Similar Articles

कथा लघुकथा

बाल चित्कार- निशा अर्याल

बिराट नेपाल

कथा  

एक समयको कुरा हो एक जना बच्चा जन्मिदै थियो ! जन्मिनु भन्दा केही क्षण अघि बच्चाले ईश्वरसँग सोध्यो रे !“हे प्रभु ! म यति सानो छु कि आफै म केही गर्न सक्दिनँ भने धर्तीमा गएर कसरी बस्न सक्छु ? त्यसैले हे प्रभु ! मलाई हजुरकै साथ बस्न दिनुहोस् न ! म जन्मिन चाहन्न ! म यहीँ ठिक छु, कहीँ जान चाहन्नँ प्रभु !”बच्चाको कुरा सुनेर ईश्वरले भन्नुभयो ! “मसँग तिमीजस्ता आउने÷जाने धेरै छन् तर मैले तिमीलाई छुट्टै कामका लागि धर्तीमा उतार्न चाहेको हँु ! तिमीले याद गरिराख !” बालकले भने “हे ईश्वर ! हजुर नै भन्नुहोस् न त ! म स्वर्गलोकमा केही गर्दिनँ ? मात्र खेलिरहन्छु, रमाइरहन्छु, मलाई यो भन्दा ठुलो र धेरै केही चाहिएको छैन प्रभु !” ईश्वरले मुस्कुराउँदै भन्नुभयो–“हेर बालक केही क्षणपछि तिमीलाई लिन तिम्रा आफन्त आउँदै छन् ! उनीहरू खुसी हुँदै हर्षले गद्गद् भएर मुस्कुराउँदै तिमीलाई आफ्नो छातीमा टाँसेर अङ्कमाल गरी काखमा लिनेछन् । तिमीले पनि उनीहरूले गरेको प्रेम र श्रद्धा देखेर आनन्दको अनुभूतिसहित खुसी रहनेछौ !” बालकलाई अभैm चित्त  à¤¬à¥à¤à¥‡à¤¨ उनले बिन्ती गरे “ल भन्नुहोस्, म यति सानोले कसरी बुझुँला र उनीहरूको कुरा ? उनीहरूले मसँग कुरा गर्नेछन्, मलाई बोलाउनेछन् ।” ईश्वरले फेरि भन्नुभयो–“ए बच्चा, तिमीलाई आफ्नो कोखमा जन्म दिने र पालनपोषण गर्ने सेवकले तिमीलाई यति मिठो लवजले असीम प्यारका साथ राख्नेछन् । तिमीले पहिला देखे सुनेको भन्दा बढी स्नेहयुक्त वातावरण 
   
पाएर रमाउनेछौ र बेग्लै सुखको महसुस गर्नेछौ ! त्यसैले हे ! बालक तिमीसँग उनीहरूले यति शिष्ट सुमधुर व्यवहार गर्नेछन् । बिस्तारै तिमीसँग बोल्ने छन्, तिमी सुखले बस्न पाउनेछौ । अरू व्यवहारका कुरा उनीहरूले नै सिकाउनेछन् ! बालक अभैm जिज्ञासु बनेर भन्छन्, “हे प्रभु ! जुन बेला मलाई हजुरसँग बोल्न मन लाग्नेछ । त्यसबेला म के गरुँला ?” ईश्वरले मन्द मुस्कानमा भन्नुभयो–“हे बालक ! जसले तिमीलाई जन्माउने इच्छा राखेको छ, तिमीलाई पाउने उत्साहले प्रतीक्षा गरिरहेछन् । तिमीलाई पाएर उनीहरू अनन्त खुसी हुनेछन् । उनीहरूले तिमीलाई श्रद्धाभक्तिले प्रार्थनासहित स्मरण गर्नेछन् । हो, त्यही समयमा तिमीले मसँग कुरा गर्न सक्नेछौ !” बालक फेरि अनुरोध गर्छन् ईश्वर–हे प्रभु मैले सुनेको छु कि यस धर्तीमा कइयौ दुष्ट आनीबानी भएका मानवहरु पनि छन् रे नि ? त्यस्तो प्रवृत्तिका मानिसहरूसँग म कसरी बसूँला भगवन् ? त्यसैले मलाई कृपा गरेर त्यस्तो सङ्गतमा नपठाउनुहोस् ! म यहीँ खुसी छु !” ईश्वरले थप्नुभयो–हे बालक ! तिमीलाई जसले यति धेरै प्रार्थना गरेर प्राण दिन तयार भए । तिमीलाई पाउन आतुर छन् उनीहरू । तिनले तिमीलाई सुरक्षित राख्नेछन् ! बालकले अझै खुसी हुन सकेनन् उनले फेरि बिन्ती गरे–“ प्रभु ! साँच्चै भन्दै छु म हरघडी दुखी रहनेछु किन कि मैले हजुरलाई प्रत्यक्ष देख्न पाउने छैनँ !” बालकको यस्तो अनुनय विनय सुनेर ईश्वरले भन्नुभयो, “हे बालक ! तिमीले यस्तो चिन्ता रतिभर नगर, जसले तिमीलाई आफ्नो आँचलमा बेरेर राख्नेछन्, छातीको अमृत चुसाएर हुर्काउने छन् । अँगालोमा छोपेर सुताउनेछन्, एकछिन पनि आफ्नो नजरबाट ओेझेल पर्न दिने छैनन् । तिनैले तिमीसँग पलपल मेरै चर्चा गरी तिमीलाई स्मरण गरिरहनेछन् ! यसरी बालक र ईश्वर बिचको कुराकानी चलिरहँदा  à¤¸à¥à¤µà¤°à¥à¤—ीय आनन्दानुभूति भइरहेको थियो ! 
 
एकाएक धर्तीका मानिसले चिच्याएर “बेला भयो, बेला भयो” भन्दै आतिँदै यता र उता गरिरहेका थिए । कोही कोही अँगालोमा बोक्न पाइएला कि कतिखेर हो ? लौ न प्रभु भन्दै पुकार्दै थिए । यस्तो चहलपहल देखेर बच्चालाई लाग्यो अब त म जानै पर्ने भयो । उनले चिच्याएर रुँदै भने,“हे ईश्वर अब त मैले जसरी पनि जानै पर्ने भयो । केही क्षणपछि जान्छु पनि ! दया गरेर प्रभुले यति बताइदिनुहोस् कि म जसको कोखबाट जन्म लिँदै छु, तिनको नाम के हो ?” बालकको अनुरोध पछि ईश्वरले भन्नुभयो–बालक ! व्यक्तिको खासै महत्त्व छैन, यति बुझिराख कि तिमीले उनलाई आमा भनेर चिन्नेछौ !” च्याँच्याँ आवाज सुनियो ! उपस्थित सबै खुसी देखिन्थे । ल, छोरा जन्मेछ भनेर बधाई साटासाट गरे । उता आमा भने इन्तु न चिन्तु भएर लडेकी । केहीबेर पछि उनले बिस्तारै आँखा उघार्दै गइन् । प्रसवपीडा बिर्सेर शिशुलाई छातीमा टाँस्दै स्तनपान गराउँदै आनन्द लिन पुगिन् । जताततै कृष्ण कन्यैहा ! कृष्ण कन्यैहाको जयजयकार गुन्जियो । भक्तहरुको प्रतीक्षा समाप्त भएकाले सन्तोषको सास फेरे । हामी मान्छे यसरी सृष्टि सूत्रबाट डोरिँदै आएर यही माटोमा जन्मेहुर्केर पनि आमा हृदयको न्यानो स्पर्श बिर्सन्छौं । सदैव स्नेह लेपन गरिरहने आमा हृदयको गाम्भीर्यलाई भुल्दै जान्छौ ! के यही आमा भुल्ने संस्कार नै हामी विवेकशील प्राणी हौँ भनेर गर्व गर्ने योग्यता हो ?  


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक