबूक र टुइटर भरी अर्जेन्टिनाका समर्थक खुसी व्यक्त गर्दै छन् भने नेदरल्याण्डका समर्थक ट्रिईबेकरमा हार्दा निराश छन् । राजनीतिक चासो राख्नेलेहरु एमालेको महाधिवेशनका कुरा राक्दै छन् । तर ८० प्रतिशत जनता विश्वकपकै चर्चामा छन् । बेला पनि यस्तै छ । विश्वकपले केही हद सम्म एमालेको महाधिवेशनलाई छाँयामा पारेको चाँही प्रस्ट छ । संविधान बन्ने कुरा जनताले त बीर्सी सके नेता पाँच करोडको चकरमा वेस्त छन् बालै भएन ।

यो लेख लेख्दा लेख्दै पानी रोकी सकेको छ । बिचमा विकासले फोन गरेको थियो । भन्दै थियो वाग्मतीमा ठुलो बाढी आएको छ । लीलामणीको जागिर यो बाढीले खाइदेला जस्तो छ । सडकमा पनि सानो तिनो खहरे उर्लीको छ रे ढलका बिर्कालाई ढल भित्रको पानीले जुरुक्क उचाल्दै फाल्दै छ रे । साँचै विकासले भने जस्तै आज नेपाल टेलिकमले सन्देश पठाएन भने त लीलामणीको जागिर त गयो नै । भोलि के गर्छन् होला ?लीलामणीको युनिट । अनि काठमाडौँका सडक पानी पर्ने बितिकै ढाला मय भैहाल्छन त्यो त सामान्य नै भयो । विकासलाई आइज यतै भनेको थिए आउँछ की आउँदैन । आयो भने त खाना पकाउन लाउनु पर्छ सालेलाई । आएन भने आज पनि विनोद चौधरीको व्यापार बढ्ने भो । 'साउन महिना भरी काम लाग्छ बोलवम जानलाई ब्राजिलको जर्शी न च्यात्नु न फ्याल्नु पनि' अर्जुनले स्ट्याटस यस्तो राखेछ । 'जोगी भइस भने पनि त काम लाग्छ नि तलाई'मैले यस्तो कमेन्ट गरी दिए चन्द्रले पनि मेरो कमेन्टमा लाइक गर्दै समर्थन जनायो । रमाइलो गर्‍यो बस्यो धन्य फसबूक र टुइटर बाबा ।

अब घाम पनि लाग्ला जस्तो छ । टुउ टुउ .... साले गिरिसले मोबाइल नै उठाएन साँचै मस्त निन्द्रामा छ जस्तो छ । सुतोस अब दिउस कहाँ जाने त आज । आज शुक्रवार कुन कुन फिलिम रिलिज भयो कुन्नि फिलिम को हेर्नी हो कि ? को सँग जानी त फिलिम हेर्न गर्ल फ्रेन्ड पनि छैन केटाहरू सँग गयो टिकट आँफैले काट्नु पर्छ बेकारमा घाटा । समाल भैरे मनलाई । बरु सडक तिर निस्कियर रमिता हेर्दै दिन बिताउनु पर्ला ।

निमोठिएको खुसी-राखी सम्झौता

बिराट नेपाल

कथा 

बार्दली भरिनै साडिका टालाहरु फिजीएर सुकिरहेको देखिन्छ | सूर्यको प्रकाश पनि बिस्तारै बादललाई छिचोलेर आगनीमा छरप्रश्ट हुँदै गइरहेको छ | जति पनि साडीका टालाहरु थपिदै गैरहैको छ उस्मा उतैजना र चन्चलता पनि बढ्दै गैरहेको म देख्छु |बसन्त ऋतु पनि लजाएर लुकामारी खेले जस्तो | कहिले उ कुहिरो भित्र हराएर आफ्नो भाकाका गीत गुनगुनाउन खोजे जस्तो |तर करीनामा आएको प्रकृतिक परिवर्तन एउटा आमाले झेल्नु परेको भोगाई भन्दा पर थियो | 

आफ्नो छोरीमा जति-जति चन्चलता सँगै भाबुकता बढ्दै गैरहेको देखिन्छ उतिनै सुमिरालाई वर्तमानको लडाइँ सँगै आफूले भोग्न्नु परिरहेका जीवनका आरोह र अबरोहहरुमा पापी दुनियाका पाखन्डीहरु सँग लड्ने सामर्थ जुटाउनु परेको छ । हत्केलामा लेखिएका कति कुरा ढुक्क सँग स्वीकार्य थिएन |आफ्नो कर्ममा विश्वास गर्न बाध्य छिन । दुवै हातका रेखा हेर्न नपाउंने नेत्रहिनहरुको पनि त भाग्य हुन्छ भनी चित्त बुझाउंछिन |

पिँजडा भित्र रहेको जीवनको अनुभूति धेरै पहिला नगरेकी पनि होईनन |स्वतन्त्रतामा पनि स्वयम उडदा उड्दै एउटा आफ्नै छुटै सीमा रेखा कोरेकी थिइन उनले । आफ्नो धरातल भन्दा माथि कल्पनाको बिरानो सहरमा हराउन चाहे पनि फेरी सीमित परीधी भित्र मात्रै हराउछिन  à¥¤ यो भुगोलका दायरा भित्रनै वास्तविकता भेट्छीन उनी । 

उन्लाई सरलता मन नपर्ने पक्कै होइन । यही सरलतामा होमिएर अरूले जस्तै उनी पनि त्यो  à¤¬à¥ˆà¤¸à¤®à¤¾ चुराहरुसँग सजिएर, त्यो लामो कपाल बिचमा सजिएको रातो सिउदो, नाकमा चम्किएको फुली र रङ्गी-चङ्गी कपडामा सजिएकी थिइन । तर सपनाको महल धेरै दिन रहेनं | जुन काखको अबोध बालकको रुवाई र हसाईसँग साटीन पुगे । आफ्नो चाहना आफ्नो लागि केवल पुरा हुन नसकेका इतिहास भएको भए पनि आज आफ्नो पन, आफ्नो इच्छा र सबै खुसी छोरी करीना सँग पुरा भएको हेर्न चाहन्थीन |

कपडा मिलाउदै जादा धेरै पुरानो अल्मारीमा राखिएको तमाम गर-गहना र सिन्दूरको बट्टाले पुरानो यादहरू दिलाईदिन्छन । हुंनत, उन्को सिउंदो पुछेर चुरा फुटाएको पनि एक दशक भई सकेको छ । मन्मा अतीतका सम्झनाले ढली-मली गरिरहेको थियो । अचानक राकेशको आगमनले उनलाई बिउझाईदिन्छ | 

सधैँ झैँ उनी राकेशलाई खान पकाउन भान्छा तिर जान्छिन |राकेशमा के थियो, थिएन बुझ्न सक्दिनन आज पनि । धेरै समयको एक्लो सङ्घर्ष पछि मान्छे एउटा यस्तो बिन्दुमा आईपुग्दो रहेछ । जहाँ कसैको सहानुभूतिमा आफ्नो पनको महसुस हुन थाल्दो  à¤°à¤¹à¥‡à¤› । शायद सुमिराले पनि राकेशको त्यही मायाको झिनो आसलाई सर्वस्व ठानिन । 

हुनत, अनेकौँ बहानामा हजारौँ सपनाहरू उनीसँग काहानी लेख्न्न नआएका पनि होईनन | समयको रफ्तार पनि कति छिटो हिड्दो रहेछ । उनी एेना हेर्छिन निधारमा बिस्तारै रेखाहरु देखा पर्न थालेछन । कपालहरु नि सेता हुन थालेछन ।  à¤à¥‡à¤¨à¤¾ सँग सोध्छिन उनी "के म त्यही सुमिरा हुँ त ?" जुन हाँस्दा सारा प्रक्रीती प्रफुल्ल हुन्थ्यो, जो रुंदा सारा जगतनै स्तम्भ भए जस्तो लाग्थ्यो । 

राकेशबाट आधा बाटो बाटै भए पनि धेरै दरिलो  à¤¸à¤¾à¤¥ नभएतापनी एउटा आधार पाएकी थिइन | उनी जीवनसँग केही कुरा सापटी नमागी बाचेकी छु भनी गौरव गर्थिन ।  à¤¤à¤° जब आफ्नो स्वतन्त्रता यौटा मान्छेलाई सुम्पिनु पर्दा आफूलाई धिकार्थीन । फेरी जिउनुको सार सम्झ्यौता हो भनी स्विकार्छिन । पाइलाका डोबहरु थपिदै गइरहेका भए पनि हिडाइको बोध पटक्कै  à¤¥à¤¿à¤à¤¨ उनीमा । 

एउटा स्वास्नि मान्छेको अपेक्षा जीवनसँग भन्दा बढ्ता उसले पाएको मायाको यथार्थतामा हुने गर्दछ । त्यसैले होला आफ्नो छरपष्ट अतीतलाई थांती राख्दै गुनांसो रहित वर्तमानको काहानीको पात्रको भूमिका राम्ररी निभाउदै थिइन ।  à¤«à¤°à¤• यती मात्र थियो हिजोको दिनमा कुनै कुरामा सम्झ्यौता थिएन । तर वर्तमानको बिबशताले फेरेको कोल्टोलाई स्विकार्नु परेको छ ।  à¤§à¥‡à¤°à¥ˆ कुरा बुझेर र भोगेर आईपुग्दा एउटा परकास्टमा आईपुग्दो रहेछ जहाँ न कुनै कुराले खुसी पार्छ या न कुनै कुराले दु:ख । थियो त केवल करीनाको उज्जल भविष्यको आशा ।    

हिजो देखेको बाटो र आजको यात्रामा धेरैनै फरक आईसकेछ |आज थाकेर घर छिरेकी मात्र के थिइन , कोठा भित्र छोरीको चिचाहट  à¤° राकेशको धम्की पूर्ण आवाज सुन्छिन | उनी हतार-हतार गरी ढोका ढ्कढ्काउछिन तर भित्रबाट लक थियो । सुमिराको आवाज सुने पछि खुलेको ढोकाले राकेशको नरपिचासी पनलाई पनि छताछुल्ल पारीदियो । 

फक्रिदै गरेको कोपिलालाई बिटुलो पारेछ नर पिचासले । त्यो पनि लामो समय देखी आफ्नै अँगालोमा समाहित हुँदै आउनेले । आमा र छोरीमा फरक नदेख्ने पशु । १५ वर्षको नाबालिका प्रति पनि गिद्धे नजर लगाउने पापी ।   झड्केलै भए पनि छोरी त छोरी नै हो नि ।  à¤•à¥à¤¯à¥à¤‚ कर्तब्यबिमुढ हुन्छीन उनी । छोरीलाई अँगालो हालैर धेरै रुन्छिन । तर के गर्नु तलाउको पानीले पनि त्रीष्णा नमेट्ने नर पिचासले एउटा भर्खर फूलेको फुल जुन जिन्दगीको मौसमसंग फुल्न नपाउदै धुजा धुजा बनाईदियो । उनका भावनाहरू भविष्यमा हाँस्दा पनि शायद अब उनी खुलेर हास्न सक्दिनन । 
  
खटकिएको आशाको गुन्जन्ले उनको मनमा यती ठुलो कम्पन गरायो । जुन उन्को कल्पना भन्दा धेरै पर थियो । झ्यालबाट मुन्टो निकाली बाहिर नियालेर कसैलाई सुनाउंने प्रयत्न गर्छिन । तर प्रकृति पनि सुन्न तयार थिएन । उन्को अनुहार आतङ्कीत बनेको म देख्छु ।  à¤® अनुभव गरिरहेको छु उन्का ग्रस्त आँखा भित्र क्रुरताको भाव छल्किएको छ । फेरी सम्हालिन्छीन उनी धेरै बेर पछि । आज आफूलाई धेरै प्रश्न गर्छिन उनी जुन प्रश्नहरूको आँफैमा उत्तर छैन । युद्ध भूमिको जस्तो त्यत्रो लडाइँ उनी भित्र गएर टुङ्गिएको छ । 

केही बेर उनी सोच्छिन अब आयन्दा त्यस्तो घटना नदोहोर्याउने बाचा गराउदै यो परिवर्तन स्विकार्नु उचित ठान्छिन । तर फेरी त्यो आमा र छोरीमा भिन्नता नदेख्ने नरपिचासको विश्वास गर्ने आधार पनि केही भेट्दिनन । यो अवस्थाले श्रिजित तनावले निरन्तरता नपाओस भन्नका लागि उनी सँग एउटा मात्र विकल्प बाँकी देख्छिन । छोरी करीनाको मात्र कुरा थिएन ,यस घटनाबाट धेरै राकेशहरु प्रेरित हुन सक्छन् भन्ने लाग्छ । कुरो आफ्नो छोरी करीनको मात्र रहेन समाजका अरुपनी कैयु अबोध नाबालिक बैंसहरु निमोठिने सिलसिलाको अन्त गर्ने कोसिस गर्नु थियो उनीलाई  à¥¤ त्यसैले बर्षौं देखी आफ्नो अङ्गालोमा कस्सिएर केही क्षण भए पनि संसार भुलाई दिने प्रेमी राकेशलाई कानुनको हातमा सुम्पी दिन्छिन । आफ्नो आधार र साथ हेर्दा हेर्दै हातमा हत्कडी लगाएर घोप्टे अनुहार पार्दै बिदा हुन्छ । 

जुम्से कवि- माधव सयपत्री

बिराट नेपाल

कथा

हामी दम्पत्ति आफ्नो व्यापारिकबाट भवनबाट निस्केर व्यावसायिक कामका लागि अर्को व्यापारिक कम्ल्पेक्सतिर लाग्दै थियौ“ । हामीलाई छिट्टै त्यहाँ पुग्नु थियो, जहाँ हाम्रो करोडौँको कारोबार भइरहेको थियो । मिनेटैपिच्छे श्रीमान्को मोबाइलमा रुखो घण्टी बजिरहेको  à¤¥à¤¿à¤¯à¥‹ । मोबाइलको घण्टीले ममा एक किसिमको झि“जो ल्याएको थियो । मलाई बोलिहाल्न मन थिएन । घरिघरि श्रीमान् मेरो अनुहारमा हेरेर मुसुक्क हास्नुहुन्थ्यो । 

हाम्रो अत्याधुनिक कारको गति सामान्य थियो । काठमाडौँ सहरको ट्राफिकजामले वाक्कै बनाएको थियो । कतैकतै श्रीमान् कारको एक्सिलरेसन घटाउनुहुन्थ्यो । उहाँ मेरो अनुहारमा हेर्दै कारको स्टेरिङ्ग बटार्नुहुन्थ्यो । मेरो काखमा अल्सेसियन जातको पप्पी नामको कुकुर थियो । त्यो घरिघरि मेरो अनुहार सुङ्घथ्यो र चाट्न खोज्थ्यो । काखमा लुुटुपुटु गरी खेलिरहेको त्यो कुकुर मेरो सन्तानजस्तै बनेको थियो । 

त्यस्ता उन्नत जातका कुकुरहरू अरू तीनओटा थिए घरमा । व्यापारिक कन्फरेन्समा जाँदा विदेशबाट श्रीमानले किनेर ल्याउनुभएको हो । एकप्रकारले ती हाम्रा परिवारका सदस्य थिए । अरू नोकरचाकर बाहेक चारओटा कुकुरलाई सुसार गर्न एउटा केटा सुसारे थियो घरमा । 

भवनको द्वारतिर गाडी मोडियो । तल ओर्लिन लाग्यो । शरीरमा रगतै नभएको जस्तो एउटा जुम्से मान्छे अगाडि आयो । त्यसले चुस्स दाह्री पालेको थियो । त्यो मान्छे गाडीको शिशानजिकै देखापर्‍यो । त्यसले आफ्नो अनुहार हंसिलो पारेर मेरो श्रीमानलाई  â€˜à¤¨à¤®à¤¸à¥à¤•à¤¾à¤°â€™ भन्यो । मलाई समेत जुम्लाहात ग¥यो । मेरो श्रीमानले राम्ररी नमस्कार फर्काउनुभयो । तर मलाई भने त्यो जुम्सेको नमस्कार फर्काउन अप्ठेरो लागेको थियो । 

‘देख्दैमा पाखे मान्छे । अनुहार नपरेको । बालीमा राखिने स्केरक्रोजस्तो मान्छेलाई के नमस्ते फर्काउनु ⁄ नमस्कार फर्काउन पनि ‘लेभल’ त मिल्नु पर्छ नि ! बाटोमा दिनभरिमा सयौ“ले नमस्कार गर्लान्, के ती सबैलाई नमस्कार फर्काएर साध्ये होला ?’ नमस्कार फर्काउ“न पनि मैले ‘इक्वाइल लेभल’ खोजे“ । मैले उसको अनुहार हेरिरहिन“ । श्रीमान्ले निकै गहिरो गरी त्यसलाई हेर्नुभयो । मैले उहा“लाई गाडी छिटो कम्पाउण्डभित्र छिराउन सङ्केत गरे“ । तर उहा“ भने गाडीको स्टार्ट बन्द गरेर बाहिर निस्क“नुभयो । दरोस“ग त्यो मरञ्च्या“सेसित हात मिलाउनुभयो । त्यस्तो हात मिलाइ मैले क्रान्तिकारी कम्युनिस्टहरूको मात्र देखेकी थिए“ । मेरो श्रीमान्ले त्यो जुम्से र मानवरूपी कङ्कालजस्तो देखिने मान्छेलाई ढाप मार्नुभयो । भन्नुभयो, ‘के छ आलोक ? अहिले कता हुनुहुन्छ ?’

श्रीमानले तर्साउनेजस्तो मान्छेलाई आदर गरी सम्बोधन गरेको सुन्दा मैले आप्mनो मानमर्दन भएको सम्झे । सोचें, ‘एउटा ख्यातिलब्ध व्यापारीले धन कङ्गाल मान्छेस“ग दरो गरी हात मिलाऊ“दा हाम्रो ख्यातिमा क्षयीकरण भएको छ । चिनेका मान्छे र आफन्तले देखे के भन्लान् !’ मेरो श्रीमानको व्यवहारप्रति मैले मनमनै खेद प्रकट गरे“ ।

मेरो अनुहारमा खेदकै प्रतिच्छाया देखिएको थियो सायद । मलाई अत्यन्तै बोर फिलिङ भयो । मैले कारको झ्यालबाटै टाउको निकालेर भने“, ‘हैन, तपाईँ कस्तो मान्छे ? आज कत्रो काम गर्नुछ । व्यापार चौपट हुन लागिसक्यो । ‘सबै काम छाडी पुच्छरमा हात’ भनेजस्तो । छिटो हिँड्नुस् भित्र । नत्र म आफै गाडी ड्राइभ गर्छु ।’ मैले उहाँलाई चेतावनी दिए“ । 

सिटको मोबाइलमा पुनः घण्टी बज्यो । त्यसलाई उहाँले रिसिभ गर्नुभयो । भन्नुभयो, ‘म भवनको गेटमै छु । एक जना पुराना र आत्मीय मित्रस“ग भेट भएको छ । एकैछिन है । म छिरिहाले“ ।’ श्रीमान्का कुरा सुनेर मेरो शरीर जुरुङ्ग भयो । मन अमिलो भयो । ‘हैन, कस्तो आत्मीय मित्र रहेछ यो ? देख्दै तर्साउने भूतजस्तो ।’

मलाई मेरो श्रीमान भन्दा पनि त्यो जुम्सेदेखि रिस उठ्यो । मनले भन्यो, ‘साला जुम्से ⁄ केही काम पाएनछ । मान्छेको मिनेटमिनेटको कस्तो महत्त्व छ । यो भने अल्मल्याएर मर्छ ।’

भवनको गेटमा दुईबीच धेरै कुरा भए । मैले कमै सुने“ । अन्त्यमा बिदा हु“दा त्यसले फेरि मेरो श्रीमान्स“ग दरो गरी हात मिलायो । भन्यो, ‘यही जनवरी ३० मा कुण्डला थिएटरमा मेरो एकल कविता वाचन कार्यक्रम छ । यहाँ“को सपरिवारलाई निम्तो ।’ निम्तो दिएर त्यो जुम्से त्यो रानी पोखरीतिर लाग्यो । मलाई भने औडाह भएको थियो । 

मेरो श्रीमान् गाडीभित्र पस्नुभयो । मपट्टि फर्केर भन्नुभयो, ‘राम्रो प्रगति गरेछ साथी आलोकले । स्कुलमा पनि राम्रो प्रतिभा देखाऊ“थ्यो । नेचुरल गिफ्टेड जस्तो थियो । आफ्नो रुचिलाई छोडेको रहेनछ । सलाम छ आलोकलाई ! हिँडिरहने मान्छे कतै पुगेरै छाड्छ ।’

मेरो गाम्भीर्यको वास्तै नगरी श्रीमान् झन् गम्भीर कुरा गर्न थाल्नुभयो । मलाई ती कुरा वकवक जस्तै लाग्यो । मैले कसेर वचनको झापड लगाए“, ‘तपाईँ कुन दुनिया“मा हुनुहुन्छ ? एउटा फुटपाथेलाई भेटेर तपाईँ मख्ख पर्नुभएको छ । को हो र त्यो ? त्यस्ताको सङ्गत गर्ने बेला छ ?  à¤¤à¤ªà¤¾à¤ˆà¤à¤•à¥‹ हैसियतले त्यही माग्छ ?’ 

मेरो श्रीमानको अनुहार झनै गम्भीर देखियो । भन्नुभयो, ‘साँचो मित्रतामा हैसियतको बार लाग्न सक्दैन पूजा∕ऊ मेरो असल मित्र हो । एसएलसी दिएर छुटेपछि हाम्रो भेट भएको थिएन । ऊ नाम कमाउन थालेछ । म पैसा कमाउन थाले“ । उसलाई धेरैले चिन्छन् । ‘जनताको कवि’ भन्छन् । मलाई त मेरो सेक्टरका केहीले मात्र चिन्छन् । ‘एउटा ठुलो व्यापारी’ भन्छन् । ऊ मर्दा उसका लाखौ“ पाठक रुन्छन् । म मर्दा केही व्यापारी र आफन्त रुन्छन् ।’

मैले उहाँलाई धेरै नफलाक्न चेतावनी दिए“ । भने ‘तपाईँ धेरै नबर्बराउनुस् । त्यो जुम्से तपाईँको लागि असल र आत्मीय भयो ? भित्र काम कति बितिराख्या छ । छिटो गाडी चलाउनुस् । लगनको बेला कुनि के भनेजस्तो ।’
उहाँले गाडी कम्ल्पेक्सभित्र छिराउनुभयो । ग्यारेजमा गाडी थन्कियो । भेटेका जतिलाई त्यो फुटपाथे आलोकको बारेमा बताउनुभयो । खुलेर उसको प्रशंसा गर्नुभयो । व्यापारीसमेत धेरैले आलोकलाई चिन्दारहेछन् । कसैले त्यहीँ भन्यो, ‘ए कवि आलोक ? ऊ राम्रो लेख्ने कवि हो । मैले त भेटेको पनि छैन । चिनेको पनि छैन । उसलाई भेट्ने इच्छा छ । उसको कुनै सम्पर्क नम्बर छ सर ?’ उसले मेरो श्रीमान्स“ग आलोकको सम्पर्क नम्बर माग्यो । श्रीमान्ले भन्नुभयो, ‘अघि भेट हु“दा सम्पर्क नम्बर माग्नुपर्ने रहेछ । बिर्सिहाले“ । जनवरी ३० को उसको एकल कविता वाचनमा जा“दा लिनुपर्ला ।’

मलाई अचम्म लाग्यो । सोचे“, ‘नदेखी, नचिनी, नबोली पनि राम्रो देखिइन सक्ने मान्छे कस्ता हुन्छन् ह“ ? त्यै जुम्सेजस्ता ?’ मेरो टाउको फनफनी रन्थनियो ।

त्यो जुम्से एक दिन हाम्रो घरमा देखाप¥यो । नमस्कार ग¥यो । मैले फर्काइन“ । ‘छिः हाम्रो कुकुरको सुसारेको जतिको पनि ल्वाइख्वाइ छैन । जुत्ता पनि फाटेको छ । त्यो ‘राम्रो’ लेख्ने आलोक भनाउँदो भन्दा हाम्रा नोकरचाकर निकै सफाचट छन् ।’ सोचे“ मात्रै । केही बोलिन“ म ।

श्रीमान् बाहिर आएर त्यसलाई अभिवादन गर्नुभयो । त्यसलाई बैठक कोठामै लानुभयो । चिया मगाउनुभयो । भान्सेले चिया ल्याइदियो । म भने आफ्नै कोठामा बसे“ । त्यता गइन“ । निकैबेर गफ चल्यो । बिदा हुँदा त्यसले मेरो कोठाको ढाकाबाट चियाउर मलाई फेरि नमस्कार गर्‍यो । जनवरी ३० को कविता वाचनमा मलाई पनि निम्तो दियो । अनि हाम्रो घरबाट निस्कियो । 

गाडी ग्यारेजमा राखेर हामी बेलुका चारबजे कुण्डला थिएटर छिर्यो । अडियन्स सिट सबै भरिएका थिए । भुइँमा पलेटी कसेर दर्शक बसेका थिए । कतै खाली ठाउँ थिएन । श्रीमान्ले मलाई तानेर कुराको सिटमा लानुभयो । हामी त्यहीँ बस्यौँ ।  

त्यो जुम्से बाहिरबाट आयो । उसको अनुहार अत्यन्त उज्ज्यालिएको थियो । उसलाई सबैले ‘नमस्ते कविज्यू ⁄’ भनेर हात मिलाए । अझ ऊ सबैसँग हात मिलाउन व्यस्त थियो । 

मेरो श्रीमानले उठेर त्यसलाई नमस्कार गर्नुभयो । भन्नुभयो, ‘आज तपाईँका कविता सुन्ने अवसर पाएको छु । ज्यादै खुसी लागेको छ । लेख्दै जानुस् । एक दिन राज्यले तपाईँको योगदानको मूल्याङ्कन गर्नेछ । तपाईँ राज्यको सम्पत्ति हो ।’ अरूले पनि यस्तैयस्तै प्रशंसामा शब्द वर्षा गरे । म मूकदर्शक मात्र बनेर बसेँ । 

‘ओ हो ∕ जुम्से, ख्याउटे, च्याखुरे जति सबै राज्यका सम्पत्ति हुन्छन् ∕ हामी राज्यको अर्थतन्त्र टिकाउनखातिर लगानी गर्नेेचा“हि राज्यको सम्पत्ति नहुने । मरन्च्याँसे र फुकीढलचा“हि राज्यको सम्पत्ति हुने ∕’ मलाई सियोले घोचेजस्तो भो । मभित्र दरो प्रहेलिका उब्जियो ।

त्यो ‘राम्रो कवि’ को कविता वाचन सुरु भयो । अचम्म ⁄ त्यसका शब्दले सबै जुरुकजुरुक भए । शब्दमा, बोलीमा, प्रस्तुतिमा सपेराको सर्प लठ्याउनेजस्तै जादु थियो । बरु पानीको धारो टुट्ला, उसको शब्दधारा कतै टुटेन । त्यसले कतै कापी पनि हेरेको पनि थिएन । कहा“बाट ओइरिन्छ शब्दवर्षा लगातार ? मलाई त अचम्मै लाग्यो । 

लगातारको दुई घण्टाको शब्दवर्षापछि त्यो रोकियो । वरिष्ठ कवि शङ्करले वाचित कवितामाथि टिप्पणी गरे । उनले भने, ‘कवि आलोक समकालीन नेपाली कविताका प्रतिनिधि कवि हुनुहुन्छ । गाउँ“मै बसेर पनि उहाँले राजधानीलाई झट्का दिइरहनुभएको छ । एककिसिमले हस्तक्षेपै गर्नुभएको छ । कवि आलोक बधाईका पात्र हुनुहुन्छ ।’

म दिग्म्रमित भएँ । के हो, के होइन जस्तो लाग्न थाल्यो । कवि शङ्करको टिप्पणी सुन्दा जुम्सेप्रतिको मेरो दृष्टिकोण एकैछिनमा बदलियो । लाग्न थाल्यो– मेरो श्रीमान् पनि जुम्से भैदिए हुन्थ्यो । गाडी, बङ्गला, व्यापार, नाफा सबै हराइदिएर जुम्सेमा परिणत भैदिए हुन्थ्यो । अहो ∕सुटटाई, ब्रिफकेस, मोबाइल, कम्प्युटर, ल्यापटप, कार, बङ्गला, ब्यांकब्यालेन्स, व्यापारभन्दा पनि ‘राम्रो’ चिज त अर्कै रहेछ ।’ 

मैले मनमनले त्यो जुम्सेलाई मेरो श्रीमान्मा आरोपण गरे“ । कुण्डला थिएटरबाट बाहिरिँदा मेरा गोडा अगाडि बढ्नै मानेका थिएनन् । फर्केर हेरेँ । कवि आलोक उसका समकालीन कवि मित्रहरूसँग अंकमाल गर्दैथियो । श्रीमान्ले मलाई हातमा समातेर तान्नुभयो तर मलाई उतै भित्र मात्र हेरिरहन मन लागेको थियो ।

ढुङ्गाको देवता - रवीन्द्र समीर

बिराट नेपाल

( लघुकथा )

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो। अनि अलिकति अबिर, अलिकति फुल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो – हे प्रभु मेरो छोरोलाई निको बनाऊ, सके कालो बोको नसके लोकल कुखुरो चढाउँला।

अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्‍यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउँदा दूध बाहिर झरेको थियो। 

बच्चालाई कठैवरा, बिचरा भन्न उसको घरमा आफन्तहरूको भीड लाग्यो, त्यहाँ भन्दा ठुलो भीड ढुङ्गाको वरिपरि लाग्यो – पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आर्शिवाद लिन।

त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्‍यो, सृष्टिको रोलक्रम अनुरूप उसको पालो मिचियो। बलिन्द्र धारा आँसु बहाउँदै मनासघाटमा छोरालाई कणकण बनाएर ऊ रुँदै फर्कियो, उसको जीवनमा सुनामी आयो।

उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढङ्गा अर्थात् देवताको मूर्ती पखाल्यो अनि पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो। 

भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साँइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लगेर सय रुपियाँमा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फर्क्यो।

उसलाई आफ्नो दोस्रो सनकप्रति गर्व लाग्यो – मैले गर्दा आज कसैको पेटमा अन्न त पर्‍यो।

बाल चित्कार- निशा अर्याल

बिराट नेपाल

कथा  

एक समयको कुरा हो एक जना बच्चा जन्मिदै थियो ! जन्मिनु भन्दा केही क्षण अघि बच्चाले ईश्वरसँग सोध्यो रे !“हे प्रभु ! म यति सानो छु कि आफै म केही गर्न सक्दिनँ भने धर्तीमा गएर कसरी बस्न सक्छु ? त्यसैले हे प्रभु ! मलाई हजुरकै साथ बस्न दिनुहोस् न ! म जन्मिन चाहन्न ! म यहीँ ठिक छु, कहीँ जान चाहन्नँ प्रभु !”बच्चाको कुरा सुनेर ईश्वरले भन्नुभयो ! “मसँग तिमीजस्ता आउने÷जाने धेरै छन् तर मैले तिमीलाई छुट्टै कामका लागि धर्तीमा उतार्न चाहेको हँु ! तिमीले याद गरिराख !” बालकले भने “हे ईश्वर ! हजुर नै भन्नुहोस् न त ! म स्वर्गलोकमा केही गर्दिनँ ? मात्र खेलिरहन्छु, रमाइरहन्छु, मलाई यो भन्दा ठुलो र धेरै केही चाहिएको छैन प्रभु !” ईश्वरले मुस्कुराउँदै भन्नुभयो–“हेर बालक केही क्षणपछि तिमीलाई लिन तिम्रा आफन्त आउँदै छन् ! उनीहरू खुसी हुँदै हर्षले गद्गद् भएर मुस्कुराउँदै तिमीलाई आफ्नो छातीमा टाँसेर अङ्कमाल गरी काखमा लिनेछन् । तिमीले पनि उनीहरूले गरेको प्रेम र श्रद्धा देखेर आनन्दको अनुभूतिसहित खुसी रहनेछौ !” बालकलाई अभैm चित्त  à¤¬à¥à¤à¥‡à¤¨ उनले बिन्ती गरे “ल भन्नुहोस्, म यति सानोले कसरी बुझुँला र उनीहरूको कुरा ? उनीहरूले मसँग कुरा गर्नेछन्, मलाई बोलाउनेछन् ।” ईश्वरले फेरि भन्नुभयो–“ए बच्चा, तिमीलाई आफ्नो कोखमा जन्म दिने र पालनपोषण गर्ने सेवकले तिमीलाई यति मिठो लवजले असीम प्यारका साथ राख्नेछन् । तिमीले पहिला देखे सुनेको भन्दा बढी स्नेहयुक्त वातावरण 
   
पाएर रमाउनेछौ र बेग्लै सुखको महसुस गर्नेछौ ! त्यसैले हे ! बालक तिमीसँग उनीहरूले यति शिष्ट सुमधुर व्यवहार गर्नेछन् । बिस्तारै तिमीसँग बोल्ने छन्, तिमी सुखले बस्न पाउनेछौ । अरू व्यवहारका कुरा उनीहरूले नै सिकाउनेछन् ! बालक अभैm जिज्ञासु बनेर भन्छन्, “हे प्रभु ! जुन बेला मलाई हजुरसँग बोल्न मन लाग्नेछ । त्यसबेला म के गरुँला ?” ईश्वरले मन्द मुस्कानमा भन्नुभयो–“हे बालक ! जसले तिमीलाई जन्माउने इच्छा राखेको छ, तिमीलाई पाउने उत्साहले प्रतीक्षा गरिरहेछन् । तिमीलाई पाएर उनीहरू अनन्त खुसी हुनेछन् । उनीहरूले तिमीलाई श्रद्धाभक्तिले प्रार्थनासहित स्मरण गर्नेछन् । हो, त्यही समयमा तिमीले मसँग कुरा गर्न सक्नेछौ !” बालक फेरि अनुरोध गर्छन् ईश्वर–हे प्रभु मैले सुनेको छु कि यस धर्तीमा कइयौ दुष्ट आनीबानी भएका मानवहरु पनि छन् रे नि ? त्यस्तो प्रवृत्तिका मानिसहरूसँग म कसरी बसूँला भगवन् ? त्यसैले मलाई कृपा गरेर त्यस्तो सङ्गतमा नपठाउनुहोस् ! म यहीँ खुसी छु !” ईश्वरले थप्नुभयो–हे बालक ! तिमीलाई जसले यति धेरै प्रार्थना गरेर प्राण दिन तयार भए । तिमीलाई पाउन आतुर छन् उनीहरू । तिनले तिमीलाई सुरक्षित राख्नेछन् ! बालकले अझै खुसी हुन सकेनन् उनले फेरि बिन्ती गरे–“ प्रभु ! साँच्चै भन्दै छु म हरघडी दुखी रहनेछु किन कि मैले हजुरलाई प्रत्यक्ष देख्न पाउने छैनँ !” बालकको यस्तो अनुनय विनय सुनेर ईश्वरले भन्नुभयो, “हे बालक ! तिमीले यस्तो चिन्ता रतिभर नगर, जसले तिमीलाई आफ्नो आँचलमा बेरेर राख्नेछन्, छातीको अमृत चुसाएर हुर्काउने छन् । अँगालोमा छोपेर सुताउनेछन्, एकछिन पनि आफ्नो नजरबाट ओेझेल पर्न दिने छैनन् । तिनैले तिमीसँग पलपल मेरै चर्चा गरी तिमीलाई स्मरण गरिरहनेछन् ! यसरी बालक र ईश्वर बिचको कुराकानी चलिरहँदा  à¤¸à¥à¤µà¤°à¥à¤—ीय आनन्दानुभूति भइरहेको थियो ! 
 
एकाएक धर्तीका मानिसले चिच्याएर “बेला भयो, बेला भयो” भन्दै आतिँदै यता र उता गरिरहेका थिए । कोही कोही अँगालोमा बोक्न पाइएला कि कतिखेर हो ? लौ न प्रभु भन्दै पुकार्दै थिए । यस्तो चहलपहल देखेर बच्चालाई लाग्यो अब त म जानै पर्ने भयो । उनले चिच्याएर रुँदै भने,“हे ईश्वर अब त मैले जसरी पनि जानै पर्ने भयो । केही क्षणपछि जान्छु पनि ! दया गरेर प्रभुले यति बताइदिनुहोस् कि म जसको कोखबाट जन्म लिँदै छु, तिनको नाम के हो ?” बालकको अनुरोध पछि ईश्वरले भन्नुभयो–बालक ! व्यक्तिको खासै महत्त्व छैन, यति बुझिराख कि तिमीले उनलाई आमा भनेर चिन्नेछौ !” च्याँच्याँ आवाज सुनियो ! उपस्थित सबै खुसी देखिन्थे । ल, छोरा जन्मेछ भनेर बधाई साटासाट गरे । उता आमा भने इन्तु न चिन्तु भएर लडेकी । केहीबेर पछि उनले बिस्तारै आँखा उघार्दै गइन् । प्रसवपीडा बिर्सेर शिशुलाई छातीमा टाँस्दै स्तनपान गराउँदै आनन्द लिन पुगिन् । जताततै कृष्ण कन्यैहा ! कृष्ण कन्यैहाको जयजयकार गुन्जियो । भक्तहरुको प्रतीक्षा समाप्त भएकाले सन्तोषको सास फेरे । हामी मान्छे यसरी सृष्टि सूत्रबाट डोरिँदै आएर यही माटोमा जन्मेहुर्केर पनि आमा हृदयको न्यानो स्पर्श बिर्सन्छौं । सदैव स्नेह लेपन गरिरहने आमा हृदयको गाम्भीर्यलाई भुल्दै जान्छौ ! के यही आमा भुल्ने संस्कार नै हामी विवेकशील प्राणी हौँ भनेर गर्व गर्ने योग्यता हो ?  

आमा- निशा अर्याल

बिराट नेपाल

कथा


यो पतझड मौसम 
पानी सुकेको खोलाको बगर
रितिएका हरियाली सपनाहरू 
पिर्य,किन बनायौ मेरा जीवनलाई,
मरुभूमि जस्तो उजाड ।

ऊनी अर्थात् एउटा नारी जोसँग भेट्न् कुनै साइत जुरनु पर्दैन थियोे । उनको उदास अनुहारमा सधा मौनताले बाँस गरेको हुन्छ । मुस्किलले ऊनी बोल्ने गर्छिन, म हु प्रेमलाप कि जिउदो साक्षी । म मानिस हु कि कुनै यन्त्रमानव ? ऊनी सगको पुरा दुई घन्टाको समय अोझेल परिसकेको छ । म छु अनि ऊनी छन्, बन्द कोठा भित्र । मन भित्र पिडाको एउटा माहासागर उर्लिरहेको छ । कहिलेकाही त एस्तो लाग्छ म कुनै वियोगान्तक नाटक हेरिरहेको छु । जाहा मात्र दुई कलाकार र मूर्ख दर्शक छ्न ।

म कोठाबाट बाहिर निस्के, वातावरण घमाइलो छ । मन गुम्फित थियो तर घामको न्यानोले शरीरमा गजबको स्फुर्ती दियो । आख डुलाए, थरी थरीका नारीहरूका गजब गजबको चहल पहल छ, कोही नारी विज्ञापनको साधन बन्न लालयित छ्न त कोही स्वतन्त्रताको गीत गाई रहेकोे छ्न । म पनि त एउटा नारी नै त हु । तर मलाइ मन पर्छ, नारी मुक्तिको गीत । तर मलाई रतिभर मन पर्दैन शरीरको नग्न प्रर्दशन । मेरो मनमा प्रश्न उठने गर्छ, के नारीले प्रदसन गर्ने कुरा केवल शरीर मात्रै हो त ! कल्म नारीको शक्ति बन्दैन ? सत्ताको बागडोर नारीले समाल्दैनन ? नयाँ इतिहास नारीले रच्दैन्न ? यी तमाम प्रश्नको उत्तर अब मैले अरुसग होइन आफैसँग खोज्नु पर्छ, मैले प्रतिज्ञा गरे ।

इतिहासमा 
धेरै लेखिए नारीको प्रेम,
र बियोगको कथा
लेखिए उस्का कोमल नयन,
र सौर्न्दर्यका माहाकाब्य 
लेखिए उस्का बक्ष स्थलका गुणगान 
तर कतै लेखिएन
उसका आँसु र सङ्घर्षका माहागाथा
उसका प्रतिभा र साहासको कथा ।
हुनत पुरुषको हात, उसको दिमाग र कलमले नारीको चरित्र चित्रण पनि गरेको छ, तर एउटा सुन्दरीको रूपमा, एउटी लजालु नारीको रूपमा, एउटा अबला नारीको रूपमा । के नारीको परिचय त्यतिमै सीमित छ र ! हुनत नारी बारे लेखिएका साहित्यले नोबेल पुरस्कार समेत पाए, तर नारीको आफ्नै जीवन भने गुमनाम भैरहयो । यतिबेला म एउटा नारी भएर सोचिरहेको छु । नारी भित्र तेस्तो के छैन र हजुर ! प्रत्येक पुरुषले प्रहिलो स्पर्शको अनुभूतिबाट सधैँ एक प्रकारको आन्नद ग्रहण गर्छ एक पुरुष । यस्तै कति कति पुरुषहरू बासनाको आबेगमा पतनको खाल्डा खुल्डीमा जाकिने गर्छन् तर त्यसको सिकार पनि त नारी बन्छे । कैयौँ दिग्गज भनिएका पुरुष पात्रहरु तिनै नारीलाई मनलाग्दी गिजोल्छ्न र फ़ोहोर कुराहरू बान्ता गर्छ्न।

नारीको जीवन त एक प्रकारको दु:खद सग्राहालय नै हो । मैले आफ्नै जीवनकालमा उनी जस्ता थुप्रै नारीहरूको जीवनलाई नजिकबाट पढ्ने काम हिजो देखि आज सम्म गरिरहेको छु, र पटकपटक आफै आँसु बनेर छ्ताछुल्ल पोखिएको छु ।

ह न जिन्दगी किन यति फरक र जटिल छ, पुस्तकका पाना पानामा पोखिएका नारी र जिन्दगीको रङ्गमन्चमा बाचेकी नारी ? कति फरक जिन्दगीको कथा र नारी जीवन का कथाहरूमा ।
 
पुस्तकले भन्छ, नारीहरू देवता समान हुन, पूर्वीय दर्शनमा पनि पश्चिम दर्शनमा पनि नारीलाई देवी समान उल्लेख्य गरिएको छ।
हेर्नुस् त, सेक्सपियरका नारी पात्र डेटिस्मोना, पोसिया, जुलियट ।

हेर्नोस त,कालिदासका नारी पात्र उबसी,सकुन्तला

हेर्नुस् त, इटालिका लियोनार्दोदाले कोरेको मोनालिसाको बिस्वबिख्यात तस्बिर जाहा एउटा मुस्कान ले कति धेरै अर्थ राखेको छ । यसरी पुस्तकका पानामा पुजनिय ठानिएको नारी वास्तविक जीवनमा किन अपहेलित ? पुस्तकका पानामा प्रेम कि प्रतिमुर्ति नारी जीवनमा कसरी घृणा कि पात्र ?
यो छुद्र संसारले रचेको षड्यन्त्रको जाल मैले जब बुझे तब देखि म होमिएको छु, मुक्तिको यात्रामा ।

तिम्रो हर षड्यन्त्रका दस्ताबेजमा 
मैले चुपचाप दस्तखत गर्दै रहे
तिम्रो हर बासनाको आगोमा,
म पुतली जस्तै होमिदै रहे
मैले आफ्नै जीवनलाई छामे धेरै चोटि
मैले आफ्नै जीवनलाई पढे कति कति
अह! 
अब चल्दैन तिम्रो मनपरि शासन
अब चल्दैन !
तिम्रो कुटिल दाउपेच
यसरी होमिए म 
नारी मुक्तिको एउटा माहा अभियानमा !

विदेश- शारदा पौडेल

बिराट नेपाल

लघुकथा:-

काका हेर्नू न, पढेर पनि केही काम नै पाउन सकिएन , खै के गर्ने हो ? खेती किसान गरौँ भने आम्दानी भन्दा खर्च धेरै हुने उल्टो घाटा खाएर खेती गरेर बसेर नि कामै भएन , त्यसैले त्यतै आउन पर्‍यो काम लगाइदिनु है " :- मैले भने ।

हुन्छ त नि आइज :- काकाको जवाफ सुन्ने बित्तिकै म पासपोर्ट बनाएँ र एउटा कन्सलटेन्सीलाई बुझाएँ । महिना दिनमा नै भिसा लाग्छ भन्यो मैले सोही अनुसार सबै तयारी गरेँ र भिसाको प्रतीक्षा गरेँ । नभन्दै भिसा लाग्यो । भिसा लागेपछि बल्ल सबै परिवार इष्टमित्र छाडेर हिड्दैछु , के हुने होला ? कसो हुने होला भनेर मनमा कुरा खेल्न थाल्यो भने अर्को मनले अब युरोपको सम्पन्न
देशमा जाने हो केही वर्ष बसिन्छ कमाइन्छ र फर्किन्छ भन्ने ठुलो आशा बोकेको थियो ।

जाने दिन आयो , आमा बुबा दाजुभाइ इष्टमित्र सबले टीका लगाएर बिदाइ गर्नुभयो । आमाले रुँदै भन्नू भएको थियो , नजा भन्दा मानेनौ बाबु , सबैले यही देशमा गरी खाए कै थिए, अब राम्रोसँग जाऊ , बा पछिका काका हुँदै हुनुहुन्छ पिर नगर । यति भन्ने बेलासम्म आमाको मुटुमा गाँठो परिसकेको थियो । त्यत्तिकैमा बाले भन्नुभयो :- विदेशमा कोही छ होइन , म छु र मैले
गर्नुपर्छ भन्ने सोच लिएर हिड्नुपर्छ । म सबैसँग बिदाइका हात हल्लाएँ मन भारी बनाउँदै गेटपास भित्र छिरेँ र सपनाको सहरतिर हानिएँ । मैले काकालाई आउने समय तालिका सबै मेलमा पठाएको थिएँ र उहाँ सोही समयमा एयरपोर्ट लिन आउँछु भन्नू भएको थियो र आउनु भयो पनि ।

जब काकालाई एयरपोर्टमा देखेँ खुसीको सीमा रहेन । हामी एयरपोर्टबाट केही टाढा जानू पर्ने रहेछ क्यारे बसेको ठाउँमा पुग्नको लागि त्यसैले मेट्रो चढ्यौँ र केही समय काका भतिजा भलाकुसारी गर्‍यौ । बा आमा छोडेर आए पनि काकालाई देखेपछि उहाँभित्र बाको स्वरूप देखेको थिएँ । मनमनै निकै हर्षित थिएँ । मैले के के सोच्न पुगेछु , एकछिन हामीबिचमा सन्नाटा छायो ।

यही सन्नाटालाई चिर्दै काकाले भन्नुभयो : - हेर केटा यो विदेश हो, यहाँ आफ्नो आफन्त कोही हुँदैन, सबै व्यवस्था आफैँले गर्नुपर्छ। तँलाई आजको रात मेरो घरमा बस्न दिन्छु भोलि बिहानै आफ्नो बाटो लाग्नु । म एक्कासि आकाशबाट खसेँ ,झस्किएँ र बालाई सम्झिएँ , अनि अघिको बाको स्वरूपलाई नियालिरहेँ......

नलेखिएको आमाको कथा-निशा अर्याल

बिराट नेपाल

नदीको अविरल प्रवाह र समयको गति कसैको कावुमा हुँदैन । जसरी नदी पोखरी जस्तो स्थिर रहदैन, त्यसै गरी समयले कसैलाई कुरेर पनि बस्दैन, न त समयले कसैको फुर्सद छ की छैन भनेर सोधीखोजी नै गर्छ । आखिर मानिसको मन र हामीले बाँचेको जीवन पनि त जमेको पोखरी त होइन नि | मनभित्र पनि ठुला–ठुला समुद्रका छालहरु उठछन र हराउंछन । जिन्दगीमा पनि साना–ठुला आधीबेरी आइरहन्छन र गइरहन्छन । मनभित्र पनि साना–ठुला भुकम्पहरु आइरहन्छन् र जीवनलाई खण्डहरु बनाएर जान्छन । जीवनको गति र समयको गति, आखिर के नै फरक छ र ? तर एउटा कुरा निश्चय नै फरक छ । मान्छे भौतिक रूपले जाहासुकै पुगोस्, उ सँगै उस्का स्मृतिहरु सँगै रहन्छन, उस्का विगत र आगत, उस्का सपना र आकाक्षा ।

मान्छे त्यही हो, उसले बाचेको जीवन त्यही हो । तर मान्छे बाचेको युग र परिवेशले अंसख्य तिता मिठा अनुभव र अनुभूति उसले संगालेको हुन्छ । एक हिसाबले मान्छेको स्मृति, मान्छेको मन अनुभूतिको संग्राहलय पनि त हो । एउटा त्यस्तो संग्रहालय जाहा बाल्यकालका सुन्दर अनुभव, यौवन अवस्थामा प्रेमिल दिनहरू, पौढ अवस्थाका सङ्घर्षका असीम गाथाहरु अनि बृद्धा अवस्थाका अप्ठारा दिन र रातहरु । यी सबै अनुभुतीहरु मान्छेले आफूभित्र संगालेको हुन्छ । यो सृष्टिको अन्नतकाल देखिको निरन्तर चली आएका प्रक्रिया हो । मान्छेको जन्म–जीवन प्रक्रिया र मृत्यु प्रकृतिको साश्वत यथार्थ हो । यो बाट कोही अलग रहन सक्दैन । जिवनकोे यही गतिशीलतामा मैले आफ्नो जीवनलाई पाएको छु ।

समयको यही अन्तरालमा......कर्मले डोर्याउदै आज आएको छु, म यो दूर देशमा मरभुमी इजरायलमा । जहाँ छैनन् मेरो साथमा मेरा आफन्तहरु....मलाई जन्म दिने मेरी प्रिय आमा.....मेरो जन्मभूमी......मेरो आस्थाको द्यरोहर । भौतिक रूपले ती सबै छैन, यतिबेला मेरो साथमा छन् त केवल ती सम्झना, मेरो स्मृतिमा,मेरो मनको अतुल गहिराइमा | अँहो ! हिजो आज जस्त्तै लाग्छ आमाका स्नेही हातहरुले मेरो शिर सुमसुमाएको आमाको हात सन्तानको शिरमा रहनु कति अहो भाग्यको कुरो हो । यो सात समुन्द्र पारी आज एकाएक फेरी आमाको काखमा रहेको ती दिनहरू मेरो मनमा आइरहेछन......तछाड–मछाड गरिरहेछन स्मृतीहरु । मेरा ती प्रिय बाबा जस्को न्यानो अङ्गालोमा बेरियर विराटनगर देखि–राजविराज सम्म आइपुगेको त्यो समय | ताजै छन्, म एउटा बालिका शारीरिक रूपले निक्कै कमजोड थिए । जीवन र मृत्युको दोसाधमा जब म उभिएको थिए, त्यो बेला फेरी आमाले सारा संसार भरीका ममता म माथि खन्याउनु भएको थियो । जसरी एउटा गाईले आफनै बाछो लाई स्नेहीपूर्वक जिब्रोले स्पर्श गर्छ, त्यसरी नै बाबाले तातो घाममा बरपिपलको जस्तै छाहारी दिनु भएको थियो ।

अँहो ! आमासँग कति धेरै रहन्छन ममताको भाषा । सन्तानप्रतिको मोह । जसरी एउटा पोथीले आफ्ना चल्लाहरुलाइ आफ्नो पखेटाले छोपेर सुरक्षित राख्छे, त्यसैगरी आमाले मलाई न्याने काखमा लुुटुपुटु पारी रहनुहुन्थ्यो, मेरो टाउको घरी–घरी सुमसुमाइ रहनुहुन्थ्यो, जतिवेला मेरो मुखमा घाउ आएर पानी समेत खान हुँदैन थियो । त्यो बेला मेरी आमा कपास लाई भिजाएर मेरो मुखमा हालिदिनु हुन्थ्यो । पानीको त्यो शीतल थोपाले मेरो मुख रसाउथ्यो, उता आमाका ती आँसुबाट म निथ्रुक्क भिजिरहन्थे ।

आज सम्झन्छु, ती दुःखका घडीमा मैले आमालाई कति दुःख दिए होला । तर सन्तानको खुसीको लागी आमा जस्तै सुकै त्याग गर्न तयार हुन्छिन । आमाको लागि हर सन्तान कहिल्य बोझ बन्दैनन् । खै ! कुन शब्दले गरौँ आमाको माया, त्याग र स्नेहको वर्णन । शब्दहरू नै पर्याप्त छैनन् । मलाई अहिले पनि बालापनको स्मृतिहरु झलभली याद आइरहेछ ।

आमालाई श्लोक सुनाउन मैले गरेको बालहठहरु । बाबा लाई कथा सुनाउन मैले गरेको करकर । हो ! ती वाल्यकालका स्मृतिहरु आज पनि यो मनमा ताजै छन् । त्यस्ता धेरै स्मृतिहरु मेरो मनमा आज पनि गडेर बसेका छन्, अझ बाबाले सुनाएका माहापुरुषहरुका, राजाहरु र बीरहरुको कथाहरू अहिले पनि म झलझली सम्झने गर्छु । बाबाका कथाका नायकहरु प्रायः पुरुषहरू हुने गर्थे । त्यस्ता पुरुष जो वीर छन्, बौद्धिक छन् साहसी छन् र माहान छन् ।

त्यतीबेला मेरो बाल मष्तिष्कमा एउटा कुराले सधैँ घोचिरहन्थ्यो र कथाका नायकहरु किन पुरुषहरू मात्र हुन्छन् ? कथाका राजाहरु के रानीको उपस्थिति विना आफ्नो वीरता प्रदशन गर्न सक्थे ? के कुनै कथामा नारीको भुमिकाा हुँदैन ? के रानी बेगर राजाको संसारले पूर्णता पाउछ ? मेरो मनमा यस्ता अनेकौ प्रश्नहरू आइरहन्थे । सांञ्चै नारी विना पुरुष एक्लै सफल होलान् ? के पुरुषको सफलतामा नारीको समेत साथ रहेकाती नारीहरू कसरी कथाको साहमी पात्र बनेन् ।

मलाई यस्तो प्रश्नले घरी–घरी चिमोटिरहन्थ्यो, अनि मेरो नारी मन बारम्बार झस्कन्थ्यो । अहिले जीवनको यो घडीमा अइपुग्दा म सोचिरहे छु, त्यति बेला देखी नै नारी र पुरुषहरू बिच विभेदको एउटा पखाल खडा भैसकेको रहेछ । पुरुषलाई मात्र समाजको नायक ठानेर कथेका सारा का सारा कथाहरू केवल पुरुषप्रधान समाजको उपज रहेछन्, जाहा नारीलाई एउटा निरीह पात्रको रूपमा मात्र खडा गरिने गरिएको रहेछ । पुरुष प्रधान समाजमा कथाहरू जो सुन्दा त रमाइलो लाग्ने गर्थे तर ती कथा भित्रको सार ज्यादै विषालु रहेछन्, आज म सोचीरहेछु ।

म काखे बालक बाट टुकुटुकु हिडने उमेरको भैसकेकी थिए । स्कुल जान थालेकी थिए । स्कुल जादैमा मेरो बालापन पनि सकिने भन्ने त हुँदैन । मेरो जिदि गर्ने बानी त उस्तै थियो । शायद ! मेरो बालहठ बाट दिक्क मान्दै आमाले भन्नुभएको थिया हेर ! नानी त ठुली भएर कस्ती हुन्छेस खै ? त छोरी को जात एक न एक दिन पराई घर जानै पर्छ । घरमा सबैको मन जितेर जीवन अगाडी वढाउनै पर्छ, त्यसैले घरधन्दा सिक । आमाले भनेका यी शब्दहरू आज पनि मेरो कानमा गुन्जीरहे झैँ लागिरहेछ ।

तर मेरो मन घरको शुसे धन्दामा सन्तोष मानेर बस्ने खालको काँहा थियो र ! मलाई सानैदेखि लेखपढ गर्ने कुरामा विछट्टै रुचि थियो, जिन्दगीमा केही नयाँ गर्नुपर्छ भन्ने चाहाना थियो । आज जिन्दगीको यो कालखण्मा आएर सोचिरहेछु, आमाहरुले जसरी आफ्नो जीवन भान्सामा कैद गरेर विताउनु भो मलाई पनि उहाँहरू त्यस्तै देख्न चाहानुहुन्थ्यो । त्यसैले त आमा बाराम्वार दाजु–भाइ लाई धेरै पढेर ठुलो मान्छे बन्, डाक्टर, इन्जिनयर बन्नुपर्छ भन्नुहुन्थ्यो । दाजुभाइलाई आमाले कहिल्य घरको काममा लगाउनु भएन । तर म लाई ठिक यस्को विपरीत ब्याबाहार गरेको अनुभूति हुन्छ । मलाई पनि छोरी राम्रो पढ्, भनेर कहिले भन्नु भएन । ठुलो मानिस बन्नुपर्छ भनेर मैले पे्ररणा पाइन । विचरी यसमा मेरी निर्दोष आमाको के दोष ? पुस्तौ देखी हाम्रा सारा नारी जातीको दिमाग पुरुषबादी साचो मा ढालिएको छ । तर मेरो बाल मस्तिष्कमा दर्शन र सिद्धान्तका ठुला ठुला ज्ञान हुने कुरो पनि त भएन । बरु मेरो बाल मस्तिष्कमा एउटा प्रश्न खडा भइरहयो । एउटै गर्भ बाट जन्मेका छोरा–छोरीमा पनि यो विभेद किन ? मेरो बाल द्धदयमा चिसो पसिसकेको थियो । एक दिन मेरो मुख बाट अनयास शब्द फुतकियो – आमा, तपाईँ दाजुभाईरुलाई मात्र किन माया गर्नुहुन्छ ? के छोरी तपाईँको सन्तान होइनन् ?यदि म प्रति तपाईँको ममता थिएनन भने मलाई किन बचाउनु भयो ? मेरा यी शब्दहरू शायद आमाको लागि अनपेक्षित थिए । मेरो बचन शायदः आमाको हृदयमा शुल बनेर घोपीयो । र त्यो चोटले आमाको नयन बाट आशुका दशधारा बग्न थाले । आमाको आँखाबाट बगेको अश्रुधाराले मेरो मनमा पनि दुःखको गहिरो तप्ङ्ग भरियो । 

आमाले आखाको आँसु पुछनु भयो र लामो निश्वास छोडेर भन्नु भयो – तिमीहरू ढिलो चाडो पराय घर जाने जात हौ छोरी । तिमि जब विवाह गरेर आफ्नो घर जाने छौ, त्यतीबेल हाम्रो साथमा यी छोराहरू रहने छन्, उनीहरू नै हुन हाम्रो बुढेसकालका साहारा । आमाका यस्ता कुराले मेरो छाती बेजोडले दु्ख्यो । जुन आमाले मलाई जन्म दिइन के म उनै आमाको साहारा बन्न सक्दिन ? के बुवा–आमाको साहारा छोराहरू मात्र बन्न सक्छन् ? किन आमाले छोरीहरू प्रति विश्वास गर्न सक्नु भएन ? मेरो मनभरि यस्ता प्रश्नहरू गुजुल्टिएर रहे । तर म मेरी आमालाई खै, के दोष दिउ यो त एउटा विभेदकारी परम्पराको दोष न थियो ।

आमाको यो निरीह पनले मलाई लाग्यो कि हाम्रा आमाहरुले आफ्ना कति इच्छा र सपनाहरुलाई छाती भित्र दबाएर राख्नु भयो ? अपमानका कति चोटहरु लाई आशु मार्पmत पोख्नु भयो । पुरुषवादी स्वार्थी समाजले हाम्रो आमाहरुलाई कति प्रताडना, अपमान र चोट दियो । नारी भित्रका हर स्वतन्त्रताका चाहानाहरु पुरुषवादको जातोमुनी घ्ुन जस्तै पिसीदै रहे ।

जीवनको यो कालखण्डमा उभिएर म आज गम्भीर समीक्षा गरिरहेछु । हाम्रा हर आमाहरुले जिन्दगीमा धेरै–धेरै सपना त देखे होलान्, तर तिन्का हर सपनाहरू दुर्घटनामा परिरहे । आमाको यो दुर्घटित भएका सपनाहरुलाई म साकार बनाउछु । त्यही बेला मैले मन दर्हो पारेर यो सपथ खाए की समस्त नारी जातीको उन्मुक्त संसारको पक्षमा म आफ्नो बुद्धि–विवेकले भ्याए सम्म कोसिस गर्नेछु । उनीहरूको अधिकारको लागी म आफ्ना विचारहरू लेखिरहनेछु ......नारीहरूका अधिकारका कथाहरू ....उनीहरूका स्वतन्त्रताका गीतहरू....म लेखिरहने छु । आमाहरूको बलिदानका गाथाहरु....उनीहरूका इतिहासका कथाहरू म लेखिरहनेछु.....म उत्खन्न गरिरहनेछु उनीहरूका सपनाहरू । आमा....... तपाइहरु एक दिन देख्नु हुनेछ यो छोरी कुनै अर्थमा पनि तपाईँको छोराहरू भन्दा कम हुनेछैन । तपाईँहरूको सेवामा म कमी कहिल्य हुनदिने छैन तपाईरुले यो कुरा एक दिन पक्कै महसुस गर्नु हुनेछ, की छोरा भन्दा छोरी कुनै अर्थमा कम हुदैनन भन्ने कुरा । म एक दिन यो कुुुरा प्रमाणित गरेर देखाउने छु । मेरा यी आदर्श वाणीले मेरी आमा मुसुक्क मुस्कुराउनु भयो । उहाँको आखाको भाव म पढीरहेको थिए, उहाँले मेरो कुरालाई पत्याईरहनु भएको थिएन । 

हेर छोरी ! छोरी ले देखेको सबै सपनाहरू काहाँ पुरा हुन्छन् र ! छोरीले त सपना देख्नु पनि अपराध ठान्छ यो संस्कारले । मै तेरो अगाडी खडा छु, म सानैमा आफना प्रिय बाबा आमालाई छोडेर आए । के बाबा आमा कै काखमा बसी रहने मेरो चाहना थिएन होला? के बाबा आमाको सेवा गर्देै बस्ने मेरो चाहना थिएन होला? आखिर मेरा ती सबै चाहना र आकाक्षा पुरा भए त ? जब म मेरा सारा आकक्षा लाई तिदाञ्जली दिँदै पराया को घर सजाउन आए र पराया घरलाई आफ्नो घर बनाए । तिमीहरूलाई जन्म दिए , एउटा घर संसार बसाए । यही त हो छोरीको कर्तव्य । आमाको यो प्रश्नले म स्तब्ध भए । 

आमा त्यसपछि मौन हुनुभयो, र मैले बाबाको अनुहारमा हेरे उहाँ निक्कै गम्भीर देखिनु हुन्थ्यो । भोलि कसले देखेको छ? के थाहाँ भोलि परेको बेला साथ दिने यही छोरी पो हुन्छ की ! शायद बाबाको मनमा यस्तो प्रश्न खेलेको पो थियो होला की! त्यतीबेला यही छोरी छोरा बनेर साहारा को हात अगाडी बढाउने हो की ! म अहिले सम्झन्छु त्यो बेला मेरो बाबाको अनुहारमा छोरी प्रति अपार विश्वासको भाव झल्कीएका थिए । 
त्यो बेला मेरो मनमा अपार आत्मविश्वास पैदा भइरहेको थियो । हो म केही गर्छु, आमा बाबाको लागी । नारी जातिको अधिकार र स्वतन्त्रताको लागि । हो, म अवश्य विद्रोह गर्नेछु । नारीलाई खेलोैना ठान्ने मानशीक्ताको विरुद्ध । हो, म अवश्य विद्रोह गर्नेछु नारीलाई भान्सामा मात्र कैद गर्ने एउटा परम्पराको विरुद्ध । 

सानैदेखि मेरो स्वभाव पनि अलिक हक्की खालको थियो , म आम पुरुषले गर्ने हर कुनै काम गर्न अग्रसर हुने गर्थे । खेलकुद, कलाकारिता, साहित्य, पत्रकारिता लेखन जस्ता कुरामा मेरो रुचि बढेको थियो । 

मेरो पहिरण पनि प्रायः पुरुषले लाउने जस्तै पाईन्ट, ट्रयाक हुने गर्दथे । आमालाई मेरो क्रियाकलाप अलिक मन परिरहेको थिएन की उहाँ घरी घरी मलाई हप्की दप्की गर्नुहुन्थ्यो । तर मलाई थाहा थियो मैले कुनै समाज विरोधी काम गरेको छैन, परिवार विरोधी काम पनि त गरेको छैन । म आफ्नो अडानमा डेग चलिन । म कुनै थोत्रा र कुरुप पराम्पराको भारी बोकेर अगाडी बढन चाहन्न थिए । म छोरी मान्छे पराय घर जाने जात हो भनेर पढन लेख्न छोडने सोचमा पनि थिन । अहिले म सम्झन्छु जब म दश कक्षामा पढिरहेको थिए, त्यतीबेला घरका सब मानिसहरू मस्त निन्द्रामा हुन्थे , त्यो बेला म टुकी को मधुरो बत्तीमा आफ्नो अध्ययनको भोक मेटाइरहेको हुन्थे । जब मेरा समानका साथीहरू चुलो चौकामा सीमित हुन्थे त्यो बेला मेरो हातले कथा र कविता हरफ लेखिरहेको हुन्थे । म साहित्यिक गोष्ठीहरुमा भाग लिन्थे र कहिलेकाही पुरस्कार हात पार्थे । यसले मलाई विछटै प्रकारको आन्नद र प्रेरणा पैदा हुने गथ्र्यो । त्यो बेला म मा केही गरेर देखाउने भोक त थियो नै , आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बन्ने र आफ्नो भविष्य आफै निर्माण गर्ने तीव्र चाहाना थियो । 

मेरो यही चाहानाले म लगातार मेहनत गर्दै गए । खेलकुद, पढाई, लेखाई, जागिर, भनसुन । हर दिन म सङ्घर्षको मैदानमा डटी रहे । मैले जस्तै अप्ठ्या्रा क्षणमा पनि हरेस कहिल्यै खाईन । आखिर निरन्तर परिश्रम गरेपछि सफलता त एक दिन आउने नै भयो । यस्तै एउटा सानो सफलता मेरो जीवनमा आयो । सफलता सानो नै किन नहोस त्यस्ले जीवनमा ठुलो अर्थ राख्यो । मैले व्याडमिन्टन प्रतियोगितामा कडा प्रतिस्पर्धा गरेर सफलता हात पारे । यो सफलताले मलाई एउटा रोजगारी पनि दियो । जीवनमा पहिलो चोटि मेरो आँखामा खुसीको
आँसु छल्कियो । म जीवनमा पहिलो चोटि आफ्नो खुट्टामा आफै उभिन र सक्षम नारी भए । अब मलाई कसैको दया को आवश्यकता थिएन, म खुल्ला आकाशमा स्वतन्त्र पूर्वक उडन सक्ने चरी भएकी थिए । 

अँहो ! आफ्नो रोजगारीबाट प्राप्त भएको पहिलो महिनाको तलब जब मैले मेरी आमाको हातमा राखेथे, उहाँको आखाँमा एउटा अनौठो चमक मैले पाए । आखिर जतिवेला मेरा दाजु भाईहरु, बाबु आमाले कमाएको पैसाबाट पढीरहनु भएको थियो, त्यो बेला मैले आमा र बाबाको आर्थिक जिम्मेवारीमा थोरै भए पनि होस्टेमा हैसे गर्ने अवसर पाएको थिए । यो मेरो लागि एउटा गोैरवको क्षण थियो । जबकि अक्सरत छोरी मान्छेलाई परिवारको बोझको रूपमा हेरिने संस्कार छ । त्यो बेला मैले अलिकति भए पनि बाबा आमाको साहारा बन्ने काम गरको थिए । अहिले म अतीतका ती स्वर्णिम दिनहरुको संझाना गरिरहेछु, त्यो बेला म मा सृजनाको एउटा गहिरो प्यास थियो । हो त्यही प्यासले नै मलाई डोर्याउदै डोर्याउदै साहित्य, कला, पत्रकारिता र खेलकुद जस्ता गतिविधिमा सरिक गराउन प्रेरित गर्‍यो । मेरो यो स्वतन्त्र र सृजनशील भूमिका प्रति म पूर्णतः विश्वस्त थिए तर मेरो माइला दादालाई मेरो क्रियाकलाप कहिल्य मन परेन । उहाँ सधैँ घरमा आए पछि मलाई कुटुला झैँ गरी रिसले भुनभुनी रहनु हुन्थ्यो । हुनपनि बिहान सबेरै हिडेकी एक जवान बहिनी बेलुका झिसमिसेमा आउदा दाजुभाइलाई मन पर्ने कुरा पनि हुने भएन । हुनत दाजु–भाइ पनि आखिर पुरुष हुनुहुन्थ्यो, तसर्थ उहाँहरुमा पुरुषबादी मानसिकता हुनु कुन अनौठो कुरा भयो । तर म कमैको अवरोधबाट रोकिने वाला थिन । म आफ्नो बाटोमा अगि बढीरहे–बढीरहे । धेरै भन्दा धेरै सृजनाको क्षेत्रमा, सामाजिक क्षेत्रमा सक्रिय भए । समयको गति सँगै विभिन्न पार्टी तथा सामाजिक सङ्घ–संस्थामा आवद्ध हुन थाले–तालिममा सहभागी भए, आफूले पनि सिकेर अरूलाई पनि सिकाए । यस क्रममा विभिन्न घरेलु उधोगका तालिमहरु, बाल शिक्षा, प्रोढ शिक्षा,फ्याम्ली प्लानिग शिक्षा जस्ता अनेकौ तालिममा थुर्पे जनतालाई प्र्रशिक्षीत गराउने अवसर पाए । यी तमाम काम मैले आफ्नै मेहनतले गरे, आफ्नै बुद्धि विवेकले गरे ।

अहिले आएर म आफ्नै जीवनलाई फर्केर हेरिरहेछु, जिन्दगी कति उतार–चढावपूर्ण भएर अगाडी वडयो । हरेक दुःख कष्ट र संधर्षका आधीवेरी सँग खेल्दै मैले थुप्रै देशहरूको भ्रमण गर्ने अवसर प्राप्त गरे । दूर दराजमा जन्मे हुर्केकी म मेरा बुबा आमको ६ जना दाजु भाइ दिदी बहिनी मध्ये कान्छी छोरी मैले जापान, थाईल्याण्ड,फिलिपिन्स, इजरायल जस्ता देशको भ्रमण गर्ने अवसर पाएको छु । अहिले पनि मेरो सङ्घर्षको यात्रा जारी छ, जिन्दगी भन्नु नै सङ्घर्षको अर्को नाम हो । अहिले पनि सृजनाको मेरो यात्रा जारी छ, आखिर जिन्दगी भनेको सृजनाको लागि न हो । उद्देश्य के लिनु उडी छुनु चन्दु एक भन्ने माहाकवि लक्ष्मी प्रसाद देवकोटाको माहान भनाई जस्तै उद्देश्यमा पुग्ने मेरो यात्रामा कुनै पूर्णविराम लागको छैन । म अहिले देश भन्दा धेरै टाढा छु तर देश प्रतिको मेरो कर्तव्यमा म सधैँ सचेत छु । देशको माया मेरो छातीभरि छल्किरहेको छ । म मानवीय संवेदना प्रति उतिकै सचेत छु । देशको भाषा, संस्कृति र उज्वल परम्परा प्रति मेरो मनमा अपार आदर छ । म जुन भूमिमा जन्मे त्यो भूमि प्रति मलाई गोरव छ, मलाई यो पृथ्वीमा जसले जन्माउनु भो र संसारलाई भोग्ने अवसर दिनुभो ती सबै आफन्त प्रति श्रद्धा छ । आज आएर मैले गम्भीर समीक्षा गरिरहेछु, छोरी भएर जन्मेको मा मलाई कुनै हीनताबोध छैन । बरु छोरी भएर जन्मेकोमा मलाई असीम गौरव छ ।

छोरीको भ्रुण हत्या गर्ने कलङकीत सभ्यातालाई हाका हाकी चुनौती दिएर म भनिरहेछु हे ईश्वर फेरी पनि मलाई छोरी भएर जन्मने अवसर देऊ । हो ! मलाई आमा हुने त्यो महान् अवसर देऊ । मलाई छोरी हुनुमा असीम गोरव छ । आज आएर मेरो आफनै अनुभवले बताईरहेको छ । छोरी अभिशाप होइन, बरदान हो ।

कलियुगकी सावित्री-- जय बहादुर घिमिरे

बिराट नेपाल

कथा

गैराघरे पण्डितको छोरा हिरामणी पौडेलको स्मरण शक्ति बेजोडको थियो । बालक काल मै उसलाई हिन्दु धर्म शास्त्रको राम्रो छाप बसेको थियो । उसलाई जगन्नाथ गुरागाईको लोक प्रिय खण्ड काव्य गुणरत्नमाला कण्ठस्थ जस्तै थियो । सक्यो वारयेतं जलेन हुतभुक छत्रेन सूर्यातपो नागेन्द्रो निशिताङकुशेन समदो दण्डेन गोगर्दभौ । व्याधिर्भेषज संग्रहैश्च विविधैर्मन्त्र प्रयोगगैर्विषं । सर्वस्यौषधिमस्ति शास्त्रविहितं मूर्खस्य नात्यौषधम् । (आगोलाई पानी खन्याएर, घामलाई छाता, तिखो अंकुश हात्तीको र लहुरो भैंसी गधा गोरुको । सबको औषधी दैवले रचीडियो बिर्सेछकी मूर्खको) । 

छोरो कस्कन भन्नु ? आफ्नो कुलको उद्धार जसबाट छ । को हो ? शुरविर अगाडि तरुनी देखेर डंग्दैन जो । जस्ता श्लोकहरु मौका मिल्यो गुनगाउन थाली हाल्थ्यो । उसलाई सत्यवान सावित्री कथा, राजा हरिश्चन्द्रका कथा, रामायण कथा, स्वस्थानी व्रत कथा महाभारत कथा आदि कथाहरूमा श्रीमान प्रति श्रीमती के कति निष्ठावान रहनु पर्छ भन्ने आदर्श सिकाएको छ । ती कुराहरूको पनि उसलाई बालक काल देखि नै राम्रो ज्ञान थियो । अझ उसले कलेज स्तरमा पढ्नु पर्ने बालकृृष्ण समको मुकुन्द इन्दिरा नाटक तथा सरदार रुद्रराज पाण्डेको चर्चित सामाजिक यथार्थवादी उपन्यास रुपमतीले देखाएको पतिव्रता धर्म मन पराएको थियो । बिस्तारै उसको शरीरमा जवानी भरियो । कक्षामा पढ्दा उ सथै प्रथम हुन्थ्यो । तल देखिमाथि सम्म मतलब कक्षा १ देखि १० सम्म त्यसैले उसलाई चाहने केटी साथीको खाँचो थिएन तर कसैसँग नजिकिन सकेन किनभने उ ३२ लक्षण युक्त धर्म शास्त्रमा वर्णित आदर्श नारीको खोजीमा थियो । १ जना नेवार परिवारको चेली जो उसँग कक्षामा प्रथम हुन प्रतिस्पर्धा गर्थी र हार्थि । 

