Similar Articles

कथा लघुकथा

राजनीति र नेता--निशा खनाल अर्याल

बिराट नेपाल

राजनीतिले जनता र देशको भलो गर्नुपर्छ । समाजमा विद्यमान असमान स्रोतहरूको वितरणलाई न्यायोचित वितरण गरिनुपर्छ । सबै वर्गलाई न्यायोचित समावेश गराई मूलधारमा हिडाउन सक्नुपर्छ । देशको प्राकृतिक सम्पदा दोहन गरी देशलाई समृद्ध बनाउनुपर्छ । तब मात्र राजनीति सबल र सफल हुन्छ । नेपालको दुर्गम पहाडी गाउँमा एम.ए. पढेको एउटा नव युवक रहेछ । उ त्यस  à¤—ाउका मात्र नभएर जिल्लाभरिका सामाजिक र आर्थिक पीडामा परेका मानिसलाई कसरी उद्धार गर्न सकिन्छ भनी चिन्तन गर्दो रहेछ । प्रत्येक हप्ता विद्यालय छुट्टी भएपछि मुरली र डायरी एउटा सानो झोलामा राखी उ नचिनेको गाउँमा जाने गर्दो रहेछ । जब वास बस्नु प¥यो सबैभन्दा सानो घर छानेर वस्दो रहेछ । जब सबैभन्दा सानो घरमा पुग्छ वास माग्दा उसको कुरा घरका मानिसले पत्याउदा रहेनछन् । तैपनि उ त्यहाँ वसेरै छाड्दो रहेछ । त्यसो गर्दा विपन्न भन्दा विपन्न, सुकुम्वासी हलिया आदिका घरहरू त्यसका रोजाइमा पर्ने रहेछन् । उ त्यस घरमा जे पाक्यो त्यही खाने र जस्तोमा पायो त्यस्तैमा सुत्ने गर्दो रहेछ । पहिले घरका मानिस पनि खुसी हुने तर पछि आश्चर्य मान्दा रहेछन् । जे भए पनि ती परिवारसँग घनिष्ट मित्रता हुन्थ्यो । एक दिनको कुरा थियो उ सबैभन्दा सानो वट्टा जस्तै एकतले कटेरोमा उ वास बस्न पुग्यो । त्यो घरका मानिसले सोचे यो मानिस आयो । अव चामल कुखुरा किन्न पैसा आउँछ अनि उनीहरू पनि राम्रो खान पाउने भए । 

तर त्यसो भएन पिडिको वासको खापामा लोग्ने स्वास्नी उभिए । आश्चर्य मान्दै भित्र जान आग्रह गरे । पाहुना आउँदा ओछ्याउने गुन्द्री ओछ्याइ दिए । अगेनाका छेउमा पतपत धुँवा आइरहेको थियो । त्यसैमा कहिले कता कहिले कता मुन्टो वटार्दै जाडो महिनाको चिसोलाई उ परास्त गर्दै बाच्यो  à¥¤ खानको लागि थोरै तरुल गिठ्ठा र २ वटा रोटी बनाउन सक्ने पीठो रहेछ । एउटा रोटी सानी पाच सात वर्षकी छोरीलाई र एउटा रोटी पाहुनाले खाए । दाउरा छेउमा राखेको थियो आगो वाल्दै गर्नु पर्दथ्यो । उ कसरी सुकुम्वासी भयो भन्ने कथा र उसका दिनचर्याको बारेमा सुनेपछि लोग्ने एउटा ठुलो दाउराको सिरानी लगाएर शुद्ध भुइमा सुत्यो । श्रीमती पनि खरको एउटा मुठो सिरानी लगाएर छोरी सँग शुद्ध भुईमा सुते । उ भने गुन्द्रीमा काठको पोरा सिरान लगाएर सुत्यो । वेलावेलमा चिसो भएर एक दुई  à¤ªà¤Ÿà¤• अगेनाको आगो उसले के फुकेको थियो लोग्ने जुरुक्क उठेर आगो वाल्दथ्यो । शायद यही पाहुनाको विशेष हेरविचार र सत्कार थियो । उसले सोच्यो “म एम.ए. पास देशको युवा, यस्तो गरिबी अवस्था र यो जस्ता अन्य कतिको कसरी सेवा गर्ने सकिन्छ” सोच्दा सोच्दै उ पनि निदाएछ । 

भोलि बिहान हिजोका रोटीको पैसा भनेर लोग्नेलाई र स्वास्नीलाई पालैपालो दियो तर दुवैले लिन मानेनन् । उसले गुन्द्री मुनि रु. १००।– राखेर बिदा भयो । चिन्ता गर्दै स्कुलमा आए पछि सुकुम्वासीको जिल्ला भरीको अध्ययन गर्न एउटा फारम तयार गर्‍यो  à¥¤ जिल्ला पंचायतले सहयोग गरी उसको फारम सहित सबै गा.वि.स. सचिव र प्रधानपञ्चलाई पुग्ने गरी पठायो । प्रधानपञ्च र सचिवले अव थप भत्ता पनि आउने भयो भनेर केही गा.वि.स.को फाराम बुझाए तर अधिकांशले भत्ता थप केही नभए काम नगर्ने जानकारी दिए । उता जिल्लाको नेताहरूले या त हाम्रो प्रतिस्पर्धा गर्ने राजनीति गर्न थाल्यो या त गरिबलाई भट्काउन भनेर उसलाई प्रतिबन्ध लगाए । त्यहाँ असफल त भयो तर विपन्न वर्गको हितको चिन्तनले उसको दिमागमा जरागाडी सकेका थिए । त्यस्तै वेला जनमत सङ्ग्रहको घोषणा भए छ र केन्द्रको कुनै ठुलो नेता सँग उसको सामिप्यता बढेछ । जनमत सङ्ग्रह २०४६ सालको आन्दोलित पार्टीका कतिपय काममा उ खटेर लागेछ । उसको नेता चाही सानु १० वर्षको उमेरदेखि राजनीतिमा चासो राख्ने र सङ्गठन गर्दै मेची महाकाली गर्दो रहेछ । 

लामो समय सँगै बसेको र अराएको सबै काम गर्ने नेताको भक्त थियो ऊ । नेताका बारेमा केन्द्र क्षेत्र र गाउमा आलोचना भए उ सहन गर्न सक्तैनथ्यो । नेताले पनि उसलाई अति विश्वास गर्ने र सानु ठुलो जिम्मेवारी पनि दिएछ । नेता साँच्चै त्यागी इमान्दार लोभ लालच नभएको निष्ठाको राजनीति गर्ने गर्दथ्यो । उ गरिब थियो तर निष्ठावान कैयौँ अवसर पायो तर इमान्दार । त्यही इमान्दारीको कारण पार्टी र सरकार दुवैको नेतृत्व गर्न पायो । उ त्यागी तर विवेकी छ भनेर जनताले र पार्टीका नेता तथा कार्यकर्ताले साथ दिएछन् । नदिनु पनि कसरी उ १२ दिन बाहिर गएको बेला अज्ञात समूहले उसको घर आगो लगाई दिएछन् र उ बाहेक सबै परिवारका सदस्य र सम्पत्तिको नोक्सान भएछ । उ सलामा पुग्यो त्यही इमान्दार र निष्ठाले तर दुर्भाग्य उसको इमान्दारीता सदाको लागि साटिएछ । उसँग सुविधा भए पछि पुराना साथीलाई विर्सेर नयाँ साथी सँग बस्न थालेछ । राम्रा राम्रा महिलाहरुसँग सम्बन्ध बढाउन थालेछ । 

सरकारी लाभका पदहरु र पार्टीका केन्द्रीय सदस्यहरू पैसामा मोलाइ गरी बिक्री गर्न थाले छ । पुराना निष्ठावान सहयात्रीलाई भुल्दा भुल्दा यति भुल्यो कि उनीहरूले भेटै गर्न पाउन छाडे । उसँग एकै ओछ्यानमा सुतेको र धेरै दुःख पाएको त्यो युवालाई धेरै आश्वासन दिएछ तर जब लाभको पदको नियुक्ति गर्ने वेला भयो अरूलाई नै बाड्दो रहेछ । उसको कुनै कुरामा पनि पालो आएन । उसका छोराछोरी कुनैलाई पनि कतै कुनै काम दिएन । बिचरा उसको जीवन जर्जर र धरासायी बनी रहेको थियो । कैयौँ पटक भेटभयो । भेटमा राम्रो बोल्ने तर चाटुकारले पैसा बुझेर सङ्केत गरेकालाई लाभको पद बाड्न झलझली देखे पछि उसको आत्मा पनि रोएछ । सिनेमा उनको इच्छा अनुसार राजनीतिकै सिलसिलामा उनी काठमाडौँ आएका थिए । पैसाको अभाव थियो । नेताले बोलाए पछि जसरी भएपनि आउनै थियो । यहाँ आए पछि एउटा साथीकोमा डेरामा बसेका थिए । २०३८÷३९ साल तीरको कुरा थियो । मनोरञ्जनमा साधन रेडियो र सिनेमा नै थिए । एक दिन उनको साथी जसकोमा जयनेपाल हलमा सिनेमाको टिकट काट्न भने । उनले अस्वीकार गरेनन् । सधैँ राम्रा कपडा लगाएर भलादमी भएर हिँड्ने उनको बानी थियो । त्यस दिन त झन् धेरै मानिससँग भेटहुन्छ भनेर सेतो सर्ट आइरन गरेको लगाएर चिटिक्क परेर टिकट काट्न गए । उनको भनाइमा यो श्रावण महिनाको ८ गते थियो । अलिकति पानी परेको थियो । काठमाडौँको प्राय सबै तीरको सडक त्यति व्यवस्थित थिएन रातो माटो, हिलो र खाल्डा थिए । त्यसबेलाको जीवनस्तर पनि त्यति विकसित नै सकेको थिएन । 

अधिकांशले हात्ती छाप चप्पल अर्थात् भुक्के चप्पल लगाउँथे । अहिलेका कतिपय ओहोदामा बसेका ठुला राजनीतिज्ञहरुलाई पनि त्यसबेला चप्पलमा देखेकी थिएँ । जब उनी सिनेमा हलको टिकट काउण्टर अर्थात् ४÷५ वटा काठका प्वाल भएका सिनेमा हल बाहिरी भागमा पुगे कुनै एकजना पनि लाइनमा लागेका थिएन । उनले मनमनै सोचे म पहिला भए छिटै आएर धेरैबेर कुर्नुप¥यो त ठिकै छ नि । एकछिन पछि ऊ जस्तै अर्को आयो । क्रमशः सो लाइन बढ्दै गयो । मानिसको सङ्ख्या निकै धेरै भयो किनकि सिनेमा निकै राम्रो थियो । प्राय सबै वर्ग धनी, गरिब, युवा, वृद्ध, प्रौढ, केटाकेटी, महिला पुरुष , पहाडे, जनजाति, मधिसे, मुस्लिम आदि प्रायः नेपालीहरूको सबै वर्गको त्यहाँ प्रतिनिधित्व थियो । टिकट दिनेकाठको प्वाल जहाँ मुस्किलसँग ४ वटासम्म हात पस्न सक्थे त्यसलाई लक्ष्य गरेर ऊ पछि अरू क्रमशः लाइन मिच्न खोज्दा त्यही लाइनले कारबाही गर्दथ्यो । अरूले प्रतिरोध गर्दथे र न्याय सम्पादन समेत गर्दथे । को कुन व्यक्ति पछि लाइन बस्ने भन्ने बारे अनुशासित गराउँथे । सबै सन्तुष्ट थिए किनकि कसको पछि आफ्नू पालो आउँछ भनी उनीहरू ढुक्क थिए । सबै भन्दा ढुक्क मेरा आफन्त थिए किनकि त्यो लाइनको मुखैमा उनी थिए त्यसैले उनको टिकट पक्का थियो । 