उसलाई मनपराएको थियो तर जात मिलेन त्यसैले नजिकको सम्बन्ध बनाउन सकेन यता जवानी परिपक्क भैसक्यो । यस बेला सम्म उसले भ्रतिहरिको श्रृंगार सतक पढी सकेको थियो ।  à¤¸à¥à¤®à¤¿à¤¤à¤‚ किञ्चिन्मुधं सरलतरलो दृष्टिविभवः परिस्पन्दो वाचामभिनवविलोसोक्ति सरसः । गतामानारम्भः किसलयितलीला परिकरः । स्पृश्यन्त्यास्तारुण्यं किमिव न हि रम्यं मृगदृशः । (यौवन अवस्थामा उक्लन लागेका मृगनयनीका कुन चैँ कुरा नराम्रा हुन्छन् र? हिडाइ, बोलीचाली, अंगप्रत्यङग सबै लोभ लाग्दा हुन्छन्) । अदर्शने दर्शमात्रकामा । दृष्टा परिष्वङ्क– शुखैक–लोला (नदेख्दा देखु देखु लाग्ने देखेपछि नजिक हुन मन लाग्ने नजिक भएपछि प्रणय सूत्रमा बाधिन मन लाग्ने) आदि जस्ता श्लोकहरु जसमा यौनको कामना अनिवार्य शारीरिक आवश्यकता को कुरा हो  à¤­à¤¨à¥€ पुष्टि गरिदिएको छ । टिन एजको सुरुवात बाटै शारीरिक सन्तुष्टिको विकल्पको खोजीमा रहेको उसले जब श्रृंगार शतक पढ्यो अनि त चुपलागेर बस्न सक्ने कुरा भएन संसारका धेरै प्रतिशत युवाले यौन सन्तुष्टिको रूपमा अपनाएको हस्तमैथुन प्रविधिबाट उ पनि त चुक्ने कुरै भएन अब उसको ठुलो शारीरिक समस्या हल भयो कुनै ३२ लक्षण युक्त सुन्दरीको सामिप्य नपाएर के भो र ? उ वारम्बर त्यही प्रविधि अपनाउथ्यो अति भए खति हुन्छ अति सर्वत्र बर्जयत भने झैँ अति नै  à¤˜à¤®à¤£à¥à¤¡ गर्नाले रामणको पतन, अति नै दान गर्नाले बलिको विजोग अति नै राम्ररी हुनाले अपहरित हुनु प¥यो भन्छन् बूढापाकाहरु । त्यस्तै नै अप्राकृतिक यौन सन्तुष्टि प्रविधिको  à¤¨à¤°à¤¾à¤®à¥à¤°à¥‹ परिणाम निस्कियो । 

उसलाई शीघ्र पतन को रोग लाग्यो तर उसले ख्याल गरेन किन भने यो रोग लग्दा उसलाई कुनै शारीरिक कष्ट हुदैनथ्यो । बिस्तारै समयले नेटो काट्यो उसको जवानी गुम्यो उ पूर्ण ३५ वर्षको भो । अझै उ कुनै ३२ ले युक्त आदर्श दुलहीको खोजीमा थियो । १ दिन कुनै प्रशङग बस मुसीको बिहे शीर्षकको कथा भन्दै धेरै गतिलो केटा वा केटी मिल्दैन आफूसमानको खोज्नु पर्छ भन्ने शिक्षा दिँदै आफ्नो आयु आधा गुमेको होस गराई दिए १ जना प्रौढ उसले मान्ने बढीबा नाता पर्ने बुढाले । त्यसैले हिरामणीले जोडदार सँग कन्या खोज्न लाग्यो । तर अचम्म † पहिले पहिले १८, २० वर्षमा जिल्ला भरीका सबै गन्य मान्य धन धान्य कुटुम्बले छोरी बिहे गर्न आग्रह गर्नेले समेत अहिले कुनै वास्तै गरेनन् । हिरामणी तिन छक्कै प¥यो समय बदलेको देखेर । तैपनि १ जना भिनाजु पर्ने मानिससँग नम्रता पूर्वक दुःख बेसाएपछि भिनाजुले मामाकी नातिनी फकाई दिए । तर निराक्षर । तैपनि घर गोठको काममा भने बघिनी बराबर । रूपमा सुन्दर । शारीरिक तन्दुरुस्त २० वर्षकी जवान । केटीका माईती तर्फपनि शिक्षित परिवारको ज्वाई । त्यसमा पनि सुब्बा स्तरको सरकारी जागिरे कुटुम्ब पाएकोमा हर्षको सीमा थिएन । १६०० मिटर माथि लेकमा घर । धानको भात बाबैकिरी भन्न्े ठाउँको सोझो कृषक परिवारले सहर बजारको पण्डितको कुलमा जागिरे ज्वाई पाएको त्यसैले आफ्नी छारी अनिताको विवाह हिरामणी पौडेलसंग हुने निश्चय भएको ले बुढाको  à¤­à¥‚ईमा खुट्टा थिएनन् । प्रहरी हबल्दार कुनै विशेष राम्रो काम गरे बापत एकै पटकमा बढुवा भई प्रहरी निरिक्षक हुँदा जति नै खुःसी थिए । दूध, दही, मही र घिउमा डुबेकी २० वर्षकी जवानी छोरी स्वर्गकी  à¤…प्सरा भन्दा कम राम्री थिइनन् । आर्थिक हैसियत अनुसार धुमधाम सँग विवाह भयो । 

समय आन्नदमय वितै जादै थियो । उनीहरू बिचमा एउटी छारी जन्मी सकेकी थिइन रेणुका । उनीहरू बिचमा केही सानो तिनो कुरामा असामान्य भनाभन झैझगडा, लातामुक्का हानाहान हुन थाल्यो । श्रीमतीलाई शङ्काको घेरामा लिन थाल्यो हिरामणीले यस माम्लामा धेरै दोष उसैको थियो । किन भने उसले आफ्ना मधुरमिलनको रातमा नै आफ्नो यौन दुर्बलता कुनै विकल्प लिनु पर्ने भएमा सहमति दिने भनी उसले बचन चुकाई सकेको थियो । कुरै कुराको प्रशङगमा । 

अनि कुनै पनि नारीलाई पुरुषले त्यो सल्लाह दिनु बाँदरलाइ लिस्नो लगाउनु जस्तै हो भन्छन् बुढा पाकाहरु । फेरी संसारमा आपसमा मन मिल्दा राजपाठ समेत मिल्छ भन्छन्  à¤¬à¥‚ढापाकाहरु । तर धोका र अपमान सहन कसैलाई पनि मन पर्दैन । हिरामणीको दुर्बलतालाई हतियार बनाई स्वच्छन्द स्वर्गकी अप्सरा झैँ मनोमानी गर्न थालीन अनिता । यौन भनेको पनि  à¤¬à¤¡à¥‹ अनौठो विषय रहेछ । श्रीमान, श्रीमतीको एकआपसमा पे्रम अंकुरण गराउने प्रमुख वस्तु नै एकआपसमा यौन सन्तुष्टि र विश्वास रहेछ । यसमा अलि कति पनि ब्यालेन्स बिर्गियोकी दाम्पत्य जीवन खरानी हुने रहेछ । यही कुरा हिरामणीको दाम्पत्य जीवनमा देखियो । उनीहरू बिचमा सित युद्ध चल्दाचल्दै अर्को सन्तान कान्छो छोरो जीवन पनि हुर्कीयो उनीहरूको जेठी छोरी रेणुका १२ वर्ष कान्छो छोरा १० वर्षका भए । उनीहरूको पढाई जेनतेन चल्यो । आपसमा आमा बुबा झैझगडा गर्दा एकअर्काले तीनै छोरा छोरी देखाउदै लाखोसन यी नाबालकहरु त हुर्काउ अनि तलाई मैले जान्या छु भन्दै आपसमा दिनहु झगडा गरेको देख्दा बालबच्चाहरुमा नराम्रो असर पर्ने रहेछ । आमा बुबाको झगडा देखि दिक्क भई बालबच्चाहरु रुदै स्कुल जान्थे । फलतः उनीहरूको तेज दिमाग भए पनि पढाइमा राम्रो नतिजा आएन । बालबच्चाको उज्जवल भविष्यको लागि आमा बुबामा राम्रो प्रेम सम्बन्ध आवश्यकता पर्ने रहेछ । यो कुरा  à¤†à¤«à¥‚ समान्नका साथी भाइका छोरा छोरीहरू डाक्टर, इन्जिनियर, पाइल्ट बनेको देखेपछि आमा बुबा दुवैमा होस आउदै थियो तर अब समय घर्की सकेको थियो । 

एकअर्काले आफ्नो गल्ती महसुस गर्दै थिए । यस्तैमा अचानक एक दिन उनीहरू बिचमा ठाकठुक्क भयो । हिरामणीलाई अब अर्की स्वास्नी ल्याएर बस म तसंग एक दुई तिन बस्न सक्दिन भिन्न भएर बस्छु । मर्द होस भने म पनि हेर्छु । भनी ठुलै च्यालेज दिइन हिरामणी पनि किन हार्न चाहन्थ्यो । मेख मार्नको लागि भए पनि कान्छी ल्याएर देखाउने विचारमा गयो । नभन्दै एक जना उसकै उमेरको अधबैसे नारीसंग उसको कुरा मिल्यो उनीहरू बिचमा शारीरिक सम्पर्क समेत भो तर त्यही कुराले सहरामणी फेल भो मतलब तपाईँ जस्तो पानी मरुवा (नपुशक) सँग नआउने भनी प्रस्ट त्यो महिलाले भनी दिई । धन्न तपाईँ जस्तोको घर गरेर छोरा छोरी हुर्काएर तपाईँको इज्तलाई दाग नलगाई आफ्नो शारीरिक भोक प्यास दबाई वा चारी ढाटी इच्छा पु¥याई तपाईँको घर दलान पोत्ने तपाईकी श्रीमती अनिता यस कलियुगकी सावित्री हुन् । उनलाई दिनहु पूजा गर्नुहोस् भनी सम्झाई पठाई दिइन । त्यसपछि हिरामणीले सारा कमजोर आफ्नो हो । मेरा छोरा छोरीहरू मेरै कारणले सफल हुन सकेनछन् । सारा परिवारको जाहज डुबाउने कारण म नै रहेछु । धन्न तिमीले आजसम्म आफ्ना इच्छा आकंक्षाहरु दबाएर माइतीको इज्त सम्झेर कसैसँग पोइला नगई मेरो घर बेवार धानी छेउ । तिमी यस युगकी सावित्री नै भयौ मेरा लागि । अब तिमीलाई इच्छा लागेको मेरो इज्त बचाएर भोग भन्दै उनलाई चरित्रहिन नारी भएको शङ्का गरेको मा माफी माग्यो । अनि श्रीमतीले अत्यन्त स्नेह प्रकट गर्दै अकमाल गरिन । आजभोली अनिता हिरामणीको खानादाना, रहन सहन, लुगाफाटा सबै कुरामा पहिले भन्दा धेरै नै ध्यान दिन थालेकी छन् । र आमा बुबाको रडाको साम्य भएकोले छोरा छोरीहरुमा खुःसीयाली छाएको छ । धन्य कलियुगकी सावित्री । 

माया लामाको जीवन कथा (अडियोमा)

बिराट नेपाल

माया लामाको जीवन कथा (अडियोमा)
यो एउटा नेपाली चेलीको मार्मिक वास्तविक जीवन कथा हो ।