सबै टिकट दिने प्वाल (काउण्टर) खुल्ने प्रतीक्षामा थिए । उनले पनि २ वटा बालकोनीको रु ३० (१५× २) मुठ्ठीमा राखेर प्रतीक्षामा थिए । भित्र हात पसाए पछि मुठ्ठी खोल्नु पर्दथ्यो । मुठीमा भएको पैसाको आधारमा टिकट हातमा हालिदिन्थ्यो र मुठी बन्द गरी प्वाल बाहिर हात ल्याउनु पर्दथ्यो । टिकट काउण्टर खुल्यो उनले रु. ३० सहित मुठी पारेर भित्र हात छिराए । अरूले पनि अटि नअटि हात भित्र छिराए । भित्रबाट टिकटका लागि उनले मुठी खोलेकै थिएन सबै मानिस एकैठाउँमा पोको परे । अनुशासित लाइन सबै भताभुङ्ग भयो । एकाएक उनका दुवै काँध गरुङ्ग भयो । के हो भनी हेर्दा त आज ज्ञाज हिलो कुल्चेका भुक्के चप्पल सँग दुईजनाले दुईतिर उनका काँधमा टेकेर टिकट काट्दै रहेछन् । त्यो देखे पछि उनी रिसले चुर चुर भएर दाहिने हात निकालेर बाहिर निस्केन । देव्रे हातले भए पनि काँधमा चप्पल सहितको खुट्टा राख्नेका पछाडि २÷२ मुक्का लगाए । एउटाले काँधबाट खुट्टा हटायो तर अर्काले उल्टै हप्कायो “ए खोजिस् हान्छस् ? मर्लास् नि ? अन्तमा मेरा आफन्तले जित्न सकेनन् । उसले हार्न चाहेन । उनको हात भित्रबाट बाहिर धकेलियो उनले मुठी बाहिर निकाले । काउण्टर बन्द भयो । सबै हात दर फरिएको थियो । मुठ्ठी खोलेर हेर्दा च्यातिएको त्यही ३० रुपिया थियो टिकट थिएन । उनी जस्तै अरू पनि अलमलिए अरू त्यहाँबाट हिँडी सकेका थिए । हुनत भित्र टिकट दिने अर्का चिनेका टाढाको कुनै आफन्त नै थियो । 

जे भए पनि टिकट मिलेन । सेतो सर्टको ढाड र काँधमा हात्ती छाप चप्पलका राम्रा राम्रा छाप थिए । बाहिरको हिलोको केही अश भुक्के चप्पलको कुचीले उनको सेतो सर्ट मजाले रंगिएको थियो । त्यहीबेला उनको साथी आइपुग्यो “खै टिकट भयो ?” भनी उसले सोध्यो । “भएन टिकट” भन्दै सबै वृत्तान्त उनले साथीलाई सुनाए । सर्ट खोलेर गोरखापत्रमा लपेटियो । वनियन मात्र लगाएर उनी उभिए । पेट मिची मिची एकछिन हाँसेर साथीले भन्यो “यतिभए पछि सिनोमा त हेर्नै प¥यो ।” एकछिन उनको साथी हरायो । त्यही मेरा आफ्ना काँधमा चढेर टिकट काट्ने व्यक्तिसँग रु.१५ पर्ने टिकटलाई रु.६० तिरेरब्लयाकमा टिकट किनेर साथीले ल्यायो । दुवैले सिनेमा हेरेर डेरामा फर्के । यो घटनालाई उनले राजनीतिमा ढालेर भने सत्ता भनेको त्यही टिकट काउण्टर हो । काउण्टर नखुलुञ्जेल र बन्द भए पछि त्यसका नजिक कोही हुँदैनन् । भए पनि अनुशासित मात्र हुन्छन् । खुले पछि त्यही भुक्के चप्पलधारी कहाँबाट आउँछन् ? थाहै हुँदैन । नेताका अघि पछि सत्तामा नपुगुन्जेल साथ रहनेहरु नेता सत्तामा पुगेपछि टाढा हुन्छन् । नेता आफन्त नै भए पनि नजिककै आदर्शवान्, निष्ठावान् टाढा बनाउँछ व्लाकिया जस्तै चरित्रका नेतालाई घेर्छन् । सत्ता हातबाट गुमेपछि ती फटाहाहरु जसले सत्ता हात पारेको छ त्यही पुग्छन् र त्यो नेतालाई छाडिदिन्छन् । अनि तिनै पुराना साथीसँग माफी माग्दै नेता बस्छ । फेरि सत्ता आयो भने पनि त्यस्तै हुन्छ । उनी जस्तै भए पनि लाइनमै बसेर टिकट पाइन्छ भन्ने विश्वासका थिए । त्यसैले उनले कहिल्यै लाभको पद पाएनन् भौतिक रूपले दुःखी , दरिद्री भए पनि उनको आत्मा पवित्र थियो । 

देश र जनताको चिन्ता गर्दथे, अनुशासन र निष्ठामा नै विश्वास गर्दथे । उनको केही वर्ष पहिले देहान्त भयो उनका पार्टीका शीर्षस्थ नेताले पार्टीको झन्डाले उनको शवलाई ओढा । हजारौँ नेता कार्यकर्ता र जनता दाह संस्कारमा सहभागी थिए । धेरै ठाउँमा शोकसभा गरिए । उनका नाममा पत्रपत्रिकामा लेखियो, पुस्तक पनि प्रकाशित भए । धेरै प्रशंसा भयो, स्मरण गरियो । त्यतिमात्र नभएर उनको नाममा प्रतिष्ठान खोलियो, सुन्छु उनको नामको प्रतिष्ठान धेरै नाफामा चलेको छ । प्रत्येक वर्ष उनको फोटोमा माल्यार्पण गरिन्छ उत्सव मनाइन्छ । उनका परिवारले उनको नामको प्रतिष्ठान सुनेका अवश्य होलान्, देखेका छैनन् । उनको परिवारका सदस्यहरू निर्धन छन् अनेकौँ दुःख कष्टका साथ जीवन यापन गरिरहेका छन् र आज पनि त्यही पार्टीलाई भोट दिन्छन् । नेताको त्याग त नेतृत्व गर्नेका लागि तयार गरेको सिंडी पो रहेछ । त्यही इमान्दारीतालाई बाहिर देखाएर उ अति वेइमान भएछ । उसका कोही नभए पनि तस्कर सँग सम्झौता गरी पैसा भेला गर्न लागेछ । उसको प्रिय कार्यकर्ता जो दुःखमा सँगै हिडेको थियो उसले भेट पनि नपाए पछि अव नेताकोमा कहिले पनि नभेट्ने प्रतिज्ञा गरेछ । नेता पनि बिरामी भएछ उ पनि । उ बुढापकाले उ गरिबीको कारण उपचार खर्चको अभावले जेहोस दुवैजना मर्ने निश्चित भएछ अव त आफू पनि मर्छु भन्ने लागेर उसलाई बोलाएछ तर नेताले बोलाउँदा पनि उसले ठाडै नजाने जवाव दिएछ । आफै भेट्न गयो र प्रस्ताव राख्यो “तिमीलाई केही गर्न सकिन अव उपचार गर्न राम्रो पैसाको बन्दोवस्त मिलाउछु” उसले जवाव दियो “मलाई बाँच्नु छैन । म आजै मरे पनि कुनै चिन्ता छैन तिही माथि तिम्रो उपचार खर्च लिएर किन बाँच्नु ? जुनवेला मलाई सहयोगको आवश्यकता थियो त्यसवेला केही भएन अव के काम ?” बरु एउटा सर्तमा मलाई खर्च व्यवस्था गर । ” उसले सोध्यो “के तिम्रा सर्त मान्न मञ्जुर छ । ” उसलाई १५ लाख को व्यवस्था ग¥र्यो लगेर हातमा हालिदियो । 

म तपाइसँग यौटा सहयोग माग्छु दिनुहुन्छ ? उसले भने अव के गर्नु ? त्यो जे भन्छौं हुन्छ म गर्छु । तिमीलाई यति सहयोग गरेकोमा म खुसी छु ।” उसले भन्यो यदि तिमी मान्छौं भने सबैलाई हटाएर तिमीमात्र मेरो नजिक आऊ तिम्रो श्विासी पिए सँगै ल्याउन सक्छौँ । उ नजिक आएपछि भन्यो मलाई तिमीले बाँचुन्जयाल केही गर्न मन गरेनौं । अव मलाई मर्न देऊ । त्यो पनि तिमी दिन सक्तैनौं र पैसाको बन्दोवस्त गराउ । ठिकै छ त्यो १५ लाख पिएलाई देऊ किनकि अन्य काम गर्दा पनि यही पिए लाने गथ्योउ घुस लिन ठिकै छ । यो पैसा तिमीलाई घुस भयो, मलाई मर्नदेउ । म मरेपछि तिमीले झण्डा न ओडाउनु । मेरी श्रीमतीले मलाई जीवन भरी सहयोग गरिन मलाई झण्डा ओठ्याउछिन् । धन्यवाद 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक